PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

  • निर्वाचन नियम उल्लंघन गरेका बाबुरामको स्पष्टीकरण : गोप्य मतदान गर्ने सिद्धान्त छैन

    निर्वाचन नियम उल्लंघन गरेका बाबुरामको स्पष्टीकरण : गोप्य मतदान गर्ने सिद्धान्त छैन

    काठमाडौं : पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले लोकतन्त्रमा खुला रुपमा विचार व्यक्त गर्न पाउनुपर्ने बताएका छन्। गोप्य हुनुपर्ने मतदानलाई सार्वजनिक गरेका भट्टराईले गोप्य मतदानको विपक्षमा मत व्यक्त गरेका हुन्। निर्वाचन आचारसंहिता उल्लंघन गर्दै भट्टराईले मतदान गरिरहेको फोटो सामाजिक सञ्जामा पोस्ट गरेका थिए। आफ्नो बचाउ गर्दै भट्टराईले भनेका छन्,'लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जामा जीप दुर्घटना हुँदा १४ जना मृतकको सनाखत, मर्ने धेरै कुँवर परिवारका

    स्याङ्जामा जीप दुर्घटना हुँदा १४ जना मृतकको सनाखत, मर्ने धेरै कुँवर परिवारका

    काठमाडौं : स्याङ्जामा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।  आज बिहान करिब १० बजेर २० मिनेटमा स्याङजा वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबासस्थित भित्री सडकखण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट खस्दा दुर्घटना भएको थियो। जीपमा सवार मध्ये १३ जनाको मृत्यु भएको, १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रवीन्द्र…

    विस्तृतमा पढ्नुस्

  • १२ बजेसम्म ३५ प्रतिशत खस्यो मत, केही ठाउँमा झडप हुँदा रोकिएको मतदान खुलाउने प्रयास

    १२ बजेसम्म ३५ प्रतिशत खस्यो मत, केही ठाउँमा झडप हुँदा रोकिएको मतदान खुलाउने प्रयास

    काठमाडौं : स्थानीय तह निर्वाचनमा हालसम्म ३५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। केही ठाउँहरुमा झडप र विवादले मतदान केही बेर रोकिएको भए पनि अधिकांश ठाउँमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले केही ठाउँहरुमा निर्वाचन रोकिएर फेरि सुरु भएको जानकारी दिए। निर्वाचन अधिकृत र जिल्ला प्रशासन कार्यालयको रोहवरमा निर्वाचन सुरु भएको छ। दोलखा, सर्लाही, सप्तरी,रामेछाप,पर्वत, हुम्ला…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा मतदानस्थलमै मतदातामाथि आक्रमण, चार जना पक्राउ

    बैतडीमा मतदानस्थलमै मतदातामाथि आक्रमण, चार जना पक्राउ

    कैलाली : बैतडीमा एक मतदानस्थलमै मतदातामाथि आक्रमण गरिएको छ। बैतडीको सुर्नया गाउँपालिका-२ स्थित वासुदेव माध्यामिक विद्यालय लिस्किटा केन्द्रमा सोही ठाउँका मोहनराम विकमाथि कुटपिट भएको हो। नेकपा (एमाले) तथा राप्रपाका कार्यकर्ता मिलेर मोहनमाथि मतदान स्थलमै कुटपिट गरिएको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य प्रकाश लुहारले बताए। मोहनलाई उपचारका जिल्ला अस्पताल लगिएको छ। कुटपिटमा संलग्न विक्रम बिष्ट, हरजित बिष्ट, दिनेश बिष्ट र संग्राम बिष्टलाई प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • मतदान केन्द्रमा गठबन्धनको स्वस्तिक छाप लगाएको 'चिट', एमालेको चर्को विरोध

    मतदान केन्द्रमा गठबन्धनको स्वस्तिक छाप लगाएको 'चिट', एमालेको चर्को विरोध

    पोखरा : पोखरामा सत्तारुढ गठबन्धनले मतदातालाई आफ्नो चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको ‘चिट’ बाँडेपछि एमाले कार्यकर्ताले विरोध जनाएका छन्। पोखरा महानगर वडा १६ को मतदान केन्द्रमा गठबन्धनका कार्यकर्ताले मतदातालाई स्वस्तिक छाप लगाएको ‘चिट’ बाँडेको फेला परेको भन्दै एमालेका कार्यकर्ताले विरोध गरेका हुन् । 'लाइनमा बसेका मतदातालाई चिट दिएर यो हेरेर हामीलाई भोट दिनुस नत्र झुकिन्छ भन्नु भएको छ। यसरी चिट…

    विस्तृतमा पढ्नुस्

  • दृष्टिविहीन वृद्धालाई मतदानमा सहयोग गर्न प्रतिनिधि गएको विषयमा विवाद, एक राउण्ड हवाई फायर

    दृष्टिविहीन वृद्धालाई मतदानमा सहयोग गर्न प्रतिनिधि गएको विषयमा विवाद, एक राउण्ड हवाई फायर

    जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकाको एक मतदान स्थलमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ। शुक्रवार जारी स्थानीय तहको निर्वाचन अन्तर्गत मतदानको क्रममा धनुषाको शहीदनगर नगरपालिका-१ स्थित कुम्भकरण मतदान स्थलमा विवाद भएको हो। एक जना दृष्टिविहीन वृद्धालाई मतदानमा सहयोग गर्न प्रतिनिधि जाँदा दलहरुबिच विवाद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए। विवादपछि भिडलाई…

    विस्तृतमा पढ्नुस्

  • भोट हालेर कसले के पायो?

    भोट हालेर कसले के पायो?

    काठमाडौं : १० वर्ष जनयुद्धले राजनीतिक परिवर्तन त ल्यायो। संविधानसभा मार्फत् संविधान बन्यो। संघीयतासँगै स्थानीय तह मार्फत गाउँ गाउँमा सरकार त बन्यो। तर, आम जनताको जीवनमा कति सुधार आयो?  काठमाडौंको नागपोखरीको एउटा बेन्चमा सुस्ताइरहेका फर्पिङका बुद्धिराम तामाङले यो प्रश्नको जवाफ पाएका छैनन्। स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौंमा रहेका मतदाता गाउँघरमा मतदानका लागि निस्किँदा तामाङ भने काठमाडौं झरे।  'भोट हालेर के पाइन्छ?'…

    विस्तृतमा पढ्नुस्

  • बालकोटमा ओलीले गरे मतदान

    बालकोटमा ओलीले गरे मतदान

    भक्तपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा मत हालेका छन्। भक्तपुरको बालकोटस्थित महेन्द्र माध्यामिक विद्यालयमा पुगेर मतदान गरेका हुन्। ओलीसँगै मतदान गर्न उनकी श्रीमती राधिका शाक्य समेत पुगेकी थिइन्। आज बिहानैदेखि स्थानीय तह निर्वाचनका लागि मतदान भइरहेको छ।  

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटनाः १३ जनाको मृत्यु १२ घाइते

    स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटनाः १३ जनाको मृत्यु १२ घाइते

    पोखराः स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब १०ः२० बजे स्याङजा वालिङ नगरपालिका १४ पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको हो।   जीपमा सवारमध्ये १३ जनाको मृत्यु भएको, १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रविन्द्र खनालले जानकारी दिए। मृतकको सनाखत भइनसकेको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगर प्रमुखका उम्मेदवार बालेन शाहले गरे मतदान

    काठमाडौं महानगर प्रमुखका उम्मेदवार बालेन शाहले गरे मतदान

    काठमाडौं : स्वतन्त्रबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार बनेका बालेन शाहले मतदान गरेका छन्। शाहले काठमाडौं-९ स्थित अन्नपूर्ण स्कुल गौरीगाउँ सिनामंगलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्। आज बिहान ७ बजेदेखि स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। बेलुकी ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ।

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवाले गरे मतदान

    प्रधानमन्त्री देउवाले गरे मतदान

    काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। देउवाले गन्यापधुरा गाउँपालिकाको असिग्राम माध्यमिक विद्यालय रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’बाट देउवाले मतदान गरेका हुन्। देउवा मतदानका लागि केही दिनदेखिनै गृह जिल्ला डडेल्धुरा थिए।

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको ज्यामिरेमा सेनाले किन यसरी तेर्स्यायो बन्दुक?

    सिन्धुपाल्चोकको ज्यामिरेमा सेनाले किन यसरी तेर्स्यायो बन्दुक?

    काठमाडौः सिन्धुपाल्चोकको मेलम्ची ४ स्थित ज्यामिरेमा मतदानको क्रममा विवाद भएको छ। आधिकारिक व्यक्तिले मत नहालेर अशक्त र अपांगको नाममा अरुले नै मत प्रभावित गर्ने गरी मतदान गर्ने विषय उत्कर्षमा पुगेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेना र प्रहरीलाई बाक्लो सङ्ख्यामा परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए। 'विवाद भएपछि सेना र प्रहरी परिचालन भइसकेको छ। अहिले…

    विस्तृतमा पढ्नुस्

  • दोलखाको मिर्गे मतदान केन्द्रमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, दश जनाभन्दा बढी घाइते

    दोलखाको मिर्गे मतदान केन्द्रमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, दश जनाभन्दा बढी घाइते

    दोलखाः दोलखाको मिर्गे मतदान केन्द्रमा झडप भएको छ। वैत्यश्वर गाउँपालिका ३ को कालीढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप भएको हो। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको हो।  झडपका कारण मतदान कार्य नै प्रभावित भएको छ। ढुङ्गा, लौरासहितका दुई पक्षीय कार्यकर्ताबीच झडप भएको हो।  स्थानीय प्रत्यक्षदर्शीका अनुसार दोहोरो झडपमा दशभन्दा बढी घाइते भएका छन्। घाइतेको मैनापोखरीस्थित स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा शान्तिपूर्ण मतदान, बिहान मतदान सुस्त

    पर्सामा शान्तिपूर्ण मतदान, बिहान मतदान सुस्त

    वीरगंज : आज बिहान ७ बजेबाट देशभर स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। मधेश प्रदेशका जिल्लाहरुमा पनि बिहानै देखि मतदान भइरहेको छ। पर्साका मतदान केन्द्रहरुमा शान्तिपूर्ण मतदान भइरहेको छ। मतदान भने केही सुस्त देखिएको छ। एउटा केन्द्रमा एक घण्टामा ७०-८० जनाले मात्र मतदान गरिरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए। पर्साका १४ वटा पालिकामा ४०७ वटा मतदान केन्द्रबाट राखिएको…

    विस्तृतमा पढ्नुस्

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरे मतदान

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरे मतदान

    काठमाडौः स्थानीय तहको निर्वाचनमा  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गरेका छन्। आज बिहान मैतिदेवीमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्। उनले नेपाली कांग्रेस पहिलो पार्टी बन्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दावी गरेका छन्। आज बिहान मैतीदेवीमा भोट दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो पार्टी पहिलो बन्ने उनको दावी थियो। पहिलो पार्टी बन्नेमा कुनै पनि शंका नरहेको उल्लेख गर्दै…

    विस्तृतमा पढ्नुस्

  • पूर्व राष्ट्रपति रामवरण यादवले गरे मतदान

    पूर्व राष्ट्रपति रामवरण यादवले गरे मतदान

    जनकपुरधामः पूर्व राष्ट्रपति डा रामवरण यादवले मतदान गरेका छन्। यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ स्थित विपी कोइराला माध्यमिक विद्यालय सपहीमा मतदान  गरेका हुन्।

    विस्तृतमा पढ्नुस्

  • बारामा कांग्रेस र लोसपा कार्यकर्ताबीच झडप, वडाध्यक्षका उम्मेदवार घाइते

    बारामा कांग्रेस र लोसपा कार्यकर्ताबीच झडप, वडाध्यक्षका उम्मेदवार घाइते

    बाराः बाराको देवताल गाउँपालिका -७ मा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका कार्यकर्ताबीच झडप भएको छ।  झडपमा परी लोसपाका वडाध्यक्षका उम्मेदवार विकाससिंह गम्भीर घाइते भएका छन्। उनको टाउको फुटेको छ । अवस्थालाई साम्य पार्न प्रहरीले केही थान अश्रु ग्यास प्रहार गरी अवस्था नियन्त्रणमा लिइएको हो। सिंहले एक जना जेष्ठ नागरिकको मतपत्र खोसेपछि  विवाद सुरु भएको थियो।  घाइते सिंहको उपचारको…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामले उल्लंघन गरे गोप्य मतदान गर्नुपर्ने नियम, भट्टराईलाई होला १५ हजार रुपैयाँ जरिवाना?

    बाबुरामले उल्लंघन गरे गोप्य मतदान गर्नुपर्ने नियम, भट्टराईलाई होला १५ हजार रुपैयाँ जरिवाना?

    काठमाडौं : पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गोप्य मतदान सम्बन्धि नियम उल्लंघन गरेका छन्। उनले गोरखाको अन्नपूर्ण माविमा आज बिहान मतदान गरेका थिए। भट्टराईले मतपत्रमा छाप लगाउँदै गरेको तस्विर समेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। फोटोमा उनले कुन चिन्हमा मत दिए प्रष्ट देखिन्छ। निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले कसैले पनि गोप्य मतदान गर्नुपर्नेमा फोटो…

    विस्तृतमा पढ्नुस्

  • पहिलो पार्टी बन्छौं, दोस्रो पार्टीलाई कति पर छोड्छौं भन्नेमात्र हो : गगन थापा

    पहिलो पार्टी बन्छौं, दोस्रो पार्टीलाई कति पर छोड्छौं भन्नेमात्र हो : गगन थापा

    काठमाडौः स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दावी गरेका छन्। आज बिहान मैतीदेवीमा भोट दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो पार्टी पहिलो बन्ने उनको दावी थियो। पहिलो पार्टी बन्नेमा कुनै पनि शंका नरहेको उल्लेख गर्दै उनले भने, 'हामी पहिलो पार्टी बन्छौं। दोस्रो पार्टीलाई कतिपर छौड्छौं भन्नेमात्र हो।'  त्यस्तै, काठमाडौं महानगरपालिका कांग्रेसले नै विजय हासिल गर्ने…

    विस्तृतमा पढ्नुस्

  • मतदानमा उत्साह : कोही काखे नानी च्यापेरै, कोही ह्विल चियरमै पुगे बुथमा

    मतदानमा उत्साह : कोही काखे नानी च्यापेरै, कोही ह्विल चियरमै पुगे बुथमा

    काठमाडौं : बिहान ७ बजेदेखि देशभर स्थानीय तहको निर्वाचनमा मतदान गर्न सर्वसधारणको उत्साहप्रद उपस्थिति देखिएको छ। देशभरका ७ सय ५३ स्थानीय तहमा आज (शुक्रवार) एकै पटक निर्वाचन हुँदैछ। ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४६० गाउँपालिकामा एकैपटक निर्वाचन सम्पन्न हुँदैछ। शुक्रवार बिहान भक्तपुर बहुमुखी क्याम्पसमा मतदान गर्नेहरुमा देखिएको उत्साहले स्थानीय तहको नयाँ नेतृत्व चयनमा रहेको चासो प्रकट गरिरहेको थियो। मतदान…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell