विराटनगर : पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बन्दुकबाट निस्किएको गोली र प्रेम आलेको बोलीमा एक इन्च फरक नहुने बताएका छन्। मोरङ व्यापार सङ्घका आयोजनामा शुक्रबारदेखि सुरु भएको ९ दिने ‘रमपम ट्रेड एक्स्पो–२०७८’को उद्घाटन समारोहमा मन्त्री आलेले आफूले जे बोल्ने त्यही गर्ने उल्लेख गर्दै बोलीमा एक इन्च फरक नहुने दाबी गरेका हुन्। आलेले अघिल्लो सरकारले नेपालका मठमन्दिर, पशुपतिनाथ…
विराटनगर : रुस र युक्रेनको युद्ध सुरु भएपछि कोइलाको मूल्यमा एक हप्तामै प्रति टन ३५ डलरले वृद्धि भएको छ। युद्धका कारण पेट्रोलियम पदार्थ, मेटल, प्लास्टिक दाना, क्रुड भेजिटेबल आयल लगायतका वस्तुसँगसँगै कोइलाको मूल्य पनि आकासिएको हो। कोलकाताका कोइला व्यवसायी राघव चक्रवर्तीका अनुसार सिमेन्ट उद्योगमा प्रयोग गरिने दक्षिण अफ्रिकाको कोइलाको मूल्य एक हप्ताअघि २ सय डलर थियो, अहिले २३५ पुगेको छ।…
विराटनगर : स्रोत नखुलेको ५० लाख प्रकरणमा तानिएका दीपक पोखरेलको आर्थिक हैसियत छोटो समयमा नै माथि पुगेको राजश्व अनुसन्धान विभागको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। पोखरेल सौर्य एयरलाइन्सका अध्यक्ष हुन्। विराटनगरबाट काठमाडौं गएको सौर्य एयरलाइन्समा चाउचाउको कार्टुन भित्र ५० लाख रुपैयाँ बरामद भएको थियो। उक्त रकम कसको भन्ने नखुलेपछि प्रहरीले सोही एयरलाइन्समा कार्यरत रेशा शाक्य पोखरेललाई नियन्त्रणमा लिएको थियो। साथै यस…
विराटनगर : स्रोत नखुलेको रकमसहित प्रहरीले शनिवार बरामद गरेको रकम सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलको रहेको खुलेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट एयरलाइन्सकी कर्मचारी विराटनगर-४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई ५० लाख रुपैयाँसहित पक्राउ गरिएको थियो। प्रहरीले पक्राउपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो। विभागले शाक्यसहित तीन जना कर्मचारी नियन्त्रणमा लिएपछि दीपकले सौर्य एयरलाइन्सकै लेटरप्याडमा…
अमृत अर्याल- विराटनगर : राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर बीपी कोइराला २०३३ पुस १६ मा नेपाल भित्रनु भयो। बीपीको निधन २०३९ सालमा भयो। हामी अहिले पनि उत्तिकै श्रद्धा, निष्ठा र उत्साहका साथ मेलमिलाप दिवस मनाउँदैछौँ। तर मेलमिलाप दिवसका सन्दर्भको आजभन्दा ३८ वर्षअघि अर्थात् २०४१ पुस १४ गतेको घटना सम्झँदा म अहिले पनि आत्तिन्छु। भयभीत हुन्छु र धेरै बेर टोह्लाउँछु।…
विराटनगर : बैंकिङ कसुर मुद्दामा मोरङ प्रहरीको हिरासतमा रहेका सप्तकोशी डेभलपमेन्ट बैंकका जुनियर अफिसर हिमाल भट्टराईका आफन्तले यस प्रकरणमा बैंकका सिइओ नवीन सुवेदीकै प्रत्यक्ष संलग्नता भएको दाबी गरेका छन्। हिमालका बाबु अम्बिकाप्रसाद, भाइ मनोज, दाजु जनार्दन लगायतका आफन्तले सोमबार पत्रकार सम्मेलन गर्दै रकम हिनामिना प्रकरणमा नवीनको संलग्नता भएको दाबी गरेका हुन्। सप्तकोशी बैंकको रेमिट्यान्स शाखाबाट १६ करोडभन्दा बढी हिनामिना गरेको…
विराटनगर : नेपाली काङ्ग्रेसको प्रदेश नम्बर १ को आन्तरिक निर्वाचनमा संस्थापन पक्षका सभापतिका उम्मेदवार उद्धव थापा र उनको समूहले बहुमतका सिटमा विजय हासिल गरेको छ। शेखर कोइराला समूहका सभापतिका आकांक्षी गुरुराज घिमिरेलाई २ मतले पछि पार्दै थापा जितेका हुन्। विजयी पदाधिकारीमध्ये १ महामन्त्री उमेश थापामात्र संस्थापनइतरका छन्। जितेका बहुमत सदस्य थापा पक्षकै छन्। प्राप्त परिणाम अनुसार थापाले ८ सय ४४…
विराटनगर : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफू पार्टीको आगामी १४ औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेद्वार हुने घोषणा गरेका छन्। विराटनगरमा बुधवार उपसभापति गच्छदारले उपसभापति पदमा उम्मेद्वारी दिने बताएका हुन्। गच्छदारले आफूले आगामी महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी नदिने पक्कापक्की गरेको बताए। उनले सभापतिमा उम्मेद्वारी दिने सोचाइसमेत नराखेको उल्लेख गरे। ‘मलाई देशभरिका साथीहरूले उपसभापति नै भएको हेर्न मन पराउनु भएको छ’,…
विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्रीका रुपमा राजेन्द्र राईले सपथ लिएका छन्। प्रदेश प्रमुख सोमनाथ प्यासीले राईलाई सपथग्रहण गराएका हुन्। भीम आचार्यले राजीनामा दिएपछि ४९ प्रदेशसभा सांसदको समर्थन सहित दाबी गरेका राईलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। राई प्रदेश १ का तेस्रो मुख्य मन्त्री हुन्। पहिलो मुख्यमन्त्री शेरधन राईले पार्टी एकताका लागि भन्दै राजीनामा दिएपछि आचार्य मुख्यमन्त्री बनेका थिए। प्रदेश…
मोरङ : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन्। आज दिउँसो संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा दिएका हुन्। एमाले पार्टी एकताका लागि भन्दै मुख्यमन्त्री रहेका शेरधन राईले राजीनामा दिएपछि आचार्य गत भदौ १० गते मुख्यमन्त्रीमा मुख्यमन्त्री बनेका हुन्। नेकपा एमाले विभाजन भएपछि उनले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिनुपर्ने थियो। जनताको विश्वास भएपनि संसदको अंकगणितको…
विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउने वा उनको राजीनामा माग्ने भन्ने विषयमा पार्टीको कुनै धारणा नरहेको बताएका छन्। विराटनगरस्थित होटल ह्यारिसनमा मङ्गलवार स्थानीय संवाददातासँग अध्यक्ष ओलीले प्रधानन्यायाधीशका बारेमा के गर्ने भन्ने कुनै निर्णय नगरिएको बताएका हुन्। मन्त्री गजेन्द्र हमाल प्रकरणपछि प्रधानन्यायाधीशको राजीनामाको माग सर्वत्र बढेका बेला ओलीले तटस्थताको सन्देश दिएका हुन्। उनले प्रधानन्यायाधीशले…
काठमाडौं : प्रदेश नम्बर १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको छ। आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यतालिका थियो। तर, सत्तारुढ नेकपा एमाले र प्रतिपक्ष दल नेपाली कांग्रेसले बैठक सार्न माग गर्दै सभामुख प्रदीप कुमार भण्डारीलाई निवेदन दिएपछि आजको बैठक स्थगित गरिएको हो। सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आफ्नो दलको अधिवेशन चलिरहेकोले…
विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभामा विश्वासको मत लिने भनिए पनि सत्तारढ र विपक्षी दलले नै आजको बैठक स्थगित गर्न माग गरेका छन्। सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सभामुख प्रदीप कुमार भण्डारीलाई बैठक स्थगित गर्न निवेदन दिएका हुन्। आफूहरुको अधिवेशन चलिरहेकोले सबै प्रदेशसभा सदस्यहरु उपस्थित हुन नसक्ने भन्दै एमालेले बैठक लम्बयाउन निवेदन दिएको हो। यस्तै,…
विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालालाई निर्वाचित गराउन आग्रह गरेका छन्। गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त गरिएका भीमप्रसाद आचार्यले कात्तिक ७ गते आइतवार विश्वासको मत लिने भएका छन्। आचार्यलाई विश्वासको मत प्राप्त नहुने निश्चित देखिएका बेला कांग्रेस नेता डा. कोइरालाले नेपाली कांग्रेसका नेतृत्वमा प्रदेश…
विराटनगर : बडा दशैँका बेला कोइराला निवासमा सधैँ मान्छेको घन्चमन्च हुन्थ्यो। पिताजी कृष्णप्रसाद कोइरालाले एक सय वर्षअगाडि बनाएको यस ऐतिहासिक घरलाई अहिले काङ्ग्रेस नेता एवम् केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संरक्षण गरिरहेका छन्। यही घरमा दशैँमा आवतजावत गर्ने अनि शुभकामना र आशीर्वादका लागि आउने परम्परा अझै चलिरहेको छ। पञ्चायत कालका कठिन र सङ्घर्षमय दिनमा यस घरलाई शेखरकै बुबा केशवप्रसाद र…
विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधान न्यायाधीशको कोटाबाट गजेन्द्र हमाललाई मन्त्री बनाएर लोकतन्त्रको हत्या गरेको आरोप लगाएका छन्। आफ्नै निवास विराटनगरमा पहिलोपोस्टसँग कोइरालाले प्रधानमन्त्रीले गरेको हमालको नियुक्तिप्रति आक्रोश व्यक्त गरेका हुन्। डा कोइरालाको प्रतिक्रिया थियो, ‘अरू साथीहरूले के भन्नुहुन्छ, म त लोकतन्त्रको हत्या नै गरेको हो भन्छु।’ उनले प्रधानमन्त्रीका रूपमा देउवाले दोस्रो पटक…
विराटनगर : मोरङ र झापाबाट नेपाली रिका चेन होटलको एकै पटक सुरुवात गरेका नवयुवा उद्यमी आकाश दुलाल आफूले पढेका कलेज सञ्चालकहरूसँत गफ गर्दै थिए। एक महिनाअघिको उक्त छलफलका क्रममा आकाशका बाबु एवं पीएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलाल पनि सँगै थिए। कलेज सञ्चालकहरूले होटल बिजनेसलाई कस्ता जनशक्तिको आवश्यकता छ भन्ने जिज्ञासा राखे। ‘होटल म्यानेजमेन्ट पढेका दक्ष जनशक्तिको त यहाँ कमी छैन’,…
विराटनगर : प्रदेश १ को एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्। प्रदेश १ एमाले संसदीय दलको बैठकबाट उनलाई संसदीय दलको नेतामा सर्वसम्मतले चयन गरेको हो। एमाले प्रदेश १ को संसदीय दलको बैठक भने जारी छ। आजै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी रहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले 'ग्रिन सिग्नल' दिएसँगै प्रदेश १ को मुख्यमन्त्री परिवर्तन हुन लागेको…
विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई उनले आफ्ना समर्थक मात्र बोलाएर सुटुक्क खोप दिएको भन्दै राति सवा ९ बजे विराटनगरको मुनालपथबाट स्थानीय युवाले लखेटेका छन्। स्थानीय युवा प्रवीण निरौला भारद्वाजका अनुसार प्रमुख पराजुलीले विराटनगर वडा नम्बर ५ का कांग्रेस बुथ सभापति विमल राजभण्डारीका घरमा भेरोसिल खोप वितरण गरिरहेका थिए। टोलका करिब ६० जना समर्थक बोलाएर सुटुक्क खोप दिएको थाहा…
विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले चालु बर्खे अधिवेशनमै प्रदेशको नामकरण गरिने जानकारी दिएका छन्। प्रदेश सभामा आइतवार सांसदले उठाएका प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री राईले चालु अधिवेशनमै प्रदेशको नामकरण पूरा गरिने सार्वजनिक गरेका हुन्। राईले भने, ‘नीति, कार्यक्रम र बजेटसम्बन्धी छलफल सकेर ती पारित भइसकेपछि प्रदेशको नामाकरण यही अधिवेशनबाट गरिनेछ। यसका लागि कोभिडबाट पूर्ण सावधानी अपनाएर हामी…