PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • ओली पक्षका सांसदद्वारा प्रदेश १ संसद अवरुद्ध : अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न शेखरको दबाब, देउवाले बोलाए सांसदलाई काठमाडौं  

    ओली पक्षका सांसदद्वारा प्रदेश १ संसद अवरुद्ध : अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न शेखरको दबाब, देउवाले बोलाए सांसदलाई काठमाडौं  

    विराटनगर: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसदहरुले विरोध गर्दै प्रदेश नम्बर १ को संसद अवरुद्ध गरेका छन्। फागुन ९ गतेसम्मका लागि संसद बन्द गराउन सत्तारुढ दलका सांसदहरु नै अग्रसर भए। 'हाम्रो संसदीय दलको नेता शेरधन राई हो। उहाँले १६ जनालाई कारवाही गरेर निलम्बन गर्नुभएको छ। उहाँहरु संसदमा रहेसम्म संसद अवरुद्ध गर्छौं,' प्रदेश एकका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सचेतक…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि संयुक्त सरकारका लागि छलफल हुन्छ : भीम आचार्य

    मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि संयुक्त सरकारका लागि छलफल हुन्छ : भीम आचार्य

    विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता भीम आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि सबै विपक्षी दलसँग छलफल गरेर नयाँ संयुक्त सरकार बनाइने बताएका छन्। विराटनगरमा बुधबार पत्रकार सम्मेलनमा नेता आचार्यले पहिले अविश्वासको प्रस्ताव पारित हुने र त्यसपछि मात्रै नयाँ सरकारका लागि छलफल गरिने कार्यनीति बनाएको स्पष्ट पारेका हुन्। आचार्यलाई दलको नेता…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा पुनःस्थापना नभए मुलुक अफगानिस्तान हुनेछ : रामचन्द्र पौडेल

    प्रतिनिधिसभा पुनःस्थापना नभए मुलुक अफगानिस्तान हुनेछ : रामचन्द्र पौडेल

    विराटनगर : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटनलाई सर्वोच्च अदालतले सदर गर्ने हो भने मुलुक अफगानिस्तान हुने चेतावनी दिएका छन्। सात सालका क्रान्तियोद्धा मुक्तिप्रसाद चापागाईं र स्वतन्त्रता सेनानि यदुनाथ चापागाईंको स्मृतिग्रन्थको लोकार्पण कार्यक्रममा आइतवार विराटनगरमा वरिष्ठ नेता पौडेलले सर्वोच्चले विघटनलाई सदर गर्ने हो भने मुलुकमा दुर्भाग्य निम्तने धारणा प्रकट गरेका हुन्। ‘सर्वोच्च…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेलको देउवालाई कटाक्ष : प्रधानमन्त्रीमाथि औँलो ठड्याउने विपक्षी चाहियो

    रामचन्द्र पौडेलको देउवालाई कटाक्ष : प्रधानमन्त्रीमाथि औँलो ठड्याउने विपक्षी चाहियो

    विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतलाई ललकार्ने र धम्क्याउने प्रधानमन्त्रीमाथि औँलो ठड्याउने विपक्षी चाहिएको बताएका छन्। वरिष्ठ नेता पौडेलले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाउपर कटाक्ष गर्दै मुलुकलाई आगो लगाएर निरोझैँ बाँसुरी बजाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमका विरूद्ध उत्रने विपक्षी नेता चाहिएको धारणा व्यक्त गरेका हुन्। उनले सभापति देउवाको नाम नलिई अदालतको पवित्रताको दुहाइ नदिन आग्रह…

    विस्तृतमा पढ्नुस्

  • काँग्रेसले अविश्वासको पक्षमा भोट हाल्ने काँग्रेेस नेता पौडेलको भनाइ, पार्टीमा दुई लाइन नभएको दावी

    काँग्रेसले अविश्वासको पक्षमा भोट हाल्ने काँग्रेेस नेता पौडेलको भनाइ, पार्टीमा दुई लाइन नभएको दावी

    काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश नम्बर १ मा पार्टीले अविश्वासको प्रस्तावको पक्षमा मत जाहेर गर्ने जनाएका छन्। आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले भने, 'हामीले प्रतिपक्षीको धर्म निभाउने हो। त्यसैले हामीले प्रदेशमा अविश्वासको पक्षमा भोट हाल्छौं।' नेता पौडेलले  पार्टी सभापति शेरबहादुर देउवा सत्तापक्षसँग नमिलेको दावी पनि गर्न भ्याए। 'सभापतिजी प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हुनुहुन्छ,' नेता…

    विस्तृतमा पढ्नुस्

  • भारत सरकारले थाल्यो काशी करिडोरको निर्माण, नेपाल सरकारको स्वामित्वका मन्दिर, वृद्धाश्रम र धर्मशालाको सुरु भयो दुर्दशा

    भारत सरकारले थाल्यो काशी करिडोरको निर्माण, नेपाल सरकारको स्वामित्वका मन्दिर, वृद्धाश्रम र धर्मशालाको सुरु भयो दुर्दशा

    विराटनगर : भारत सरकारले बनारसको काशी विश्‍वनाथ मन्दिरको करिडोरलाई विस्तार गरेसँगै नेपाल सरकारको स्वामित्वमा रहेको अर्बौं मूल्यको भूमि र त्यहाँस्थित मन्दिर, भवन र धर्मशालाहरू अलपत्र परेका छन्। काशी करिडोरका नाममा भारत सरकारले विश्‍वनाथ मन्दिर वरपरका ३ सय घर अधिग्रहण गरेर नयाँ निर्माण गर्न लागेपछि नेपालको स्वामित्वमा रहेको सम्पत्ति र संरचना अलपत्र परेको हो। भारत सरकारले भारु ७ सय करोडको खर्चमा…

    विस्तृतमा पढ्नुस्

  • ओलीको मतियार बन्न नेपाली काङ्ग्रेस सरकारमा जान नहुने शेखरको भनाइ, संसदको पुनःस्थापना एउटै विकल्प

    ओलीको मतियार बन्न नेपाली काङ्ग्रेस सरकारमा जान नहुने शेखरको भनाइ, संसदको पुनःस्थापना एउटै विकल्प

    विराटनगर : नेपाली काङ्ग्रेसका नेता डाक्टर शेखर कोइरालाले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गरेर संविधान र नेपाली जनतालाई न्याय दिनुपर्ने आग्रह गरेका छन्। नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिद्वारा शनिवार आयोजित विरोधसभामा नेता कोइरालाले प्रतिनिधिसभाको पुनःस्थापनाको आग्रह गरेका हुन्। ‘मुलुक अहिले रेलको लिकबाट खसेको डिब्बाजस्तो भएको छ,’ कोइरालाले भने, ‘त्यो डिब्बालाई फेरि लिकमा राखेर हाँक्नु परेको छ। यसका लागि प्रतिनिधिसभाको पुनःस्थापना हुनु जरुरी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली ‘बेन्च फिक्सिङ’मा सक्रिय भएको कृष्ण पहाडीको आरोप

    प्रधानमन्त्री ओली ‘बेन्च फिक्सिङ’मा सक्रिय भएको कृष्ण पहाडीको आरोप

    विराटनगर : नागरिक अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका समर्थक कार्यकर्ताले मुलुकलाई गृहयुद्धमा धकेल्न लागेको आरोप लगाएका छन्। अगुवा पहाडीले प्रधानमन्त्री ओली र उनका मतियारले प्रतिनिधि सभा कुनै हालतमा पनि पुनर्स्थापना हुँदैन भनेर चिच्याउनु मुलुकलाई गृहयुद्धमा धकेल्न खोज्नु हो भन्ने तर्क प्रस्तुत गरेका हुन्। उनले आन्दोलनको ठूलो दबाब भयो भने मात्र सर्वोच्चले तेल र पानी छुट्याउने बताए।…

    विस्तृतमा पढ्नुस्

  • जोगबनीका पसलेले सोसल मिडियाबाटै डाक्न थाले नेपाली ग्राहक, प्रहरी असुलीमै व्यस्त

    जोगबनीका पसलेले सोसल मिडियाबाटै डाक्न थाले नेपाली ग्राहक, प्रहरी असुलीमै व्यस्त

    विराटनगर : कोभिडका कारण सिलबन्दी गरिएको नेपाल–भारत सिमानालाई नेपाल सरकारले खोलेको छैन तर विराटनगरबाट पारि जोगबनी बजार गएर किनमेल गर्न अप्ठ्यारो पनि छैन। नेपाल प्रहरीको कमजोर उपस्थिति र निस्क्रियताका कारण सर्वसाधारणलाई सीमावर्ती बजार जोगबनी गएर किनमेल गर्न सजिलो भएको हो। दुई महिनाअघि विहारमा भएको विधानसभाको निर्वाचनसँगै भारतले सीमा क्षेत्र खुकुलो बनाए पनि नेपाल सरकारले अझै सीमा खोल्ने निर्णय गरेको छैन।…

    विस्तृतमा पढ्नुस्

  • ओलीको कदमले मुलुकको अर्थतन्त्र धराशायी हुने र देश आर्थिक दुर्घटनामा पर्नसक्ने अर्थशास्त्रीको दाबी

    ओलीको कदमले मुलुकको अर्थतन्त्र धराशायी हुने र देश आर्थिक दुर्घटनामा पर्नसक्ने अर्थशास्त्रीको दाबी

    विराटनगर : अर्थशास्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक कदम’ले मुलकुको अर्थतन्त्र धराशायी हुनसक्ने खतरा औँल्याएका छन्। प्रतिनिधि सभाको विघटनका विषयमा विराटनगरमा आयोजित बृहत् अन्तरक्रियामा विश्वविद्यालय अनुदान आयोगका सदस्य एवम् प्रा.डा. पीके झाले पुस ५ गतेको कदम नसच्याए मुलुक आर्थिक रूपमा दुर्घटनामा पर्ने दाबी गरेका हुन्। ‘नेपालमा प्राथमिकता प्राप्त राष्ट्रिय गौरवका आयोजनाहरू ३३ वटा निर्माणाधीन छन्’, अर्थशास्त्री झाको प्रश्न थियो, ‘यी सबै…

    विस्तृतमा पढ्नुस्

  • अलविदा निरु दा : नेपालले गुमायो प्रजातान्त्रिक आन्दोलनको एउटा ठूलो सहयोगी

    अलविदा निरु दा : नेपालले गुमायो प्रजातान्त्रिक आन्दोलनको एउटा ठूलो सहयोगी

    नेपालको प्रजातान्त्रिक आन्दोलनका सहयोगी एवम् कोइराला परिवारका वरिष्ठ सदस्य निरञ्जन कोइरालाको निधन भएको छ। विगत १ महिनादेखि कोरोना सङ्क्रमणसित जुधिरहेका कोइरालाको ७५ वर्षका उमेरमा आइतवार बिहान ११ बजे निधन भएको हो। काङ्ग्रेस जन र कोइराला परिवारका सदस्य उनलाई निरुदा भनेर सम्बोधन गर्थे।  दुई हप्ताअघि उनी कोरोनामुक्त भए पनि कोभिडका कारण फोक्सोमा सङ्क्रमण भएकाले उनी दिल्लीकै म्याक्स अस्पतालमा उपचाररत थिए। उनी…

    विस्तृतमा पढ्नुस्

  • पुस १६ गते बिपीको सम्बोधन भएको पर्चा काठमाडौंमा कसरी बाँडियो? यस्तो छ अशोक कोइरालाको संस्मरण

    पुस १६ गते बिपीको सम्बोधन भएको पर्चा काठमाडौंमा कसरी बाँडियो? यस्तो छ अशोक कोइरालाको संस्मरण

    अशोक कोइराला- विभिन्न अन्तर्राष्ट्रिय परिस्थितिलाई अध्ययन गरेपछि ८ वर्षको लामो प्रवास त्यागेर सान्दाजु(बिपी कोइराला)ले नेपाल फर्कने निश्चय गर्नुभयो। बिपी २०३३ पुस १६ गते पटनाबाट विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आउनु भयो। बिपी राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको थियो। त्यसपछि पुस १६ गतेको दिनलाई नेपाली काङ्ग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ। फर्कनुअघि बिपीले नेपालका कार्यकर्तासित…

    विस्तृतमा पढ्नुस्

  • पदमुक्त मन्त्री आङ्बो भन्छन् : मुख्यमन्त्रीले नेतृत्व गरेकै मन्त्रालयबाट वित्तीय अनुशासन भङ्ग गरियो

    पदमुक्त मन्त्री आङ्बो भन्छन् : मुख्यमन्त्रीले नेतृत्व गरेकै मन्त्रालयबाट वित्तीय अनुशासन भङ्ग गरियो

    विराटनगर : प्रदेश नम्बर १ को आर्थिक मामिला तथा योजना मन्त्रीबाट पदमुक्त गरिएका इन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईले आफैँले नेतृत्व गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा आफ्ना विश्वासपात्रलाई नियुक्त गरेपछि प्रदेश सरकारले आर्थिक अनुशासन गुमाएको बताएका छन्। मुख्यमन्त्री राईले निर्माण व्यवसायीको विवादास्पद पृष्ठभूमि भएका वखलढुङ्गाका सांसद् अम्बिरबाबु गुरुङलाई गत माघ ५ गते राज्य मन्त्रीमा नियुक्त गरेका थिए। भौतिक पूर्वाधार मन्त्रालयको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य प्रस्तावित, अविश्वासको प्रस्तावमा शेरधनमाथि यस्तो आरोप

    प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य प्रस्तावित, अविश्वासको प्रस्तावमा शेरधनमाथि यस्तो आरोप

    विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तासँगै भीमप्रसाद आचार्यलाई नयाँ मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ। प्रचण्ड माधव गुटका ३७ जना प्रदेश सांसदहरुको हस्ताक्षरसहित प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीलाई पेश गरिएको अविश्वास पत्रमा उक्त प्रस्ताव रहेको छ। 'माननीय शेरधन राईले नेतृत्व गर्नुभएको प्रदेश सरकारको विघटनपछि यस प्रदेश सभाका सदस्यमा भीमप्रसाद आचार्यलाई मुख्यमन्त्रीको रुपमा नेपालको संविधानको धारा १८८ को…

    विस्तृतमा पढ्नुस्

  • शेरधन राईविरुद्ध ३७ प्रदेश सांसदले पेश गरे अविश्वासको प्रस्ताव

    शेरधन राईविरुद्ध ३७ प्रदेश सांसदले पेश गरे अविश्वासको प्रस्ताव

    विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाल कम्युनिस्ट पार्टीका ३७ जना प्रदेश सांसदहरुको हस्ताक्षरसहित प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीलाई अविश्वास पत्र बुझाएका छन्। अहिले ११ बजे प्रदेश सभा भवन पुगी अविश्वासको प्रस्ताव दर्ता भएको हो। अविश्वासको प्रस्तावक हिजोमात्र पदमुक्त भएका आर्थिक मामिलामन्त्री इन्द्र आङ्बो रहेका छन्। प्रदेश १ मा नेकपाका ६७ प्रदेश सांसद…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ का तीन जना मन्त्रीले दिए राजीनामा

    प्रदेश १ का तीन जना मन्त्रीले दिए राजीनामा

    विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेको भोलिपल्टै तीन जनामन्त्रीले राजीनामा दिएका छन्। सामाजिक विकासमन्त्री जीवन घिमिरेको नेतृत्वमा अन्य दुई राज्यमन्त्रीले राजीनामा दिएका हुन्। राजीनामा दिनेमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग राज्यमन्त्री विजयकुमार विश्वास रहेका छन्। पार्टी फुटसँगै मुख्यमन्त्री शेरधन राईले बहुमत गुमाएका छन्। प्रदेश १ मा माधव नेपाल र…

    विस्तृतमा पढ्नुस्

  • भीम आचार्यको नेतृत्वमा प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिँदै

    भीम आचार्यको नेतृत्वमा प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिँदै

    विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतवार अविश्वासको प्रस्ताव दर्ता गरिँदैछ। यसअघि मुख्यमन्त्रीका प्रतिस्पर्धीका रुपमा देखा परेका भीम आचार्यको नेतृत्वमा राईमाथि अविश्वासको प्रस्ताव राखिने तयारी रहेको जनाइएको छ। आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गरेसँगै प्रचण्ड माधव पक्षले अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेको हो। केन्द्रमा केपी शर्मा ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल…

    विस्तृतमा पढ्नुस्

  • बहुमतको सरकार बनाएर हिन्दु राष्ट्रका लागि जनमत सङ्ग्रह गराउने काँग्रेस महामन्त्री शशाङ्क कोइरालाको उद्घोष

    बहुमतको सरकार बनाएर हिन्दु राष्ट्रका लागि जनमत सङ्ग्रह गराउने काँग्रेस महामन्त्री शशाङ्क कोइरालाको उद्घोष

    विराटनगर : नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसले बहुमत ल्याएर हिन्दु राष्ट्रका लागि जनमत सङ्ग्रह गराउने बताएका छन्। पार्टीले सोमवार गर्न लागेको प्रदर्शनमा नेतृत्वका लागि विराटनगर आइपुगेका महामन्त्री डाक्टर कोइरालाले बिहान कोइराला निवासमा स्थानीय संवाददाताहरूसित कुरा गर्दै हिन्दु राष्ट्रका लागि जनमत सङ्ग्रहको अवधारणा अघि सारेका हुन्। कोइरालाले भने, ‘नेपाल हिन्दु राष्ट्र हुनुपर्छ। यसका लागि नेपाली काङ्ग्रेसको आगामी…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा तस्करीको नयाँ नाका रङ्गेलीको चोपरा, नेपाल प्रहरी छाड्ने-सशस्त्र पक्रिने

    मोरङमा तस्करीको नयाँ नाका रङ्गेलीको चोपरा, नेपाल प्रहरी छाड्ने-सशस्त्र पक्रिने

    विराटनगर : मोरङ प्रहरीले विराटनगरको एक गोदामबाट ठूलो मात्रामा कपडा बरामद गरेको छ। मोरङको दक्षिणपुर्वी क्षेत्रबाट हुने तस्करीको संरक्षण गरिरहेको आरोप लाग्दै आएको प्रहरीले ठूलो मात्रामा तस्करी गरेको कपडा बरामद गरेको हो। 'मोरङ प्रहरी तस्करीका विरूद्ध छ' भन्ने ध्यानाकर्षण र प्रचार गराउन गोदाममा छापा मारिएको दाबी जानकारहरूले गरेका छन्। विराटनगरको जलजला मोडस्थित ह्वाइट हाउसको गोदामबाट प्रहरीले बिहिवार दिउँसो छापा हानेर ७६…

    विस्तृतमा पढ्नुस्

  • सिपिङ कम्पनीले बढाए तीन गुणा भाडा, सामान महँगो हुने निश्चित

    सिपिङ कम्पनीले बढाए तीन गुणा भाडा, सामान महँगो हुने निश्चित

    विराटनगर : समुद्री मार्गमा कन्टेनर ढुवानी गर्ने सिपिङ कम्पनीहरूले भाडादर तीन गुणासम्म बढाएपछि औद्योगिक कच्चा पदार्थ र व्यापारिक मालवस्तुको मूल्य बढेको छ। कोभिडका कारण पानीजहाज, कन्टेनर र ढुवानीकर्मीसमेतको उपलब्धता कम भएपछि सिपिङ एजेन्सीहरूले भाडादरमा वृद्धि गरेका हुन्। पूर्वाञ्चल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का कोषाध्यक्ष रमेश राठीले चीनबाट कोलकाता बन्दरगाहमा २० फिटे कन्टेनरमा मालवस्तु ल्याएको भाडादर २ महिनाअघि सम्म…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell