इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलेमा मु्बइ इण्डियन्सले चेन्नइ सुपर किंग्सलाई हराएको छ। मुम्बइस्थित वानखेडे स्टेडियमम सम्पन्न खेलमा मुम्बइले चेन्नइमाथि ५ विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइ फितलो ब्याटिङ गर्दै १६ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमै समेटिएको थियो। जवाफी ब्याटीङमा उत्रिएको मुम्बइले ५ विकेट गुमाएर १४.५ ओभरमा लक्ष्य पुरा गर्यो। सुरुवाती ब्याटिङ गरेको…
आज स्थानीय तहको दोस्रो निर्वाचन हुन गइरहेको छ। प्रत्येक ५ वर्षमा हुने यो राष्ट्रिय महोत्सवमा सक्रियताका साथ सहभागी हुन हामी सबै मतदातालाई हार्दिक अनुरोध गर्दछौं। तपाईँको प्रत्येक मतले लोकतान्त्रिक पद्धति बसाउन महत्वपूर्ण योगदान दिनेछ। अर्को ५ वर्षका लागि तपाईँको स्थानीय सरकार निर्धारण हुने पनि हो आज। त्यो तपाईँको सबैभन्दा नजिकको सरकार हुनेछ। स्थानीय तहको कार्यसम्पादनको जन परीक्षणमा सहभागी सबै दललाई…
काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले ८ घण्टे स्पष्टीकरण सोधेको छ। आयोगको बिहीबार बसेको बैठकले मौन अवधिमा चितवनमा विभिन्न व्यक्तिहरुसँग मत मागेको भन्दै स्पष्टीकरण सोधेको निर्वाचन आयोगका एक आयुक्तले जानकारी दिए। 'गठबन्धनका उम्मेदवार र कार्यकर्तासहित करिब ३० जना व्यक्तिहरुसँग भेटघाट गरेको र भरतपुर महानगरिालिकामा उम्मेदवार रहनुभएका व्यक्तिका पक्षमा मत मागेको भन्दै स्पष्टीकरण सोधिएको छ,' उनले भने।…
सुर्खेतः निर्वाचन सुरक्षामा खटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्रप्रसाद भट्टलाई निलम्बन गरिएको छ। इलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत भट्टलाई निलम्बन गरिएको हो। सुर्खेतको पञ्चपुरी नगरपालिका ७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको गुनासो आएसँगै भट्टलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएका थियो।…
ललितपुरः रातो मछिन्द्रनाथ र मीननाथको रथबाट नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ। लगनखेल पुर्याइएको रथलाई हिजो मां सिमा परिक्रमा गराएर थतिटोल पुर्याइएको थियो। बिहीबार थतिटोलमा मछिन्द्रनाथको रथ बनाउने थकालीले रथको टुप्पोबाट नरिवल खसालेका हुन्। नरिवल खसाल्नु पूर्व थकालीले चारैतिरै यस्मरी खसालेका थिए। यसरी फालिएको यस्मरी पाउने व्यक्तिलाई सुख लाभ हुने जनविश्वास रहेको छ। यस्मरी खसालेपछि भने नरिवल खसालिएको थियो। मछिन्द्रनाथको…
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार नेपाल आउने भएका छन्। जेठ २ गते सोमबार बुद्ध जयन्ती समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बिहीबार मन्त्रालयले वक्तव्य जारी गर्दै मोदीको नेपाल भ्रमणको तालिका सार्वजनिक गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल आउन लागेका मोदी सवार हेलिकप्टर सोझै लुम्बिनीमा अवतरण गर्नेछ। मोदी त्यहाँ बुद्ध जयन्तीको अवसरमा आयोजना…
काठमाडौं : निर्वाचन आयोगले हालसम्म ६६ जनालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा स्पष्टीकरण सोधेको छ। ती मध्ये ९ जनालाई सचेत र १ जनालाई ध्यानकर्षण गराएको आयोगले जनाएको छ। बिहीवारको पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालले मौन अवधि र त्यो भन्दा अघि आचारसंहिता उल्लंघन गरेकोमा विभिन्न व्यक्ति विरुद्ध उजुरी परेको र उल्लंघन भएकाको हकमा आयोगले कारवाही स्वरुप स्पष्टीकरण सोधेको जानकारी दिए। '४८…
काठमाडौं : शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। काठमाडौं महानगरपालिकाका मतदान केन्द्रहरुमा पनि तयारी पूरा भएको छ। काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएकी सिर्जना सिंहले वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने छिन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को…
काठमाडौँ: सुदुरपश्चिम प्रदेशमा शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनमा एक हजार १३५ मतदान स्थलका दुई हजार १०३ मतदान केन्द्रमा मतदान हुँदैछ। सुदूरपश्चिममा यसपटक वैशाख २९ गते बिहीबारसम्म १८ वर्ष पूरा भएका १६ लाख ३२ हजार १५० मतदाताले मतदानमा सहभागिता जनाउँदै छन्। जसमध्ये ८ लाख ३१ हजार १४७० महिला, ८ लाख ६६२ पुरुष र १८ जना अन्य लैंगिक समूहका मतदाता रहेका…
काठमाडौँ: शुक्रबार हुने मतदानबाट कर्णाली प्रदेशले तीन हजार ७४८ जन प्रतिनिधि पाउने छ। कर्णालीका २५ नगरपालिका प्रमुख/उपप्रमुख तथा ५४ गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षसहित ७१८ वडाध्यक्ष र ती वडाहरुमा चार जनाका दरले २ हजार ८७२ जना वडा सदस्यका लागि निर्वाचन हुँदैछ। कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ जना मतदाता छन्। जसमध्ये चार लाख ९५ हजार ९९ महिला, पाँच लाख ६ हजार १८० पुरुष…
प्रकाश भण्डारी/सुमित मिश्र- काठमाडौं : मुस्लिम आयोगका अध्यक्ष सलिम मिया अन्सारीलाई नेकपा एमालेले आफ्ना पार्टीका उम्मेदवारबिरुद्ध पैसा बाँडेको आरोप लगाएको छ। धनुषाको सीता शरण होटलको कोठा नम्बर ३ सय ५ मा बसेर एमालेका जनकपुरधाम उपमहानगरका मेयर पदका उम्मेदवार शिव शंकर साहलाई हराउन पैसा बाँडेको आरोप उनीमाथि लगाएको हो। अन्सारीले होटलमा बसेर पैसा वितरण गरेको भन्दै एमालेका जनकपुरधाम उममहानगर कमिटीका अध्यक्ष…
काठमाडौं : मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पैसा बाँडेको भनेर आफ्नो चरित्र हत्या गरिएको आरोप लगाएका छन्। उनले फेसबुक मार्फत आफूलाई होटलमा आएर केही व्यक्तिले अभद्र व्यवहार गरेको समेत बताएका छन्। अन्सारीले निर्वाचनका समयमा पैसा बाँडेपछि प्रहरीले नियन्त्रणमा लिएको भन्ने समाचार आएको थियो। तर, उनले आफूलाई प्रहरीले पक्राउ गरेको भन्ने समाचार झुटो भएको बताए। ‘नियोजित रुपमा चरित्र हत्या गर्ने…
काठमाडौं : शुक्रवार हुने स्थानीय तह निर्वाचनको लागि मतदानस्थलहरुमा धमाधम तयारी भइरहेको छ। काठमाडौंमा पनि निर्वाचन लक्षित तयारी तीब्र गतिमा भइरहेको छ। गोकर्णेश्वर नगरपालिकाको मतदान केन्द्र रहेको चामुण्डा माध्यामिक विद्यालयमा मतदानकेन्द्र निर्माण कार्य भइरहेको छ। उक्त मतदान केन्द्रका अधिकृत ध्रोण तिमिल्सिनाले ८० प्रतिशत काम सकिएको जानकारी दिए। भने, ’८० प्रतिशत तयारी सकिसकेको छ। बाँस राख्ने देखि डोरी राखेर क्षेत्र निर्धारण…
काठमाडौं : नेपाली कांग्रेसले पूर्व सांसद भीमबहादुर श्रेष्ठसहित चितवनका पाँच जनालाई पार्टीको साधारण सदस्यबाटसमेत निलम्बन गरेको छ। पार्टी हित विपरित कार्य गरेको भन्दै कांग्रेसले पूर्वसांसद श्रेष्ठलाई निलम्बन गरेको हो। उनीसहित नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेललाई पनि निलम्बन गरेको कांग्रेसले जनाएको छ।…
काठमाडौं : भोलि (शुक्रवार) स्थानीय तह निर्वाचन हुँदैछ। देशभर ७५३ वटा स्थानीय तहमा अहिले निर्वाचनको अन्तिम तयारी भइरहेको छ। भक्तपुर नगरपालिकामा पनि निर्वाचनका लागि मतदानस्थल र बुथ निर्माणको काम भइरहेको छ। मतदानपछि मतगणना गर्न भक्तपुर नगरपालिकाको भवनमा मतगणनास्थल निर्माण गरिएको छ। स्थानीय तह निर्वाचनपश्चात मतगणना गर्नको लागि भक्तपुर नगरपालिकामा ३ वटा मतगणनास्थल निर्माण गरिँदैछ। मतगणनाका लागि जाली लगाई मतगणनास्थल सुरक्षित…
युरोपियन कमिसनका अध्यक्ष उरसुला भोन डेर लेएनले रसिया विश्वकै लागि ‘प्रत्यक्ष खतरा’ भएको बताएकी छिन्। टोक्योमा जापानी प्रधानमन्त्री फुमियो किशिदासँगको छलफलपछि उनले रसियाको आलोचना गरेकी हुन्। रसिया र युक्रेनबिच युद्ध सुरु भएको आज ७७ दिन पुगेको छ। डोनबास र लुहान्स्कलाई नियन्त्रणमा लिन दुवै पक्षबिच अझै लडाइँ भइरहेको छ। यही बेला टोक्यो पुगेकी लेएनले रसिया विश्वकै लागि प्रत्यक्ष खतरा भएको बताएकी…
काठमाडौं: दैनिक १५ हजारले सेवा पाउने गरि यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रको नयाँ सफ्टवेयर तयार पारेको छ। २४ वटा कार्यालयबाट दैनिक १५ हजारलाई सेवा दिने गरि सफ्टवेयर तयार पारिएको हो। विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ सफ्टवेयरमा सेवाग्राहीले फर्म भर्न सास्ती भोग्नु नपर्ने जिकिर गर्छन्। 'यो सफ्टवेयरमा कोटा तोकिएको छ। कोटा रहेसम्म सफ्टवेयरले स्वीकृत गर्छ भने सकिएपछि आफै अस्वीकृत गर्छ,' उनले बिजमाण्डूसँग…
काठमाडौं: जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीवार) देशका पाँच वटा प्रदेशमा वर्षा हुने जनाएको छ। महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली हुनेछ। त्यस्तै अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित सामान्यदेखि मध्यम वर्षाको…
भारतको जयपुरको एउटा तल्लो अदालतले राजस्थान पुलिससँग हत्याको प्रमाणहरु माग्दा पुलिसले प्रमाणहरु बाँदरले लगेको जनाएको छ। सन् २०१६ मा भएको एउटा युवकको हत्याको सन्दर्भमा अदालतले जफत गरिएका प्रमाणहरु पुलिससँग त्यो प्रमाण हाल आफूसँग नभएको जनाएको छ। जयपुरका एसपी मनिष अग्रवालले उक्त प्रमाणहरु बाँदरले लगेको जवाफ दिएका छन्। 'यो सन्दर्भ २०१६ को हो। तत्कालिन इन्चार्जले सन् २०१७ मा प्रमाणहरु भेलापारेर राखेका थिए।…
उत्तर कोरियाले आधिकारिक रुपमा पहिलो कोभिड १९ संक्रमणको पुष्टी गरेको छ। त्यहाँको राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजधानी प्योङयाङमा ओमिक्रनको सबभेरियन्टको संक्रमणको बिहीवार पुष्टी गरिएको र सँगसँगै लकडाउनको पनि घोषणा गरिएको हो। 'देशमा सबैभन्दा ठूलो आपतकालीन घटना भएको छ, फेब्रुअरी २०२० देखि विगत दुई वर्ष र तीन महिनामा सुरक्षित राखिएको हाम्रो आपतकालीन क्वारेन्टाइन फ्रन्टमा प्वाल भएको छ,' केएनसीए समाचार एजेन्सीले भनेको छ।…