PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • विद्युतको क्षणिक 'क्राइसिस' कि लोडसेडिङ फिर्ती ? कुलमानले भने : पिक आवरमा कारखाना नचलाउनू

    विद्युतको क्षणिक 'क्राइसिस' कि लोडसेडिङ फिर्ती ? कुलमानले भने : पिक आवरमा कारखाना नचलाउनू

    काठमाडौँ: भारतबाट विद्युत आयात बन्द भएको खबरहरु सार्वजनिक भएसँगै फेरि देश 'लोडसेडिङ'मा फर्किँन सक्ने हल्ला चलेपछि नेपाल विद्युत प्राधिकरणले भने कुनै पनि क्षेत्रमा 'लोडसेडिङ'मा नहुने स्पष्टीकरण दिएको छ। भारतले बिजुली नदिएको र दिए पनि महँगोमा दिएको भन्दै प्राधिकरणले औद्योगिक करिडोरहरुमा लोडसेडिङ सुरु गरेको थियो। लोडसेडिङ अन्त्य गरेर 'वाहवाही' कमाएका कुलमानले आफ्नो दोस्रो कार्यकालमा 'लोडसेडिङ' गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • फेरि लोडसेडिङतिरै लखेटिँदै मुलुक : नाफा देखाउन, आपूर्ति कटौती !

    फेरि लोडसेडिङतिरै लखेटिँदै मुलुक : नाफा देखाउन, आपूर्ति कटौती !

    काठमाडौं : मुलुक फेरि लोडसेडिङको मुखैनेर पुगेको छ। नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा विद्युत आपूर्ति कटौती थालेसँगै यसको सुरुवात भएको हो।  वित्तीय सन्तुलन खलबलिने भन्दै प्राधिकरणले भारतबाट बिजुली आयात रोके औद्योगिक क्षेत्रमा लोडसेडिङलाई पुनर्स्थापित गरेको छ। भारतीय बिजुली युनिटकै ३५ रुपैयाँभन्दा माथि पुगेपछि प्राधिकरणले मंगलवार आयात बन्द गरेको थियो। पहिलो चरणमा एक मेगावाट भन्दा धेरै विद्युत खपत हुने उद्योग लोडसेडिङको सिकार…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट किन्ने बिजुलीको दाम युनिटकै ३५ रुपैयाँ पुग्यो, धान्न सक्ला विद्युत प्राधिकरणले?

    भारतबाट किन्ने बिजुलीको दाम युनिटकै ३५ रुपैयाँ पुग्यो, धान्न सक्ला विद्युत प्राधिकरणले?

    काठमाडौं: नेपाल विद्युत प्राधिकरणले स्थानीय माग पूरा गर्नका लागि भारतबाट ल्याइरहेको बिजुलीको दाम युनिटकै ३५ रुपैयाँसम्म पुगेको छ। पछिल्ला केही दिनयता आयात गरिरहेको बिजुलीको प्रतियुनिट दर यतिसम्म पुगेको प्राधिकरणका प्रवक्ता तथा उपकार्यकारी निर्देशक सुरेश बहादुर भट्टराईले बताएका हुन्। यो दर नेपालले पिक आवरमा खरिद गरिरहेको बिजुलीका लागि परेको हो। यो हिउँदमा विद्युत प्राधिकरणले भारतबाट कम्तिमा ६ हजार मेगावाट आवरदेखि १२ हजार मेगावाट आवरसम्म बिजुली किनेको तथ्यांक छ।…

    विस्तृतमा पढ्नुस्

  • लोडसेडिङकै झल्को दिनेगरी किन गइरहेको छ बत्ती? अघोषित विद्युत कटौतीको मारमा उपभोक्ता

    लोडसेडिङकै झल्को दिनेगरी किन गइरहेको छ बत्ती? अघोषित विद्युत कटौतीको मारमा उपभोक्ता

    काठमाडौंः केही दिनयता काठमाडौं उपत्यकाभित्र बिहान-बेलुकी बत्ती झ्याप झ्याप गइरहेको छ। नेपाल विद्युत प्राधिकरणले बिजुली खपत बढाउन आग्रह गरिरहे पनि बिजुली बेला बेला झ्याप झ्याप गइरहेको हुन्छ। लोडसेडिङ हटेको लामो समय भए पनि त्यस्तै झल्को दिनेगरी बत्ती किन गइरहेको छ? प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले लोडसेडिङ नभई चिसोका कारण माग ह्वात्तै बढेकाले ट्रान्सफर्मर र तारहरु जल्ने गरेका कारण बत्ती जाने समस्या भएको…

    विस्तृतमा पढ्नुस्

  • भवन निर्माण अनियमितता मुद्दामा विद्यासुन्दर र प्रशासकीय अधिकृत ज्ञवाली कसरी जोगिए?

    भवन निर्माण अनियमितता मुद्दामा विद्यासुन्दर र प्रशासकीय अधिकृत ज्ञवाली कसरी जोगिए?

    काठमाडौँः काठमाडौँ महानगरपालिकाको कार्यालय भवन निर्माणको ठेक्कामा भष्ट्राचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। अख्तियारले भवन निर्माणका लागि निकालेको बोलपत्रको मूल्याङ्कन प्रतिवेदन गलत बनाएर योग्यता नै नपुगेको कम्पनीलाई दिएको भन्दै मुद्दा दायर गरेको हो। महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाई प्रमुख बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेश बुढाथोकीविरुद्ध मुद्दा दायर…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक सवारी चलाउन व्यावसायिक लाइसेन्स चाहिने, १० कक्षा पास गरेकालाई मात्र दिने

    सार्वजनिक सवारी चलाउन व्यावसायिक लाइसेन्स चाहिने, १० कक्षा पास गरेकालाई मात्र दिने

    काठमाडौँः सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) व्यावसायिक र निजी प्रयोजनका लागि छुट्टाछुट्टै दिने तयारी गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०७७' ल्याएर दुईथरी लाइसेन्स दिन लागिएको हो। ऐन ल्याउन यातायात व्यवस्था विभागले ड्राफ्ट गरिसकेको छ। राय, सुझावका लागि उक्त ड्राफ्ट मंसिर २ गते कानुन मन्त्रालय पठाएको छ। प्रस्तावित विधेयक अनुसार सार्वजनिक सवारी चलाउनको लागि सम्बन्धित वर्गको व्यवसायिक चालक अनुमतिपत्र अनिवार्य…

    विस्तृतमा पढ्नुस्

  • पठाओले 'सर्ज चार्ज' को नाममा ठगेको गुनासो बढेपछि यातायात मन्त्रालय अलर्ट, विभाग भन्छ : सिडिओमा उजुरी गर्नुस्

    पठाओले 'सर्ज चार्ज' को नाममा ठगेको गुनासो बढेपछि यातायात मन्त्रालय अलर्ट, विभाग भन्छ : सिडिओमा उजुरी गर्नुस्

    काठमाडौं : राइड शेयरिङ एप पठाओले अतिरिक्त शुल्क उठाएको गुनासो बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलमा छलफल भएको छ। मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई बोलाएर छलफल गरेका हुन्। पठाओले 'सर्ज चार्ज' का नाममा अतिरिक्त शुल्क उठाएको भन्दै गुनासो बढेपछि नियमन लगायतका बारेमा छलफलका लागि महानिर्देशक घिमिरेलाई बोलाएको सचिव श्रेष्ठले बताए। उनका अनुसार महानिर्देशक घिमिरेले कानुन…

    विस्तृतमा पढ्नुस्

  • फास्ट ट्रयाक निर्माण अति सुस्त, चार वर्षमा १६% प्रगति, सेना अलमलिँदै समय गुजार्दै

    फास्ट ट्रयाक निर्माण अति सुस्त, चार वर्षमा १६% प्रगति, सेना अलमलिँदै समय गुजार्दै

    काठमाडौं: काठमाडौं-तराई/मधेस द्रुतमार्ग आयोजना पुरा गर्ने समयावधि सकिए पनि सेनाले अझै ठेक्का नै लगाइसकेको छैन। २०७४ वैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकले चार वर्षमा सम्पन्न गर्ने गरी निर्माणको व्यवस्थापकीय जिम्मा नेपाली सेनालाई दिइएको थियो। उक्त वर्ष जेठ १४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको यो आयोजनामा सेनाको काम गराइ भने अति सुस्त देखिएको छ। सेनाले उपलब्ध गराएको तथ्यांकमै काम सुरु…

    विस्तृतमा पढ्नुस्

  • रेलमा देउवा सरकारको झेल : न बजेट, न कर्मचारी

    रेलमा देउवा सरकारको झेल : न बजेट, न कर्मचारी

    काठमाडौं : रेल विभागले कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म संचालनका लागि किनेको रेल सेट धनुषाको इनर्वामा त्यसै थन्काएर राखिएको छ। विभागले रेल नेपाल ल्याएको एक वर्ष बिते पनि यो संचालनमा कहिले आउँछ भन्ने अझै टुङ्गो लाग्न सकेको छैन। ६ वर्ष लामो प्रतीक्षापछि कुर्था–जनकपुरधाम – जयनगरसम्म रेल गुडाउन दुई सेट रेलको बगी तथा ४ सेट इन्जिन परिक्षणको लागि गत वर्षको असोज २…

    विस्तृतमा पढ्नुस्

  • सुरुङमार्गको ठूलो सम्भावना तर छैनन् इन्जिनियर, नागढुंगा-नौविसे सुरुङमार्गसँगै तयार हुनेछन् दक्ष इन्जिनियर

    सुरुङमार्गको ठूलो सम्भावना तर छैनन् इन्जिनियर, नागढुंगा-नौविसे सुरुङमार्गसँगै तयार हुनेछन् दक्ष इन्जिनियर

    काठमाडौं : नागढुंगा - नौविसे सुरुङमार्ग आयोजनाले तिहार लगत्तै ५० बढी इन्जिनियरलाई सुरुङमार्ग सम्बन्धी तालिम दिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका इच्छुक इन्जिनियरलाई सुरुङमार्ग सम्बन्धी तालिम दिन लागिएको हो। साइट क्याम्पको कक्षामै राखेर पढाउने र काम नै गराएर तालिम दिइनेछ। अहिले नेपालमा एक जना पनि सुरुङसँग सम्बन्धित इन्जिनियर छैनन्। अहिले पाइपलाइनमा दुई दर्जन सुरुङमार्ग भएपनि इन्जिनियर नहुँदा…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको पानी काठमाडौं आइपुग्ने नयाँ 'डेडलाइन' अब २०८० साल!

    मेलम्चीको पानी काठमाडौं आइपुग्ने नयाँ 'डेडलाइन' अब २०८० साल!

    काठमाडौं : बाढीका कारण क्षति पुगेपछि अनिश्चित बनेको मेलम्ची खानेपानी काठमाडौं आइपुग्न अझै केही वर्ष लाग्ने देखिएको छ। बाढीले हेड वर्क्समै क्षति पुगेको र आँकलन गरेभन्दा ठुलो क्षति पुगेकाले परियोजना अनिश्चित बनेको हो। यद्यपि २०८० सालभित्रै काठमाडौंमा पानी आइपुग्ने गरी योजना अघि बढाउने तयारीमा परियोजना लागेको आयोजनका एक अधिकारीले बताएका छन्। '२०८० कात्तिकसम्म सबै काम सक्ने गरी योजना बनाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची अनिश्चित भएसँगै उपत्यकामा फेरि पानीको हाहाकार, दैनिक १० करोड लिटर मात्रै आपूर्ति!

    मेलम्ची अनिश्चित भएसँगै उपत्यकामा फेरि पानीको हाहाकार, दैनिक १० करोड लिटर मात्रै आपूर्ति!

    काठमाडौं : मेलम्ची आयोजना लगभग पूरा भएर काठमाडौंको सुन्दरीजलमा पानी झरेसँगै राहत महसुस गरिएको राजधानीमा खानेपानीको समस्या पुन: शुरू भएको छ। सिन्धुपाल्चोकको मेलम्ची खोलाको १७ करोड लिटर पानी आएपछि वितरण सञ्जाल विस्तार भइसकेका उपत्यकामा विभिन्न स्थानहरुमा दिन बिराएर पानी वितरण हुन थालेको थियो। तर, असार १ मा मेलम्ची खोलामा आएको बाढीले आयोजना अनिश्चित भएसँगै यतिबेला उपत्यकामा पुनः पानीको हाराहार शुरु…

    विस्तृतमा पढ्नुस्

  • फास्ट ट्र्याक आयोजनामा ३ अर्बभन्दा बढी दुरुपयोग, सेनाको युनिटभित्र असन्तुष्टि!

    फास्ट ट्र्याक आयोजनामा ३ अर्बभन्दा बढी दुरुपयोग, सेनाको युनिटभित्र असन्तुष्टि!

    काठमाडौं : राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेस द्रुतमार्ग आयोजनामा सेनाले ठूलो रकम दुरुपयोग गरेको भन्दै  महालेखाले प्रश्न उठाएको छ। काम गरिरहेकै बेला औचित्य नबुझी खर्च गरेको प्रश्न उठेपछि आयोजना व्यवस्थापन हेरिरहेको सेनाको युनिटभित्र भने असन्तुष्टि बढेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाले ३ अर्ब ७ करोड ४० लाख रुपैया भुक्तानी भइसकेपछि त्यसको आवश्यकता र औचित्य नभएको भन्दै १४ वटा ठेक्का रद्द…

    विस्तृतमा पढ्नुस्

  • शाक्य प्राधिकरणको नेतृत्व छाड्न तयार, ‘सरकारले जहाँ खटाउँछ त्यहाँ जान तयार छु’

    शाक्य प्राधिकरणको नेतृत्व छाड्न तयार, ‘सरकारले जहाँ खटाउँछ त्यहाँ जान तयार छु’

    काठमाडौँः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफू पद छाड्न तयार रहेको बताएका छन्। कुलमान घिसिङलाई पुनः नियुक्तिका लागि ऊर्जामन्त्री पम्फा भुसालले नै शाक्यलाई सहजीकरणका लागि आग्रह गरेकी थिइन्। शाक्यले आफू नेपाल सरकारको कर्मचारी भएकाले जहाँ खटाइन्छ त्यहीँ जाने बताए। विभागीय मन्त्रीले मंलगबार नै राजीनामा अपेक्षा गरे पनि शाक्यले दिएनन्। तर, सरकारले खटाएको स्थानमा आफू काम गर्न तयार रहेको…

    विस्तृतमा पढ्नुस्

  • द्रुतमार्गको पहिलो प्याकेजको ठेक्का पाएको चिनियाँ कम्पनीको प्राविधिक टोली सुरुङमार्गको डिजाइनमा ‘फोकस’

    द्रुतमार्गको पहिलो प्याकेजको ठेक्का पाएको चिनियाँ कम्पनीको प्राविधिक टोली सुरुङमार्गको डिजाइनमा ‘फोकस’

    काठमाडौं : काठमाडौं-तराई द्रुतमार्ग आयोजना अन्तर्गत सुरुङमार्ग सहित पहिलो प्याकेजको ठेक्का पाएको चिनियाँ कम्पनीको टोलीले सुरुङमार्गको डिजाइन तयार गर्ने काम शुरु गरेको छ। चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडको २३ जना प्राविधिक सहितको टोली साउन ६ गते बिहान आइपुगेको हो। टोलीमा हाइवे इन्जिनियर, टनेल इन्जिनियर, जियोलोजिष्ट सहित आवश्यक सबै प्राविधिक छन्। सुरुङमार्गको डिजाइनलाई फोकस गरेर टोली आएको नेपाली सेनाले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञा खुले पनि सवारी लाइसेन्स परीक्षा तत्काल नहुने, अब एक वर्ष अवधि भएको अस्थायी कार्ड दिने तयारी

    निषेधाज्ञा खुले पनि सवारी लाइसेन्स परीक्षा तत्काल नहुने, अब एक वर्ष अवधि भएको अस्थायी कार्ड दिने तयारी

    काठमाडौंः यातायात कार्यालयले सेवा पुनः सुरु गरेको भए पनि करिब दुई महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक परीक्षा दिन चाहनेले अझै केही समय कुर्नुपर्ने भएको छ। निषेधाज्ञा खुकुलो बनाउँदै सरकारले विभिन्न व्यवसाय तथा क्षेत्रहरु विस्तारै खुकुलो बनाउँदै लगेको छ। तैपनि ट्रायल खोल्ने भने टुङ्गो देखिएको छैन। यसैले सेवाग्राहीले लाइसेन्स ट्रायलका लागि केही महिना अझै पर्खनु…

    विस्तृतमा पढ्नुस्

  • एम्बुलेन्सको विरक्त लाग्दो साइरन, हेलिकप्टरको कर्कस आवाज...

    एम्बुलेन्सको विरक्त लाग्दो साइरन, हेलिकप्टरको कर्कस आवाज...

    'घर आउँदैनस् त छोरा?'   मंगलवार साँझ आमाले फोन गर्दै सोध्नु भयो। उहाँको बोलीमा डर र त्रास दुवै एकसाथ घोलिएको थियो। 'सबै बगाउन लागिसक्यो! बगरका मान्छे पनि माथितिर सर्न थालिसके।' म एकाएक आत्तिएँ। न गाउँ नै बगायो कि! तर नजिकै कुनै खोला छैन। छेउकै खोल्सोले त बगाएन होला नि! आशंकाहरु उम्लिए।  'के भो र आमा?' 'खोला बढेर वारपार भा'को छ।…

    विस्तृतमा पढ्नुस्

  • बाढीले मेलम्ची खानेपानी आयोजनाका एक चिनियाँ र दुई भारतीय कामदार घाइते, हेलिकप्टरबाट गरियो उद्धार

    बाढीले मेलम्ची खानेपानी आयोजनाका एक चिनियाँ र दुई भारतीय कामदार घाइते, हेलिकप्टरबाट गरियो उद्धार

    काठमाडौं : बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा कार्यरत एक चिनियाँ र दुइ भारतीय नागरिक घाइते भएका छन्।  उनीहरुलाइ हेलिकप्टर मार्फत उद्धार गरेर उपचारका लागि काठमाडौंको बी एण्ड बी अस्पताल ल्याइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बताए।  उनका अनुसार  घाइते तीन मध्ये चिनियाँ नागरिकको अवस्था गम्भीर छ। उनीहरु बाढी आएपछि भाग्दा घाइते भएको हुनसक्ने अनुमान गरिएको छ। आयोजनाबाट…

    विस्तृतमा पढ्नुस्

  • फेरिँदै बजेटको प्राथमिकताः निर्वाचन केन्द्रित पपुलिष्ट योजना

    फेरिँदै बजेटको प्राथमिकताः निर्वाचन केन्द्रित पपुलिष्ट योजना

    काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर अचानक निर्वाचन घोषणा गरेपछि बजेटको प्राथमिकता फेरिने भएको छ। सामान्य अवस्था भएको भए विभिन्न पूर्वाधारका नयाँ योजनासहित ल्याइने भनिएको बजेटमा यसपटक कोरोना महामारीका कारण पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्र छ। कात्तिक २६ र मंसिर ३ गतेका लागि घोषणा गरिएको मध्यावधि निर्वाचनका लागि समेत सरकारले बजेट विनियोजन गर्नुपर्नेछ। यदि घोषित चुनाव भइहाल्ने अवस्था बनेमा आफ्नो दललाई…

    विस्तृतमा पढ्नुस्

  • जहाँ चर्को निषेधाज्ञाकै बिचमा पनि ५ सय कामदार खटिरहेका छन्, तीन सिफ्टमा चलिरहेछ काम

    जहाँ चर्को निषेधाज्ञाकै बिचमा पनि ५ सय कामदार खटिरहेका छन्, तीन सिफ्टमा चलिरहेछ काम

    काठमाडौं : देशव्यापी निषेधाज्ञाका कारण जनजीवन ठप्प छ। यस्तोमा अति आवश्यकबाहेकका क्षेत्रमा मानिसहरुलाई निषेध गरिएको छ। त्यसैले सबैतिर ठप्प नै छ। यही ठप्पबिच एउटा महत्वपूर्ण आयोजना भने चौबिसै घन्टा जारी छ। र, यो आयोजनामा तीन सिफ्टमा ५ सय कामदार भिडिरहेका छन्। अधिकांश विकासे आयोजनाहरु बन्द हुन थाले पनि नागढुंगा-नौविसे सुरुङमार्ग आयोजनाको काम भने निरन्तर भइरहेको छ। आयोजनासँग १५ दिनलाई पुग्ने निर्माण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell