PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

  • कोरोनासँग आत्तिएको सरकार : सामाजिक सुरक्षा भत्ता कटौति गर्ने निर्णयबाट पछि हट्ने छाँट

    कोरोनासँग आत्तिएको सरकार : सामाजिक सुरक्षा भत्ता कटौति गर्ने निर्णयबाट पछि हट्ने छाँट

    जेठ १२ गते सोमवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरे। एनटीभी प्लस च्यानलमार्फत उनको सम्बोधन कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरिरहेको थियो। कोरोना महामारीको विषम परिस्थितिमा सरकारले के कस्ता कदम चाल्नेछ भन्ने सबैको चासोको विषय बनेको छ। त्यसैले पनि प्रधानमन्त्रीको सम्बोधनले सबैका लागि ध्यान खिचिरहेको थियो। विशेष गरी त एकल तथा अपाङ्ग भएका व्यक्तिहरुले यसलाई निकै चासो लिएका थिए। २०७६ चैत…

    विस्तृतमा पढ्नुस्

  • पाटन अस्पतालको आइसोलेसन वार्डमा एक विरामीको मृत्यु

    पाटन अस्पतालको आइसोलेसन वार्डमा एक विरामीको मृत्यु

    काठमाडौं : स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालमा आइसोलेसन वार्डमा रहेका एक विरामीको मृत्यु भएको छ। सम्भावित कोरोना संक्रमितलाई आइसोलेसन वार्डमा राखेर उपचार गरिँदै आएको भए उनको मृत्यु कोरोनाका कारण नभएको अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले जानकारी दिएका छन्। 'एकजनाको मृत्यु भएको हो। तर, उहाँको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ,' शर्माले पहिलोपोस्टसँग भने, 'कोरोनाका कारण उहाँको मृत्यु भएको होइन।' अस्पतालको…

    विस्तृतमा पढ्नुस्

  • भारतको मुम्बईबाट ४ दिन अघि आएका थिए झापाका १५ नयाँ संक्रमित, रेल सेवा संचालन हुँदा सीमामा खतरा बढ्यो

    भारतको मुम्बईबाट ४ दिन अघि आएका थिए झापाका १५ नयाँ संक्रमित, रेल सेवा संचालन हुँदा सीमामा खतरा बढ्यो

    काठमाडौं : झापा कचनकवल गाउँपालिकामा आज थप १५ जनामा कोरोना संक्रमण देखिएको छ। आज थपिएका सबै संक्रमितहरु केहीदिन अघि भारतको मुम्बईबाट आएको खुलेको छ। झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरका अनुसार उनीहरु ४ दिन अघि भारतबाट आएका थिए। नेपाल प्रवेश गरेका उनीहरुलाई दक्षिणा क्वारेन्टाइनमा राखिएको थियो। मंगलवार ६५ जनाको स्वाब संकलन गरिएकोमा हालसम्म आएको रिपोर्ट अनुसार १५ जनामा कोभिड १९ पोजिटिभ…

    विस्तृतमा पढ्नुस्

  • 'अनलाइन कक्षा शैक्षिक सत्र अगाडि बढाउने विकल्प होइन' 

    'अनलाइन कक्षा शैक्षिक सत्र अगाडि बढाउने विकल्प होइन' 

    लकडाउनका कारण पठनपाठन ठप्प छन्। विद्यालयदेखि विश्वविद्यालय तहसम्मका परीक्षा अघि बढ्न सकेका छैनन्। नयाँ शैक्षिक सत्र कसरी अघि बढाउने यकिन छैन। यस्तोमा सरकार, विद्यालय, विद्यार्थी र अभिभावक सबै अन्योलमा छन्। लकडाउनको केही समय घरमै बसेका विद्यार्थीमाथि पनि अव बिस्तारै पठनपाठनको दबाब बढिरहेको छ। लकडाउनको एक महिनासम्म चुप बसेको शैक्षिक संस्थाले निर्णय लिन सकेका छैनन्। कोरोना त्रासबीच शिक्षण सिकाइलाई निरन्तरता दिने…

    विस्तृतमा पढ्नुस्

  • डा. सुन्दरमणि दीक्षित भन्छन्, 'सरकार समयमा तयारी नगरेको फल भोग्दैछ, आइसोलेसन हैन जनरल वार्ड नपाउने स्थिति बन्छ'

    डा. सुन्दरमणि दीक्षित भन्छन्, 'सरकार समयमा तयारी नगरेको फल भोग्दैछ, आइसोलेसन हैन जनरल वार्ड नपाउने स्थिति बन्छ'

    जेठ १ गते धुलिखेल अस्पतामा एक सुत्केरी महिलाको मृत्यु भयो। दुई दिनपछि उनको मृत्युको कारण थाहा भयो। कारण कोरोना संक्रमण पुष्टि। सोमवार बाँकेको क्वारेन्टाइनमा रहेका एक युवाको मृत्यु भयो। स्वाब पहिला नै संकलन भइसकेको थियो तर रिपोर्ट आइसकेको थिएन। समयमै उपचार नपाउँदा उनले पनि ज्यान गुमाए। त्यसपछि आएको रिपोर्टमा उनमा पनि कोरोना पोजेटिभ भएको पुष्टि भयो। कोरोना संक्रमितको संख्या बढ्दै…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरका दुई कोरोना संक्रमितमध्ये एक भारतबाट लुकेर नेपाल छिरेकी महिला, अर्का पुरुष सफाइ कर्मचारी

    विराटनगरका दुई कोरोना संक्रमितमध्ये एक भारतबाट लुकेर नेपाल छिरेकी महिला, अर्का पुरुष सफाइ कर्मचारी

    काठमाडौं : आइतवार विराटनगर महानगरपालिका वडा नम्बर ६ र १५ एक महिला र एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। संक्रमित २९ वर्षीया महिला भारतबाट नेपाल आएकी हुन्, लुकेर। त्यस्तै ३६ वर्षीय पुरुष भने त्यहीँका स्थानीय हुन् जो सर सफाइ कर्मचारी हुन्। महानगरपालिका प्रमुख भीम पराजुलीका अनुसार ती पुरुष नगरपालिकाको फोहोर उठाउने साझेदार संस्थामार्फत् काम गर्छन्। विराटनगर दक्षिणी भेगमा जोगवनी बोर्डर…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशुमा कोभिड १९ नेगेटिभ, परिवारका अन्य पनि सुरक्षित

    कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशुमा कोभिड १९ नेगेटिभ, परिवारका अन्य पनि सुरक्षित

    काठमाडौं : बिहीवार अस्पतालमा कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाका नवजात शिशुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। धुलिखेल अस्पतालमा रहेका शिशुमा जन्डिस देखिएको भए पनि उनमा कोभिड १९ को संक्रमण भने नदेखिएको अस्पतालका प्रवक्ता डाक्टर सुमनराज ताम्राकारले जानकारी दिए। उनका अनुसार आज परीक्षणको रिपोर्ट आएको हो। शिशु तथा उनका बाबु, हजुरआमा र सानिआमाको पनि थ्रोट स्वाब लिइएको…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट मृत्यु भएकी महिलाको १२ दिने शिशुमा जण्डिस

    कोरोनाबाट मृत्यु भएकी महिलाको १२ दिने शिशुमा जण्डिस

    काठमाडौं : कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको १२ दिने नवजात शिशुमा जण्डिस (कमलपित्त) देखिएको छ। सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको गत बिहीवार उपचारका क्रममा मृत्यु भएको थियो। बिहीवार नै उनका पति र नवजात शिशुलाई अस्पतलमा भर्ना गरिएको थियो। धुलिखेल अस्पतालका प्रवक्ता सुमनराज ताम्राकारले शिशुमा जण्डिस देखिएको पुष्टि गरे। ताम्राकारका अनुसार कम समयमा नै शिशुको जन्म भएको हो। 'आइतवार बिहानसम्मको स्थितिमा शिशुको…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा खाना सकिएपछि गाउँ गएकी थिइन् सुत्केरी महिला, आरडीटी परीक्षणमा देखिएको थियो नेगेटिभ

     लकडाउनमा खाना सकिएपछि गाउँ गएकी थिइन् सुत्केरी महिला, आरडीटी परीक्षणमा देखिएको थियो नेगेटिभ

    काठमाडौं : काठमाडौंको गोगंबुमा बस्दै आएका थिए धुलिखेल अस्पतालमा मृत्यु भएकी महिला र उनका श्रीमान। सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ९ राम्चेका स्थायी घर। काठमाडौंमा श्रीमान सुरक्षा गार्डको काम गर्थे भने उनी तरकारी बेच्ने। वैशाख २३ गते हिंडेरै त्रिवि शिक्षण अस्पताल पुगेकी उनले २४ गते सुत्केरी भइन्। लकडाउनका कारण श्रीमानको काम छुटेको थियो। त्यससँगै उनको व्यापार पनि ठप्प। कोठामा खानेकुरा सकिँदै थियो। गोजीमा…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनले जुराएको अवसर : नेपाली 'सेलिब्रेटी'सँग अस्ट्रेलियाबाट लाइभ अन्तर्वार्ता

    लकडाउनले जुराएको अवसर : नेपाली 'सेलिब्रेटी'सँग अस्ट्रेलियाबाट लाइभ अन्तर्वार्ता

    दीपेश श्रेष्ठले सन् १९९६ मा हिट्स एफएममार्फत् आफ्नो करियरको सुरुवात गरेका थिए। रेडियो कार्यक्रम प्रस्तोताको रुपमा। पूरा एक दशक उनी रेडियो कार्यक्रम सञ्चालकदेखि निर्देशकका रुपमा सक्रिय रहे। रेडियो करियरको यात्रामा सन् २००७ मा ब्रेक लाग्यो। किनकि उनी अस्ट्रेलिया जाने भए। त्यहाँ उनी आफ्नो रुचि र क्षेत्रभन्दा फरक काममा व्यस्त रहे। तर, कोरोना भाइरस संक्रमणका कारण जारी लकडाउनमा भने दीपेशका लागि त्यो अवसर…

    विस्तृतमा पढ्नुस्

  • एसईईबारे मनोमानी धारणाले अन्योलमा विद्यार्थी : प्याव्सन एकातिर एनप्याव्सन अर्कातिर, परीक्षा बोर्ड भन्छ 'कानुन अनुसार हुन्छ'

    एसईईबारे मनोमानी धारणाले अन्योलमा विद्यार्थी : प्याव्सन एकातिर एनप्याव्सन अर्कातिर, परीक्षा बोर्ड भन्छ 'कानुन अनुसार हुन्छ'

    काठमाडौं : कोरोना संक्रमण न्यूनीकरणका लागि जारी लकडाउनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मकै परीक्षा स्थगित छन्। विद्यार्थी परीक्षाको प्रतीक्षामा छन्। संक्रमितको संख्या बढिरहँदा लकडाउन कहिले अन्त्य हुने निश्चित छैन। परीक्षाको मुखैमा एसईई स्थगित भयो। विश्वविद्यालय तहका कतिपय परीक्षा बीचमै रोकिए। रोकिएका परीक्षा कहिले हुन्छन्? अहिले सबैको प्रश्न छ। विद्यार्थीका प्रश्नसँगै एसईईबारे प्रश्न गर्नेहरु पनि थपिएका छन्। कोही परीक्षाको सट्टा आन्तरिक मूल्याङ्कनमा…

    विस्तृतमा पढ्नुस्

  • संक्रमण पुष्टि भएको २४ घण्टा बित्न लाग्दा समेत संक्रमित बालिका क्वारेन्टाइनमै

    संक्रमण पुष्टि भएको २४ घण्टा बित्न लाग्दा समेत संक्रमित बालिका क्वारेन्टाइनमै

    काठमाडौं : कोरोना भाइरसबाट संक्रमित बर्दियाकी ११ वर्षीया बालिकालाई पोजेटीभ देखिए पनि अझै अस्पताल लगिएको छैन। बर्दिया जिल्लाको राजापुर नगरपालिका ५ की ११ वर्षीया बालिकामा सोमवार साँझ कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार साँझ संक्रमण पुष्टि गरे पनि अहिलेसम्म उनलाई किसान माध्यमिक विद्यालयमा बनाइएको क्वाराइन्टाइन मै राखिएको छ। कैलालीबाट फर्किएकी उनी हजुरआमासँग क्वारेन्टाइनमा थिइन्। उनमा…

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तुमा नर्समा देखियो कोरोना भाइरसको संक्रमण

    कपिलवस्तुमा नर्समा देखियो कोरोना भाइरसको संक्रमण

    काठमाडौं: नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएको छ। संक्रमित जिल्ला अस्पताल कपिलवस्तुमा कार्यरत स्वास्थ्यकर्मी रहेको स्वास्थ्य निर्देशनालय प्रदेश ५ का प्रवक्ता रोशन लाल चौधरीले जानकारी दिएका छन्। चौधरीका अनुसार उनी जिल्ला अस्पताल कपिलवस्तुमा कार्यरत नर्स हुन्। बैशाख २७ गते शनिवार उनको थ्रोट स्वाब संकलन गरिएको थियो। उनीसहित अस्पतालमा कोरोना भाइरस संक्रमितहरुको उपचारमा अग्रपकंतिमा खटिँदै आएका पाँच जना स्वास्थ्यकर्मीहरुको स्वाव…

    विस्तृतमा पढ्नुस्

  • एसईईको हाउगुजी कायम राख्नुहुन्न, अब सधैँका लागि अन्त्य गर्नुपर्छ : नवीन्द्रराज जोशी [अन्तर्वार्ता]

    एसईईको हाउगुजी कायम राख्नुहुन्न, अब सधैँका लागि अन्त्य गर्नुपर्छ : नवीन्द्रराज जोशी [अन्तर्वार्ता]

    कोरोना भाइरस संक्रमणको  सन्त्रास र लकडाउनले सम्पूर्ण शैक्षिक गतिविधि ठप्प छन्। विद्यालय बन्द छन्। एसईई परीक्षा रोकिएको छ। गणेशमान सिंह अध्ययन प्रतिष्ठानले यस वर्षको एसईई सकुलले नै गर्नुपर्ने र आगामी वर्षहरुबाट राष्ट्रियस्तरमा परीक्षा सञ्चालन पूर्ण रुपमा बन्द नै गर्नुपर्ने धारणा राखेको छ। किन बन्द गर्ने त एसईई परीक्षा? यसबारे पहिलोपोस्टका लागि फूलमाया पुरीले प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीसँग गरेको वार्ता:  …

    विस्तृतमा पढ्नुस्

  • भर्चुअल कक्षा पढाउँदा शिक्षकलाई अनौठो अनुभव, 'क्यामेरामेनलाई विद्यार्थी मानेर पढाउँछौँ'

    भर्चुअल कक्षा पढाउँदा शिक्षकलाई अनौठो अनुभव, 'क्यामेरामेनलाई विद्यार्थी मानेर पढाउँछौँ'

    लकडाउनकारण प्रत्यक्ष शिक्षा क्षेत्र पनि प्रभावित छ। नेपालमा पनि एसईईदेखि स्नातकोत्तरसम्मका परीक्षा स्थगित छन्। यसबीचमा विकल्पमा भर्चअल कक्षा सञ्चालन भइरहेका छन्। एसईईलाई लक्षित गर्दै भक्तपुर नगरपालिकाले भर्चुअल कक्षा सञ्चालनमा  ल्याएको छ। वैशाखको पहिलो सातादेखि भक्तपुर नगरपालिकाको संयोजनमा भादगाउँ टेलिभिजनमा विषयगत कक्षाको प्रशिक्षण प्रसारण भइरहेका छन्। शारदा माध्यामिक विद्यालयका प्रधानाध्यापक रोशनराज टुइटुइ पनि भर्चुअल कक्षा लिइरहेका छन्। पढाउने विषयको पालो परेको…

    विस्तृतमा पढ्नुस्

  • भर्चुअल पढाइमा बहिरा विद्यालयका प्रअको प्रश्न : उनीहरुलाई कसरी अनलाइनबाट पढाउने?

    भर्चुअल पढाइमा बहिरा विद्यालयका प्रअको प्रश्न : उनीहरुलाई कसरी अनलाइनबाट पढाउने?

    विराटनगरमा रहेको विराट बहिरा माविकी ओमकुमारी राय कान सुन्दिनन्। झापा अर्जुनधाराकी २२ वर्षीय राय एसईई परीक्षा स्थगित भएको भोलिपल्टै घर पुगिन्। परीक्षाको तयारीका लागि विर्तामोडसम्म पुगेकी ओमकुमारीले हतारमा आफ्ना पुस्तक लैजानै बिर्सिछिन्। घर पुगेको केही दिन त उनले पढाइबारे सोच्नै सकिनन्। अहिले पढ्न मन छ पुस्तक छैन। ‘दिदी त ७ गते नै घर आउनुभयो। तर आफ्ना किताब ल्याउनै बिर्सिनु भएछ,’…

    विस्तृतमा पढ्नुस्

  • हेर्दाहेर्दै जल्दै गरेको चिता बगायो बाढीले, भेटिएन शव…

    हेर्दाहेर्दै जल्दै गरेको चिता बगायो बाढीले, भेटिएन शव…

    काठमाडौं : सोमवार दिउँसो इलाम फाकफोकथुम गाउँपालिकाको वडा ३ स्थित आमचोकको फाकफोक खोलामा स्थानीय रामप्रसाद लकान्द्रीको अन्त्येष्टी चल्दै थियो। आइतवार दिउँसो घाँस काट्ने क्रममा भीरबाट लडेर सोही खोलामा खसेर मृत्यु भएको थियो उनको। ४० वर्षीय लकान्द्रीको अन्त्येष्टीमा गाउँलेको उल्लेख्य उपस्थिति थियो। खोलामा पानीको बहाव खासै ठुलो नरहेकोले खोलाको बीचैमा चिता तयार भयो। अन्तेष्टिको प्रक्रियाको अन्तिम चरण चल्दै थियो। करिब २…

    विस्तृतमा पढ्नुस्

  • सनसिटीका दुई जना डिस्चार्ज भएसँगै उपत्यकामा कोरोनाको 'एक्टिभ केस' शून्य, चिकित्सक भन्छन्,'सतर्क रहन आवश्यक'

    सनसिटीका दुई जना डिस्चार्ज भएसँगै उपत्यकामा कोरोनाको 'एक्टिभ केस' शून्य, चिकित्सक भन्छन्,'सतर्क रहन आवश्यक'

    काठमाडौं : नेपालमा कोभिड - १९ बाट ४७ जना संक्रमित भएका छन्। पहिलो संक्रमित देखिएको ३ महिनायता संक्रमितको संख्या बढ्ने क्रम बढिरहेको छ। संक्रमित बढेसँगै भाइरसलाई जित्दै घर फर्किनेहरु पनि बढिरहेका छन्। हालसम्म ४७ जनामा १० जना उपचारपछि घर फर्किसकेका छन्। बिहिवार काठमाडौंको पाटन अस्पतालमा रहेका दुई जना डिस्चार्ज भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुनै पनि 'एक्टिभ केस' नरहेको मन्त्रालयले…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित भएपछि ठीक हुन लाग्ने समय कति?

    कोरोना संक्रमित भएपछि ठीक हुन लाग्ने समय कति?

    काठमाडौं : कोरोना भाइरसको कहरले विश्वका अधिकांश देशहरु ठप्प छन्। चीनको वुहान हुँदै युरोपलाई प्रभावित गरेर कोभिड १९ ले अहिले अमेरिका सबैभन्दा बढी क्षति गरिरहेको छ। विश्वभर कोभिड १९ का कारण मृत्यु हुनेको संख्या एक लाख ६१ हजारभन्दा बढी पुगेको छ।  २३ लाख ४३ हजारभन्दा बढीमा भाइरसको संक्रमण देखिएको छ। भाइरसबाट संक्रमित हुने र मृत्युका तथ्यांकहरु सञ्चारमाध्यममा दैनिक अपडेट हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • धादिङमा र्‍यापिड टेस्टबाट एक युवामा देखियो कोरोना पोजिटिभ, कोरियाबाट फर्केपछि मानेका थिएनन् परीक्षण गर्न

    धादिङमा र्‍यापिड टेस्टबाट एक युवामा देखियो कोरोना पोजिटिभ, कोरियाबाट फर्केपछि मानेका थिएनन् परीक्षण गर्न

    काठमाडौं: धादिङको ज्वालामुखी गाउँपालिका ३ का एक २७ वर्षीय युवामा र्‍यापिड टेस्टका क्रममा कोरोना भाइरस संक्रमण देखिएको छ।गाउँपालिकास्थित मैदी स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत तार्केश्वर पटेलले संक्रमण देखिएको पुष्टि गरे। पटेलका अनुसार ती युवा फागुन २० गते दक्षिण कोरियाबाट फर्किएका थिए। स्थानीय सुरक्षाकर्मीले स्वास्थ्य परीक्षण गराउन सुझाव दिए पनि आफूमा कुनै समस्या नभएको भन्दै घरमै बसेका थिए। दक्षिण कोरियाबाट फर्किएको एक महिना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell