काठमाडौं : अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो वाइडेनले बुधवार सपथ लिएका छन्। विश्वले वाइडेनको ह्वाइटहाउस प्रवेशलाई नजिकबाट नियालिरहेको छ। विश्वको चासो वाइडेन प्रशासनको विदेश नीतिमा छ। बाइडेनले विदेश नीति घरमा मर्यादित र विश्व मञ्चमा सम्मानित नेतृत्वको दुरदृष्टिसहित अगाडि सारेका छन्। उनले आफ्नो नीति घर र बाहिर जोडिएर रहने भन्दै सुरक्षा, समृद्धि र अमेरिकी मुल्य र मान्यतालाई थप उचाइमा हुने…
स्मल पक्स (बिफर)ले अनगिन्ती मानिसहरुको ज्यान लियो। २० औं शताब्दीमा सन् १९८० मे ८ मा उन्मुलनको घोषणा हुनु अगाडिसम्म बिफर एक्लैले ३० करोड मानिसको ज्यान लिएको थियो। विश्वमा करिब तीन हजार वर्षसम्म रहेको मानिने बिफरको भ्याक्सिन सन् १७९६ मा एडवर्ड जेनरले विकास गरेका थिए। विश्व स्वास्थ्य संगठनले बिफर उन्मुलनका लागि १९६७ मा तीब्र योजनाहरु सुरु गरेको थियो। बिफरको अन्तिम केस…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधसभा विघटनका लागि कानुनी आधार त भेटेनन् तर एउटा वाक्य वारम्बार दोहर्याए – दुई तिहाइका लागि। कुनै पनि बहालवाला प्रधानमन्त्रीले दलभित्र फुटको अवस्था आउँदा दुई तिहाई बहुमत ल्याउने आकांक्षाले भएको प्रतिनिधिसभा भंग गर्नुलाई राजनीतिकशास्त्रीका लागि अध्ययनको रोचक विषय बन्नसक्छ। प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा पेश गरेको प्रतिनिधिसभा विघटनको कारणमा पटकपटक दोहरिएको शब्द हो – दुई…
काठमाडौं : भारतीय टेलिभिजन च्यानल जी न्यूज र अनलाइन डब्लुओआईएनले सगरमाथा क्षेत्रमा अनुमतिबिना छायांकन गरेपछि कारबाही कसलाई गर्ने भन्ने द्विविधामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग परेको छ। जी न्यूजका प्रधान सम्पादक सुधीर शर्मा र डब्लुओआईएनकी पाल्की शर्मा उपाध्याय नेपाल-चीन सामरिक महत्त्वको संवेदनशील क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जभित्र बिना अनुमति कार्यक्रम छायांकन गरी प्रसारण गरेका थिए। त्यसरी छायांकन गर्नुपूर्व विभागबाट अनुमति…
काठमाडौं : जी न्युजमा सगरमाथाको कालापत्थरबाट आएको टेलिभिजन फुटेज देखेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका कर्मचारी आफैँ अचम्ममा परे। नेपालीले समेत अनुमति नलिइन क्यामरा लैजान नपाउने उक्त संवेदनशील क्षेत्रमा कसरी भारतीय च्यानल पुग्यो? प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष अन्तर्वार्ता लिन आएको भारतीय मिडियाको टोलीले कालापत्थरमा पुगेर सगरमाथाको फुटेजमात्र सार्वजनिक गरेन, भारतले त्यसमा दावी गर्नुपर्ने समेत दावी पेश गर्यो। नेपाल-चीनबिच…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विघटन गरेपछि देशमा राजनीतिक संकटसँगै संवैधानिक प्रश्न उठेका छन्। प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दाहरु परेका छन्। सबै मुद्दाहरुलाई संवैधानिक इजलासलमा बहस सुरु भएको छ। रिटमा विपक्षी बनाइएका पक्षहरु पनि दुई विपरित ध्रुबमा उभिएका छन्। प्रधानमन्त्री र राष्ट्रपति विघटनको पक्षमा उभिँदा प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा भने विघटनको…
काठमाडौं : चोङ सानसान, एक अर्बपति हुन जो मिडियामा विरलै मात्र सुनिन्छन्। तिनै अर्बपतिले यतिबेला एसियाकै धनी व्यक्तिको सूचीमा आफूलाई दर्ता गरेका छन्। पत्रकारिता जगत, च्याउ खेती हुँदै स्वास्थ्य सेवा हुँदै अहिले उनी एसियाकै धनी व्यक्तिको सूचीमा चढ्दै भारतीय धनाड्य मुकेश अम्बानी र चिनियाँ टेक टाइकुन ज्याक मालाई पनि पछाडि पारेका छन्। ७७.८ बिलियन डलरसहित विश्वको ११ औँ धनीको सूचीमा…
काठमाडौं : गत वर्षको वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया पुगे। कम्युनिस्ट तानाशाह पोलपोटको देश पुगेर नेपालका कम्युनिस्ट प्रधानमन्त्री ओलीले त्यहाँको खमेररुज युद्ध स्मारकको अवलोकन गरे। त्यसको डेढ वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार आफू पक्षीय कार्यकर्ताहरुलाई सम्बोधनका क्रममा कम्बोडियालाई सम्झिए गर्वका साथ। 'कम्बोडियाले प्लेन चार्डर्ड गरेर सायद आइ पनि पुग्यो होला। औषधी। कम्बोडियाले प्लेन चार्टर्ड गरेर औषधी सहयोग गर्दैछ। हामीले मागेर होइन,…
काठमाडौं: प्रतिनिधिसभा विघटनको विरोधमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले मंगलबार काठमाडौंमा वागमती प्रदेशस्तरीय बृहत् शक्ति प्रदर्शन गर्यो। राजधानीका विभिन्न १३ स्थानबाट प्रदेशका १३ जिल्लाबाट आएका कार्यकर्ता सहभागी भए। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र अर्का अध्यक्ष माधव नेपालसहित भृकुटीमण्डपबाट सुरु भएको र्याली पुन: भृकुटीमण्डपमा आएको थियो। विभिन्न स्थानबाट सुरु भएका जनवर्गीय संगठनहरुका र्याली पनि भृकुटीमण्डप सडकमा आइपुग्यो।…
काठमाडौं : प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा दुई पार्टीको रुपमा अगाडि बढेका छन्। दुबै पक्षले पार्टी विभाजन भएको नबताए पनि ओली पक्ष र प्रचण्ड-नेपाल पक्षको रुपमा गाउँगाउँमा विभाजनको बिउ देखिन थालिसकेको छ। दुबै समूहले पार्टीको नाम 'नेकपा' र चुनाव चिन्ह 'सूर्य' दाबी गरेका छन्। दुबै समूहले यही ब्यानरमा…
काठमाडौं : प्रतिनिधिसभा विघटनको निर्णयको चौतर्फी विरोध भइरहेको छ। अर्कातिर प्रधानमन्त्री र राष्ट्रपतिको कदमको परीक्षण सर्वोच्च अदालतमा हुँदैछ। सर्वोच्चको संवैधानिक इजलासमा पुगेको प्रतिनिधिसभा विघटनको निर्णयले सदर पाउला नपाउला, त्यो प्रतीक्षाको विषय हो। तर, पनि सरकारले वैशाख १७ र २७ गतेका लागि मध्यावधिक निर्वाचनको मिति तोकिसकेको छ। वैशाखमा निर्वाचन हुने आधारहरु कम देखिँदैछ। यस्तोमा सर्वोच्चले निर्णय सदर गरेमा निवार्चन अनिवार्य हुने…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको औपचारिक रुपमा घोषणा नभए पनि पार्टी विभाजनको अभ्यास सुरु भइसकेको छ। नेकपामा प्रधानमन्त्री केपी ओली पक्षधरले बुधवार सातै प्रदेशका मनोनित सदस्यहरुलाई प्रशिक्षण दियो भने प्रचण्ड-नेपाल समूहले संसदीय दलको बैठक गरी ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गर्यो। मंगलवार मात्र यो समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधव कुमार नेपाललाई अध्यक्षमा चयन…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई अनुशासनको कारवाही गरेको छ। अनुशासनको कारवाही सम्बन्धिको प्रस्तावलाई पारित गर्दै ओलीलाई अध्यक्षबाट हटाउने निर्णय बैठकमा भएको हो। ओलीलाई पदबाट मुक्त गर्ने सर्वसम्मत निर्णय भएको हो। असंवैधानिक कदम चालेर संसद भंग गरेको भन्दै प्रचण्ड-नेपाल समूहले ओलीलाई कारवाही गरेको…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समूह मात्रै वैधानिक भएको दाबी गरेका छन्। बबरमहल स्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीका सदस्यलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीको वैधानिकता आफूसँग भएको दाबी गरेका हुन्। बहुमत केन्द्रिय सदस्य आफूसँग भएको भएको भन्दै उनले भने, 'केन्द्रीय कमिटीको बैठकको वैधानिकता हामीसँग छ। हामीसँग ६६ प्रतिशत सदस्यको उपस्थिति छ,' उनले भने। ओली समुहमा ३२…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर पार्टीविरुद्ध युद्धको घोषणा गरेको बताएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल समूहको केन्द्रीय कमिटी बैठकमा खनालले पार्टी कमिटीमा बोलिएका कुराहरु ओलीले हुबहु सार्वजनिक गर्न लगाएको समेत दाबी गरे। 'सहमतिमा हामीले अगाडि सारेको प्रस्ताव प्रचण्डले पेस गर्नुभयो। त्यसको जवाफ सचिवालयमा पेस नगर्दै मिडियामा दिनुभयो' ओलीले…
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सूर्य चिह्न माथि धावा नबोल्न चेतावनी दिएका छन्। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले भने, 'हाम्रो चुनाव चिह्नमाथि कसैले धावा बोल्न सक्दैन।' ओलीले मंगलवार अवैधानिक रुपमा बालुवाटारमा केन्द्रीय कमिटिको बैठक संचालन गरेको नेपालको आरोप छ। उनले आफूहरुसँग बहुमत सदस्य रहेकोले ओलीले संचालन…
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा ९ एजेण्डामा छलफल भइरहेको छ। पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामा प्रति श्रद्धाञ्जली, आन्तरिक विवाद समन्धी छलफल र अध्यक्षका प्रस्ताव सदस्यलाई वितरण गर्ने तथा भोली पर्सिको बैठकमा छलफल गर्दै जाने लगायतका एजेण्डामाथि केन्द्रीय कमिटीमा छलफल भइरहेको छ। यस्तै तीन नेताले सम्बोधन गर्ने,…
काठमाडौं : सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन हुने र नहुने विषयलाई लिएर तर्क वितर्क सुरु भएको छ। प्रतिनिधिसभाको विघटनालाई लिएर सत्तारुढ दल विभाजनको संघारमा छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विरोध जनाएको छ। त्यस्तै संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीसहित संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरुले समेत विरोध जनाएका छन्। संसद…
काठमाडौं: अध्यादेश प्रकरणपछि जटिल मोडमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद केही मत्थर भएको छ। तर, अध्यादेशअघिको परिस्थितिमा भने कुनै बदलाव आएको छैन। बुधवार नेकपाका दुई अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच दुई पटक छलफल भयो। त्यो छलफलमा दुई अध्यक्षबीच मौखिक रुपमा सहमति भयो। सहमति के मा भयो? कति बुँदामा भयो? भन्ने दुबै पक्षले फरक…
काठमाडौं : अध्यादेश प्रकरणपछि जटिल मोडमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद केही मत्थर भएको छ। तर, अध्यादेशअघिको परिस्थितिमा भने कुनै बदलाव आएको छैन। बुधवार नेकपाका दुई अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच दुई पटक छलफल भयो। त्यो छलफलमा दुई अध्यक्षबीच मौखिक रुपमा सहमति भयो। सहमति के मा भयो? कति बुँदामा भयो? भन्ने दुबैपक्षले…