PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

  • पेट्रोल, डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो, कुनमा कति पुग्यो मूल्य?

    पेट्रोल, डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो, कुनमा कति पुग्यो मूल्य?

    काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। शनिबार रातिदेखि लागू हुनेगरि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको साबिकको मूल्यमा दश रुपैयाँ प्रतिलिटर बढाएको हो। निरन्तर घाटा रहेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोल अब प्रतिलितर १७० पुगेको छ, यस्तै, डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १५३ रुपैयाँ कायम हुनेछ। मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक रुपमा चार अर्ब…

    विस्तृतमा पढ्नुस्

  • १२ सय मत गन्दा काठमाडौं महानगरमा कसैलाई ४ सयसम्म भोट, केहीको खाता समेत खुलेन

    १२ सय मत गन्दा काठमाडौं महानगरमा कसैलाई ४ सयसम्म भोट, केहीको खाता समेत खुलेन

    काठमाडौं: अहिले देशका अधिकांश स्थानमा स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ। केही स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ। महानगर, उपमहानगर र धेरै मतदाता रहेका स्थानीय तहको गणना जारी छ। कतिपय स्थानमा गणना कार्य सुरु हुन सकेको छैन।संघीय राजधानी काठमाडौँको महानगरको नतिजालाई निकै चासोपूर्वक हेरिएको छ। सुरुवाती गणनामा स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेपछि धेरैलाई परिणामले ध्यान खिचेको छ।   राष्ट्रिय सभागृहमा भइरहेको काठमाडौंको मतगणनामा…

    विस्तृतमा पढ्नुस्

  • टोखामा एमालेको अग्रता कायमै, कसको मत कति?

    टोखामा एमालेको अग्रता कायमै, कसको मत कति?

    काठमाडौँः काठमाडौँको टोखा नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवारले अग्रता लिएको छन्। शुक्रबार सम्पन्न मतदानमा दुई हजार २५८ मतगणना हुँदा एमालेका उम्मेदवार प्रकाश अधिकारीले ९३५ मतका साथ अग्रता लिएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रजनी थापाले ८०१ मत प्राप्त गरेको टोखाका सहायक निर्वाचन अधिकृत अनिल जोशीले जानकारी दिए। यस्तै, उपप्रमुखमा पनि एमालेकै ज्ञानमाया डङ्गोलले अग्रता लिएकी छिन्। डङ्गोलले ८७५ मत…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको दिन महिलाको मृत्यु प्रकरणमा झडप हुँदा घाइते एक युवकको मृत्यु,घटनामा संलग्न चार जना समातिए

    निर्वाचनको दिन महिलाको मृत्यु प्रकरणमा झडप हुँदा घाइते एक युवकको मृत्यु,घटनामा संलग्न चार जना समातिए

    काठमाडौंः आपसी झडपमा कुटपिट हुँदा गम्भीर घाइते भएका सोलुखुम्बु सोताङ गाउँपालिका-३ खहरे बस्ने ३५ वर्षीय सुदिप राईको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा गएराति मृत्यु भएको छ। सोताङ गाउँपालिका-३ स्थित सोताङ आधारभूत विद्यालय खहरे मतदान केन्द्रमा बिरामी अवस्थामा मतदान गर्न गएकी सोही ठाउँ बस्ने ५५ वर्षीया संचमाया राईलाई मतदान गरेपपछि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ लगिएको थियो। सामान्य उपचार पश्चात घरतर्फ…

    विस्तृतमा पढ्नुस्

  • सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनको अग्रता

    सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनको अग्रता

    काठमाडौं : सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट गाउँपालिका प्रमुखमा कांग्रेसका चन्द्रबहादुर राईले अग्रता लिएका छन्। राईले ३०४ मत ल्याउँदा नेकपा (एमाले)का बुद्धिकिरण राई २७२ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का गौरव राईले ३१० मतसहित अग्रता लिएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी जुनितामाया मगरले २७९ मत ल्याएकी छिन्। १० हजार ४६८ मतदाता रहेको यस गाउँपालिकामा ६४.३५…

    विस्तृतमा पढ्नुस्

  • टीकापुर नगरपालिकामा रेशम चौधरीको दलको फराकिलो अग्रता

    टीकापुर नगरपालिकामा रेशम चौधरीको दलको फराकिलो अग्रता

    कैलालीः कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरका साथ अग्रता बनाएको छ। मतगणना अनुसार पार्टीका मेयर पदका उम्मेदवार रामलाल डंगौरा थारु दोब्बर बढी मतले अगाडि छन्। थारुले ५८८ र उपमेयर पदका उम्मेदवार उल्कादेवी विकले ५०१ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा नेकपा (एमाले) छ। एमालेबाट मेयर पदका उम्मेदवार श्याम खत्रीले २६७ मत र उपमेयर उपमा केसीले…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीकी मीना लामा झिनो मतान्तरले अघि

    हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीकी मीना लामा झिनो मतान्तरले अघि

    हेटौँडा : हेटौँडा उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)की मीना कुमारी लामाको अग्रता कायम रहेको छ। हेटौँडा उपमहानगरको हाल १, २, १८ र १९ नम्बर वडाको मत गणना कार्य भइरहेको छ। हालसम्म २४६८ मत गणना हुँदा सत्तारुढ गठबन्धनले मेयर र उपमेयर दुवैमा अग्रता लिएको छ। हालसम्म सत्तारुढ गठबन्धनतर्फ मेयरकी उम्मेदवार मीना लामाले ७५४ मत प्राप्त गरेकी छन्। उनलाई…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, एमालेका स्थापित दोस्रोमा

    काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, एमालेका स्थापित दोस्रोमा

    काठमाडौं : राष्ट्रियसभा गृहमा भइरहेको काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता कायम गरेका छन्। १ हजार २८० मत गणना हुँदा बालेनले ४०२ मत पाएका छन्। यस्तै, नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ३१९ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०२ मत प्राप्त गरेका छन्। महानगरका ३२ वटा वडा मध्ये ४ वटा वडाको मतपेटिका खोलेर मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • चन्द्रागिरि र तारकेश्वरमा कसले लिइरहेको छ अग्रता ?

    चन्द्रागिरि र तारकेश्वरमा कसले लिइरहेको छ अग्रता ?

    काठमाडौं : काठमाडौं जिल्लाका विभिन्न पालिकाहरुमा मतगणना जारी छ। एक महानगर र १० नगरपालिकामा मतगणना भइरहेको छ। काठमाडौं जिल्लाका सबै पालिकाको मत परिणाम घोषणामा ढिलाइ भइरहेको छ। केही पालिकाबाटमात्रै आधिकारिक प्रारम्भिक मत पाएका छन्।  चन्द्रागिरिमा एमालेको अग्रता यता, काठमाडौँको चन्द्रागिरि नगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ। दुई हजार ५०० मत गणना हुँदा नेकपा (एमाले)का उम्मेदवार उत्तमबहादुर राउतले ९४० मतका साथ अग्रता…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाम उपमहानगरमा कांग्रेसका बागी उम्मेदवार साह फराकिलो मतान्तरसहित अगाडि

    जनकपुरधाम उपमहानगरमा कांग्रेसका बागी उम्मेदवार साह फराकिलो मतान्तरसहित अगाडि

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को मतगणना जारी रहँदा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले लगभग तेब्बर मतान्तरले अग्रता कायम राखेका छन्। वडा नम्बर १ को ११८० मत गणना हुँदा मनोजले ४०६, नेकपा (एमाले)का शिवशंकर साह (हीरा)ले १५०, स्वतन्त्र उम्मेदवार बलराम महतोले ८७, स्वतन्त्र उम्मेदवार जानकीराम साहले ८२, लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ६८ मत ल्याएका छन्। सत्ता…

    विस्तृतमा पढ्नुस्

  • बुटवल-१ को वडाध्यक्षमा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी

    बुटवल-१ को वडाध्यक्षमा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी

    बुटवल : बुटवल उपमहानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन्। नेपाली कांग्रेसले बस्नेतलाई टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारको रुपमा पुतली चिह्न लिएर चुनाव लडेका थिए। बस्नेत नेकपा (एमाले)का महेन्द्र लिगललाई पराजित गर्दै विजयी भएका हुन्। कांग्रेसका माधव प्रधान तेस्रो भएका छन्। बस्नेत ६३६ मतका साथ विजयी भएका हुन्। उनका निकटता प्रतिद्वन्द्वी एमालेका लिगलले ५५१ मत…

    विस्तृतमा पढ्नुस्

  • बरहथवा नगरपालिकाको वडा नम्बर १७ मा पुनः मतदान हुने

    बरहथवा नगरपालिकाको वडा नम्बर १७ मा पुनः मतदान हुने

    काठमाडौं : सर्लाहीको बरहथवा नगरपालिका-१७ मा पुनः मतदान हुने भएको छ। निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भुजेलले जानकारी दिए। उनका अनुसार निर्वाचन अधिकृतको कार्यालय बरहथवाले सर्बदलीय बैठक राखेर त्यहाँ मतदानको मिति तोक्ने छ। जनता समाजवादी पार्टीले आफू पक्षीय मतदातालाई शुक्रवार बिहानै मतदान गराएपछि मध्याह्नदेखि भने अन्य पार्टी पक्षीय मतदातालाई…

    विस्तृतमा पढ्नुस्

  • कलैया उपमहानगरमा एमालेको सुरुवाती अग्रता

    कलैया उपमहानगरमा एमालेको सुरुवाती अग्रता

    वीरगंज : बाराको कलैया उपमहानगरपालिकामा नेकपा (एमाले)ले सुरुवाती अग्रता लिएको छ। कलैया उपमहानगरमा १ सय मत गणना गर्दा नगर प्रमुखमा एमालेका विनोद प्रसाद साहको ५१ मत आएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेश राय यादवले २९ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जयप्रकाश साह तेलीले ४ मत ल्याएका छन्। त्यस्तै, उपप्रमुखमा एमालेकी रौशन परविन ४२ मतका साथ अग्रता लिएको छिन्।…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगर प्रमुखमा नागेशको अग्रता, उपप्रमुखमा एमालेकी शिल्पा अगाडि

    विराटनगर महानगर प्रमुखमा नागेशको अग्रता, उपप्रमुखमा एमालेकी शिल्पा अगाडि

    विराटनगर : विराटनगर महानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन्। जारी मतगणनामा नागेशले ४१९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार सागर थापाले २९६ मत पाएका छन्। यस्तै, स्वतन्त्र उम्मेदवार उमेश यादवले ११ मत पाएका छन्। विराटनगरमा कुल १ लाख ३३ हजार १४२ मतदाता मध्ये ८९ हजार ७८९ जनाले मत दिएका थिए। त्यसमध्ये १ हजार…

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो पोखरा महानगरको मतगणना, चार पालिकामा अहिलेसम्म को अगाडि ?

    सुरु भयो पोखरा महानगरको मतगणना, चार पालिकामा अहिलेसम्म को अगाडि ?

    पोखरा : पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ। दिउँसो २ बजेदेखि सुरु हुने भनिएको महानगरको मतगणना भर्खर जिल्ला समन्वय समितिको हलमा सुरु भएको हो।  निर्वाचन आयोगले दिएको जानकारी अनुसार हिजो भएको निर्वाचनमा पोखरा महानगरमा ६९.९० प्रतिशत मत खसेको छ। कास्कीमा जम्मा मतदाता २ लाख ८१ हजार ८८३ रहँदा जिल्लामा १ लाख ९६ हजार ९८८ (६९.९०%) मत खसेको छ। जसमा पुरुषको मत ९२…

    विस्तृतमा पढ्नुस्

  • देउवाकै वडामा कांग्रेस पराजित, कर्ण मल्लका उम्मेदवार निर्वाचित

    देउवाकै वडामा कांग्रेस पराजित, कर्ण मल्लका उम्मेदवार निर्वाचित

    काठमाडौं : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको वडामा नेपाली कांग्रेस (बीपी)का उम्मेदवार विजयी भएका छन्। डडेल्धराको गन्यापधुरा गाउँपालिकाको वडा १ मा नेपाली कांग्रेस (बीपी)का उम्मेदवार नरेशराज भण्डारी निर्वाचित भएका हुन्। ३६ वर्षका भण्डारीले जित निकालेका हुन्। भण्डारीले ६ सय ७३ मत ल्याएर विजयी भएका हुन्। कांग्रेसका चन्द्रबहादुर देउवाले ५ सय ४४ मत ल्याए। पराजित भएका देउवा शिक्षकबाट राजीनामा दिँदै वडाध्यक्षमा…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता, हमालले ५५ पाउँदा एमालेका चन्दको २ मतमात्र

    धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता, हमालले ५५ पाउँदा एमालेका चन्दको २ मतमात्र

    काठमाडौं :  धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले ५५ मत प्राप्त गरी सुरुआती अग्रता लिएका छन्।सत्ता साझेदार नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र एमालेका रणबहादुर चन्दले दुई मत ल्याएका छन्। मध्याह्नदेखि सुरु भएको मतगणनामा वडा नं १ को १०० मत गणना हुँदा २१ मत बदर भएको छ। उपमहानगरपालिका कार्यालय परिसरको नवनिर्मित भवनमा मतगणना कार्य भइरहेको छ।  

    विस्तृतमा पढ्नुस्

  • हिमाली जिल्ला मनाङका चारै पालिकाको मतपरिणाम आयो, कुनमा कसले जिते?

    हिमाली जिल्ला मनाङका चारै पालिकाको मतपरिणाम आयो, कुनमा कसले जिते?

    काठमाडौं : हिमाली जिल्ला मनाङका चार वटै पालिकाको मतपरिणाम आइसकेको छ। कम मतदाता भएकोले जिल्लाको मतगणना सकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पराज शर्माले जानकारी दिए। मनाङमा नेकपा (एमाले)ले अध्यक्ष २ र उपाध्यक्ष १, नेपाली कांग्रेसले अध्यक्ष २ र उपाध्यक्ष १, नेकपा (माओवादी केन्द्र)ले १ उपाध्यक्ष र स्वतन्त्र उम्मेदवारले १ उपाध्यक्ष जितेका छन्। चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्र बहादुर घले निर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा उपमहानगरमा १२५० मत गणना गर्दा एकीकृत समाजवादी अगाडि  

    हेटौंडा उपमहानगरमा १२५० मत गणना गर्दा एकीकृत समाजवादी अगाडि  

    हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदका लागि भएको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार मीना कुमारी लामाले अग्रता कायम गरेकी छिन्। कुल १ हजार २५० मत गणना गर्दा उनले ३८८ मत प्राप्त गरेका हुन्। यस्तै, नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवार अन्नत प्रसाद पौडेलले ३७० मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपक बहादुर सिंहले ३४२ मत प्राप्त गरेका छन्। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • डोल्पाको जगदुल्लामा माओवादी केन्द्रको जित

    डोल्पाको जगदुल्लामा माओवादी केन्द्रको जित

    काठमाडौं : डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रका नारा सिं रोकाया ७७० मतसहित निर्वाचित भएका हुन्। यहाँ नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत प्राप्त गरेका छन्। यहाँ एमालेसहित नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)समेत गठबन्धन गरेर माओवादी केन्द्र विरुद्ध चुनावी प्रतिस्पर्धामा थिए।  जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रकै अमृता बोहोरा उपाध्यक्षमा निर्वाचित भएकी छन्। उनले ७५९ मत प्राप्त…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell