PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

  • मकवानपुरको मनहरी गाउँपालिकामा २ जना मृत अवस्थामा फेला

    मकवानपुरको मनहरी गाउँपालिकामा २ जना मृत अवस्थामा फेला

    हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकामा २ जनाको शव फेला परेको छ। आज बिहान मनहरी गाउँपालिका वडा नम्बर ७ को मनहरी बजार र वडा नम्बर ९ को रजैयामा गरी एक/एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। उनले दुवै शव मृतकको घरमा नै भेटिएको बताए। मनहरी बजारका ५७ वर्षीय राजुप्रसाद रौनियार गएराति आफ्नै घरको…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य एक हजार रुपैयाँले घट्यो, तोलाको ९७ हजारमा कारोबार

    सुनको मूल्य एक हजार रुपैयाँले घट्यो, तोलाको ९७ हजारमा कारोबार

    काठमाडौंः सुनको मूल्य क्रमिक घट्न थालेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण भएको छ। मंगलबार सुन तोलामा ७ सय रुपैयाँले घटेर कारोबार मूल्य ९८ हजार थियो। एक सातादेखि सुनको मूल्य ९८ हजार भन्दा बढीमा कारोबार भइरहेको थियो। चाँदीको मूल्य लामो समयपछि तोलामा एक हजार…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी आउँदै मोदी : चार बुलेटप्रुफ गाडीसहित इन्डियन एयरफोर्सको विमान भैरहवामा

    लुम्बिनी आउँदै मोदी : चार बुलेटप्रुफ गाडीसहित इन्डियन एयरफोर्सको विमान भैरहवामा

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते नेपाल आउँदैछन्। बुद्ध पूर्णिमाको अवसर पारेर उनी लुम्बिनी भ्रमणमा आउन लागेका हुन्। मोदीको भ्रमणको तयारीका लागि पाँच दिनअघि नै विशेष सुरक्षा बल र उपकरणसहितको विमान बुधबार भैरहवामा अवतरण भएको छ। चारवटा बुलेटप्रुफ गाडीसहित इण्डियन एयरफोर्सको विमान गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको हो। 'यो चार्टर उडानमा भारतीय सेनाका उच्च पदाधिकारी…

    विस्तृतमा पढ्नुस्

  • इजरायली सेनाको गोली लागेर अलजजिरामा कार्यरत पत्रकारको मृत्यु

    इजरायली सेनाको गोली लागेर अलजजिरामा कार्यरत पत्रकारको मृत्यु

    इजरायल सेनाको गोली लागेर अलजजिरामा कार्यरत पत्रकार सिरिन अब अक्लेहको निधन भएको छ। अलजजिराका अनुसार गाजापट्टीमा अक्लेहको मृत्यु भएको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधवार जेनिन शहरमा इजरायली रेडको रिपोर्टिङ गरिरहेको बेला गोली लागेर उनको मृत्यु भएको हो। घटनास्थलबाट उनलाई अस्पताल लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको हो। घटनाबारे अन्य विवरण सार्वजनिक भएको छैन।  

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकामा राजापाक्षे परिवारविरुद्ध विद्रोह, जलिरहेका छन् घरहरु

    श्रीलंकामा राजापाक्षे परिवारविरुद्ध विद्रोह, जलिरहेका छन् घरहरु

    श्रीलंकाको सत्तामा राजापाक्षे परिवारको रहेको पकड अहिले ढुलमुल हुँदैछ। सत्ताको शिखरमा रहेका महिन्द्रा राजापाक्षे राष्ट्रपति हुँदै प्रधानमन्त्री बने। आफ्नै भाइलाई उनले राष्ट्रपति बनाए। देशमा आर्थिक संकट सुरु भएपछि उनै राजापाक्षेले राजीनामा दिए। अहिले भने उनै राजापाक्षे कहाँ छन् थाहा छैन। सरकारविरोधी आन्दोलन उत्कर्षमा पुग्दा विरोधीहरुले राजापाक्षे परिवारका साथै सरकारका मन्त्रीहरुको घर जलाएका छन्। हालसम्म ५० भन्दा बढी घर जलाइएको स्थानीय मिडियाले…

    विस्तृतमा पढ्नुस्

  • मतदानस्थलमा मत हाल्ने तरिका सिकाउँदै निर्वाचन आयोग

    मतदानस्थलमा मत हाल्ने तरिका सिकाउँदै निर्वाचन आयोग

    काठमाडौँ: आजदेखि स्थानीय तह निर्वाचनको मौन अवधि सुरु भएको। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मत बदर हुन नदिन आयोगले नमूना मतदान कार्यलाई पनि अहिले तीब्रता दिएको छ। आज र भोलि निर्वाचन आयोगले नमूना मतदान कार्य सञ्चालन गर्दैछ। आयोगले वैशाख २८ र २९ गते नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउने तयारी गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • भैरहवाबाट उडानका लागि जजिराले सार्वजनिक गर्‍यो तालिका, युरोप र मध्यपूर्वका मुलुकमा उडान

    भैरहवाबाट उडानका लागि जजिराले सार्वजनिक गर्‍यो तालिका, युरोप र मध्यपूर्वका मुलुकमा उडान

    काठमाडौं: कुवेतको लो-कस्ट वायुसेवा कम्पनी जजिरा एयरवेजले भैरहवाबाट आफ्नो उडान सञ्चालनका लाग तालिका सार्वजनिक गरेको छ। कम्पनीले भैरहवा बेस रही मध्यपूर्व र एसियाका विभिन्न मुलुकमा उडान गर्ने योजना छ। नेपाल बाहिर रहेर काम गर्दै आएका नेपालीका लागि यो उडान उपयोगी रहने कम्पनीले जनाएको छ। दुई वर्ष अघिदेखि नेपाल उडान सुरु गरेको यो कम्पनीले आफ्नो दोस्रो बेस भैरहवाको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिरय विमानस्थललाई बनाउन लागेको हो। 'कम्पनीले…

    विस्तृतमा पढ्नुस्

  • कसरी हाल्ने मत? कुन कुन अवस्थामा मत बदर हुन्छ ?

    कसरी हाल्ने मत? कुन कुन अवस्थामा मत बदर हुन्छ ?

    काठमाडौं : वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ। देशभरका स्थानीय तहमा एकसाथ हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। बुधवारबाट मौन अवधि लागू हुँदा मतदाता शिक्षालाई तीव्रता दिइएको छ। आज र भोलि निर्वाचन आयोगले मतदातालाई मत हाल्न सिकाउँदैछ। ठुला मतपत्र, गठबन्धन भएपछि सबैको चुनाव चिह्न हुनु र मतदाता शिक्षा त्यति प्रभावकारी नहुँदा यसपटक धेरै मत बदर हुन सक्ने अनुमान…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषधसहित युवक पक्राउ

    लागुऔषधसहित युवक पक्राउ

    काठमाडौं: भक्तपुर त्रिपुरासुन्दरीबाट लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। भनपा–१ दूधपाटी घर भई हाल भक्तपुरको झौखेलमा बस्ने २९ वर्षीय राजु कर्माचार्यलाई पक्राउ गरेको हो। पक्राउ परेका राजुसँग प्रहरीले प्रदेश २–०३५प८९६ नंको स्कुटरमा चार थान नोफिन, चार थान फेनारगन र चार थान डाइजेपाम बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा…

    विस्तृतमा पढ्नुस्

  • सडकमा सवारी चाप घटेको हो? ट्राफिक प्रहरीको संख्या पनि थोरै!

    सडकमा सवारी चाप घटेको हो? ट्राफिक प्रहरीको संख्या पनि थोरै!

    काठमाडौं : तपाईँले आजभोलि काठमाडौंका सडकमा सवारी र मानिसको उपस्थिति कम भएको महशुस गर्नु भएको छ ? दशैं तिहारको जस्तो सुनसान त पकै होइन तर पनि केही सडकमा भने सवारी र मानिसको भिड भने पातलिएको छ। काठमाडौं उपत्यकामा विभिन्न कामका सिलसिलमा बस्दै आएका मानिसहरु स्थानीय तहको निर्वाचनका लागि आफ्नो थातथलोतिर फर्किन थालेकाले सडकमा तुलनात्मक हिसाबले भिड कम भएको हो। अहिले…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचनको मौन अवधि सुरु, उल्लंघन गरे के हुन्छ कारबाही?

    स्थानीय तह निर्वाचनको मौन अवधि सुरु, उल्लंघन गरे के हुन्छ कारबाही?

    काठमाडौं : बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौन अवधि मंगलवार मध्यरातदेखि सुरु भएको छ। मनोनयन दर्तापछि दुई हप्ता लामो प्रचारप्रसार सकिएको छ। मंगलवार प्रमुख दलका शीर्ष नेताहरु सहित सबै उम्मेदवारहरुका अन्तिम चुनावी सभा भएका थिए। सबै उम्मेदवारले अन्तिम पटक मतदातामाझ सार्वजनिक कार्यक्रम गरे। आजदेखि निर्वाचन आचारसंहिताका कारण प्रचारका कार्यक्रम रोकिएका छन्। मौन अवधिमा राजनीतिक दलहरुले मतदाताबिच सार्वजनिक कार्यक्रममात्र…

    विस्तृतमा पढ्नुस्

  • एस्टोन भिल्लालाई हराउँदै लिभरपुल उपाधिको होडमा कायमै

    एस्टोन भिल्लालाई हराउँदै लिभरपुल उपाधिको होडमा कायमै

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले एस्टोन भिल्लालाई हराएको छ। भिल्ला पार्क स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोलीमाथि २-१ गोलअन्तरले जित निकालेको हो। खेलको तेस्रो मिनेटमै डौग्लास लुइजको गोल एस्टोन भिल्लाले अग्रता बनाएको थियो। तर, छैटौं मिनेटमा लिभरपुलका जोएल मटिपले गोल गर्दै खेल बराबरीमा ल्याए। र, पहिलो हाफमा १-१ गोलको बराबरीमा रोकियो। दोस्रो हाफमा लिभरपुलका लागि साडियो मानेले…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनाको सहज जित

    बार्सिलोनाको सहज जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोमाथि सहज जित निकालेको छ। घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोमाथि ३-१ गोलअन्तरले जित निकालेको हो। खेलको ३० औं मिनेटमा ओसमाने डेम्बेलेको पासमा मेम्फिस डिपेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै ४१ औं मिनेटमा पिअरे एम्रिक औबुमेयाङले गोल थप्दा पहिलो हाफमा बार्सिलोना दुई गोलले अघि रह्यो। दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो स्थानको लखनउलाई हराएर शीर्षस्थानको गुजरातले गर्‍यो प्लेअफमा स्थान पक्का

    दोस्रो स्थानको लखनउलाई हराएर शीर्षस्थानको गुजरातले गर्‍यो प्लेअफमा स्थान पक्का

    काठमाडौं: इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्टलाई हराएको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा सम्पन्न खेलमा गुजरातले लखनउमाथि ६२ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४४ रन बनाएको थियो। जवाफी ब्याटीङमा उत्रिएको लखनउ १३.५ ओभरमा ८२ रनमा समेटियो। गुजरातका लागि शुभमन गिलले सर्वाधिक अविजित…

    विस्तृतमा पढ्नुस्

  • मत बदर हुने डर, निर्वाचनको दुई दिनअघि आयोगले सिकाउँदैछ मत हाल्ने तरिका

    मत बदर हुने डर, निर्वाचनको दुई दिनअघि आयोगले सिकाउँदैछ मत हाल्ने तरिका

    काठमाडौँ: मंगलबार (आज) मध्यरातबाट स्थानीय तह निर्वाचनको मौन अवधि सुरु हुँदैछ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मत बदर हुन नदिन आयोगले नमूना मतदान कार्यलाई पनि अहिले तीब्रता दिएको छ। बुधबार र बिहीबार निर्वाचन आयोगले नमूना मतदान कार्य सञ्चालन गर्ने भएको छ। आयोगले वैशाख २८ र २९ गते नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा सटर फोडेर ५ करोडको सुन चोरी गर्ने समूह पक्राउ

