PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

  • कोभिड-१९ भ्याक्सिन मिथक र तथ्य : के खोपले मासिक चक्र र गर्भधानमा असर पुर्‍याउँछ?

    कोभिड-१९ भ्याक्सिन मिथक र तथ्य : के खोपले मासिक चक्र र गर्भधानमा असर पुर्‍याउँछ?

    काठमाडौं : कोभिड-१९ को सुरुवात देखि नै यसमाथि शंका फैलाउने समाचारको प्रवाह उत्तिकै हुन थालेको थियो। आपतकालीन प्रयोग भन्दै खोप विभिन्न खाले खोपहरु प्रचलनमा ल्याइँदा मानिसहरुमा यसखाले आशंका हुनु अस्वभाविक पनि होइन किनकि यसको दीर्घकालीन असरको पर्याप्त परीक्षण त हुन सुरु भएकै थिएन।  त्यसैले न्युज हेडलाइनहरुमा लेखियो - खोपले मानिसको प्रजनन स्वास्थ्यमा असर गर्छ। भ्याक्सिनको प्रयोगले प्रजनन प्रणालीमा असर गर्ने समाचारहरु त्यसैगरी आइरहे।…

    विस्तृतमा पढ्नुस्

  • तथ्यांकमा कोभिड-१९ नेपाल : प्रति १० लाख २८७ जनाको मृत्यु, कहाँ कति छन् सक्रिय संक्रमित?

    तथ्यांकमा कोभिड-१९ नेपाल :  प्रति १० लाख २८७ जनाको मृत्यु, कहाँ कति छन् सक्रिय संक्रमित?

    काठमाडौं : नेपालमा हालसम्ममा ६ लाख २६ हजार ५३५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म आरटी-पीसीआर विधिबाट गरिएको ३२ लाख ७ हजार २०८ नमुना परीक्षणका क्रममा ६ लाख ६ हजार ७७८ जनामा संक्रमण पुष्टि भएको छ। जुन कुल परीक्षणको १८.९१ प्रतिशत हुन आउँछ। यो तथ्यांकले हरेक ५.३ जनाको आर-टी पीसीआर परीक्षणमा एकमा…

    विस्तृतमा पढ्नुस्

  • हेल्थ सिल्क रोडः अवधारणा पुरानै चर्चा कोभिड -१९ सँगै, नेपाललाई के फाइदा?

    हेल्थ सिल्क रोडः अवधारणा पुरानै चर्चा कोभिड -१९ सँगै, नेपाललाई के फाइदा?

    काठमाडौँ: कोभिड-१९ महामारीसँगै विश्वमा 'भ्याक्सिन डिप्लोमेसी'को चर्चा चुलिँदै गएको छ। यति बेला पश्चिमा राष्ट्रहरू चीनमाथि 'भ्याक्सिन डिप्लोमेसी' चलाइरहेको आरोप लगाइरहेका छन्। अर्कोतर्फ विश्वका अन्य देशहरू पनि भ्याक्सिन डिप्लोमेसीमा लागिरहेका छन्। महामारीकै बीच चीनको अर्को परियोजना पनि चर्चामा छ -हेल्थ सिल्क रोड। चीनले अगाडि सारेको परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नै रहनेगरी बीआरआई सदस्य राष्ट्रको स्वास्थ्य पूर्वाधारमा सुधारका लागि…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा मात्रै १७५३ जनाको मृत्यु : साढे तीन महिनामा सवा दुई लाख जना भारतबाट नेपाल प्रवेश, परीक्षण चाहिँ ५ हजारको मात्र

    लुम्बिनीमा मात्रै १७५३ जनाको मृत्यु : साढे तीन महिनामा सवा दुई लाख जना भारतबाट नेपाल प्रवेश, परीक्षण चाहिँ ५ हजारको मात्र

    काठमाडौं : लुम्बिनी प्रदेशमा कोभिड-१९ को संक्रमणबाट एक हजार ७५३ जनाको मृत्यु भएको छ। यो नेपालको कूल मृत्युको २२.४७ प्रतिशत हो। प्रदेशमा शनिवार साँझसम्म ७७ हजार ३१५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएकोमा हाल ६ हजार १४६ सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ।    लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये हालसम्म सबैभन्दा बढी संक्रमण रुपन्देही जिल्लामा पुष्टि भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • किन कोभिड -१९ भेरियन्टलाई दिइयो ग्रीक नाम?

    किन कोभिड -१९ भेरियन्टलाई दिइयो ग्रीक नाम?

    काठमाडौं: विश्व स्वास्थ्य संगठनले सोमबारमात्र कोभिड-१९ का विभिन्न भेरियन्टलाई ग्रीक अक्षरको नाम दियो। यसअघि विभिन्न देशमा फेला परेका भेरियन्टलाई देशकै नामबाट चिनिँदै आएको थियो। त्यसलाई परिवर्तन गर्दै डब्लुएचओले ग्रीक वर्णमालाका अक्षरहरुलाई भेरियन्टको नाम दियो। जस अनुसार बेलायतमा फेला परेको युके भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा फेला परेको अम्रिकी भेरियन्टलाई बेटा, ब्राजिल भेरियन्टलाई गामा र इन्डियन भेरियन्टलाई डेल्टाको नाम दिइएको छ। नाममा बढ्दो…

    विस्तृतमा पढ्नुस्

  • सत्ता जोगाउन उदांगियो ओलीको राष्ट्रवाद: ‘भौगोलिक अखण्डता’ धरापमा, नागरिकता ‘चकलेट’ जस्तै वितरण गर्ने अध्यादेश

    सत्ता जोगाउन उदांगियो ओलीको राष्ट्रवाद: ‘भौगोलिक अखण्डता’ धरापमा, नागरिकता ‘चकलेट’ जस्तै वितरण गर्ने अध्यादेश

    काठमाडौँ: कुनै समय मधेशका मुद्दामा अनुदार हुन्थे प्रधानमन्त्री केपी शर्मा ओली। तर, अहिले राजनीतिक कोर्ष फेरिएको छ। संविधान संशोधनलाई नेपालको भौगोलिक अखण्डतामा आँच पुर्‍याउने षड्यन्त्र देख्ने ओली यतिबेला सत्ता जोगाउनका लागि संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउने तयारीमा छन्। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीले संविधान संशोधनका लागि ५ सदस्यीय कार्यदलको गठन गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) को महन्थ…

    विस्तृतमा पढ्नुस्

  • अवसानको बाटोमा बादल: 'न घरका न घाटका', अरुले बनाएका नेता, कार्यकर्ताको कहिल्यै पाउन सकेनन् साथ

    अवसानको बाटोमा बादल: 'न घरका न घाटका', अरुले बनाएका नेता, कार्यकर्ताको कहिल्यै पाउन सकेनन् साथ

    काठमाडौं: सर्वोच्च अदालतले सरकारमा सहभागी सात पूर्वमाओवादी मन्त्रीलाई कामकाजमा रोक लगाएसँगै नेकपा (माओवादी केन्द्र) छाडेर एमालेमा प्रवेश गरेका रामबहादुर थापा 'बादल' राजनीतिक अवसानको बाटोतर्फ लागेका छन्। तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा 'शैन्य विद्'को रुपमा चर्चा गरिएका नेता बादल माओवादी धारबाट विचलनको अवस्थामा आइपुग्दा राजनीतिक भविष्य पनि अन्यौलमा परेको छ। सर्वोच्च अदालतबाट अन्तरिम आदेशमार्फत मन्त्री पद खोसिएकै दिन बादललाई अर्को…

    विस्तृतमा पढ्नुस्

  • ओलीमा देखिएको नेतान्यू प्रवृत्ति, जो सत्ता लम्ब्याउन अपनाउँछन् अनेकन् हत्कण्डा

    ओलीमा देखिएको नेतान्यू प्रवृत्ति, जो सत्ता लम्ब्याउन अपनाउँछन् अनेकन् हत्कण्डा

    देशमा कोभिड-१९ को संक्रमणको ग्राफ उचाइमा छ। महामारी एकातिर अर्कोतिर राजनीतिक संकटको भुमरीमा देश फस्दै गएको छ। बजेट अधिवेशन बोलाउने दिन नजिकिँदै जाँदा सरकार बजेटको तयारीभन्दा पनि सत्तारुढ दल एमालेको विवादमा रुमलिँदै गएको छ। बजेट प्रस्तुत गर्न ९ दिनमात्र बाँकी छ। नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुन सकेको छैन। अर्कोतर्फ अबको २४ दिनमा प्रधानमन्त्रीले संसदबाट विश्वासको मत पनि लिनुपर्ने संवैधानिक…

    विस्तृतमा पढ्नुस्

  • ‘सत्ता टिकाउन नेतान्यूले कोट्याएको गाजाको घाउ’

    ‘सत्ता टिकाउन नेतान्यूले कोट्याएको गाजाको घाउ’

    विश्व यतिबेला कोभिड-१९ विरुद्धको लडाईँमा जुटिरहेको छ। तर गाजामा इजरायलले हवाइ आक्रमण सुरु गरेपछि त्यस क्षेत्रमा हिंसा भड्किएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्यूले आइतबार (मे १६) मा  टेलिभिजन सम्बोधन गर्दै आक्रमण पूर्णरुपमा सफल नहुँदासम्म जारी रहने बताएका छन्। उनले यो आक्रमण अझै केही समयसम्म रहने बताइसकेका छन्। सन् २०१४ को गाजा युद्यपछिकै ठूलो लडाईँ चलिरहेको छ गाजापट्टि। इजरायली आक्रमणमा कम्तिमा…

    विस्तृतमा पढ्नुस्

  • मृत्युको उकालो ग्राफ: कोभिड ‘आउटब्रेक’ भएको चीनलाई नेपालले उछिन्यो, प्रति १० लाखमा दैनिक ६ जनाको मृत्यु

    मृत्युको उकालो ग्राफ: कोभिड ‘आउटब्रेक’ भएको चीनलाई नेपालले उछिन्यो, प्रति १० लाखमा दैनिक ६ जनाको मृत्यु

    काठमाडौं: नेपालमा कोभिड-१९ संक्रमणबाट पहिलो मृत्यु २०७७ साल जेठ २ गते भयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ३ गते मृत्यु पुष्टि गरेको थियो। पहिलो मृत्यु भएको ठिक एक वर्ष पूरा हुँदा मृत्युको यो आँकडा पाँच हजार नाघेको छ। जुन कोभिड-१९ को आउटब्रेक इपिसेन्टरको रुपमा मानिएको चीनको भन्दा बढी हो। जेठ २ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा पाँच हजार १ जनाको मृत्यु भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • सिटी हल उद्घाटन अहिलेको आवश्यकता होइनः हजार बेड क्षमताको अस्थायी अस्पताल बन्न सक्थ्यो सरकार, कि त्यो पर्दैन!

    सिटी हल उद्घाटन अहिलेको आवश्यकता होइनः हजार बेड क्षमताको अस्थायी अस्पताल बन्न सक्थ्यो सरकार, कि त्यो पर्दैन!

    '...त्यो पर्दैन.. हिहि..' राष्ट्रपति भवन शीतल निवास नजिकै रहेका अस्पतालमा कोभिड-१९ संक्रमितका बिरामी अक्सिजन नपाएर छट्पटाइरहेका छन्। अर्कोतर्फ शुक्रबार त्यही शीतल निवासमा प्रधानमन्त्रीको रुपमा फेरि एकपटक केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिँदै थिए -'देश र जनताका नाम'मा। तर, देश र जनताको नाममा प्रतिज्ञा गर्न नपर्ने ओलीको उन्मादलाई राष्ट्रपति भण्डारीले 'हिहि' मै टारिन र अगाडि बढिन्। हेर्दा/सुन्दा सामान्य लाग्ला…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय मिडियामा प्रधानमन्त्री : फितलो क्राइसिस डिप्लोमेसी, मोही माग्ने ढुंग्रो लुकाउने चाल!

    अन्तर्राष्ट्रिय मिडियामा प्रधानमन्त्री : फितलो क्राइसिस डिप्लोमेसी, मोही माग्ने ढुंग्रो लुकाउने चाल!

    काठमाडौं : शनिवारमात्र अमेरिकी सञ्चार माध्यममा नेपालमा कोभिड-१९ नियन्त्रणमा रहेको दाबी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको दुई दिनपछि बेलायती पत्रिकामा लेख प्रकाशित गर्दै कोभिड-१९ को अवस्था भयावह भएको भन्दै सहयोगको अपिल गरेका छन्। शनिवार मात्र उनले सीएनएनसँगको कुराकानीमा नेपालमा कोभिड-१९ नियन्त्रणमा रहेको बताएका थिए। सिएनएनका पत्रकारले हाल परीक्षणको ४४ प्रतिशत परीक्षण पोजेटिभ आएको र गत महिना दैनिक १०० को…

    विस्तृतमा पढ्नुस्

  • 'कोभिड-१९ नियन्त्रणमा!' भन्ने प्रधानमन्त्रीको दाबीलाई यसरी गिज्याइरहेछ तथ्यांकले

    'कोभिड-१९ नियन्त्रणमा!' भन्ने प्रधानमन्त्रीको दाबीलाई यसरी गिज्याइरहेछ तथ्यांकले

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय मिडियासँगको अन्तर्वातामा 'नेपालमा कोभिड-१९ नियन्त्रणमा रहेको' बताउँदै प्रस्तुत गरेका विवरणलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले भने गिज्याइरहेको छ। अस्पतालमा अक्सिजनको अभावमा विरामीहरु मर्न थालेका छन्। जनप्रतिनिधि नै अस्पतालमा बेड नपाएर एम्बुलेन्समै मरेका घटना सार्वजनिक भएका छन्। प्रधानमन्त्रीले भने सीएनएनलाई स्काइप मार्फत् अन्तर्वाता दिँदै स्थिति नियन्त्रणमा रहेको दाबी प्रस्तुत गरे। शुक्रवारमात्र नेपालमा ९ हजार १ सय ९६ जनामा संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • ओलीको प्रचण्ड टार्गेट मुभ: देखाइदिने होडमा माओवादी कोटाका नियुक्ति धमाधम खारेज

    ओलीको प्रचण्ड टार्गेट मुभ: देखाइदिने होडमा माओवादी कोटाका नियुक्ति धमाधम खारेज

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले एक पछि अर्को गर्दै माओवादी कोटाबाट नियुक्ति पाएकाहरुलाई फिर्ता बोलाउँदै आफू अनुकूलका मान्छे भर्ती गर्न थालेका छन्। यसको पछिल्लो उदाहरण हुन्- अष्ट्रेलियाका राजदूत महेशराज दाहाल। उनीसँगै नियुक्त भएका राजदूतहरु कायम रहेका बेला उनलाई मात्र फिर्ता बोलाउने निर्णय सरकारले गरेको हो। यो निर्णयमा परराष्ट्र मन्त्रालय भन्दा पनि प्रधानमन्त्री ओलीको स्वार्थले बढी काम गरेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीको गञ्जागोलमा शंकर पोखरेलको गोल, अब यसरी बन्दैछन् उनी एकल बहुमतको मुख्यमन्त्री

    लुम्बिनीको गञ्जागोलमा शंकर पोखरेलको गोल, अब यसरी बन्दैछन् उनी एकल बहुमतको मुख्यमन्त्री

    काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै नयाँ सरकार गठन हुने भएको छ। नेकपा (एमाले)का संसदीय दलका नेतासमेत रहेका पोखरेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो। यद्यपि नयाँ सरकारको नेतृत्व पोखरेलले नै सम्हालन्ने निश्चित भएको छ। त्यो पनि एकल बहुमतको साथ। यसअघि माओवादी(नेकपा)सहितको सरकारको नेतृत्व गरिरहेका पोखरेललाई अविश्वासको प्रस्ताव ल्याइएको थियो। आजै बोलाइएको प्रदेश सभाको विशेष…

    विस्तृतमा पढ्नुस्

  • अझै संकटमा छ लुम्बिनीमा शंकर पोखरेलको सरकार, यसरी निर्णायक बन्न सक्छन् सभामुख

    अझै संकटमा छ लुम्बिनीमा शंकर पोखरेलको सरकार, यसरी निर्णायक बन्न सक्छन् सभामुख

    काठमाडौं:  अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीनसहित चार जना जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्यलाई मन्त्री बनाएर तत्कालका लागि संकट टारेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पुनः गणितीय रुपमा कमजोर हुने मोडमा पुगेका छन्। बिहीबार मात्र लुम्बिनी प्रदेशसभामा जसपाबाट प्रतिनिधित्व गर्ने चार सांसद पदमुक्त भएका छन्। यसरी पदमुक्त भएका चारमध्ये दुई प्रत्यक्ष निर्वाचित र दुई समानुपातिक प्रणालीबाट निर्वाचित सदस्य हुन्।…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ भ्याक्सिनको अभाव : पहिलो डोज लगाएको निर्धारित अवधिमा दोस्रो डोज नलगाए के हुन्छ?

    कोभिड-१९ भ्याक्सिनको अभाव : पहिलो डोज लगाएको निर्धारित अवधिमा दोस्रो डोज नलगाए के हुन्छ?

    काठमाडौं : विश्वभर यतिवेला कोभिड-१९ विरुद्धको खोप अभियान चलिरहेको छ। नेपालमा पनि तेस्रो चरणको खोप अभियान सुरु भइसकेको छ। हालसम्म नेपालमा कोभिड-१९ विरुद्ध १९ लाख ८९ हजार २४८ जनाले खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख ११ गते साँझ सवा ६ बजे सम्मको अध्यावधिक तथ्यांकमा उल्लेख छ। चैत १८ गते सम्मको अध्यावधिक विवरणअनुसार नेपालमा पहिलो र दोस्रो चरणमा गरेर भारतबाट…

    विस्तृतमा पढ्नुस्

  • सातामै साढे तीन सय प्रतिशतले संक्रमण वृद्धि, तयारी शून्य, सरकारी निकायबाटै मापदण्ड उल्लंघन

    सातामै साढे तीन सय प्रतिशतले संक्रमण वृद्धि, तयारी शून्य, सरकारी निकायबाटै मापदण्ड उल्लंघन

    काठमाडौं : नेपालमा हालसम्म दुई लाख ९७ हजार ८७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भइसकेको छ। हाल नेपालमा १६ हजार ८२८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो दुई सातामा मात्र दैनिक औसतमा एक हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको तथ्यांकले देखाउँछ। अघिल्लो साता हरेक दिन औसतमा ५६१ जनामा संक्रमण पुष्टि भएको छ। अघिल्लो साता…

    विस्तृतमा पढ्नुस्

  • पूर्व माओवादीलाई प्रयोग गरी नेपाल पक्षलाई ‘ठेगान’ लगाउँदै ओली

    पूर्व माओवादीलाई प्रयोग गरी नेपाल पक्षलाई ‘ठेगान’ लगाउँदै ओली

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनलाई बल दिने गरी ओली पक्षले माधव नेपाल पक्षलाई 'ठेगान' लगाउन पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकबाट नेताहरुको कार्यविभाजनलाई पारित गरेको छ। शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कमिटीको बैठकले माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै आफू पक्षका नेताहरु तथा पूर्व माओवादीबाट एमालेमै रहेका नेताहरुलाई दोहोरो तथा तेहरो जिम्मेवारी दिइएको छ। एमाले र माओवादी…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ मा धर्मले विभाजित भारत: मुस्लिम समुदायको जमात मानव बम, कुम्भमा स्नान गर्ने श्रद्धालु!

    कोभिड-१९ मा धर्मले विभाजित भारत: मुस्लिम समुदायको जमात मानव बम, कुम्भमा स्नान गर्ने श्रद्धालु!

    काठमाडौं: भारतको कुम्भ मेलाबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र र उनकी पत्नी कोमलसहित भ्रमण दलका सदस्यहरुमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।  यतिबेला भारतको उत्तराखण्डमा हरेक १० वर्षमा लाग्ने कुम्भ मेला चलिरहेको छ। सो कुम्भ मेलामा लाखौँ मानिस कोभिड-१९ सम्बन्धी स्वास्थ्य मापदण्ड पालना नगरी उपस्थित भएका छन्। अहिले भारतमा दैनिक दुई लाख बढीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। मंगलबार मात्र भारतमा २…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell