वीरगंज : रौतहटको यमुनामाई गाउँपालिकामा स्थानीयले मतपेटिका नै लुटपाट गरेका छन्। यमुनामाई गाउँपालिका वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदानस्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो। यमुनामाई गाउँपालिकामा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो। मतदान स्थलमा हुलदंगा भएको, आक्रोशित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान गरेको…
काठमाडौं : स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि चुन्न भएको मतदान सकिएको छ। आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो। मतदान सकिएपछि मुचुल्का उठाएर मतपेटिका सम्बन्धित मतगणना स्थलतर्फ लैजान सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभा गृहमा हुँदैछ। विभिन्न मतदान स्थलबाट मतपेटिका सभा गृहमा ल्याउन थालिएको छ। वर्षातका कारण देशका विभिन्न पालिकामा मतदान प्रभावित भएका थिए।…
कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना भोलिबाट सुरु हुने भएको छ। मतपेटिका संकलनमा समय लाग्ने भन्दै भोलि बिहानबाट मतगणना थालिने भएको हो। सर्वदलीय बैठक बसेर भोलिबाट मतगणना गरिने कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए। धनगढीको मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि चुन्नका लागि आज मतदान सम्पन्न भएको छ। उपमहानगरको मेयरमा मात्रै ९ जनाको उम्मेदवारी छ। धनगढीको मतगणना उपमहानगरपालिकाको नयाँ भवनमा…
काठमाडौं : सप्तरीको डाकेश्वरी नगरपालिका-२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ। मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्नाका साथै मतपेटिकासमेत तोडफोड गरेकाले निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए। निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतले राजनीतिक दललाई बोलाई पुनःमतदान सुरु गर्ने प्रयास गरे पनि…
काठमाडौं : स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि चुन्न मतदानका लागि निर्वाचन आयोगले तय गरेको समय सीमा सकिएको छ। आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो। यद्यपि, ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरिसकेका सबै मतदाताले मतदान गर्न दिने निर्वाचन आयोगले जनाएको छ। आयोगले बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको जनाएको छ ।…
संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति तथा अबु धाबीका शासक सेख खलिफा बिन जायेद अल नह्यानको निधन भएको छ। सेख खलिफाको शुक्रवार ७४ वर्षको उमेरमा निधन भएको राष्ट्रपति मामिला मन्त्रालयलाई उदृत गर्दै खलीज टाइम्सले उल्लेख गरेको छ। मृत्युको कारणबारे भने खुलाइएको छैन। सेख खलिफा बिन जायेद अल नह्यानले २००४ नोभेम्बर ३ देखि यूएईको राष्ट्रपति तथा अबु धाबीको शासकको जिम्मेवारी सम्हालेका थिए।…
काठमाडौं : स्थानीय तह निर्वाचनको मतदान सकिन अब मात्र एक घण्टा बांकी छ। यद्यपि, साँझ ५ बजेसम्म लाइनमा बस्नेलाई मतदान गर्न दिने निर्वाचन आयोगले जनाएको छ। वर्षाका कारण देशभरका केही स्थानीय तहको मतदानमा असर पारेको छ। केही स्थानमा भने झडप हुँदा मतदान प्रभावित भएको छ। उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका कारण मतदानस्थलमा असर परे पनि मतदान निरन्तर रूपमा…
काठमाडौं : अरुको नाममा मतदान गर्न खोजेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। जनकपुरधाम उपमहानगरपालिका-१४ मुजेलिया सडक डिभिजन कार्यालयभित्र रहेको ग्रामिण प्रशिक्षण केन्द्र मतदान स्थलबाट अरुको नाममा मतदान गर्न खोज्ने एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौंः नयाँ बानेश्वरको संसद भवन अगाडि सिलिन्डर विस्फोट भएको छ। संसद भवनको एक नम्बर गेट अगाडी बिहान ३ बजेतिर सिलिन्डर विस्फोट भएको प्रहरीले जानकारी दिएको छ। आज देशभरका स्थानीय तहहरुमा निर्वाचन भइरहेको छ। निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाएको सरकारले दाबी गरिहरहँदा सम्वेदनशील क्षेत्र मानिने संसद भवन अगाडि विस्फोट भएको हो। 'सडकमा सिलिन्डर विस्फोट भएको छ। कसले गरेको भन्दै खोजी गरिरहेका छौं,' महानगरीय प्रहरी परिसर…
काठमाडौं : स्थानीय तह निर्वाचनको मतदानमा झण्डै ५० प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो ३ बजे सम्म झण्डै ५० प्रतिशत मत खसेको जानकरी दिएका हुन्। 'करिब ५० प्रतिशत मत खसेको छ,'उनले भने। कपिलवस्तुको महाराजगन्ज र दाङको तुल्सिपुर बाहेकमा निर्वाचन भइरहेको छ। केही ठाउँमा झडपका कारण रोकिने र पुन: मतदान संचालन हुने क्रम भइरहेको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त…
काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत सबैजसो स्थानमा मतदान जारी छ। कपिलबस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मा भने मतदान रोकिएको छ। अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ स्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्न एक क्रियापुत्री पनि सहभागी भएका छन्। केही ठाउँमा झडपपछि निर्वाचन पुन: सुरु भएको छ।…
काठमाडौं : दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ को पशुपति भवन माविको मतदान केन्द्रमा झडप भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच मतदान केन्द्रमै झडप भएको हो। पार्टीका मतदाताबिच विवाद भएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रतीक बिष्टले जानकारी दिए। झडपलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ। झडप भए पनि मतपेटिका र कर्मचारी सुरक्षित…
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित भएको ‘असानी’ वैशाख २५ गते गरिएको पूर्वानुमान गरिएको भन्दै दक्षिणमा रहेको जनाएको छ। स्थानीय तह निर्वाचनको विशेग मौसम बुटेलिन सार्वजनिक गर्दै महाशाखाले पूर्वानुमान गरिएको भन्दा दक्षिणमा उक्त प्रणाली रहेकोले नेपालमा त्यसको आंशिक असरमात्रै पर्ने बताएको छ। महाशाखाले बिहान ६ देखि साँझ ६ बजेसम्मका प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रहने…
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आयोग स्रोतका अनुसार भट्टराईलाई आजै स्पष्टीकरणको पत्र पठाइसकिएको छ। गोरखामा मतदानका क्रममा भट्टराईले आफूले मतदान गर्दा गोप्यता कायम नगरेको भन्दै स्पष्टीरण सोधिएको हो। 'उहालाई किन गोप्यता कायम नगरेको भनेर सोधिएको छ। उहाँलाई किन १५ हजार जरिवान नगर्ने भन्ने प्रश्न सोधिएको छ,'…
काठमाडौं : उत्तर कोरियामा एकजनामा कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। उत्तर कोरियाले आफ्नो पहिलो कोभिड–१९ को मृत्युको पुष्टि गर्दै ज्वरो ‘विस्फोटक रूपमा’ राष्ट्रव्यापी रूपमा फैलिरहेको र हजारौं मानिसहरू बिरामी भएपछि अलग्गै अलग्गै राखि उपचार भइरहेको बताएको छ। कोरोनाका एक संक्रमित भेटिएको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले बिहीबार जानकारी दिएको थियो। सो समाचार समितिले यहाँ गएको दुई वर्षपछि…
काठमाडौं : स्थानीय तहको निर्वाचनअन्तर्गत आज भएको मतदानमा अपराह्न २ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। मतदान गर्न वृद्धवृद्धाहरु पनि मतदान गरिरहेका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गरेकी छिन्। यस्तै, तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि आज मतदान गरेकी छिन्। धेरैजसो वृद्धवृद्धाहरु परिवारको…
काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत कपिलबस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकमा मतदान भइरहेको छ। केही ठाउँमा झडपपछि निर्वाचन पुन: सुरु भएको छ। २ बजेसम्म ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। आयोगले उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान अन्तर्गत विभिन्न ठाउँमा दलका नेता/कार्यकर्ता बिच झडप भएको हो।…
काठमाडौं : काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान कार्य प्रभावित भएको छ। मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेको स्थानीयले बताएका छन्। आक्रोशित भिडले मतदान केन्द्रमा मतपेटिका, कुर्सी, टेबल तोडफोड गरेका छन्। मतदान कार्य प्रभावित भएपछि मत खसाल्न आएका नागरिकहरु अन्यौलमा परेका छन्।
काठमाडौं : संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आज १०३औँ जन्मदिन मनाएका छन्। ललितपुरस्थित निवासमा पारिवारिक रुपमा उनको जन्मदिन मनाइयो। स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीका माइला छोरा हेमन्तले जानकारी दिए। केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि उनलाई समय समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन…
तनहुँः तनहुँको भानु नगरपालिका ५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि मतदान गरेकी छिन्। पोख्रेलले सोही वडाको शेपाबगैँचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन्। विसं १९६६ भदौ ६ गते जन्मिएकी पोख्रेलले आफन्तको सहयोगमा मतदान गरेकी हुन्। मतदानपछि पोख्रेलले आगामी चुनावमा पनि मतदान गर्ने इच्छा रहेको बताइन्। मतदानका लागि आफैँले परिवारका सदस्यलाई आग्रह गर्दै…