    बुटवलमा सटर फोडेर ५ करोडको सुन चोरी गर्ने समूह पक्राउ

    बुटवलः रुपन्देहीको बुटवलस्थित एक सुनचाँदी पसलबाट चारकिलो बढी सुनसहित ५ लाख नगद चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारत जौहरी मोहल्ला लखनउका ३६ वर्षीय मोहसिन अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहारका २५ वर्षीय मोहद जिशान खान र भारत तकिया लखनउका २२ वर्षीय मो सारिक रहेको प्रहरीले जनाएको छ। उक्त समूहले वैशाख १२ गते राति बुटवल उपमहानगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • ईश्वर पोखरेलको दाबी, 'हामी ६ वटै महानगर जित्छौँ'

    ईश्वर पोखरेलको दाबी, 'हामी ६ वटै महानगर जित्छौँ'

    वीरगंजः नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आसन्न स्थानीय तह निर्वाचनमा एमालेले ६ वटै महानगरमा जित हासिल गर्ने दाबी गरेका छन्। जिल्ला कमिटी पर्साद्वारा आयोजित कोण सभालाई वीरगंजमा सम्बोधन गर्दै पोखरेलले यस्तो दाबी गरेका हुन्। ‘देश विकास गर्ने पार्टी भनेको एमाले हो। अरु कुनै पार्टीले सक्दैन। त्यसैले अहिले देशभर एमालेको जनलहर छ,’ उनले भने, ‘केपी ओलीको सरकारले जसरी विगतमा…

    विस्तृतमा पढ्नुस्

  • तथ्यांकमा स्थानीय तह निर्वाचन : प्रदेश १ मा ६ हजार पदका लागि साढे २१ हजारबिच प्रतिस्पर्धा

    तथ्यांकमा स्थानीय तह निर्वाचन : प्रदेश १ मा ६ हजार पदका लागि साढे २१ हजारबिच प्रतिस्पर्धा

    काठमाडौं : शुक्रवार हुने स्थानीय तह निर्वाचनमा प्रदेश १ मा २१ हजार ५२२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रदेश १ मा एक महानगरपालिका सहित दुई उप-महानगरपालिका र ४६ नगरपालिकाका प्रमुख र उपप्रमुखमा ९८ जना र ८८ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी १७६ जना निर्वाचित हुँदैछन्। त्यस्तै, यस प्रदेशमा एक हजार १५७ वडाहरुमा वडा अध्यक्ष र चार जना वडा सदस्यहरु समेत निर्वाचित हुनेछन्।…

    विस्तृतमा पढ्नुस्

  • आचारसंहिता पालना गराउन सूक्ष्म अनुगमन : ५३ जनालाई सोधियो स्पष्टीकरण

    आचारसंहिता पालना गराउन सूक्ष्म अनुगमन : ५३ जनालाई सोधियो स्पष्टीकरण

    काठमाडौं : बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौन अवधि मंगलवार मध्यरातदेखि सुरु हुँदैछ। मंगलवार प्रमुख दलका शीर्ष नेताहरुसहित सबै उम्मेदवारहरुका अन्तिम चुनावी सभा हुँदैछन्। आज मध्यरातदेखि निर्वाचन आचारसंहिताका कारण प्रचारका कार्यक्रम रोकिने छन्। मौन अवधिमा राजनीतिक दलहरुले मतदाताबिच सार्वजनिक कार्यक्रममात्र हैन सामाजिक सञ्जालमा पनि प्रचार गर्न पाउने छैनन्। यस्तोमा निर्वाचन आयोगले विभिन्न स्थानमा राखिएका प्रचारप्रसारका सामग्रीहरु हटाउन आग्रह…

    विस्तृतमा पढ्नुस्

  • ओली सरकारको पालामा कोरोनाका कारण पाँच हजार मानिस मारिएको गगनको आरोप, 'मास्कमा पैसा खाने सरकार'

    ओली सरकारको पालामा कोरोनाका कारण पाँच हजार मानिस मारिएको गगनको आरोप, 'मास्कमा पैसा खाने सरकार'

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पाँच हजार मान्छे मारिएको आरोप लगाएका छन्। काठमाडौंको असनमा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले ओलीको कार्यकालमा कोभिड-१९ को समयमा पाँच हजार मान्छे मर्न बाध्य भएको आरोप लगाएका हुन्। 'कोभिडको बेला ९४०० मान्छेको जीवन गयो। मेरो परिवारकोमात्र चार जना सदस्य गुमाएको छु,' थापाले भने,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell