PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • संसदमा मन्त्री र सांसदको प्रश्नोत्तर, 'सातामा चार मन्त्रीसँग सवालजवाफ'

    संसदमा मन्त्री र सांसदको प्रश्नोत्तर, 'सातामा चार मन्त्रीसँग सवालजवाफ'

    काठमाडौँः प्रतिनिधिसभा नियमावली पारित भएसँगै संघीय संसद् सचिवालयले मन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यान्वयनको तयारी गरेको छ। सरकारको उत्तरदायित्व र सार्वजनिक महत्त्वका विषयमा सांसदले विभागीय मन्त्रीसँग प्रश्न गर्न पाउने व्यवस्था नियमावलीले गरेको छ। प्रधानमन्त्रीसँग समेत महिनामा दुई पटक प्रश्नोत्तरको व्यवस्था नियमावलीमा छ। सरकारलाई सदनप्रति थप जवाफदेही बनाउन भन्दै नियमावलीमा प्रधानमन्त्री र मन्त्रीसँगको प्रश्नोत्तर समावेश गरिएको हो। रुपान्तरित व्यवस्थापिकामा छुट्टै कार्यविधि बनाएर प्रश्नोत्तर चलाउने…

    विस्तृतमा पढ्नुस्

  • सरकारमा जान्छौं : राजपा महासचिव, सरकारमा सहभागी हुन्छ भन्ने कुरा 'बकवास’ : महन्थ ठाकुर

    सरकारमा जान्छौं : राजपा महासचिव, सरकारमा सहभागी हुन्छ भन्ने कुरा 'बकवास’ : महन्थ ठाकुर

    काठमाडौं : संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएसँगै संघीय संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पनि सरकारमा सहभागी हुने चर्चा चलेको छ। सत्तापक्षकै नेताहरुले राजपालाई सरकारमा सहभागी गराउने तयारी भइरहेको बताइरहेका छन्।  राजपाकै एक महासचिवले पनि सरकारमा सहभागी हुने तयारी भइरहेको वक्तव्य दिएका छन्। राजपाका महासचिव केशव झाले राजपा सरकारमा सहभागी हुने तयारी गरिरहेको उल्लेख गर्दै…

    विस्तृतमा पढ्नुस्

  • नवराज सिलवालले सोधे, ‘अपराध बढिरहेको छ, मृत्युदण्ड दिन मिल्दैन?’

    नवराज सिलवालले सोधे, ‘अपराध बढिरहेको छ, मृत्युदण्ड दिन मिल्दैन?’

    काठमाडौं : प्रहरीको करिअर छाडेर सांसद बनेका नवराज सिलवालले देशमा अपराध बढिरहेकोले मृत्युदण्डको व्यवस्था राख्नुपर्ने विचार राखेका छन्। सांसदहरुलाई संसदीय प्रक्रिया बारे जानकारी दिन मंगलबार संघीय संसद सचिवालयले आयोजना गरेको कार्यक्रममा सिलवालले नेपालले गरेको अन्तर्राष्ट्रिय सन्धिबाट पछि हटेर भए पनि मृत्युदण्डको व्यवस्था गर्न सकिने नसकिने बारे प्रश्न राखेका थिए।  सिलवालको प्रश्नको जवाफमा कानुन आयोगका अध्यक्ष माधव पौडेलले अन्तर्राष्ट्रिय सन्धिबाट नेपालले…

    विस्तृतमा पढ्नुस्

  • नियमावली विवादः शब्दको लडाइँमा सदन, भूमिका खोज्दै प्रतिपक्षी

    नियमावली विवादः शब्दको लडाइँमा सदन, भूमिका खोज्दै प्रतिपक्षी

    काठमाडौँः संघीय संसद्को पहिलो बैठक बसेको तीन महिना पूरा भएको छ। तर अहिलेसम्म प्रतिनिधिसभा र राष्ट्रियसभाको कार्यसञ्चालन नियमावली दुबै सदनले पाएका छैनन्। देशको नीति नियम बनाउने संसद् नै नीतिविहीन छ त्यो पनि तीन महिनादेखि। अहिलेसम्म अन्तरिम कार्यविधिकै भरमा संसद् चलाइएको छ। हालसम्म सदनले किन पाउन सकेन त नियमावली?  दलहरूका आ–आफ्नै दाउ  प्रतिपक्ष र सत्तारुढ दुबै पक्षका आ–आफ्नै दाउ छन्। सदनमा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले सदन अवरुद्ध गर्ने तयारी गरेपछि नियमावली पारित भएन

    कांग्रेसले सदन अवरुद्ध गर्ने तयारी गरेपछि नियमावली पारित भएन

    काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने तयारी गरेपछि प्रतिनिधि सभा नियमावली मस्यौदा आज पनि पारित हुन सकेन। आजको प्रतिनिधि सभा बैठकको कार्यसूचीको २,३ र ४ मा प्रतिनिधि सभा नियमावली मस्यौदा पारित गर्ने विषय समावेश गरिएको थियो। तर बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच सहमति जुट्न सकेको थिएन। बैठकमा सबै दलका प्रतिनिधिहरु सहभागी भएका थिए।  कांग्रेसले मतदान गरी…

    विस्तृतमा पढ्नुस्

  • फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठ किन मन्त्री बन्न पाएनन्?

    फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठ किन मन्त्री बन्न पाएनन्?

    काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएदेखि नै सरकारमा सहभागिताका लागि सक्रियता बढाएका संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ आफ्नो नाम नपरेपछि शपथ ग्रहणमै अनुपस्थित भएका छन्। सरकारसँगको सहमति पत्रसमेत कोरेका श्रेष्ठको मन्त्री बन्ने चर्चामा धेरै अघिदेखि थिए। फोरम नेपाल र सरकारबीचको हरेक वार्तामा उनी सहभागी थिए। फोरम नेपालले सरकारमा सहभागिताका लागि यसअघि पठाएको मन्त्रीको लिष्टमा श्रेष्ठको…

    विस्तृतमा पढ्नुस्

  • दुई उपप्रधानमन्त्री थपिँदा दुई घण्टा ढिलो शपथ, सभामुख र राष्ट्रिय सभा अध्यक्षको बिजोग

    दुई उपप्रधानमन्त्री थपिँदा दुई घण्टा ढिलो शपथ, सभामुख र राष्ट्रिय सभा अध्यक्षको बिजोग

    काठमाडौं : उपप्रधानमन्त्री नराख्ने बताउँदै आए पनि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा शुक्रबार दुई जना उपप्रधानमन्त्री भएका छन्। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अडानपछि प्रधानमन्त्री ओलीले दुई उपप्रधानमन्त्री राखेका हुन्। यादवलाई उपप्रधान मन्त्री दिने विषयमा छलफल भइरहँदा शपथ ग्रहण दुई घण्टा ढिलो भयो। शुक्रबार साँझ पाँच बजेका लागि राखिएको शपथ ग्रहण सात बजे बल्ल भयो। वरियता  क्रममा प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • शक्तिशाली ओली सरकार, भूमिकाविहीन प्रतिपक्ष : के - के गर्न सकिन्छ दुई तिहाइले?

    शक्तिशाली ओली सरकार, भूमिकाविहीन प्रतिपक्ष : के - के गर्न सकिन्छ दुई तिहाइले?

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संघीय संसदको दुई तिहाई मत प्राप्त सरकार बनेको छ। नेपालको संसदीय इतिहासमा दुई तिहाईको सरकार बनाउने ओली दोस्रो प्रधानमन्त्री भएका छन्। संघीय समाजवादी फोरम नेपालले सरकारमा जाने सहमति गरेसँगै संघीय संसदको कुल ३ सय ३४ सदस्यमध्ये २ सय ३४ सदस्यको नेतृत्व गर्दै ओली सरकारमा छन्। उसलाई सरकार बाहिरबाट १९ सदस्य रहेको राजपाको पनि…

    विस्तृतमा पढ्नुस्

  • सरकार – फोरम सहमतिमा ‘मधेश आन्दोलन’ नै गायव, मन्त्रालयको टुंगो लाग्दै

    सरकार – फोरम सहमतिमा ‘मधेश आन्दोलन’ नै गायव, मन्त्रालयको टुंगो लाग्दै

    काठमाडौं : मधेश आन्दोलनकै जगमा स्थापित संघीय समाजवादी फोरम नेपाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। सरकारमा सहभागी हुन फोरमले गरेको दुई बुँदे सहमतिमा 'मधेश आन्दोलन' शब्दसमेत अटाएन।    प्रधानमन्त्री निवास वालुवाटरबाट फर्किँदै गरेका फोरम नेपालका महासचिव रामसहायप्रसाद यादवले पहिलोपोस्टलाई भने, ‘मधेश आन्दोलन शब्द नै नराखिए पनि आन्दोलन शब्द राखिएको छ। यसले मधेशलाई पनि समेट्छ।’ सरकारमा…

    विस्तृतमा पढ्नुस्

  • नेकपा–फोरमबीच केन्द्रमा सहमति, प्रदेशमा समर्थन फिर्ता

    नेकपा–फोरमबीच केन्द्रमा सहमति, प्रदेशमा समर्थन फिर्ता

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच केन्द्रमा सहमति भएर नीति तथा कार्यक्रममाथिको संशोधन विधेयक फिर्ता लिइरहँदा प्रदेश २ मा भने फोरम नेतृत्वको सरकारलाई नेकपाले समर्थन फिर्ता लिएको छ। ओली सरकारको नीति तथा कार्यक्रममाथि फोरम नेपालका चार जना सांसदले संशोधन दर्ता गराएका थिए।  उक्त संशोधन संसदमा पेस हुनुअघि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र फोरम…

    विस्तृतमा पढ्नुस्

  • ओली सरकारमा फोरमका उपेन्द्र यादवलाई शहरी विकास मन्त्रालय

    ओली सरकारमा फोरमका उपेन्द्र यादवलाई शहरी विकास मन्त्रालय

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको संघीय समाजवादी फोरम नेपालले पार्टीबाट मन्त्री चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ। फोरम नेपालको आज बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुनेको नाम टुंगो लगाउन नसकेपछि अध्यक्ष यादवलाई जिम्मा दिएको हो। दुई मन्त्रीसहित एक राज्यमन्त्री पाएको फोरममा मन्त्रीका आकांक्षी धेरै भएपछि अध्यक्षलाई जिम्मेवारी दिइएको हो।  स्रोतका अनुसार अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • खाली सदन, बजेटमाथि बहस!

    खाली सदन, बजेटमाथि बहस!

    काठमाडौं : सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल जारी छ। आजबाट सुरु भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलको प्रस्ताव प्रस्तुत गरेका थिए भने प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सुरुमा आफ्नो धारणा राखेका थिए। शीर्ष नेताहरु आ–आफ्नो धारणा राख्दै बाहिरिँदै गएपछि सांसदहरु पनि पातलिँदै गए।  सदनको कामकारवाही चल्दा मन्त्रीहरुको उपस्थिति रहनुपर्ने अनिर्वायता छ। तर,…

    विस्तृतमा पढ्नुस्

  • जनसंख्याको आधारमा प्रदेशमा बजेट दिन राजपाको माग

    जनसंख्याको आधारमा प्रदेशमा बजेट दिन राजपाको माग

    काठमाडौं : सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाएको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले जनसंख्याको आधारमा प्रदेशमा बजेट विनियोजन गर्नुपर्ने माग गरेको छ। मंगलबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो। छलफलमा अध्यक्ष मण्डलका सदस्यहरुले जनसंख्याका आधारमा प्रदेशमा बजेट विनियोजन हुनुपर्ने कुरा संसदमा उठाउने निष्कर्ष निकालेका थिए। ‘हाम्रो लागि नीति तथा कार्यक्रम खासै उपलब्धीमूलक छैन। अब बजेट विनियोजनको…

    विस्तृतमा पढ्नुस्

  • विद्यादेवी भण्डारी, ‘श्रीपेच विनाकी राजा : नेपाली कांग्रेस

    विद्यादेवी भण्डारी, ‘श्रीपेच विनाकी राजा : नेपाली कांग्रेस

    काठमाडौं : सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदकै अवहेलना गरेको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति भण्डारीले सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र सांसदहरुलाई सम्बोधन गर्दा अनादर गरेको कांग्रेसको निष्कर्ष छ। कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले ‘प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय संसदका सदस्यहरु’ मात्र बारम्बार सम्बोधन गरेकी…

    विस्तृतमा पढ्नुस्

  • केन्द्र र प्रदेश दुईबीच सम्बन्ध चिस्याउने ४ प्रकरण, मुख्यमन्त्रीको यात्रा रोकिँदा सत्ता र प्रतिपक्षी दुवैको एक स्वर

    केन्द्र र प्रदेश दुईबीच सम्बन्ध चिस्याउने ४ प्रकरण, मुख्यमन्त्रीको यात्रा रोकिँदा सत्ता र प्रतिपक्षी दुवैको एक स्वर

    काठमाडौं : मुलुकका सातवटा प्रदेशमध्ये प्रदेश २ मा मात्र केन्द्रीय सत्तारुढ दलको सरकार छैन भलै वाम गठबन्धनको समर्थनमा सरकार बनेको होस्। अन्य छ वटा प्रदेशमा केन्द्रीय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको एकल सरकार छ। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको समर्थनमा सरकार गठन भएको भए पनि प्रदेश २ सरकार र केन्द्रीय सरकारबीच सधैँजसो खटपट चलिरहेको छ। हाल एक भएका दुई…

    विस्तृतमा पढ्नुस्

  • सरकारमा सहभागी हुन फोरम नेपालको तयारीः वार्ता समिति गठन हुँदै

    सरकारमा सहभागी हुन फोरम नेपालको तयारीः वार्ता समिति गठन हुँदै

    काठमाडौं: नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएलगतै संघीय समाजवादी फोरम नेपाल पनि सरकारमा सहभागिताका लागि प्रक्रिया अगाडि बढाएको छ। एकीकृत प्रस्तावित पार्टी ‘नेपाल कम्युनिस्ट पार्टी’बाट पुनः फोरम नेपालसँग सरकारमा सहभागिताका लागि अनौपचारिक छलफल सुरु भएको छ। शनिवार नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट फोरमलाई सरकारमा सहभागी हुन पुनः प्रस्ताव गरेको थियो। उक्त प्रस्तावसहितको विषयमा छलफल गर्न शनिवारबाट फोरम नेपालको कार्यसम्पादन…

    विस्तृतमा पढ्नुस्

  • लालबाबु राउतको भनाइमा सत्तारुढ दलकै सांसदको समर्थन?

    लालबाबु राउतको भनाइमा सत्तारुढ दलकै सांसदको समर्थन?

    काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिका विषयमा सत्तारुढ वाम गठबन्धन नै विभाजित भएको छ। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सोही पार्टीका नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितका एमाले नेताहरुले मुख्यमन्त्री राउतको अभिव्यक्तिका विरुद्ध प्रतिक्रिया दिइरहेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनकाा क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान र नेपाल सरकारको नीति विरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • ओली र मोदीको 'जनकपुर ड्रेस' मैथिली हैन : मिथिला संस्कृतिका जानकार

    ओली र मोदीको 'जनकपुर ड्रेस' मैथिली हैन : मिथिला संस्कृतिका जानकार

    काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार जनकपुरधाममा एउटै पोशाकमा देखिए। दुबै जनाको कुर्ता, पैजामा र टोपी पनि एकै किसिमको थियो। केहीले उक्त पहिरनलाई मैथिली पहिरन दावी गरेका छन्। के यो मैथिली पोशाक नै हो त? शनिबारको नयाँ पत्रिकामा एमाले नेता राजन भट्टराईलाई उद्‍धृत गर्दै मोदीले लगाएको पोसाक मैथिली पोशाक भएको र काठमाडौँमा सिलाएर प्रधानमन्त्री ओलीले पठाइदिएको…

    विस्तृतमा पढ्नुस्

  • मोदी भ्रमण : राष्ट्रवादमा नयाँ जलप

    मोदी भ्रमण : राष्ट्रवादमा नयाँ जलप

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो कार्यकालमै तेस्रो पटक नेपाल भ्रमण गर्दैछन्। उनले तीन पटक भ्रमण गर्ने देशहरुमा फ्रान्स र रसिया अहिलेसम्म छ। अब नेपाल थपिँदैछ। मोदी प्रधानमन्त्री भएपछि भ्रमण गर्ने तेस्रो मुलुक नेपाल नै थियो। तीन र चार अगस्ट २०१४ मा नेपालको पहिलो राजकीय भ्रमण गरेका मोदीले सोही वर्ष सार्क सम्मेलनमा सहभागी हुन २५ देखि २७ नोभेम्बरमा नेपाल भ्रमण गरेका…

    विस्तृतमा पढ्नुस्

  • उर्जा मन्त्रालयको श्वेतपत्र : मौसमअनुसार फरक विद्युत् महसुल, कुन प्रदेशमा कुन आयोजना निर्माण हुँदै?

    उर्जा मन्त्रालयको श्वेतपत्र : मौसमअनुसार फरक विद्युत् महसुल, कुन प्रदेशमा कुन आयोजना निर्माण हुँदै?

    काठमाडौं: उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले श्वेतपत्र जारी गर्दै २०७५ देखि ०८५ सम्मलाई ‘उर्जा तथा जलस्रोत दशक’का रुपमा मनाउने जनाएको छ। जसका लागि सरकारले नीतिगत मार्ग चित्रसमेत सार्वजनिक गरेको छ। यसअवधिमा विभिन्न महत्वकांक्षी योजनाहरु अगाडि बढाइने श्वेतपत्रमा जनाइएको छ। श्वेतपत्रमा जारी अधिकांश मार्ग यसअवधिमा पुरा हुन सम्भावना न्यून देखिन्छ। तर पनि कतिपय योजनाहरु अगाडि बढ्न सक्ने सम्भावना छ। श्वेतपत्रअनुसार औद्योगिक,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell