PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

  • भरियो पाटन अस्पतालको आइसोलेसन वार्ड, बाह्रै घण्टा सेवामा स्वास्थ्यकर्मी

    भरियो पाटन अस्पतालको आइसोलेसन वार्ड, बाह्रै घण्टा सेवामा स्वास्थ्यकर्मी

    काठमाडौं : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) ले कोरोना भाइरस संक्रमण उपचारका लागि छुट्याएको ६ वटै आइसोलेसन वार्ड भरिएका छन्। शुक्रबार साँझसम्ममा कोरोनाको लक्षणसँग मिल्दो समस्या देखिएका र स्वाब परीक्षणका लागि पठाउनु पर्ने बिरामीहरु भर्ना भएका हुन्। अस्पतालका निर्देशक डाक्टर विष्णु प्रसाद शर्माका अनुसार परीक्षणको नतिजा नआएसम्म उनीहरु आइसोलेसनमै रहनेछन्। अस्पतालमार्फत् हालसम्म ३१ जनाको कोरोना परीक्षण भएको उनको दावी…

    विस्तृतमा पढ्नुस्

  • कसरी हुँदैछ जुम्लामा कोरोना जोखिम न्यूनीकरणको प्रतिकार्य?

    कसरी हुँदैछ जुम्लामा कोरोना जोखिम न्यूनीकरणको प्रतिकार्य?

    काठमाडौँः जुम्लामा भारतलगायतका विभिन्न देशबाट आएका व्यक्तिसमेत तीन सय २४ जनाको कोरोना परीक्षणका लागि स्वाब नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। परीक्षणका लागि पठाइए पनि रिपोर्ट भने आइसकेको छैन। 'भारत र अन्य मुलुकबाट आएका सबै व्यक्ति र उनीहरुका नजिकका आफन्तहरुको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको छ। रिपोर्ट आइसकेको छैन' प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले भनिन्। अहिले जिल्लामा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना उपचार केन्द्र तोकिएपछि बिरामी आउन छाडे, अस्पतालका प्रमुख भन्छन् : उपकरण नआएसम्म कोरोनाका बिरामी लिन सकिन्नँ

    कोरोना उपचार केन्द्र तोकिएपछि बिरामी आउन छाडे, अस्पतालका प्रमुख भन्छन् : उपकरण नआएसम्म कोरोनाका बिरामी लिन सकिन्नँ

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हातामा छ आयुर्वेद अनुसन्धान केन्द्र। केन्द्रको गेटमा उभिएका छन् सुरक्षा गार्ड। थर्मल गन लिएर बसेका उनले हामी भित्र जानुअघि ज्वरो नापे। 'नर्मलै छ, जानुस्। अनि उ त्यहाँ पानी छ, हात धोएर जानुस् है,' सुरक्षा गार्डले अगाडि देब्रेतिर एक छेउमा राखिएको हरियो पानीको ट्याङ्की देखाए। थोरै ह्यान्डवास पनि हालिदिए हातमा। हात धोयौँ र अस्पतालतर्फ अघि बढ्यौँ…

    विस्तृतमा पढ्नुस्

  • पहुँच भएकाले अनावश्यक रुपमा सामग्री भण्डार गर्दा गरिब मजदुरले सास्ती पाए : उषा नेपाल

    पहुँच भएकाले अनावश्यक रुपमा सामग्री भण्डार गर्दा गरिब मजदुरले सास्ती पाए : उषा नेपाल

    काठमाडौं : कोरोना भाइरस (कोभिड १९) अहिले विश्वभर तीव्रगतीमा फैलिरहेको छ। संक्रमणबाट बच्ने चुनौतीसँगै भोक र स्वास्थ्य सुरक्षाको चुनौती पनि बढीरहेको छ। यी समस्या विश्वभरका अधिकांश देशको नै हो। हालसम्म नेपालमा ९ जनामा कोरोना भाइरको संक्रमण देखिएको छ जसमध्ये एक जना उपचार पछि संक्रमण मुक्त भइसकेका छन्। थप संक्रमण फैलनबाट बचाउनकै लागि देशभर अहिले लकडाउन गरिएको छ। यसलाई सफल पार्न दिनरात नभनी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना जाँच तथा उपचारका लागि तोकिए प्रदेशदेखि जिल्लास्तरीय अस्पताल, अब यी मेडिकल कलेजमा पनि उपचार हुने

    कोरोना जाँच तथा उपचारका लागि तोकिए प्रदेशदेखि जिल्लास्तरीय अस्पताल, अब यी मेडिकल कलेजमा पनि उपचार हुने

    काठमाडौं : कोरोना भाइरस (कोभिड १९) फैलन नदिन नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कोरोनासँग सम्बन्धित उपचारका लागि तोकिएका अस्पतालहरूको सूची सार्वजनिक गरेको छ। चैत १८ गते मंगलवार  केन्द्र र प्रदेशमा भएका अस्पतालहरुको नामावलीसहितको सूची सार्वजनिक गरिएको हो। उक्त सूचीअनुसार अब शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र नेपाल सशस्त्र प्रहरी अस्पतालबाहेक अस्पतालमा पनि कोरोना उपचार गर्न जान सक्नेछन्।…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा दृष्टिविहीन : कमाई बन्द हुँदा राहतको पर्खाइमा, 'कहाँ पाइएला मास्क, कहाँ भेटिएला स्यानिटाइजर?'

    लकडाउनमा दृष्टिविहीन : कमाई बन्द हुँदा राहतको पर्खाइमा, 'कहाँ पाइएला मास्क, कहाँ भेटिएला स्यानिटाइजर?'

    काठमाडौं : मालती पहरी लगनखेलस्थित गडिखेलमा बस्छिन्। उनका श्रीमानले सडकमा बसेर  गीत गाएर कमाएको धेरथोर पैसाले परिवारको छाक टर्ने गरेको थियो। मालती र उनका श्रीमान दुवै दृष्टिविहिन। दुई छोरा र एक छोरी छन् उनीहरुका। कोरोनाको संक्रमण फैलिने त्राससँगै कमाइमा पनि संकट आइपरेको छ उनीहरुलाई। दिनमा सयदेखि -एक हजारसम्म कमाउने उनीहरुको अहिले त कमाउने बाटै बन्द भएको छ। भन्छिन्,‘पहिले कमाएको पैसा…

    विस्तृतमा पढ्नुस्

  • ‘कोरोना शहरमा मात्र फैलिन्छ गाउँमा आउँदैन’ भन्दै मानिसहरु घरबाहिर निस्केपछि…

    ‘कोरोना शहरमा मात्र फैलिन्छ गाउँमा आउँदैन’ भन्दै मानिसहरु घरबाहिर निस्केपछि…

    काठमाडौं: जिल्ला प्रशासन कार्यालय जुम्लाले चैत्र ११ देखि १८ गतेसम्म निषेधाज्ञा जारी गरेको छ। सरकारले ११ देखि १८ गतेसम्मका लागि लकडाउन घोषणा गरेसँगै त्यसलाई प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। भनिन्,‘निषेधाज्ञा भने पनि त्यो लकडाउन नै हो। सक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रमुख जिल्ला अधिकारीले जारी गर्न सक्छ।’ देशभर लागू…

    विस्तृतमा पढ्नुस्

  • आन्तरिक उडान ठप्प हुँदा हुम्लामा खाद्यान्नको समस्या, सुर्खेत हुँदै भारतबाट आउँदैछन् नेपाली

    आन्तरिक उडान ठप्प हुँदा हुम्लामा खाद्यान्नको समस्या, सुर्खेत हुँदै भारतबाट आउँदैछन् नेपाली

    काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै आजबाट देशभर लकडाउन गरेको छ। लकडाउनको अवधिभर आन्तरिक उडानहरु समेत बन्द गरिएका छन्। यता, आन्तरिक उडान बन्द भएसँगै हुम्लामा खाद्यान्नको अभाव भएको छ। हुम्लाकी प्रमुख जिल्ला अधिकारी विनिता भट्टराले भनिन्, ‘खाद्यान्नको पर्याप्त स्टक छैन, त्यसैले देशभरी लकडाउन भएपछि यहाँ मुख्य चुनौतिका खाद्यान्नको समस्या भएको छ।’ आन्तरिक उडान बन्द भएपनि अत्यावश्यक सामाग्रीसहित…

    विस्तृतमा पढ्नुस्

  • एउटै प्लेनमा सँगै यात्रा गरेका भियतनामी साथीमा कोरोना देखिएपछि उनी पुगेकी थिइन् टेकु

    एउटै प्लेनमा सँगै यात्रा गरेका भियतनामी साथीमा कोरोना देखिएपछि उनी पुगेकी थिइन् टेकु

    काठमाडौं : कोरोनाको प्रभाव फैलिन थालेपछि गत बिहीवारदेखि टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालमा नेपाल रेडक्रसले हेल्प डेस्क सुरु गर्‍यो। त्यसको एक दिनपछि अस्पतालले फ्लु क्लिनिक सुरु गर्‍यो। फ्लु क्लिनक सुरु गरेकै दिन एक किशोरी त्यहाँ पुगिन्। र, आफूमा देखिएको 'सिमटम'को ब्रिफ गरिन्। उनको ट्राभल हिस्ट्री लिएसँगै रगतको स्याम्पल अस्पतालले लिइहाल्यो। अनि अस्पतालले सुझाव दियो - अस्पतालको आइसोलेसनमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले ठप्प पार्‍यो बजारदेखि चुल्होसम्म, भरिया र रिक्सा चालक सम्झन्छन्, मानिसको त्यो चहलपहल

    कोरोनाले ठप्प पार्‍यो बजारदेखि चुल्होसम्म, भरिया र रिक्सा चालक सम्झन्छन्, मानिसको त्यो चहलपहल

    काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलदो त्रासबीच सरकारले तीव्र गतिमा सावधानी अपनाउन शुरु गर्‍यो। सरकारको निर्णय अनुसार स्कूल, कलेज धमाधम बन्द भए। एसइई परीक्षा समेत स्थगित भयो। त्यसपछि मानिसहरु उपत्यका छाड्न थाले। एक त मानिसको चहलपहल कम र २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन सरकारको निर्देशन। लगत्तै शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै लामो दूरीका सवारीसाधन बन्द गर्ने…

    विस्तृतमा पढ्नुस्

  • के हो होम क्वारेन्टाइन, के हो आइसोलेसन?

    के हो होम क्वारेन्टाइन, के हो आइसोलेसन?

    काठमाडौं : कोभिड-१९ को संक्रमणले विश्व चपेटामा पर्दै गर्दा नेपालमा पनि तयारी र सतर्कता अपनाइएको बताइएको छ। कोभिड -१९ का कारण हालसम्म २ लाख १८ हजार ८ सय १५ जना संक्रमित भइसकेका छन्। मृत्यु हुनेको संख्या ८ हजार ८ सय १० पुगेको छ। चीनमा तीन हजार दुई सय ३१ जनाको मृत्यु भएको छ। पछिल्लो समय युरोपलाई केन्द्र बनाएर कोभिड-१९ को…

    विस्तृतमा पढ्नुस्

  • टेकुमा कोरोना फोबिया : निमोनियाका बिरामी पनि कोरोना भन्दै रिफर, यस्तो छ अस्पतालको तयारी

    टेकुमा कोरोना फोबिया : निमोनियाका बिरामी पनि कोरोना भन्दै रिफर, यस्तो छ अस्पतालको तयारी

    काठमाडौं : कोरोना महामारी विश्वव्यापी भइसकेको छ। नेपालमा हालसम्म एक जनामा संक्रमण पोजेटिभ देखिए पनि निको भएर घर फर्किसकेका छन्। सरकारले संक्रमण नियन्त्रणका लागि अति प्रभावित देशका नागरिकलाई अनअराइभल भिसा रोकिसकेको छ। विमानस्थलमा तथा नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था गरेको छ। तर, कोरोना आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य जाँचका लागि पुग्नेको संख्या बढिरहेको छ। कतिपय जिल्लाहरूबाट सामान्य फ्लूका…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचार मुक्त राष्ट्र निर्माण अभियानमा जुट्यो पूर्व डिआइजी रमेश खरेलको टोली, होला त सफल?

    भ्रष्टाचार मुक्त राष्ट्र निर्माण अभियानमा जुट्यो पूर्व डिआइजी रमेश खरेलको टोली, होला त सफल?

    काठमाडौं : भ्रष्टाचार संस्थागत रुपमा मौलाएको भन्दै पूर्व डिआइजी रमेश खरेलको संयोजकत्वमा बिहीवार 'हाम्रो नेपाल सुशासन अभियान' शुरु भएको छ। राजधानीको त्रिपुरेश्वरस्थित बैठक भेन्युमा खरेलसहित देवेन्द्रप्रसाद सिटौला, डा.नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ देखिए। कार्यकारी परिषद्मा यिनै पाँच जना छन्। 'सुशासनका लागि भ्रष्टाचारको विरोध गरौं' भन्ने नारासहित पूर्व डिआइजी खरेलको संयोजनमा बनेको कार्यकारी परिषद्का सदस्यमध्ये सिटौला रक्षामन्त्रालयका पूर्व कामु…

    विस्तृतमा पढ्नुस्

  • इसाई गाउँपालिका उपाध्यक्षसँग राप्रपा एकताबारे पाँच प्रश्न, 'गीता छुँदैमा सबै हिन्दु नै हुनुपर्छ भन्ने छैन'

    इसाई गाउँपालिका उपाध्यक्षसँग राप्रपा एकताबारे पाँच प्रश्न, 'गीता छुँदैमा सबै हिन्दु नै हुनुपर्छ भन्ने छैन'

    धादिङको रुबीभ्याली गाउँपालिकाकी उपाध्यक्ष बिना लामा राप्रपाबाट निर्वाचित हुन्। राप्रपाले हिन्दु राष्ट्रको माग गर्दै आए पनि सर्वधर्मलाई अगाँल्ने जनाएको थियो। बुधवारको एकता घोषणा सभामा भने अध्यक्षहरुले गीता छोएरै राप्रपा नफुटाउने कसम खाए। इसाई धर्म मान्ने बिना पनि गीता छोएर कसम खानु कुनै अनौठो नभएको बताउँछिन्। राप्रपा एकता कार्यक्रममा आउन भ्याउनुभएन? म गाउँपालिका तिरै छु। जनताबाट निर्वाचित प्रतिनिधि भएकोले विकास निर्माणका…

    विस्तृतमा पढ्नुस्

  • सीताराम हाछेथुलाई ट्राफिक महिलाप्रति यूटर्न गराउने त्यो घटना...

    सीताराम हाछेथुलाई ट्राफिक महिलाप्रति यूटर्न गराउने त्यो घटना...

    कोटेश्वरस्थित ट्राफिक प्रहरीको सम्पर्क कार्यालयमा थिए सीताराम हाछेथु। त्यसदिन आफ्नो नेतृत्वमा रहेका सबै ट्राफिक प्रहरीलाई सडकमा खटिन निर्देशन दिइसकेका थिए उनले। मध्याह्नतिर एक पूर्व आइजिपीको फोन आयो। 'ए हाछेथु बानेश्वरमा ट्राफिक छैन किन हो?,' कुराकानीको सुरुवात नै प्रश्नबाट गरे।  हाछेथु अलमलमा परे। केहीबेर अघिमात्र आफ्नो क्षेत्रमा खट्न सम्बन्धित ट्राफिकहरूलाई निर्देशन दिएका थिए। उनले जवाफ दिए, 'खटाएको थिएँ त।' पुनः प्रश्न…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको जन्मोत्सव : ज्येष्ठ नागरिकलाई सम्मान, फिदिमबाट मगाइयो केक, यस्ता छन् मुख्य कार्यक्रम

    प्रधानमन्त्री ओलीको जन्मोत्सव : ज्येष्ठ नागरिकलाई सम्मान, फिदिमबाट मगाइयो केक, यस्ता छन् मुख्य कार्यक्रम

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९औँ जन्मदिन मनाउन जन्मघर तेह्रथुम जाँदैछन्। केहीबेरमा हेलिकोप्टरबाट प्रधानमन्त्री तेह्रथुम प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।  प्रधानमन्त्रीको टोलीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री वीना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ लगायत छन्। प्रधानमन्त्रीको जन्मोत्सवको तयारीका लागि…

    विस्तृतमा पढ्नुस्

  • खरीपाटी क्वारेन्टाइनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता पुत्र पनि, 'वुहानबाट जहाज नउड्दासम्म ढुकचुक थियो मन'

    खरीपाटी क्वारेन्टाइनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता पुत्र पनि, 'वुहानबाट जहाज नउड्दासम्म ढुकचुक थियो मन'

    सरकार नोवेल कोरोना भाइरसको आउटब्रेक इपिसेन्टर वुहानमा रहेका १८५ जना नेपालीलाई उद्धार गरी काठमाडौं ल्याउने तयारीमा लागेको थियो - फागुन ३ गते। चीनबाट फर्काइनेहरुमा डा. श्रवण श्रेष्ठ पनि थिए। साथीहरु नेपाल फर्किने तयारीमा लागेपछि सियानमा हड्डी तथा नसामा एमडी गरिरहेका उनी एक्लै बस्ने कुरा पनि भएन। बुवा महेन्द्रसँग श्रवणले आफू अन्यौलमा परेको सुनाए। महेन्द्रले भने छोरालाई फर्कन सुझाए। फर्कन सहमत…

    विस्तृतमा पढ्नुस्

  • चीनबाट ल्याइएका नेपालीमा देखिएन कोरोनाको संक्रमण

    चीनबाट ल्याइएका नेपालीमा देखिएन कोरोनाको संक्रमण

    काठमाडौं : कोरोना आउटब्रेक इपिसेन्टर वुहानबाट शनिवार उद्धार गरिएका नेपालीहरुमा कोरान भाइरसको संक्रमण नभएको देखिएको छ। स्वास्थ्य मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गर्दै भक्तपुरको खरीपाटीमा रहेका उनीहरुमा संक्रमण नदेखिएको जानकारी दिएको हो। 'उहाँहरुमा कोरोनाको कुनै पनि संक्रमण देखिएको छैन,' मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने। शनिवार चीनबाट ल्याइएका १ सय ७५ जनालाई खरिपाटीमा रहेको क्वारेन्टाइनमा राखिएको छ। उनीहरुलाई अझै १४ दिनसम्म त्यहाँ राखेर परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • सडकमा खटिएका महिला ट्राफिक प्रहरीको कथाः चालकले टेर्दैनन्, तर पनि 'नियम कडा छ'

    सडकमा खटिएका महिला ट्राफिक प्रहरीको कथाः चालकले टेर्दैनन्, तर पनि 'नियम कडा छ'

    पुतलीसडक हुँदै प्रदर्शनी मार्गतर्फ लाग्ने चोक वा आसपासका सडकहरुमा भेटिन्छिन् गोमती अधिकारी। अधिकारी ट्राफिक प्रहरी हुन्। हरेक दिन सडक सुरक्षाका लागि सवारी चालकलाई निर्देशन दिनु र ट्राफिक व्यवस्थापनमा खटिनु उनको जिम्मेवारी। निकै व्यस्त देखिन्छिन् उनी। अहिले सडकहरुमा ट्राफिक लाइट फिट भएका छन्। तर पनि खटन उस्तै। किनकि आम मानिसलाई ती लाइटको बानी परेको छैन। पहिले 'यता जानु', 'उता जानु' भन्दै…

    विस्तृतमा पढ्नुस्

  • जापानदेखि आएर साँखुको चिसोमा व्रत जुन सबैको हिम्मतको कुरा होइन

    जापानदेखि आएर साँखुको चिसोमा व्रत जुन सबैको हिम्मतको कुरा होइन

    माघमा स्वस्थानी व्रतकथा सुन्ने र सुनाउने प्रचलन। अहिले कथा वाचन जसरी हुने गर्छ, त्यसरी नै कथामाथि आलोचना पनि। त्यसो त स्वस्थानीलाई 'कथा' मानिसकेपछि समीक्षा हुनु ठूलो कुरा होइन। यो कथालाई लैङ्गिक दृष्टिकोणबाट कटू आलोचना गर्नेहरु धेरै छन्। यति हुँदाहुँदै पनि चिसोमा धाएर साँखुको शालिनदी पुग्नेको भिड घट्दो छैन, बढेकै छ। अझ त्यसमाथि, स्वस्थानीको ब्रत बस्नका लागि विदेशबाटै कोही नेपाल आइपुग्छ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell