PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • कोरोना रोकथामका लागि प्रदेश १ सरकारले वितरण गर्‍यो १ करोड १० लाख

    कोरोना रोकथामका लागि प्रदेश १ सरकारले वितरण गर्‍यो १ करोड १० लाख

    विराटनगर : प्रदेश नम्बर १ को सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउन स्थानीय पालिकालाई थप १ करोड १० लाख रुपैयाँ उपलब्ध गराएको छ। प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेसन केन्द्र स्थापना तथा सञ्चालनका लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशासन लगायतलाई आवश्यक रकम पठाएको हो। विभिन्न पालिका तथा अस्पताललाई प्रदेश सरकारले रकम पठाएको मुख्यमन्त्री शेरधन राईका प्रेस…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशमा चिकित्सा शास्त्र पढ्ने विद्यार्थीको भविष्यमाथि मोरङका सिडिओले खेलबाड गरेको अभिभावक आरोप

    बंगलादेशमा चिकित्सा शास्त्र पढ्ने विद्यार्थीको भविष्यमाथि मोरङका सिडिओले खेलबाड गरेको अभिभावक आरोप

    विराटनगर : बङ्गलादेशमा चिकित्सा शास्त्रमा एमबिबिएस र एमडी गरिरहेका मोरङका विद्यार्थीका अभिभावकले जिल्लाका प्रमुख जिल्ला अधिकारीले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाएका छन्। बङ्गलादेशको विश्वविद्यालयले नेपालका विद्यार्थीलाई तुरुन्त आउन सूचित गरेपछि काठमाडौं जाने पास माग्न गएका अभिभावक र विद्यार्थीलाई प्रजिअ कोशहरि निरौलाले रित्तै फर्काएपछि उनीहरू आक्रोशित भएका हुन्। बङ्गलादेशमा पढ्ने मोरङका ४ विद्यार्थी र तिनका अभिभावक पास माग्न गएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • मोरङको पुरानो सदरमुकाम रङ्गेली यसरी भयो कोरोनामुक्त, मेयर भन्छन्, ‘लकडाउन मात्र समाधान होइन’

    मोरङको पुरानो सदरमुकाम रङ्गेली यसरी भयो कोरोनामुक्त, मेयर भन्छन्, ‘लकडाउन मात्र समाधान होइन’

    विराटनगर : सम्पूर्ण देश कोभिड १९ संक्रमणको महामारीबाट गुज्रिरहँदा मोरङको पुरानो सदरमुकाम रङ्गेली बजार र रङ्गेली नगरपालिका क्षेत्र भने कोरोनामुक्त भएको छ। रङ्गेलीमा साक्षरता दर अत्यन्त न्यून रहेको छ। रङ्गेलीमा आधुनिक साधनस्रोत सम्पन्न अस्पताल र स्वास्थ्य क्लिनिक पनि छैनन्। प्रदेश नम्बर १ को राजधानी विराटनगरको तुलनामा रङ्गेलीलाई धेरै पिछडिएको क्षेत्र मानिन्छ। तथापि ५२ हजारभन्दा बढी जनसंख्या भएको रङ्गेली नगरपालिकामा विगत ८…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सरकारले विराटनगरमा थप एक हजार शय्याको आइसोलेसन बनाउने

    प्रदेश सरकारले विराटनगरमा थप एक हजार शय्याको आइसोलेसन बनाउने

    विराटनगर : कोरोना भाइरसको बढ्दो सङ्क्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश नम्बर १ को सरकारले विराटनगरमा थप एक हजार शय्याको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ। बिहीवार प्रदेश स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)–को भर्चुअल बैठकले विराटनगरमा कम्तीमा एक हजार शय्याको गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो। सीसीएमसीको भर्चुअल बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार शय्या क्षमताको थप…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा पीसीआर परीक्षणको रिपोर्ट लिन सर्वसाधारणलाई साता दिन, पहुँच हुनेको केही घण्टामै

    विराटनगरमा पीसीआर परीक्षणको रिपोर्ट लिन सर्वसाधारणलाई साता दिन, पहुँच हुनेको केही घण्टामै

    विराटनगर : प्रदेश नम्बर १ को राजधानी विराटनगरमा स्थानीय तहको सिफारिसमा निःशुल्क पीसीआर परीक्षण गराउने सर्वसाधारणले आफ्नोे रिपोर्ट लिन ७ दिन कुर्न थालेका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पीसीआर मेसिन बिग्रिएर थन्किएपछि कोशी अस्पतालको प्रयोगशालामा मात्र परीक्षण गर्नुपर्दा रिपोर्ट आउन ढिलो भएको हो। ‘कोशी अस्पतालमा पीसीआर परीक्षणका २ वटा मेसिन छन्’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले भने, ‘हामी दिनको ३…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा १२ जुवाडे पक्राउ, करिब तीन लाख रुपैयाँ बरामद्

    मोरङमा १२ जुवाडे पक्राउ, करिब तीन लाख रुपैयाँ बरामद्

    विराटनगर : मोरङ प्रहरीले जूवा खेलिरहेका १२ जनालाई तास र नगदसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार बुधबार अपराह्न प्रहरीले कानेपोखरी गाउँपालिका वडा नं. ७ स्थित चालीस बिघे भन्ने ठाउँमा जुवाडेलाई पक्राउ गरेको हो। उनीहरू चालीस बिघेका किशोर लुइँटेलका घरमा तास खेलिरहेका थिए। इलाका प्रहरी कार्यालय पथरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट २…

    विस्तृतमा पढ्नुस्

  • ज्यान मार्ने धम्की दिँदै लाखौं लुट, प्रहरीको फन्दामा परे पाँच जना, भेटियो पेस्तोल र गोली

    ज्यान मार्ने धम्की दिँदै लाखौं लुट, प्रहरीको फन्दामा परे पाँच जना, भेटियो पेस्तोल  र गोली

    विराटनगर : उनीहरूले गत असार महिनामा विराटनगरका एक व्यापारीको मोबाइलमा म्यासेज गरी १० लाख रुपैयाँको माग गरे। असार २५ गते राति ९ बजेर ५५ मा ९८४०…. नम्बरबाट आएको त्यो मागलाई व्यवसायीले त्यति वास्ता गरेनन्। तर, उनीहरूले छाडेनन् । दैनिक धम्की आउन थाल्यो। अन्ततः व्यवसायीले ५ लाख रुपैयाँ बुझाए। अपराधीको यही समूहले गत साउन १३ गते राति साढे १० बजे सोही…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा सञ्चालनमा आए दुई निजी कोभिड अस्पताल, पीसीआर ल्याब पनि सञ्चालन गरिने

    विराटनगरमा सञ्चालनमा आए दुई निजी कोभिड अस्पताल, पीसीआर ल्याब पनि सञ्चालन गरिने

    विराटनगर : मेडिकल हबका रूपमा चिनिँदै आएको विराटनगरका दुई निजी अस्पतालले भेन्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन्। विराट मेडिकल कलेजले मोरङको बुढीगङ्गा गाउँपालिकामा रहेको विराट अस्पताल र विराटनगरको न्यूरो अस्पतालले मदर एन्ड चाइल्ड अस्पतालमा कोभिड अस्पताल सञ्चालनमा ल्याएका हुन्। विराट अस्पतालका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमानसिंह कार्कीले १०० शय्याको कोभिड अस्पताल एक हप्ताअघि सञ्चालनमा आएको जानकारी दिए। अस्पतालमा ६ वटा भेन्टिलेटरसहितका शय्या…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा नोबेल र मुन्दडा समूहले पीसीआर प्रयोगशाला १० दिनभित्र सञ्चालनमा ल्याउँदै

    विराटनगरमा नोबेल र मुन्दडा समूहले पीसीआर प्रयोगशाला १० दिनभित्र सञ्चालनमा ल्याउँदै

    विराटनगर : विराटनगरमा निजी क्षेत्रका २ समूहले २ भिन्नाभिन्नै ठाउँमा पीसीआर परीक्षणका लागि प्रयोगशालाको सञ्चालनमा ल्याउने भएका छन्। विराटनगरको नोबेल मेडिकल कलेज र देबेनरा मुन्दडा समूहले पीसीआर परीक्षणको प्रयोगशाला सञ्चालन गर्ने भएका हुन्। विराटनगरमा हाल कोशी अस्पताल र प्रदेश सरकारको प्रयोगशाला गरी २ ठाउँमा पीसीआर परीक्षण भइरहेको छ। नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार प्रयोगशालाका लागि सबै मेसिन ल्याउने काम भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • धरानमा ५ सय शय्याको आइसोलेसन र २ सय शय्याको कोभिड अस्पताल बनाउन मुख्यमन्त्रीको निर्देशन

    धरानमा ५ सय शय्याको आइसोलेसन र २ सय शय्याको कोभिड अस्पताल बनाउन मुख्यमन्त्रीको निर्देशन

    विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच सय शय्याको आइसोलेसन तयार पार्न र कोभिड अस्पताललाई दुई सय शय्याको यथाशीघ्र बनाउन प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिएका छन्। प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले बीपीका पदाधिकारीहरू उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर यस्तो निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • पीसीआर परीक्षणमा घोटाला गरेको सार्वजनिक भएपछि बुढीगंगा गाउँपालिकामा अख्तियारले थाल्यो अनुसन्धान

    पीसीआर परीक्षणमा घोटाला गरेको सार्वजनिक भएपछि बुढीगंगा गाउँपालिकामा अख्तियारले थाल्यो अनुसन्धान

    मोरङ : मोरङको बुढीगङ्गा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी समेतले कोरोना परीक्षणका विषयमा गरेको भनिएको भ्रष्टाचारका बारेमा अख्तियारले अनुसन्धान सुरु गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश नम्बर १ को कार्यालयका प्रमुख प्रकाश पौडेलले परीक्षणमा अपनाइएको प्रक्रियालाई अख्तियारले छानबिन गर्न थालेको जानकारी दिएका हुन्। गाउँपालिकाका अध्यक्ष माझी, वडा नम्बर १ का अध्यक्ष युवराज पौडेल र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरूवल्लभ घिमिरे सहितले स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • मेयर पराजुलीको सक्रियतामा खरीद गरिएको पीसीआर मेसिन कोशी अस्पताललाई हस्तान्तरण, दैनिक ९ सयको परीक्षण

    मेयर पराजुलीको सक्रियतामा खरीद गरिएको पीसीआर मेसिन कोशी अस्पताललाई हस्तान्तरण, दैनिक ९ सयको परीक्षण

    विराटनगर: विराटनगरका चन्दादाताबाट सहयोग जुटाएर खरीद गरिएको पीसीआर मेसिन कोशी अस्पताललाई हस्तान्तरण गरिएको छ। विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सोमबार प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेका रोहबरमा अस्पताललाई मेसिन हस्तान्तरण गरेका हुन्। महानगर प्रमुख पराजुलीका अनुसार महानगरबाट मेसिन खरीद गर्दा प्रक्रिया लामो हुने भएकाले ‘कोभिड–१९ कोष’ नामको छुट्टै संस्था दर्ता गरेर सोही संस्थाका नाममा मेसिन खरीद गरिएको…

    विस्तृतमा पढ्नुस्

  • मजदुरको कोरोना परीक्षणमा गाउँपालिका अध्यक्षको भ्रष्टाचार! बिल नदिई रकम असुलियो

    मजदुरको कोरोना परीक्षणमा गाउँपालिका अध्यक्षको भ्रष्टाचार! बिल नदिई रकम असुलियो

    विराटनगर : मोरङको बुढीगङ्गा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीलाई गाउँपालिका अन्तर्गतका औद्योगिक मजदुरको कोरोना परीक्षण गर्दा १६ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोप लागेको छ। मजदुरको कोरोना परीक्षण गर्न उद्योगबाट प्रतिव्यक्तिको ५ हजार ५ सय रुपैयाँ असुल गरेका अध्यक्ष माझीले उक्त रकम सरकारी कोषमा दाखिला नगरेको पाइएपछि भ्रष्टाचारको पोल खुलेको हो। अध्यक्ष माझीले बुढीगङ्गा गाउँपालिकामा रहेको आरती स्ट्रिप्स प्रालिका ३ सय मजदुरको…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा चन्दा उठाएर पीसीआर मेसिन खरिद, कोशी अस्पतालमा सञ्चालन गरिने

    विराटनगरमा चन्दा उठाएर पीसीआर मेसिन खरिद, कोशी अस्पतालमा सञ्चालन गरिने

    विराटनगर : विराटनगर महानगरपालिकामा स्थानीय उद्योगी–व्यापारीबाट चन्दा उठाएर खरिद गरिएको पीसीआर मेसिन कोशी अस्पतालमा सञ्चालन गरिने भएको छ। महानगरपालिकाका प्रमुख भीम पराजुलीको सक्रियतामा विराटनगरमा चन्दा उठाएर पीसीआर मेसिन खरिद गरिएको हो। प्रमुख पराजुलीले पीसीआर मेसिन कोशी अस्पताललाई हस्तान्तरण गरिने जानकारी दिए। मेसिन आइतवार दिउँसो विराटनगर आइपुगेको छ। प्रमुख पराजुलीका अनुसार उद्योगपति शिरीष मुरारकामार्फत् खरिद गरिएको मेसिनको मूल्य मूअकरबाहेक २८ लाख…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरपालिकाले सुरु गर्‍यो 'होटल आइसोलेसन' एक दिनको चार्ज ११ सय

    विराटनगर महानगरपालिकाले सुरु गर्‍यो 'होटल आइसोलेसन' एक दिनको चार्ज ११ सय

    विराटनगर : रकम तिरेर सुविधा–सम्पन्न होटलमा आइसोलेसनमा बस्न चाहने कोरोना सङ्क्रमितका लागि विराटनगर महानगरपालिकाले होटल एसियाटिकको बन्दोबस्त गरिदिएको छ। होटल एसियाटिकका सञ्चालक पुण्य भट्टराईसित आइतवार समझदारीपत्रमा हस्ताक्षर भएसँगै त्यहाँको आइसोलेसन सञ्चालनमा आएको हो। महानगरपालिकाका प्रमुख भीम पराजुलीले होटलको आइसोलेसन सुरु भइसकेको र त्यहाँ बस्न चाहनेले जान सक्ने बताए। प्रमुख पराजुलीका अनुसार प्रति दिनको १ हजार १ सय रुपैयाँ तिरेर वातानुकूलित…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनपछि विराटनगर सुनसान, प्रहरी सक्रियता बढ्दो

    लकडाउनपछि विराटनगर सुनसान, प्रहरी सक्रियता बढ्दो

    विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिका र अन्य तीन स्थानीय निकायमा निषेधाज्ञा जारी गरेपछि सम्बन्धित स्थान सुनसान देखिएका छन्। शनिबार बिहान ५ बजेदेखि नै प्रहरीको परिचालन र कडाइसँगै निषेधाज्ञा गरिएका स्थानहरू सुनसान भएका हुन्। जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार अपराह्न सूचना प्रकाशित गर्दै विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिकाका वडा नम्बर १,२, ३, र ४, कटहरी गाउँपालिकाका वडा नम्बर १…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरपालिकासहित मोरङका ४ स्थानीय तहमा पाँच दिने निषेधाज्ञा जारी

    विराटनगर महानगरपालिकासहित मोरङका ४ स्थानीय तहमा पाँच दिने निषेधाज्ञा जारी

    विराटनगर : विराटनगर महानगरपालिका क्षेत्रसहित मोरङका अन्य तीन स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार अपराह्न सूचना प्रकाशित गर्दै राति १२ बजेदेखि ५ दिनको निषेधाज्ञा जारी गरेको हो। जसअनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिकाका वडा नम्बर १,२, ३, र ४, कटहरी गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्म, र रङ्गेली नगरपालिकाका ४ देखि ७ सम्मका वडामा निषेधाज्ञा…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ का कारण धरानमा एक जनाको मृत्यु, संक्रमणले प्रदेश १ मा १७ जनाको गयो ज्यान

    कोभिड-१९ का कारण धरानमा एक जनाको मृत्यु, संक्रमणले प्रदेश १ मा १७ जनाको गयो ज्यान

    विराटनगर : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड–१९ को उपचार गराइरहेका एक बिरामीको मृत्यु भएको छ। धरान उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ७१ वर्षीया वृद्धाको उपचाररत अवस्थामा मृत्यु भएको हो। प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले मृत्यु भएको पुष्टि गरे। प्रवक्ता डाक्टर सापकोटाका अनुसार निज वृद्धामा कोभिड–१९ भएको गत साउन २३ गने पुष्टि भएको थियो। उनको स्वाब सङ्कलन धरानस्थित एन्फा…

    विस्तृतमा पढ्नुस्

  • धरानको बीपी प्रतिष्ठानमा प्लाज्मा थेरापीबाट उपचार सुरु, कोरोनामुक्त २५ वर्षीय युवकले दिए रगत

    धरानको बीपी प्रतिष्ठानमा प्लाज्मा थेरापीबाट उपचार सुरु, कोरोनामुक्त २५ वर्षीय युवकले दिए रगत

    विराटनगर : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड–१९ का बिरामीलाई प्लाज्मा थेरापीबाट उपचार सुरु गरेको छ। प्रतिष्ठानका प्रवक्ता डाक्टर सञ्जीव शर्माका अनुसार धरानका ६८ वर्षीय एक सङ्क्रमितलाई सोमवार रातिदेखि प्लाज्मा थेरापी सुरु गरिएको हो। उनी साउन ३० गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना भएका थिए। उनको उपचार सघन उपचार कक्ष (आइसीयू) मा भइरहेको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १…

    विस्तृतमा पढ्नुस्

  • मृतक महिलाको रिपोर्ट 'नेगेटिभ' तर पनि शव व्यवस्थापनमा नेपाली सेना !

    मृतक महिलाको रिपोर्ट 'नेगेटिभ' तर पनि शव व्यवस्थापनमा नेपाली सेना !

    विराटनगर : कोरोना सङ्क्रमणका डरले मलामी जान कोही छिमेकी र आफन्त नआएपछि विराटनगरमा एक ८७ वर्षीय वृद्धाको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ। विराटनगर महानगरपालिका वडा नं. ३ की एक मृतक वृद्धामा कोरोना सङ्क्रमण छैन। तर, उनका छोरा, बुहारी र नातिको रिपोर्ट पोजिटिभ आएको छ। यसको डरले कुनै छिमेकी आएर लाश नउठाएपछि नेपाली सेनाले शव व्यवस्थापन गर्ने भएको हो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell