PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

  • बुटवलमा कांग्रेसको अग्रता, एमाले तेस्रो

    बुटवलमा कांग्रेसको अग्रता, एमाले तेस्रो

    गुल्मी: रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। बुटवल वडा नम्बर १ को ६ सय मत गणना हुँदा कांग्रेसका खेलराज पाण्डेले २५६ मत पाएका छन्। राप्रपाका मृगेन्द्रकुमार शेरचनले १२८ मत पाउँदा एमालेका बाबुराम भट्टराईले ९४ मत पाएका छन्। उपप्रमुखमा राप्रपाकी भगवती पाण्डेले १३० मत पाउँदा एमालेकी साबित्रा अर्यालले ११६ मत प्राप्त गरेकी छन्। त्यस्तै समाजवादीका…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु

    हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु

    हेटौंडा: हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। बिहान ७ बजेदेखि उपमहागरपालिकाको मतगणना सुरु भएको हो। उपमहानगरपालिकाको १९ वटा वडाको मतगणनाका लागि ४ वटा कोठा तयार पारिएको छ। १, २, १८, १९ नम्बर वडाको एकसाथ सुरु गर्ने योजना रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए। त्यसैगरी मकवानपुरका ४ वटा गाउँपालिकामा बिहान ४ बजेदेखि नै मतगणना सुरु भएको थियो। मकवानपुरको थाहा नगरपालिका, मनहरी,…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा मतगणना सुरु, जोशीपुर गाउँपालिकामा विवाद भएपछि रोकियो

    कैलालीमा मतगणना सुरु, जोशीपुर गाउँपालिकामा विवाद भएपछि रोकियो

    कैलाली: कैलालीमा चार स्थानीय तहमा मतगणना सुरु भएको छ। जिल्लाको गोदावरी नगरपालिका, बर्दगोरिया गाउँपालिका, कैलारी र जोशीपुर गाउँपालिकामा मतगणना सुरु भएको हो। गोदावरी नगरपालिकामा काँग्रेसले सुरुवाती अग्रता लिएको छ भने बर्दगोरिया गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। गोदावरीमा १३० मतगणना हुँदा काँग्रेसका उम्मेदवार वीरेन्द्र भट्टले ५९ र एमालेका उम्मेदवार गोकर्ण भट्टले ४५ मत पाएका छन्। उता बर्दगोरिया गाउँपालिकाको अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • ७७ मतदान केन्द्रमा मतदान स्थगित, यथाशीघ्र मिति र समय तोकेर फेरि मतदान गराउने आयोगको तयारी

    ७७ मतदान केन्द्रमा मतदान स्थगित, यथाशीघ्र मिति र समय तोकेर फेरि मतदान गराउने आयोगको तयारी

    काठमाडौं: निर्वाचन आयोगले शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रारम्भिक विवरण अनुसार ६४ प्रतिशत मतदान भएको जनाएको छ। त्यस्तै ७७ मतदान केन्दरमा मतदान स्थगित भएको जनाएको। स्थगित भएका क्षेत्रहरुमा यथाशीघ्र पुन: मतदान गराउने आयोगले जनाएको छ। 'राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदानकेन्द्रमा मतदान स्थगित भएको छ,' आयोगको विज्ञप्तिमा भनिएको छ, 'उक्त…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीको मुन्डकामा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

    दिल्लीको मुन्डकामा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

    दिल्लीको मुन्डका क्षेत्रमा रहेको एउटा बिल्डिङमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। दिल्लीको आउटा डिस्ट्रिकका प्रहरीका डीसीपी समीर शर्मालाई उदृत गर्दै कम्तीमा २७ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। शर्माका अनुसार बिल्डिङमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ भने घाइतेलाई संजय गान्धी र दीन दयाल अस्पताल लगिएको छ। सुरुमा १४ जनाको मृत्यु भएको खबर आएको थियो तर यसको…

    विस्तृतमा पढ्नुस्

  • अछाम कमलबजार नगरपालिका: ४ सय गन्दा मेयरमा कांग्रेसका ढकाल अघि, उपमेयरमा एमालेकी बिस्ट अघि

    अछाम कमलबजार नगरपालिका: ४ सय गन्दा मेयरमा कांग्रेसका ढकाल अघि, उपमेयरमा एमालेकी बिस्ट अघि

    काठमाडौं: अछामको कमलबजार नगरपालिकामा ४ सय मत गन्दा मेयरमा नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता बनाएका छन्। कांग्रेसका उम्मेद्वार यज्ञ ढकालले २०७ मत ल्याउँदा नेकपा एमालेका उम्मेद्वार कटक साउद १७६ मत ल्याएर पछिपछि छन्। त्यस्तै उपमेयरमा एमालेका शारदा बिस्टले २ सय मत ल्याउँदा उनको निकट कांग्रेसकी प्रतिस्पर्धी गौरी भण्डारीले १८३ मत ल्याएकी छिन्।

    विस्तृतमा पढ्नुस्

  • सानदार ब्याटिङ गरेको पञ्जाबले बेङ्गलोरलाई हरायो

    सानदार ब्याटिङ गरेको पञ्जाबले बेङ्गलोरलाई हरायो

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सले बेङ्गलोरलाई हराएको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले बेङ्ग्लोरमाथि ५४ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रन बनाएको थियो। पञ्जाबका लागि लिआम लिभिङ्स्टोनले सर्वाधिक ७० रन बनाउँदा जोन्नी बेयरस्टोले ६६, शिखर धवनले २१ तथा कप्तान मयंक अग्रवालले १९ रन…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा उपमहानगरपालिकामा शनिबार बिहान ७ बजेबाट मतगणना हुने

    हेटौंडा उपमहानगरपालिकामा शनिबार बिहान ७ बजेबाट मतगणना हुने

    हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनका लागि भएको मतदानको मतगणना शनिवार बिहान ७ बजेबाट हुने भएको छ। शुक्रबार राति बसेको सर्वदलीय बैठकले पानी परेका कारण मतदान कार्यक्रम ढिलोसम्म संचालन गर्नुपरेको र मतपेटिका पनि ढिलो आइपुगेकोले भोलि बिहान ७ बजेबाट मात्रै मतगणना गर्ने निर्णय गरेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए। हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाको मतगणनाका लागि ४ वटा कोठा…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा ६५ प्रतिशत मतदान

    कैलालीमा ६५ प्रतिशत मतदान

    कैलालीः स्थानीय तहको निर्वाचनमा कैलालीमा ६५ प्रतिशत मत खसेको छ। जिल्लाका ६१९ मतदान केन्द्रबाट भएको मतदानमा ६५ प्रतिशत अर्थात् ३ लाख ४१ हजार बढी मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। अहिले मतदान केन्द्रबाट मतगणना स्थलमा मतपेटिका पुर्‍याउने काम जारी रहेको प्रदेश निर्वाचन कार्यालयका कार्यालय प्रमुख प्रेम भट्टले बताए। मतपेटिका संकलन भएपछि यकिन तथ्यांक अझै थाहा हुने उनले बताए। जिल्लाका…

    विस्तृतमा पढ्नुस्

  • १४ जिल्लामा १७ स्थानीय तहका ४४ मतदान केन्द्रको मतदान स्थगित,फेरि कहिले हुन्छ चुनाव?

    १४ जिल्लामा १७ स्थानीय तहका ४४ मतदान केन्द्रको मतदान स्थगित,फेरि कहिले हुन्छ चुनाव?

    काठमाडौँ: निर्वाचन आयोगले १४ जिल्लाका १७ स्थानीय तहका २८ वटा मतदान स्थलका ४४ मतदान केन्द्रको मतदान स्थगित भएको जानकारी दिएको छ। राजनीतिक दलहरुबीचमा देखिएको बेमेल र कमजोर सुरक्षा व्यवस्थाका कारण सबै ठाउँमा मतदान हुन नसकेको आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए। थपलियाले राजनीतिक दलहरुबीचमा बेमेल हुँदा प्रहरीले बल प्रयोग गर्नुपरेको बताए। स्थगन भएका ठाउँमा कहिले हुन्छ मतदान? निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनले हाम्राविरुद्ध नक्कली मतपत्र छाप्यो, गृह प्रशासन असन्तुलित देखियो : ओली

    सत्ता गठबन्धनले हाम्राविरुद्ध नक्कली मतपत्र छाप्यो, गृह प्रशासन असन्तुलित देखियो : ओली

    काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले चुनावमा षडयन्त्र गरेको आरोप लगाएका छन्। शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै ओलीले आफूले धाँधलीरहित निर्वाचन चाहेको भए पनि सत्ता गठबन्धनले नक्कली मतदाता परिचयपत्र नै छापेको आरोप लगाए। ‘हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं । भयरहित वातावरणमा स्वच्छ निर्वाचनको लागि हाम्रो पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीमा झण्डै ६४ प्रतिशत मत खस्यो, रातिदेखि मतगणना सुरू हुने

    गुल्मीमा झण्डै ६४ प्रतिशत मत खस्यो, रातिदेखि मतगणना सुरू हुने

    गुल्मीः स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानमा गुल्मीमा ६३ दशमलव ६६ प्रतिशत मत खसेको छ। गुल्मीका १२ पालिकामा सम्पन्न मतदानमा ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जानकारी दिएको छ। बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको थियो। मतदान अवधिभर जिल्लामा कतै पनि अप्रिय घटना भएनन्। १२ पालिकाका ९३ वडामा रहेका धेरैजसो मतदान…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ महानगरपालिकामा आधामात्रै मत खस्यो, सोचेअनुसार किन खसेन भोट?

    काठमाडौँ महानगरपालिकामा आधामात्रै मत खस्यो, सोचेअनुसार किन खसेन भोट?

    काठमाडौँ: निर्वाचन आयोगले काठमाडौँ महानगरमा आधामात्रै मत खसेको बताएको छ। शुक्रबार साँझसम्म आयोगलाई प्राप्त विवरणका आधारमा ५२ प्रतिशत मात्रै मत खसेको हो। शान्तिपूर्ण रुपमा निर्वाचन, मतदातको शुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ। आयोगले सबै व्यवस्थापकीय हिसाबले काठमाडौं महानगरमै कम मत खसेकोमा चिन्तित भएको प्रमुख आयुक्त दिनेश कुमार थपलियाले जानकरी दिए। उनले धेरै मतादाता भएकै ठाउँमा पनि कम मत खसेको जानकरी…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशमा ७० प्रतिशत मत खसेको अनुमानः कतै गोली चल्यो कतै मतदान स्थगित

    मधेश प्रदेशमा ७० प्रतिशत मत खसेको अनुमानः कतै गोली चल्यो कतै मतदान स्थगित

    राधेश्याम पटेल/सुमित मिश्र- वीरगंज/जनकपुरधामः मधेश प्रदेशमा छिटफुट घटनासहित स्थानीय तहको नयाँ जनप्रतिनिधि चुन्नका लागि मतदान सम्पन्न भएको छ। प्रदेशमा ७० प्रतिशत मतदान भएको अनुमान गरिएको छ। बिहानैदेखि उत्साहपूर्ण सहभागिता थियो। तर हावाहुरीसँगैको वर्षाले मतदान प्रभावित समेत भएको थियो। प्रदेशको सर्लाहीमा सबैभन्दा बढी ७२ प्रतिशत मतदान भएको अनुमान गरिएको छ। त्यस्तै महोत्तरी, बारा र पर्सामा ७०/७० प्रतिशत, धनुषामा ६६ र रौतहतमा…

    विस्तृतमा पढ्नुस्

  • सोचेअनुसार मतदान हुन सकेनः आयोग, 'सुरक्षा व्यवस्था र राजनीतिक दलसँग सशंकित'

    सोचेअनुसार मतदान हुन सकेनः आयोग, 'सुरक्षा व्यवस्था र राजनीतिक दलसँग सशंकित'

    काठमाडौँः निर्वाचन आयोगले सोचेअनुसार मतदान हुन नसकेको बताएको छ। मतदानका लागि निर्धारित समय सकिएपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले सोचेअनुसार मत नखसेको जानकरी दिए। उनले आयोगले ७५ प्रतिशतसम्म मत खस्ने आकलन गरेको भए पनि बढी मत खस्ने आकलन गरेकै क्षेत्रमा आशा गरेअनुसार मत नखसेको बताए। उनले भने, 'सोचेअनुसार मतदान भएन कि भन्ने हामीलाई लागेको छ,' उनले…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडामा शुक्रबार रातिबाटै मतगणना सुरु गर्ने तयारी

    हेटौँडामा शुक्रबार रातिबाटै मतगणना सुरु गर्ने तयारी

    हेटौँडाः मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मतगणना शुक्रबार रातिबाटै सुरु गर्ने तयारी भएको छ। मतपेटिकालाई मतगणनास्थल हेटौँडा २ स्थित सिद्धार्थ माविमा ल्याइएको छ। साँझ ६ बजे नै मतपेटिका ल्याइसकिएको छ। नगरका सबै मतदान केन्द्रबाट मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठकपछि गणना सुरु हुने जनाइएको छ।

    विस्तृतमा पढ्नुस्

  • वीरगंज महानगरको मतगणना भोलि बिहानदेखि गर्ने तयारी

    वीरगंज महानगरको मतगणना भोलि बिहानदेखि गर्ने तयारी

    वीरगंज : वीरगंज महानगरपालिकाको मतगणना शनिवार बिहानदेखि सुरु हुने भएको छ। वीरगंजको ३२ वटा वडामा १४३ वटा मतदान केन्द्र राखिएको थियो। तर, मतगणनाको लागि प्राविधिक व्यवस्थापन मिलाउन समय लाग्ने भएकोले अबेर रातिबाट मतगणना गर्ने सम्भावना न्यून रहेको वीरगंज महानगरको मुख्य मतदान अधिकृतको कार्यालयका प्रमुख मतदान अधिकृत धर्मराज पौडेले बताए। ‘हामीले मतगणनाको लागि वीरगंजको १४ नम्बर वडा स्थित नृसिंह माविमा सबै…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगको प्रारम्भिक अनुमानः ६४ प्रतिशत मत खस्यो, ४१ स्थानमा चुनाव स्थगित

    निर्वाचन आयोगको प्रारम्भिक अनुमानः ६४ प्रतिशत मत खस्यो, ४१ स्थानमा चुनाव स्थगित

    काठमाडौँः निर्वाचन आयोगले ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ। प्रारम्भिक रुपमा प्राप्त तथ्याङ्क अनुसार आयोगले अनुमानित विवरण सार्वजनिक गरेको हो। सबै ठाउँबाट रिपोर्ट आइनसकेकाले संख्या अझ बढ्न सक्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।  थपलियाका अनुसार ६४ प्रतिशतभन्दा बढी मत खसेको छ।  यस्तै ४१ ठाउँमा मतदान स्थगित भएको छ। झडपका कारण विभिन्न ठाउँमा मतदान स्थगित भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा ७२ प्रतिशतको हाराहारीमा मत खसेको प्रारम्भिक अनुमान, साँझ ७ बजेसम्म मतदान 

    पर्सामा ७२ प्रतिशतको हाराहारीमा मत खसेको प्रारम्भिक अनुमान, साँझ ७ बजेसम्म मतदान 

    वीरगंज : पर्साका १४ वटा पालिकामा करिब ७२ प्रतिशतभन्दा बढी मतदान भएको अनुमान गरिएको छ। पर्सामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेका छन्। जसमध्ये वीरगंज महानगरमा करिब ७२ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान रहेको वीरगंज महानगरका प्रमुख मतदान अधिकृत धर्मराज पौडेलले बताए। त्यसैगरी, अन्य पालिकाहरुमा पनि ७० प्रतिशतको हाराहारीमा मत खसेको मतदान अधिकृतहरुले बताएका छन्। पर्साको समग्रमा…

    विस्तृतमा पढ्नुस्

  • मध्यपुर थिमी नगरपालिकामा विभिन्न मतदान स्थलबाट मतपेटिका संकलन गर्न सुरु

    मध्यपुर थिमी नगरपालिकामा विभिन्न मतदान स्थलबाट मतपेटिका संकलन गर्न सुरु

    काठमाडौं : स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि चुन्न भएको मतदान सकिएको छ। आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो। मतदान सकिएपछि मुचुल्का उठाएर मतपेटिका सम्बन्धित मतगणना स्थलतर्फ लैजान सुरु गरिएको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा विभिन्न मतदान स्थलबाट मतपेटिका सम्बन्धित मतगणना स्थलतर्फ ओसार्न थालिएको छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell