काठमाडौं : डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार भैरव बहादुर साउँद निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार चक्र बहादुर घर्तीमगरले १ हजार ६८४ मत ल्याउँदा साउँदले २ हजार ३४३ मत ल्याउँदै विजयी भएका हुन्। यस्तै, गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै डम्मरी कुमारी विष्ट निर्वाचित भएकी छिन्। उनले २ हजार ४०७ मत प्राप्त गरिन्। एमालेकी सपना सिराडीले २ हजार २७६ मत…
ललितपुर : ललितपुर महानगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन्। उनले ६६१ मत प्राप्त गरी विजयी भएका हुन्। उनी पुतली चुनाव चिह्न लिएर उठेका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ध्रुव तण्डुकारले ४२५ मत प्राप्त गरेका छन्। यस्तै, वडा सदस्य पदमा नेपाली कांग्रेसका कृष्ण महर्जन र हरिहर तण्डुकार विजयी भएका छन्। महिला सदस्य पदमा कांग्रसकै अन्जना…
अमेरिकाको न्युयोर्कस्थित बफेलो सुपरमार्केटमा एक किशोरले अन्धधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ। घटनामा परी तीन जना गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। प्रहरी अधिकारीहरुले बताएअनुसार प्रहरीको जस्तै देखिने बर्दी लगाएका १८ वर्षे युवाले हेल्मेट लगाएका थिए जसमा क्यामरा जडान गरिएको थियो। उनले यो हमलाको लाइभ स्ट्रिमिङसमेत गरेका थिए। प्रहरीका कमिस्नर जोसफ ग्रामग्लियाले बताएअनुसार बन्दुकधारी युवा स्टोरको बाहिर…
अस्ट्रेलियाका पूर्व क्रिकेटर एन्ड्रयु साइमन्डसको कार दुर्घटनामा मृत्यु भएको छ। शनिवार राति टाउन्सविलेमा भएको दुर्घटनामा उनको मृत्यु भएको हो। दुर्घटनपछी गम्भीर घाइते भएका उनको उपचारको क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। तीब्र गतिमा गाडी चलाइरहेका उनको राति साढे १० बजे दुर्घटना भएको बताइएको छ। साइमण्डसले सन् २००४ देखि २००८ को बीचमा २६ वटा टेस्ट, १९८ एकदिवसीय अन्तर्राष्ट्रिय र १४…
काठमाडौं: काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र तर्फका उम्मेदवार बालेन साहले आफ्नो अग्रतालाई झण्डै दोब्बर बनाएका छन्। १,२,३,४ र ३२ वडाको मत गणना हुदा साहाको मत १ हजार ५ सय ७५ छ। उनलाई पछ्इरहेका छन् नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार सिर्जना सिंह र केशव स्थापितले। स्थापितको मत ९ सय ८५ छ भने सिंहको मत ८ सय २५ छ। स्थापित भन्दा…
काठमाडौं : सिंगो देश मत परिणाम सुन्ने आकांक्षामा व्यग्र प्रतीक्षा गरिरहेको छ। सोसल मिडियामा जथाभावी मत परिणाम दिनेहरु उत्तिकै छन्। मत परिणाम झै झुक्याउने ट्रोल बनाएर 'रमाइलो गर्नेहरु' पनि कम देखिएनन्। बिहान मत गन्न के सुरु भएको थियो - केशव स्थापितको ६१, बालेनको ३२, सिर्जनाको ५० भन्दै अन्तिममा 'उमेर' भन्नेहरु थिए। हिजो अर्थात् मे १४ लाई 'अप्रिल फूल' बनाउन चाहनेहरु…
हेटौँडा: हेटौंडा उपमहानगरपालिकामा ४ हजार ९८ मत गणना गर्दा नेकपा एमालेले अग्रता कायमै राखेको छ। एमालेको तर्फबाट मेयरका उम्मेद्वार रहेका अनन्तप्रसाद पौडेलले १ हजार २९४ मत प्राप्त गर्दा गठवन्धनको तर्फबाट मेयरकी उम्मेदवार मीना लामाले १ हजार २७५ मत प्राप्त गरेकी छिन्। त्यस्तै राप्रपाको तर्फबाट मेयरका उम्मेदवार दिपकबहादुर सिंहले १ हजार १०३ मत प्राप्त गरेका छन्। हाल वडा नम्वर १,२,१८ र…
काठमाडौं: पुरुष राष्ट्रिय क्रिकेट टोलीको तुलनामा महिला क्रिकेट टोलीले विरलैमात्र प्रतियोगितामा अवसर पाउँदै आएका छन्। केही अन्तर्राष्ट्रिय खेल बाहेक अन्य प्रतियोगिता आयोजना हुन नसक्दा महिला टोली सिमित प्रतियोगितामा मात्र खुम्चिँदै आएको छ। तर यसपल्ट भने नेपाल क्रिकेट संघ (क्यान)ले महिला टोलीका लागि युगाण्डासँग आइतवारबाट पाँच ट्वान्टी–२० आई श्रृंखलामा समावेश गर्दैछ। उक्त श्रृंखलमा सहभागि हुन पाउँदा टोली निकै उत्साहित छ र घरेलु…
चेल्सीलाई हराउँदै लिभरपुलले एफएफ कपको उपाधि जितेको छ। वेम्बली स्टेडियममा गएराति सम्पन्न खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउँदै लिभरपुलले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको समय र अतिरिक्त समयमा पनि दुबै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा रोकिएको थियो। पेनाल्टी सुटआउटमा भने लिभरपुलले ६-५ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्यो। चेल्सीका म्यासन माउन्ट र सेसर एज्पिलिक्वेटा पेनाल्टीमा चुकेका थिए भने लिभरपुलका…
काठमाडौँ ८५ मतदान केन्द्रमा चुनाव रोकिएको छ। हिजो देशव्यापी रुपमा सम्पन्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत १७ जिल्लाका ४४ मतदानस्थलको ८५ मतदान केन्द्रमा मतदान रोकिएको निर्वाचन आयोगले जनाएको छ। रोकिएका मध्ये १० मतदान स्थलका १९ केन्द्रमा पुनः चुनावको मिति तोकिएको निर्वाचन आयोगले जनाएको छ। जसमा धनकुटाको ठाकुरदेवी माविमा रहेका ३ मतदान केन्द्रमा जेठ २ गते, सप्तरीको जनता माविमा रहेको २ मतदान…
काठमाडौँः गुल्मीको रेसुङ्गा नगरपालिका अध्यक्षमा कांग्रेसका खिलध्वन पन्थी निर्वाचित भएका छन्। उपप्रमुखमा पनि कांग्रेसकै अमृतादेवी कुँवर निर्वाचित भइन्। एमाले उम्मेदवारलाई पराजित गर्दै पन्थी र कुँवर निर्वाचित भएका हुन्। कुँवरले ८ हजार ६१४ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी एमालेका राजेन्द्रप्रसाद पाण्डेयले सात हजार ३२० मत पाए। यस्तै उपप्रमुखमा कुँवरले आठ हजार ६१९ मत पाइन्। एमालेकी रिता पाण्डेले सात हजार २३१ मत पाइन्। …
काठमाडौंः शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना केही स्थानबाहेक सबै ठाउँमा भइरहेको छ। केही स्थानीय तहमा परिणाम समेत सार्वजनिक भइसकेको छ। अहिलेसम्म नेकपा (एमाले) ले पाँच तहमा जित हासिल गरेको छ। नेपाली कांग्रसले ३ स्थानीय तह जितेको छ। धेरै ठाउँमा कांग्रेसको अग्रता छ। धेरैको चासो यतिखेर महानगरपालिकाको परिणाममा रहेको छ। सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीलगायतले महानगरमा गठबन्धन बनाएर उम्मेदवार उठाएका थिए। एमालेले केही साना…
काठमाडौंः भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन (माओवादी केन्द्र) को उम्मेदवार रेनु दाहालले मत अन्तर बढाएकी छिन्। उनले ९ सय ५० मत गन्दा ३ सय ७४ मत ल्याएकी हुन्।उम्मेदवार दाहालले ७ सय मत गणना गर्दा २७८ मत प्राप्त गरेकी थिइन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३ सय ४ मत ल्याएका हुन्। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने १ सय २४ मत…
बलिउड अभिनेता अक्षय कुमारलाई फेरि कोरोना भाइरस संक्रमण भएको छ। क्यान्स २०२२ मा जाने तयारीमा रहेका उनको परीक्षण गर्दा कोभिड १९ रिपोर्ट पोजेटिभ आएको हो। २०७७ साल चैत महिनामा पनि उनमा कोरोना देखिएको थियो। त्यसबेला उनलाई अस्पताल नै भर्ना गरिएको थियो। हाल भने उनको स्वास्थ्य अवस्था सामान्य नै छ। पछिल्लो समय भारतमा फेरि कोरोना भाइरस संक्रमण बढिरहेको छ। शनिबार बिहानसम्मको…
बलिउड अभिनेता अक्षय कुमारलाई फेरि कोरोना भाइरस संक्रमण भएको छ। कान्स २०२२ मा जाने तयारीमा रहेका उनको परीक्षण गर्दा कोभिड १९ रिपोर्ट पोजेटिभ आएको हो। २०७७ साल चैत महिनामा पनि उनमा कोरोना देखिएको थियो। त्यसबेला उनलाई अस्पताल नै भर्ना गरिएको थियो। हाल भने उनको स्वास्थ्य अवस्था सामान्य नै छ। पछिल्लो समय भारतमा फेरि कोरोना भाइरस संक्रमण बढिरहेको छ। शनिबार बिहानसम्मको तथ्यांक…
विराटनगरः विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले आफ्नो अग्रता कायमै राखेका छन्। पछिल्लो परिणामअनुसार कोइरालाले १०३४ मत हासिल गरेका छन्। एमालेका सागर थापाले ७८५ मत ल्याएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवको २७७ मत छ । त्यस्तै उपप्रमुखमा नेकपा एमालेका शिल्पा निराला कार्कीको अग्रता जारी छ। कार्कीले ८५७ मत ल्याउँदा सत्ता गठबन्धनका अमरेन्द्र यादवले ५४४ मत प्राप्त गरेका…
वीरगंजः वीरगंज महानगरमा जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले प्रारम्भिक अग्रता लिएका छन्। एमालेका मेयर पदका उम्मेदवार विजयकुमार सरावगीभन्दा २६ मतले अगाडि छन्। महानगरको ३१ नम्बर वडा बेल्वाको कूल खसेको ३८ सय मतमध्ये अहिले १५० मात्रै गणना भएको छ। सत्तारुढ गठबन्धनका साझा उम्मेदवार सिंहले ७९, एमालेका सरावगीले ५३ र राप्रपाका गिरीश गिरीले २ मत पाएका छन्। त्यसैगरी, उपमेयरमा सत्तारुढ गठबन्धनका…
काठमाडौँ: काठमाडौं महानगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले) की सुनिता डंगोलले अग्रता बढाएकी छिन्। उनले गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई झन्डै पाँच गुणा मतले पछि पारेकी छिन्। सुनिताले महानगरका तीनवटा वडाको मतगणना भइरहँदा ५२० मत प्राप्त गरेकी छिन्। गठबन्धनको तर्फबाट श्रेष्ठले ११० मत प्राप्त गरेका छन्। सुनिताले पाएको मत रामेश्वरको तुलनामा झन्डै पाँच गुणाले बढी हो। त्यस्तै हलो चिन्हका उम्मेदवारले पनि १०५ मत पाएकी छन्। हलोबाट विनीता…
काठमाडौंः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। पाँच वडा रहेको गाउँपालिका अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेटी देउवा विजयी भएको निर्वाचन अधिकृतको कार्यालय गन्यापधुराले जनाएको छ। कार्कीले तीन हजार ३८४ मत प्रप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाए। उपाध्यक्षमा…
काठमाडौंः भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन (माओवादी केन्द्र) को उम्मेदवार रेनु दाहालले झिनो मतले अग्रता कायम गरेकी छिन्। उम्मेदवार दाहालले ७ सय मत गणना गर्दा २७८ मत प्राप्त गरेकी छिन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २५८ मत ल्याएका हुन्। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ९४ मत ल्याएका छन्। अहिले भरतपुरमा मतगणना जारी रहेको छ।