काठमाडौं : सोमवार साँझ बुटवलमा नेकपा (एमाले)का उम्मेदवार सवार गाडीमा आक्रमण भयो। साँझ प्रचार प्रसारका क्रममा बुटवल उपमहानगरपालिका १२ का वडाध्यक्ष पदका उम्मेदवार देवीप्रसाद रेग्मीमाथि आक्रमण भएको थियो। आक्रमणमा उनी सवार बा २० च ६७८५ नम्बरको गाडीमा क्षति पुगेको छ। नयाँ गाउँ मावि नजिकै प्रचारमा हिँडेका रेग्मीको गाडीमा एक्कासी ढुङ्गा प्रहार भएको थियो। ढुङ्गा प्रहारबाट गाडीको सिसा फुटेको थियो। गाडीमा…
बनेपा: शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएको टिपर स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताए। त्यससँगै निर्वाचर्नलाई स्वच्छ,…
इलाम: नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन्। उक्त गाउँपालिका–५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ छ। उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ। मौन अवधिमा दुबैजनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले होहल्ला गर्दै खेदाउन खोजेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीले लागि…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वुल्भसमाथि फराकिलो जित निकालेको छ। मोलिनिउक्स स्टेडियममा सम्पन्न खेलमा सिटीले घरेलु टोलीमाथि ५-१ गोलको फराकिलो जित निकालेको हो। सिटीको जितमा केभिन डी ब्रुएनाले चार गोल गर्दा रहीम स्ट्रलिङले एक गोल गरे। खेलको सातौं मिनेटमै बर्नान्डो सिल्भाको पासमा गोल गर्दै ब्रुएनाले सिटीलाई अग्रता दिलाएका थिए। तर, ११ औं मिनेटमा घरेलु टोलीका लेन्डेर…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ। मुम्बइस्थित डीवाइ पाटिल स्पोर्टस एकेडेमीको मैदानमा सम्पन खेलमा दिल्लीले राजस्थानमाथि ८ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले ११ बल बाँकी छँदा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। राजस्थानमा लागि रविचन्द्रन…
काठमाडौँः निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर परिचयपत्र नभएका मतदाताले अन्य परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने निर्णय गरेको छ। आयोगको निर्णय अनुसार अन्तिम नामावलीमा नाम भएमा अन्य परिचयपत्रका आधारमा मत हाल्ने व्यवस्था मिलाउन आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो। आयोगले परिचयपत्र नभएमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी तथा जग्गा धनी प्रमाण पूर्जाका आधारमा पनि मतदानको व्यवस्था मिलाउन निर्वाचन अधिकृतलाई निर्देशन…
काठमाडौँः शनिबारदेखि जारी मतगणनामा धेरै पालिकाहरूको नतिजा आइसकेको छ। तर देशका ६ वटा महानगरपालिकामा भने मतगणना जारी नै छ। काठमाडौं महानगरपालिका अहिलेसम्म ५० प्रतिशत समेत मतगणना भएको छैन। अहिलेको रफ्तारमा गणना हुने हो भने अझै एक सातासम्म लाग्ने देखिएको छ। काठमाडौंमा ४० हजारभन्दा बढी मत गणना भइसकेको छ। महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ( बालेन) अग्रस्थानमा छन्। अग्रस्थान मात्र होइन उनको…
काठमाडौं : सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायिक सुधारको कार्ययोजना तयार गर्न मुद्दा व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको छ। आज बसेको पूर्ण बैठकले समितिमा आवश्यक गृहकार्य गरी सुधारका मार्गचित्र सहितको कार्ययोजना तयार गर्ने जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश दीपक कमार कार्कीको संयोजकत्वमा बसेको पूर्ण बैठकमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा विचाराधिन पुराना बक्यौता मुद्दा न्यूनिकरण…
हेटौंडा : बैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लाका चार केन्द्रमा सबै कर्मचारी महिलालाई खटाइएको छ। जिल्लामा मतदान अधिकृतसहित १८ सय कर्मचारी खटिएका छन्। जसमध्ये चार केन्द्रमा सबै महिला कर्मचारी खटिएका हुन्। हेटौंडा-२ स्थित सिद्धार्थ मावि मतदानस्थलको मतदान केन्द्र‘घ’ मा मतदान अधिकृत विष्णुकुमारी लामिछानेको नेतृत्वमा ४ जना महिला कर्मचारी खटाइएको छ। त्यस्तै हेटौंडा-१२ स्थित महेन्द्र मावि मतदानस्थलको…
हेटौँडा : सर्वोच्च अदालतले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्ने वाग्मती प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चको संवैधानिक इजलाशले यस्तो आदेश दिएको हो। न्यायाधीश दीपक कुमार कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई, हरिकृष्ण कार्कीको इजलासले प्रतिष्ठानबाट हेटौँडा अस्पताललाई अलग गर्नुको कारणसहित उपस्थित हुन वाग्मती प्रदेश सरकारलाई आदेश दिएको छ।…
काठमाडौं : शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा पाँच हजार १३३ पदका लागि मतदान हुँदै छ। लुम्बिनी प्रदेशका १२ जिल्लाका १०९ स्थानीय तह र तिनका ९८३ वडामा जन प्रतिनिधि चयनका लागि मतदान हुँदै छ। प्रदेशमा एक हजार ६२९ मतदानस्थलमा रहेका तीन हजार ८३२ मतदान केन्द्रबाट वैशाख २९ गते १८ वर्ष पुगेका ३२ लाख १९ हजार ४५७ मतदाताले मतदान…
प्रिन्स चार्ल्सले बेलायतको संसद्लाई पहिलो पटक सम्बोधन गरेका छन्। संसद्को नयाँ सत्र सुरु हुनुअघि महारानी एलिजाबेथको स्थानमा प्रिन्स चार्ल्सले सम्बोधन गरेका हुन्। महारानी एलिजाबेथको स्वास्थ्य स्थिति ठिक नभएका कारण उनले संसद्लाई सम्बोधन गरेको बताइएको छ। ‘हाउस अफ लर्ड्स’मा उनले आफ्नो सरकारका प्राथमिकताहरूको रूपरेखा प्रस्तुत गरेका थिए। जसमा उनले सांसदहरूसामु विधेयकहरूको सूची समेत प्रस्तुत गरेका थिए। ‘प्लाटिनम जुबली’ र बर्मिङ्घममा हुन…
काठमाडौं : यश अभिनित फिल्म केजीएफ च्याप्टर २ ले भारतमा हालसम्म ८०० करोड भारतीय रुपैयाँभन्दा बढी कमाएको छ। हिन्दी भर्सनबाट मात्रै फिल्मले ४१५.३० करोड रुपैयाँ कमाएको छ। कोइमोइका अनुसार २७ दिन देखि भारतीय सिनेमाघरमा यो फिल्म प्रदर्शन भइरहेको छ। उक्त फिल्मको शोहरु अझै घटेका छैनन्। मिडिया रिपोर्टका अनुसार हालसम्म केजीएफ च्याप्टर २ ले ५ करोड 'फुटफल्स' बिक्री गरिसकेको छ। बाहुबली…
काठमाडौं : जेठ १ गतेबाट विद्यालयहरु पनि साताको दुई दिन बिदा हुने भएको छ। विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बसेको बैठकले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो। नेपाल सरकारले परीक्षणको लागि भन्दै जेठ १ गतेदेखि शनिवार र आइतवार दुई दिन बिदा दिने निर्णय गरिसकेको छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि दुई दिन बिदा हुने भएको हो। 'सरकारको निर्णय अनुसार…
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संसद अधिवेशन आह्वान गरेकी छिन्। नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए। उनले सवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने हुन्छ।…
काठमाडौं : वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि आजबाट मौन अवधि सुरु भएको छ। देशभरका मतदान केन्द्रहरुमा अहिले मतदानस्थल निर्माण कार्य भइरहेको छ। सबै मतदानस्थलमा कर्मचारीहरु पुगिसकेका छन्। सुरक्षा अवस्थाको मूल्यांकन गरेर क्षेत्र हेरेर व्यवस्थापन गरिएको छ। मौसम तथा पूर्वानुमान महाशाखाले मतदानका दिन पानी पर्न सक्ने भन्दै सूचना जारी गरेको छ। निर्वाचन आयोगले पनि वर्षात हुने अवस्था रहेकोले त्यही…
काठमाडौं : भारतका लागि नेपालका राजदूत डा शंकर प्रसाद शर्माले ओहोदाको प्रमाण पत्र बुझाएका छन्। राष्ट्रपति भवनमा आयोजित समारोहमा राजदूत शर्माले भारतीय राष्ट्रपति राम नाथ कोविन्दलाई ओहोदाको प्रमाण पत्र बुझाएका हुन्। शर्मालाई गत चैत ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन्। मन्त्रिपरिषद्ले राजदूतमा सिफारिस गरेको ३ महिनापछि मात्रै शर्माको एग्रीमो आएको थियो। प्रधानमन्त्री शेरबहादुर…
हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिकामा दुई जनाको शव फेला परेको छ। आज बिहान मनहरी गाउँपालिका वडा नम्बर ७ को मनहरी बजार र वडा नम्बर ९ को रजैयामा एक-एक जनाको शव फेला परेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। मनहरी बजारका ५७ वर्षीय राजु प्रसाद रौनियारको मृत्यु गए राति आफ्नै घरको छतबाट खसेर भएको हुनसक्ने प्रहरीले जनाएको छ। निरीक्षक थापाले रौनियार…
काठमाडौं : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी मधेश प्रदेशमा उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएका छन्। प्रदेशमा ६ हजार ६२७ पदका लागि करिब ४१ हजार जना उम्मेदवार प्रतिस्पर्धामा छन्। बैशाख ११ र १२ गते सम्पन्न मनोनयन दर्ता समायवधीमा मनोनयन दर्ता गराएका ४० हजार ९२४ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। आगामी ५ वर्षका लागि आफ्ना जनप्रतिनिधि…
काठमाडौं : काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एउटा जहाजको दुईमध्ये एक इन्जिन फेल भएको छ। इन्जिन फेल भएको जहाजलाई पुनः काठमाडौं फर्काएर सकुशल अवतरण गरिएको छ। बिहान काठमाडौंबाट उडेको क्यू-४०० सिरिजको जहाजको एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमा सुरक्षित अवतरण गरिएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए। जहाजमा समस्या आएलगत्तै फर्काएर विमानस्थलमा सहजै अवतरण गरिएको उनले जानकारी दिए। ‘जहाजलाई आकस्मिक…