PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

  • अब लाइसेन्स नवीकरण कर्णालीबाटै

    अब लाइसेन्स नवीकरण कर्णालीबाटै

    सुर्खेतः कर्णाली प्रदेशबाटै लाइसेन्स नवीकरणको सेवा प्रवाह शुरु भएको छ। बिहिवार यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले एक कार्यक्रमको आयोजना गरी लाइसेन्स नवीकरणको सेवा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सुरु गरेको हुन्।  प्रदेश अस्पताल कर्णालीका सुपरिटेन्डेन डा. डम्बर खड्काको लाइसेन्स नवीकरण गरी सेवा शुरु गरेका थिए मन्त्री ज्वालाले। सुर्खेतमा रहेको यातायात सेवा कार्यालयले राजस्व संकलनको काम मात्रै गर्दै आएको…

    विस्तृतमा पढ्नुस्

  • फूर्सदिला बन्दै कर्णालीका मन्त्री र सांसद् : पसल उद्घाटनदेखि सहकारीको कार्यक्रममा पुगेर कटाउँछन् दिन

    फूर्सदिला बन्दै कर्णालीका मन्त्री र सांसद् : पसल उद्घाटनदेखि सहकारीको कार्यक्रममा पुगेर कटाउँछन् दिन

    सुर्खेत: कर्णाली प्रदेशका मन्त्रीहरु यत्तिबेला फूर्सदिला बनेका छन्। पछिल्लो समय विषयगत सबै मन्त्रीहरु औपचारिक कार्यक्रममा लस्कर लागेर जान्छन्। प्रदेशको राजधानीमा हुने दैनिक कार्यक्रम र अन्य जिल्लाका औपचारीक कार्यक्रमसमेत छुटाउँदैनन् अधिकांश मन्त्री।   लाखौँ रकम खर्चेरसमेत कार्यक्रम उद्घाटनमा निस्कन्छन् मन्त्री। मन्त्री र सांसदलाई दैनिक २/४ वटा कार्यक्रमको अतिथि बनेर भाषण गर्न भ्याई नभ्याई हुन्छ।   राजधानीमा हुने पसल उद्घाटन, सहकारीको साधारण…

    विस्तृतमा पढ्नुस्

  • ‘जनसत्ता’ सरकारले बाँडेको जग्गामा छैन लालपूर्जा : व्यक्तिदेखि सरकारी कार्यालयसमेत अलपत्र

    ‘जनसत्ता’ सरकारले बाँडेको जग्गामा छैन लालपूर्जा : व्यक्तिदेखि सरकारी कार्यालयसमेत अलपत्र

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको पश्चिम चौकुने गाउँपालिकामा करिब ७० प्रतिशत अस्थायी बस्ती छन्। यी बस्तीमा डेढ दशकदेखि रहेका सरकारी कार्यालय, बजार र स्थानीय  बासिन्दा लालपुर्जा विहीन छन्। चौकुनेको गुटुमा द्वन्द्वकालको समयमा ‘जनसत्ता’ सरकारले सामुदायिक वन फँडानी गरेर बसालेको बस्ती अझै लालपुर्जा विहीन बनेको हो। तत्कालीन माओवादीको ‘जनसत्ता’ सरकारले ‘एकीकृत सामुदायिक बजार’ को नाम दिएर प्रति घरधुरी १५ मिटर…

    विस्तृतमा पढ्नुस्

  • कोदालोले हानेर आमाको हत्या, अरु तीन जना घाइते

    कोदालोले हानेर आमाको हत्या, अरु तीन जना घाइते

    सुर्खेत : दैलेखको नारायण नगरपालिका–३ भुर्तीमा छोराले कोदालोले हानेर आमाको हत्या गरेका छन्। घटनामा अन्य तीन जना घाइते भएका छन्। सोमबार दिउँसो करिब साढे एक बजेको समयमा मानसिक सन्तुलन ठीक नभएका २६ वर्षीय छोरा बालाराम नेपालीले कोदालोले हानेका थिए। छोराको प्रहारबाट ४७ वर्षीया पार्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।   नातिले हानेको कोदालोले ७०…

    विस्तृतमा पढ्नुस्

  • गौरीकलाको हत्यामा एक ट्राफिक प्रहरी सहित तीन जनालाई जन्मकैद

    गौरीकलाको हत्यामा एक ट्राफिक प्रहरी सहित तीन जनालाई जन्मकैद

    सुर्खेत : गत चैत १३ गते सुर्खेतको पञ्चपुरी नगरपालिकामा एसइई परीक्षार्थी गौरीकला रोकायको बलात्कार पछि हत्या भयो। बलात्कारपछि हत्या गरेको आरोपमा तीन जनाविरुद्ध गत वैशाख ९ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भयोे। अदालतले सोही अभियोगमा दोषी ठहर गरिएका तीन जना लक्ष्मी बास्तोला, खुमप्रसाद बास्तोला र ट्राफिक प्रहरी हरिप्रसाद कोइरालालाई जन्मकैदको सजाय सुनाएको छ। जिल्ला अदालत सुर्खेतका न्यायाधीश ध्रुवकुमार शाहीको एकल…

    विस्तृतमा पढ्नुस्

  • संघ र प्रदेश सरकारको विवादले निर्माणाधीन सडक अलपत्र

    संघ र प्रदेश सरकारको विवादले निर्माणाधीन सडक अलपत्र

    सुर्खेत : संघीयतापछि संघ र प्रदेशको विवादले विकास निर्माणका काम अलपत्र बनेका छन्। केन्द्र सरकारले प्रदेशको र प्रदेशले केन्द्र सरकारको मुख ताक्दा निर्माणाधीन विकास निर्माणका काम अलपत्र परेका हुन्। केन्द्र सरकारका मातहतका बहुवर्षे निर्माणाधीन सडक योजना प्रदेश सरकारलाई हस्तान्तरण गर्न परिपत्र गरेपछि अहिले काम ठप्प छ। विकास निर्माणको काम हेरिरहेको सडक डिभिजन कार्यालय सुर्खेतले प्रदेश सरकारलाई हस्तान्तरण गर्न निर्देशन आएसँगै काम…

    विस्तृतमा पढ्नुस्

  • धर्म परिवर्तन डढेलोको रुपमा फैलियो, तत्काल रोक्नु पर्‍यो : कमल थापा

    धर्म परिवर्तन डढेलोको रुपमा फैलियो, तत्काल रोक्नु पर्‍यो : कमल थापा

    सुर्खेत : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो समय बढिरहेको धर्म परिवर्तनलाई रोक्नु पर्ने बताएका छन्। धर्म परिवर्तनले मुलुक दोस्रो बाटोमा जान थालेको भन्दै उनले चिन्ता व्यक्त गरे। कर्णालीको राजधानी सुर्खेतमा प्रदेश स्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै बिहीवार यस्तो चिन्ता व्यक्त गरेका हुन्।   ‘पछिल्लो सयम वनमा दन्किँदै गरेको डढेलो जस्तै धर्म परिवर्तनलाई तत्काल रोक्नुपर्छ,’ उनले भने, ‘विभिन्न बाहनाबाजीमा अहिले धर्म परिवर्तनको…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली सरकारको हवाई भाडामा एक हजार रुपैयाँ सहुलियत, कसकसले पाउँछन् सुविधा?

    कर्णाली सरकारको हवाई भाडामा एक हजार रुपैयाँ सहुलियत, कसकसले पाउँछन् सुविधा?

    सुर्खेत : कर्णाली प्रदेश सरकारले पूर्णअपाङ्गता र ज्येष्ठ नागरिकलाई हवाई भाडामा हजार रुपैयाँ सहयोग गर्ने भएको छ। कर्णालीका सम्पूर्ण पूर्ण अपाङ्गता र ज्येष्ठ नागरिकलाई प्रति टिकट १ हजारका दरले छुट दिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दबहादुर बुढाले जानकारी दिए।   ‘अहिले प्रदेश सरकारले यस आर्थिक वर्षको कार्यक्रम अनुसार हामीले पुस १ गतेदेखि लागू हुनेगरी पूर्ण अपाङ्गता र ज्येष्ठ…

    विस्तृतमा पढ्नुस्

  • एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

    एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

    सुर्खेत : दैलेखको गुरास गाउँपालिका–४ लाठेमा एम्बुलेन्स दुर्घटना हु्ँदा एक जनाको मृत्यु भएको छ। जिल्ला अस्पताल कालिकोटको बा २ ज १७४० नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा कालिकोट खाँडाचक्र नगरपालिका–२ का शैलेश विष्टको मृत्यु भएको हो।  बुधवार कालिकोटबाट सुर्खेतमा विरामी पुर्‍याएर फिर्ता हुने क्रममा र्दुघटना भएको जिल्ला प्रहरी कार्यालय दैलेख जनाएको छ। एम्बुलेन्स चालक भने सामान्य घाइते भएको प्रहरीको भनाई छ। ‘बुधवार कालिकोटबाट…

    विस्तृतमा पढ्नुस्

  • मध्य पश्चिमाञ्चल विश्वविद्यालय बन्यो प्रहरीको 'अड्डा' : भिसिविरुद्ध खनिएका विद्यार्थीलाई अभद्र व्यवहारको कसुर

    मध्य पश्चिमाञ्चल विश्वविद्यालय बन्यो प्रहरीको 'अड्डा' : भिसिविरुद्ध खनिएका विद्यार्थीलाई अभद्र व्यवहारको कसुर

    सुर्खेत: स्थापना कालदेखि नै विवादमा मुछिदै आएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय बेलाबखत हुने आन्दालनले थला परेको छ। विगतका केही वर्षयता उपकुलपति र रजिष्ट्रारबिच मनमुटाव हुँदा शैक्षिक संस्था विद्यार्थीको आन्दोलन गर्ने थलो र प्रहरीले आन्दोलन साम्य पार्ने अड्डा बनाउदै आएका छन्।    केही दिन अघिमात्र नेकपा निकट उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले कांग्रेस निकट मानिने रजिष्ट्रार महेन्द्रकुमार मल्ललाई निलम्बित गरेपछि चर्किएको आन्दोलन साम्य पार्न…

    विस्तृतमा पढ्नुस्

  • ‘एक’ हुन नसकेका नेकपा कर्णालीका नेता एकताको सन्देश दिन गाउँ पस्दै

    ‘एक’ हुन नसकेका नेकपा कर्णालीका नेता एकताको सन्देश दिन गाउँ पस्दै

    सुर्खेत: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शीर्ष नेताबिच अझै तालमेल नमिलेको देखिन्छ। यसको असर कार्यकर्तापङ्तिसम्मै आइपुगेको छ। दुई पार्टीबिचको एकतापछि प्रदेशसभामा संसदीय दलको नेता चयनमा निकै रस्साकस्सी चलेको छ। पूर्व माओवादी पार्टीका कार्यकर्ता र पूर्व एमाले कार्यकर्ताविच दोहोरी नै चलेको छ। पूर्व माओवादी निकटका मिडिया र कार्यकर्ताले मुख्यमन्त्री महेन्द्रबहादुर शाही संसदीय दलको नेता चयन भन्दै प्रचारवाजी गर्न थालेका छन् भने, एमाले…

    विस्तृतमा पढ्नुस्

  • कक्षा १० का दर्पणले बनाए 'बग्गी कार', प्रदेश सांसद बने पहिलो यात्री

    कक्षा १० का दर्पणले बनाए 'बग्गी कार', प्रदेश सांसद बने पहिलो यात्री

    सुर्खेत: वीरेन्द्रनगरस्थित विद्याज्योति सहकारी माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत दर्पण खनालले बग्गी कार बनाएका छन्। उनले बनाएको कारमा पहिलो यात्री बने कर्णाली प्रदेशसभा सांसद अमरबहादुर थापा। थापालाई खनालले विद्यालयकै प्राङ्गण परिक्रमा गराएका थिए। उनले यो गाडीको नाम ‘बग्गी’ राखेका छन्। सानै उमेरमा विभिन्न विज्ञान र प्रविधिमा रुचि राख्ने खनालले बिदाको समयमा कार निर्माण गरेको बताए। ‘मैले विदाको समय मोटरसाइकलको…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा छाउपडी उस्तै, ६ देखि १२ कक्षाका अधिकांश किशोरी नै बस्छन् छाउगोठ

    कर्णालीमा छाउपडी उस्तै, ६ देखि १२ कक्षाका अधिकांश किशोरी नै बस्छन् छाउगोठ

    सुर्खेत: कर्णाली प्रदेशमा छाउपडीको अवस्था उस्तै रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ। छाउपडी अन्त्य गर्ने भन्दै विभिन्न एनजीओ आईएनजीओले करोडौँ रकम खर्चे पनि बिसको उन्नाइस हुन सकेको छैन।    प्रदेशको हिमाली जिल्लासहित राजधानी सुर्खेतसमेत छाउपडीबाट अछुतो छैन। परम्परागत सोच र प्रचलनमा अझै छुटकारा पाउन नसकेको छाउपडीले कतको त मृत्युसमेत हुने गरेको छ।   कर्णालीका जिल्लामा छाउपडीका विषयमा काम गर्दै आएको एक्सन…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटना न्युनीकरणका लागि छिन्चुमा बन्यो 'रिफ्रेस सेन्टर’

    दुर्घटना न्युनीकरणका लागि छिन्चुमा बन्यो 'रिफ्रेस सेन्टर’

    सुर्खेत: कर्णाली प्रदेशमा दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले रिफ्रेस सेन्टर सञ्चालन गरिएको छ। लामो तथा छोटो दुरीका सवारी साधनका चालक र यात्रुलाई मध्यनजर गर्दे रिफ्रेस सेन्टर सञ्चालनमा ल्याइएको हो।  भेरीगंगा नगरपालिका–१२ छिन्चुमा रिफ्रेस सेन्टर सञ्चालनमा आएसँगै अबदेखि सवै सवारी साधानका चालक र यात्रुलाई सहज हुने भएको छ।   रिफ्रेस सेन्टरको स्थापना गर्न भेरीगंगा नगरपालिकाले ३ लाख रुपैँया सहयोग गरेको छ। प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतका जनप्रतिनिधि हुइकिन्छन् स्कारपियोमा, भन्छन् ‘एम्बुलेन्स किन्न बजेट छैन’

    सुर्खेतका जनप्रतिनिधि हुइकिन्छन् स्कारपियोमा, भन्छन् ‘एम्बुलेन्स किन्न बजेट छैन’

    सुर्खेतः जनताको सेवा, सुविधा र हितमा काम गर्ने भन्दै कसम खाएर निर्वाचित भएका जनप्रतिनिधि आफ्नै सेवासुविधा बढाउन लागी परेका छन्। अधिकांश जनप्रतिनिधि यसका उदाहरण बनेका छन्।  स्थानीयस्तरमा एम्बुलेन्स छैन। जसका कारण समयमा उपचार नपाएर कतिपयको मृत्यु भएको छ। निर्वाचित भएको डेढ वर्ष नाघ्दा पनि जनप्रतिनिधिले भने यी समस्यामा चासो दिएको देखिँदैन।    १०–१५ लाखको एम्बुलेन्स किन्न बजेट छुट्ट्याउन नसक्ने स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको गम्भीर त्रुटिले निर्मला प्रकरणका दोषी उम्किए: परराष्ट्रमन्त्री ज्ञवाली 

    प्रहरीको गम्भीर त्रुटिले निर्मला प्रकरणका दोषी उम्किए: परराष्ट्रमन्त्री ज्ञवाली 

    सुर्खेतः पछिल्लो समय सडकदेखि सदनसम्म निर्मला पन्तको हत्या प्रकरणको चर्चा छ। लामो समय वितिसक्दा पनि आरोपी पत्ता लगाउन नसकेको भन्दै पटक पटक प्रहरी संगठन आलोचनाको शिकार बनेको छ।  यसैविच निर्मला हत्या प्रकरणका विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि प्रहरीको गम्भीर त्रुटि भएको बताएका छन्। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा सहभागी हुन मंगलवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो…

    विस्तृतमा पढ्नुस्

  • ठेकेदारको लेनदेन विवादले काँक्रेबिहार पुनर्निर्माणमा ढिलाई 

    ठेकेदारको लेनदेन विवादले काँक्रेबिहार पुनर्निर्माणमा ढिलाई 

    सुर्खेत: सुर्खेतको ऐतिहासिक प्रसिद्ध पर्यटकीय क्षेत्र काँक्रेविहारको पुर्ननिर्माणको काममा ढिलाई भएको छ। विसं १३२५ मा सिन्जा साम्राज्यका राजा अशोक चल्लले बनाएको काँक्रेविहार गत २०७२ सालमा पुर्ननिर्माणको काम थालिएको हो। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि करिव साढे तीन किलोमिटर दक्षिणतर्फ रहेको उक्त कांक्रेविहार वि.सं. १८९० को भुकम्पले भत्किएर अस्तव्यस्त बनेको थियो।   उक्त ऐतिहासिक पुरातात्विक पर्यटकीय स्थलको सम्झौता समयावधि सकिनै लाग्दा अझै…

    विस्तृतमा पढ्नुस्

  • अब प्रदेशबाटै श्रम स्वीकृति, कर्णालीमा स्थापना भयो कार्यालय

    अब प्रदेशबाटै श्रम स्वीकृति, कर्णालीमा स्थापना भयो कार्यालय

    सुर्खेतः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय श्रम तथा रोजगार कार्यालयको स्थापना गरिएको छ। संघीय श्रम मन्त्रालय मातहतको यो कार्यालयले श्रमिक र रोजगारदातासँग सम्बन्धित सुविधा र सुरक्षाको विषयमा सेवा प्रवाह गर्नेछ।  वीरेन्द्रनगरमा कार्यालयको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अब कर्णालीका नागरिकले काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए। वैदेशिक यात्राको क्रममा सास्ती र झन्झटिलो प्रक्रिया खेप्दै आएका कर्णालीबासीका…

    विस्तृतमा पढ्नुस्

  • विप्लवको निशानामा कर्णालीका स्थानीय तह, कारवाही गर्ने धम्की : तोडफोड र आगजनी हुँदा सुरक्षा निकाय मौन

    विप्लवको निशानामा कर्णालीका स्थानीय तह, कारवाही गर्ने धम्की : तोडफोड र आगजनी हुँदा सुरक्षा निकाय मौन

    सुर्खेत: गत फागुन १३ गते प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरको वडा नं. ६ को कार्यालयमा जन प्रतिनिधिलाई ज्यान मार्ने धम्कीसहितको पत्र वडाअध्यक्षको हातमा पर्‍यो। तत्काल जनप्रतिनिधिबाट राजिनामा गर्नुपर्ने र संघीयता खारेज हुनुपर्ने मागसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जिल्ला जनपरिषद्को लेटर प्याडमा पत्र काटिएको छ। राजीनामा नगरे कुनै पनि बखत भौतिक कारवाही गरिने चेतावनी समेत दिएको छ।  …

    विस्तृतमा पढ्नुस्

  • दैलखमा जिप दुर्घटना : ६ जनाको मृत्यु, २ जना गम्भीर घाइते 

    दैलखमा जिप दुर्घटना : ६ जनाको मृत्यु, २ जना गम्भीर घाइते 

    सुर्खेत: दैलेखको ठाँटीकाँध गाउँपालिकामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। भे १ च २२०७ नम्बरको बोलेरो जिप सुर्खेतबाट दैलेखको ठाँटीकाँधका लागि छुटेको थियो।  दुर्घटनामा चालक रमेश शाही सहित ठाटीकाध गाउँपालिका १ का ३० वर्षीय निर्मला बम र समशेर पुन, वडा नं. ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही र २६ वर्षीय दिलिप…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell