काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गरेका छन्। अघिल्लो सरकारका केही कार्यक्रमलाई स्थगित गर्दै केही नयाँ तथा लोकप्रिय कार्यक्रम समावेश गर्दै प्रतिस्थापन विधेयक पेश गरेका हुन्। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश मार्फत् प्रस्तुत गरेको बजेटको आकार १५ अर्ब रुपैयाँले घटाएर प्रतिस्थापन विधेयक पेश गरे। यसरी पेश गरेको…
काठमाडौं : अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको चर्चा र विरोध पुन: सडकमा पुगेको छ। नेपालमा भइरहेको विरोधका बिच एमसीसीका उपाध्यक्ष फातेमा जे सुमर नेपाल आउँदैछिन्। फातेमा तिनै उपाध्यक्ष हुन् जसले नेपालसँग भएको एमसीसी सम्झौतामा मुख्य भूमिका निर्वाह गरेकी थिइन्। उनको साथमा सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आउँदैछन्। नेपालमा एमसीसी कार्यान्वयनका लागि बनेको एएसीए नेपालका अध्यक्ष खड्गबहादुर विष्टले…
आज बुवाप्रति स्नेह र सम्मान प्रकट गर्ने दिन। मानिसहरु बुवाको मुख हेर्ने भदौ कृष्ण औंशीको तिथि छोप्न दौडादौड गरिरहेका छन्। ठीक उल्टो लाग्छ एकराज वाग्लेको सन्दर्भमा आजको दिन। सबै मानिस पिताको मुख हेर्ने प्रतीक्षा गरिरहँदा उनी चाहिँ खोजिरहेका छन् छोराको अनुहार। स्वयम्भू ठूलो भर्याङका एकराज वाग्लेले यसैगरी पर्खन थालेको आज २२ वर्ष पुग्यो। २२ वर्ष अगाडि आजकै दिन अर्थात् २०५६…
काठमाडौं : अहिले विश्वको ध्यान अफगानिस्तानमा टिकेको छ। तालिवान लडाकुहरुले काबुल कब्जा गरेसँगै काबुलमा केन्द्रित भएका अन्तर्राष्ट्रिय मिडियाहरु बिस्तारै काबुलबाट आफ्नो ध्यानलाई पान्ज्शिर उपत्यकातिर केन्द्रित गर्न थालेका छन्। विशेष गरी एउटा ३२ वर्षे ठिटो अहमद मसूदले विश्वको ध्यान केन्द्रित गरेका छन् यतिखेर। जब तालिवानले अफगानिस्तानमाथि कब्जा जमाउँदै गयो - एउटा इतिहास फेरि दोहरिँदै छ। काबुलदेखि उत्तरपश्चिम पान्ज्शिर उपत्यका यस्तो एकमात्र…
काठमाडौं : नेपालमा पहिलो पटक कोभिड-१९ विरुद्धको खोपको क्लिनिकल ट्रायलको तयारी भइरहेको छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने ट्रायलमा तीन हजार स्वयंसेवीको सहभागितामा हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले जानकारी दिए। कोभिड-१९ विरुद्धको एमआरएनए खोपको तेस्रो चरणको ट्रायलका लागि चिनियाँ खोपले तयारी गरिरहेको छ। चिनियाँ खोप उत्पादक कम्पनीले नेपालको देउराली जनता फर्मास्युटिकल्ससँग साझेदारी गरी…
अफगानिस्तानमा पूर्ण रुपमा अमेरिकी सेनाको उपस्थिति सकिएको छ। यससँगै तालिवानले सोमवार मध्यरात हवाई फायर गर्दै खुसियाली मनायो। अफगानिस्तानमा पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिएको तालिवान समूहका लागि भने अफगानिस्तानको सत्ता सञ्चालन सजिलो भने हुने छैन। काबुलस्थित हमिद कार्जाई अन्तर्राष्ट्रिय विमानस्थलबाट पत्रकारसँग कुरा गर्दै तालिवानका प्रवक्ता जाविहुल्लाह मुजाहिदले देश स्वतन्त्र र सार्वभौम भएको प्रतिक्रिया दिएका छन्। मंगलवार उनले ऐतिहासिक क्षण भएको भन्दै तालिवानको…
काठमाडौं : विस्तृत शान्ति सम्झौता भएसँगै १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका तथा मृतकका परिवारले छिट्टै राहत पाउने अपेक्षा गरेका थिए। तर, यो १५ वर्ष उनीहरु न्याय र राहतको आश र आक्रोशमा बिताए। कहिले सडकमा उत्रिए त कहिले धर्नामा बसे। तर, न्याय अझै पर छ। नेपाल सरकार र तत्कालीन द्वन्द्वरत नेकपा (माओवादी) बिच २०६३ मंसिर ५ गते सम्पन्न विस्तृत…
काठमाडौं : २०७५ साल जेठ ७ गते पेरिस डाँडामा रहेको नेकपा (माओवादी केन्द्र)को मुख्यालयमा रेनुका चौलागाईँले कविताको अंश वाचन गरिन् आफ्ना वेपत्ता पतिलाई सम्झिँदै। न त तिम्रो लास साथ पाएँ न त तिम्रो लास चुम्न पाएँ न त विधवाको पहिचानमा ढल्न पाएँ बारम्बार घोचिरहन्छ ‘वेपत्ता’ शब्दले’ कतै भेट होला कि भन्दै टोलाइरहन्छु उनको कविताले सबैलाई भावुक बनायो। त्यतिबेला देशका दुई ठूला…
काठमाडौं : मन्त्रिपरिषद्को बिहीवारको बैठकले सार्स-कोभ-२ (कोभिड-१९) विरुद्धको एमआरएनए खोपको ‘क्लिनिकल ट्रायल’ गर्न अनुमति प्रदान गर्ने निर्णय गर्यो। बैठकले कोभिड सँगसगै हैजा खोपको ‘क्लिनिकल ट्रायल’का लागि पनि अनुमति प्रदान गर्ने निर्णय गरेको छ। आगामी चैतसम्म खोप लगाउन योग्य सबै नेपालीलाई खोप दिइसक्ने लक्ष्यका साथ अगाडि बढेको सरकारले खोपको आपूर्ति सहज बनाउनका लागि क्लिनिकल ट्रायलको बाटो खोल्दै यसका लागि अनुमति दिने निर्णय…
काठमाडौं : आमा दिदी बहिनीको मुक्तिका लागि गीतबाटै आवाज उठाउने एउटा छोरो, एउटा भाइ र एउटा दाइ संसारबाट बिदा लिएका छन्। जेवी टुहुरे जनवादी गायक जसले समाजमा महिलामाथि हुने विभेद विरुद्ध आवाज गीतबाट उठाए- ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर।’ आज उनै गायक टुहुरेको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। माओवादीका तर्फबाट संविधानसभा सदस्यसमेत रहेका…
काठमाडौं : प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता प्रक्रियाको लागि निर्वाचन आयोगमा २९ सांसदले सनाखत गरेका छन्। अहिले पनि आयोगमा सनाखत प्रक्रिया चलिरहेको छ। आयोग पुगेका ४ सांसदको भने सनाखत गर्न नमिल्ने आयोगले जनाएपछि माधव नेपाल सहितका नेता र आयोगका आयुक्तबिच छलफल चलिरहेको पार्टीका नेता विरोध खतिवडाले जानकारी दिए। पार्टी दर्ता गर्दा सूचिमा नभएका र पछि नेकपा एमालेबाट नेपाल समूहमा…
काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको ४० दिनपछि भारतीय संस्थापन पक्षका नेताको काठमाडौंमा दौडधुप चर्कै देखिएको छ। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवाल आइतवार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा अवतरण गरेलगत्तै प्रधानमन्त्री निवास बालुवाटार पुगे। जनै पूर्णिमाका दिन नेपाल आइपुगेका उनले बालुवाटारमा पुगेर 'रक्षा बन्धन' मनाए। प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी डाक्टर…
काठमाडौं : नेपालमा ९५ दल अध्यावधिक भएका छन्। निर्वाचन आयोगले प्रकाशित गरेको अध्यावधिक सूचीमा नेपाल कम्युनिस्ट पार्टी नाम गरेका दलहरु १० वटा छन्। ऋषि कट्टेल अध्यक्ष रहेको घन कोदालो चुनाव चिन्हसहितको नेपाल कम्युनिस्ट पार्टी छ। अरु नेकपाका पछाडि भने पुच्छरै पुच्छर झुण्डिएका छन्। पछिल्लो पटक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नाममा राजनीतिक दल दर्ता भएको छ। कलम चुनाव चिन्हसहित जीवन राईले…
काठमाडौं : सन् २००१ मा अलकायदा प्रमुख ओसामा विन लादेनको खोजीमा अमेरिका नेतृत्वमा नर्थ अटलान्टिक ट्रीटी अर्गनाइजेसन (नाटो) अफगानिस्तानमा प्रवेश गर्यो। अफगानिस्तानमा नाटोको प्रवेश लादेनलाई नियन्त्रण गर्नुमात्र स्वार्थ थिएन अमेरिकाको- तालिवानको विस्थापन पनि थियो। तालिवान सत्तालाई मान्यता दिएको थिएन अमेरिकाले। साथै उसले तालिवानमाथि अलकायदालाई संरक्षण र सहयोग गरेको आरोप लगाउँदै आएको थियो। २००१ मा छिरेको अमेरिकालाई लादेन खोज्नैमात्र १० वर्ष…
काबुलमा अमेरिकी समर्थनमा रहेको सत्ता ढलेसँगै इस्लामिक इमिरेट्स अफ अफगानिस्तानको घोषणाको तयारी भइरहेको छ। अहिले तालिवानको सत्ता इस्लामिक इमिरेट्स अफ अफगानिस्तानको हातमा छ। इस्लामिक रिपव्लिक अफ अफगानिस्तानका राष्ट्रपति असरफ घानी काबुल छाडेर ‘भागे’सँगै काबुल पुरै तालिवान लडाकुको हातमा छ। सन् १९९६ देखि २००१ सम्म सत्तामा रहेको तालिवानले त्यतिबेला इस्लामिक स्टेट अफ अफगानिस्तानको रुपमा सत्ता सञ्चालन गरेको थियो। अफगानिस्तानको सत्ता शक्ति…
काठमाडौं : २०७५ जेठ ३ गते तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) एकीकरण गरी नेकपा बनेपछि दुबै पार्टीका संगठनात्मक संरचनाहरु भत्किए। २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको वैधानिकतामा प्रश्न उठाउँदै दुबै पार्टीलाई पूर्ववत अवस्थामा फर्कायो। यसबीच पाँच महिना माओवादी केन्द्रको संरचना स्थायी रुपमा अगाडि बढ्न सकेको छैन। पुरानो संरचना पनि स्थायी र मजवुद नभएको माओवादी केन्द्रले पार्टीलाई नयाँ…
काठमाडौं : संयुक्त सरकारको न्युनतम साझा कार्यक्रममा खोप उत्पादनका लागि नेपालमै 'भ्याक्सिन ल्याब' स्थापना गर्न पहल गर्ने उल्लेख छ। संयुक्त सरकारका नीति र कार्यक्रम शीर्षक अन्तर्गत 'कोभिड-१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति' उपशीर्षकको २ नं बुँदामा 'खोप उत्पादनका लागि ल्याबको स्थापना गर्न पहल गर्ने' उल्लेख छ। खोपको विकास र उत्पादन फरक फरक पाटा हुन्। खोपको विकासका लागि लामो प्रक्रिया रहे पनि उत्पादनका…
काठमाडौं : सत्तारुढ गठबन्धनले सरकारका प्राथमिकता र कार्यक्रमहरु तयार पारेको छ। गठबन्धनले गठन गरेको कार्यदलले आज शुक्रवार प्रधानमन्त्री शेरवहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई प्रतिवेदन बुझाइएको हो। प्रतिवेदनमा संयुक्त सरकारको आर्थिक नीति तथा कार्यक्रमलाई सरकारी, सरकारी र निजी क्षेत्रको समन्वयात्मक तथा क्रियाशिल भूमिकाका आधारमा नेपालालई अल्पविकसित…
काठमाडौं : सत्तारुढ गठबन्धनले सरकारका प्राथमिकता र कार्यक्रमहरु तयार पारेको छ। गठबन्धनले गठन गरेको कार्यदलले आज शुक्रवार कार्यदलको प्रतिवेदन प्रधानमन्त्री शेरवहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई प्रतिवेदन बुझाइएको हो। प्रतिवेदनमा सरकारका नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयनका लागि वर्तमान सरकारले राष्ट्रिय सहमतिको पहल गर्ने उल्लेख छ। कार्यदलले…
काठमाडौँ: सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेसँगै जग्गा पाउने आशमा बसेका भूमिहीन सुकुम्बासी तथा जग्गाधनी पूर्जा पाउने आश राखेका अव्यवस्थित बसोबास गरेका नागरिकहरूमा निराशा छाएको छ। पटक-पटक सरकारले आयोग गठन गर्ने र अर्को सरकार आएसँगै खारेज हुने प्रचलनले यस पटक पनि छाडेन। २०७७ सालमा गठन भएको आयोग १५ महिनामै खारेजीमा परेको छ। २०७७ साल वैशाख १ गते…