PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • कर्णाली प्रदेशमा सात स्थानीय तहको नतिजाः कसको कति सिट?

    कर्णाली प्रदेशमा सात स्थानीय तहको नतिजाः कसको कति सिट?

    सुर्खेतः स्थानीय तहको नेतृत्वका लागि शुक्रबार भएको मतदानको नतिजा आउने क्रम जारी छ। कर्णाली प्रदेशमा हालसम्म ७ वटा पालिकाको नतिजा सार्वजनिक भइसकेको छ। पालिकामा कतै निर्विरोध त कतै निर्वाचित बनेका हुन्। कर्णालीको डोल्पामा यसअघिनै जनप्रतिनिधि निर्विरोध चयन भइसकेका छन्। डोल्पाका चार स्थानीय तह, हुम्लामा दुई र दैलेखमा एक स्थानीय तहको नेतृत्व टुंगिएको हो। नेकपा (एकीकृत समाजवादी) ले दुई वटा गाउँपालिकाको…

    विस्तृतमा पढ्नुस्

  • हुम्लाको ताजाकोटको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार जैसी विजयी

    हुम्लाको ताजाकोटको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार जैसी विजयी

    हुम्लाः हुम्लाको ताजाकोट गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का लालकेश जैसी विजयी भएका छन्। नेपाली कांग्रेस र माओवादीका तर्फबाट गठबन्धनका उम्मेदवार बनेका जैसीले एक हजार ८१० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका अजमल बुढाले ९९५ मत ल्याए। त्यस्तै, उपाध्यक्षमा कांग्रेसका सुरेन्द्रबहादुर थापा एक हजार ३९२ मत ल्याएर निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनलाई पछि पार्दै हेटौँडामा राप्रपाका सिंहले लिए अग्रता

    गठबन्धनलाई पछि पार्दै हेटौँडामा राप्रपाका सिंहले लिए अग्रता

    हेटौँडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा मेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)की मिनाकुमारी लामालाई पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बहादुर सिंह अघि लागेका छन्। ९०२९ मत गणना हुँदा राप्रपाले अग्रता लिएको हो। ताजा मत परिणामअनुसार हेटौँडाको मेयर पदमा राप्रपाका सिंहले २७१० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी लामाले २६६९ मत पाएकी छिन्। त्यस्तै, तेस्रो स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा मोदीको सन्देश : सम्बन्ध प्रगाढ तुल्याउनु मेरो भ्रमणको उद्देश्य

    लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा मोदीको सन्देश : सम्बन्ध प्रगाढ तुल्याउनु मेरो भ्रमणको उद्देश्य

    काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार नेपाल भ्रमणमा आउँदै छन्। बुद्ध जयन्तीको अवसरमा उनी लुम्बिनी आउन लागेका हुन्। लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा एक वक्तव्य जारी गर्दै उनले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताएका छन्। नेपालसँगको भारतको सम्बन्ध अतुलनीय रहेको भन्दै उनले वक्तव्यमा भनेका छन्, ‘मेरो भ्रमणको उद्देश्य शताब्दिऔँदेखि प्रगाढ र अभिलेखित पारस्परिक सम्बन्धलाई मनाउने र त्यसलाई…

    विस्तृतमा पढ्नुस्

  • तमानखोला गाउँपालिका अध्यक्षमा पुन: जोकलाल बुढा निर्वाचित, उपाध्यक्षमा हिराकुमारी छन्त्याल विजयी

    तमानखोला गाउँपालिका अध्यक्षमा पुन: जोकलाल बुढा निर्वाचित, उपाध्यक्षमा हिराकुमारी छन्त्याल विजयी

    काठमाडौं : बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। पालिका अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्षमा हिराकुमारी छन्त्याल विजयी भएका हुन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा दुई हजार २१९ मत ल्याएर निर्वाचित भएका जोकलाल बुढा यसपटक दुई हजार ७०७ मत ल्याएर पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। जिल्लाभर संयुक्त पाँच दलले गठबन्धन गरेर चुनावमा गए…

    विस्तृतमा पढ्नुस्

  • दैलेखको नौमूले गाउँपालिका अध्यक्षमा छविराम सुवेदी विजयी, निवर्तमान अध्यक्ष पराजित

    दैलेखको नौमूले गाउँपालिका अध्यक्षमा छविराम सुवेदी विजयी, निवर्तमान अध्यक्ष पराजित

    काठमाडौं : नौमूले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका छन्। उनी ३ हजार २०० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले दुई हजार ५४४ मत प्राप्त गरे। बुढामगर निवर्तमान अध्यक्षसमेत हुन्। नेकपा एमालेका शशिराम विश्वकर्माले एक हजार ९२० मत ल्याए। यसैगरी उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का गङ्गबहादुर शाही विजयी भए। उनले…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा 'घण्टाघर'को गति बढ्दै, गठबन्धनलाई भारी पर्ला मनोजको बागी उम्मेदवारी ?

    जनकपुरमा 'घण्टाघर'को गति बढ्दै, गठबन्धनलाई भारी पर्ला मनोजको बागी उम्मेदवारी ?

    जनकपुर : जनकपुर उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनोज कुमार साहले अग्रता कायम राखेका छन्। गठबन्धनले प्रमुख पद जनता समाजवादी पार्टी (जसपा) लाई दिने निर्णय गरेपछि उनले कांग्रेस त्यागेका थिए। पछिल्लो मत परिणाम अनुसार घण्टाघर चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका साहले १ हजार ६७८ मत पाएका छन्। नेकपा एमालेका शिवशंकर साह (हीरा)ले ८९३ मत पाउँदा लोकतान्त्रिक…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा उपमहानगर वडा १ अध्यक्षमा कांग्रेसका सविन न्यौपाने निर्वाचित

    हेटौंडा उपमहानगर वडा १ अध्यक्षमा कांग्रेसका सविन न्यौपाने निर्वाचित

    काठमाडौं : हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ मा गठबन्धनका सविन न्यौपाने निर्वाचित भएका छन्। १३१ मत अन्तरले नेपाली कांग्रेसका न्यौपाने ५ वर्षको लागि वडाअध्यक्ष निर्वाचित भएका हुन्। न्यौपानेले १ हजार ४४२ मत प्राप्त गर्दा नेकपा एमालेका उत्तम पौडेलले १ हजार ३११ मत प्राप्त गरे। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सुजन शाहीले २०७ मत ल्याएका छन्। वडा नम्वर १ मा कूल ३…

    विस्तृतमा पढ्नुस्

  • त्रिभुवन विश्वविद्यालयले आइतबार विदा नदिने

    त्रिभुवन विश्वविद्यालयले आइतबार विदा नदिने

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयले हप्ताको ६ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरु संचालन गर्ने भएको छ। नेपाल सरकारले परीक्षणका रूपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। त्यही सन्दर्भमा विश्वविद्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि साबिकबमोजिम नै आइतबारसमेत विश्वविद्यालयका सेवाहरु संचालनमा रहने जनाएको…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवारको चुनौती : गोपाल हमाल नृप वडभन्दा ७७३ मतले अघि

    धनगढीमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवारको चुनौती : गोपाल हमाल नृप वडभन्दा ७७३ मतले अघि

    कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकाको मत परिणाममा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रतालाई निरन्तरता दिँदै गठबन्धनका उम्मेदवार नृपबहादुर वडलाई चुनौती दिएका छन्। सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार हमालले अग्रतालाई फराकिलो बनाउँदै लगेका हुन्। सुरुवातदेखि नै अग्रता लिएका हमालले ३ हजार ८ सय ९२ मत गणना हुँदा १ हजार ८२९ मत पाएका छन्। यस्तै, सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार वडले १…

    विस्तृतमा पढ्नुस्

  • कालीगण्डकी गाउँपालिका-२ को वडाध्यक्षमा कांग्रेसका रेशमराज न्यौपाने एक मतले विजयी

    कालीगण्डकी गाउँपालिका-२ को वडाध्यक्षमा कांग्रेसका रेशमराज न्यौपाने एक मतले विजयी

    बुटवल : गुल्मीको कालीगण्डकी गाउँपालिकामा वडाध्यक्षका उम्मेदवार एक मतको अन्तरले विजयी भएका छन्। कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्वेनीमा नेपाली कांग्रेसका रेशमराज न्यौपानेले नेकपा (एमाले)का उम्मेदवार बाबुराम न्यौपानेलाई एक मतले पराजित गरेका हुन्। रेशमराजले ७५६ मत प्राप्त गरेका छन् भने बाबुरामले ७५५ मत प्राप्त गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • पसलमा सामान किन्न दिएको नोट नक्कली भएको उजुरी परेपछि प्रहरीले समात्यो एक भारतीय युवकलाई

    पसलमा सामान किन्न दिएको नोट नक्कली भएको उजुरी परेपछि प्रहरीले समात्यो एक भारतीय युवकलाई

    काठमाडौंः प्रहरीले नक्कली नोट सहित एक युवकलाई नियन्त्रणमा लिएको छ। सर्लाहीको गोडैता नगरपालिका-८ स्थित गोडैता बजारबाट नक्कली जस्तो देखिने नेपाली एक हजारको ४ थान नोटसहित भारत सितामढी रनौली-१० बस्ने २२ वर्षीय सरोज कुमार बैठालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा सोही नगरपालिका-५ रामबन घर भइ पार्चुनको पसल गरी बस्ने सुजित यादवको पसलमा बैठाले सामान किनमेल गर्ने क्रममा नेपाली एक…

    विस्तृतमा पढ्नुस्

  • ६ वटा केन्द्रमा आज मतदान, जेठ २ र ३ गते कहाँ कहाँ हुनेछ मतदान ?

    ६ वटा केन्द्रमा आज मतदान, जेठ २ र ३ गते कहाँ कहाँ हुनेछ मतदान ?

    काठमाडौं : गत वैशाख ३० गते स्थगन भएकामध्ये चार स्थानीय तहका विभिन्न ६ वटा मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ। निर्वाचन आयोगका अनुसार आज निर्वाचन जारी रहेका मतदानस्थलमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकाको जनता माविको २ केन्द्र, कालीकोटको रास्कोट गाउँपालिकाको रमाल मष्टो माविको १ केन्द्र, कालीकोटकै पचालभरना गाउँपालिकाको जनता माविको १ केन्द्र, बझाङको जयपृथ्वी नगरपालिकाको सुनीपिपल चौर माविको २ मतदान केन्द्र रहेको…

    विस्तृतमा पढ्नुस्

  • थबाङमा विपक्षी गठबन्धनलाई हराउँदै माओवादी केन्द्रको जित

    थबाङमा विपक्षी गठबन्धनलाई हराउँदै माओवादी केन्द्रको जित

    काठमाडौं : रोल्पाको थबाङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का ऋषि केशव बुढा मगर निर्वाचित भएका छन्। उनले दुई हजार १२२ मतसहित जित हात पार्दा स्वतन्त्र उम्मेदवार दलजित रोकाले एक हजार ५०६ मत प्राप्त गरे। उपाध्यक्षमा पनि माओवादीकै सर्मीला बुढा मगर निर्वाचित भएकी छन्। उनले दुई हजार १२२ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार रायबहादुर पुनले एक हजार ४६८ मत ल्याएका छन्। थवाङका ५ वडामध्ये…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाम उपमहानगर-३ को वडाध्यक्षमा तमलोपाका दीपेन्द्र साह विजयी

    जनकपुरधाम उपमहानगर-३ को वडाध्यक्षमा तमलोपाका दीपेन्द्र साह विजयी

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा तराई मधेश लोकतान्त्रिक पार्टीका दीपेन्द्र साह विजयी भएका छन्। वडाध्यक्षमा साहले २७६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुनिल लाल दासले २५९ मत ल्याएका छन्।

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगर उपप्रमुखमा सुनिताले रामेश्वरलाई छाडिन् निकै पछाडि

    काठमाडौं महानगर उपप्रमुखमा सुनिताले रामेश्वरलाई छाडिन् निकै पछाडि

    काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता बढाएकी छिन्।   दिउँसो ४ बजे जारी परिणाम अनुसार राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा सुनिताले २ हजार ८८४ मत पाएकी छिन्। यस्तै, सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीले ८२३ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार बिनिता मगैयाले ६७० मत पाउँदा आँखी झ्याल चुनाव चिह्नमा निर्वाचन लडेकी स्वतन्त्र…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरमा केशव स्थापतिको भन्दा बालेनको अग्रता करिब दोब्बर, अरुले कति ल्याए?

    काठमाडौं महानगरमा केशव स्थापतिको भन्दा बालेनको अग्रता करिब दोब्बर, अरुले कति ल्याए?

    काठमाडौं : काठमाडौं महानगरको पछिल्लो मतपरिणामअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता अझै बढाएका छन्। निर्वाचन आयोगले दिउँसो ४ बजे जारी गरेको परिणाम अनुसार लौरो चिह्नबाट निर्वाचनमा उत्रेका साहले २ हजार ८२८ मत पाएका छन्। एमालेका मेयरका उम्मेदवार केशव स्थापितले १ हजार ४३८ मत पाउँदा कांग्रेसकी सिर्जना सिंहले १ हजार ३४० मतमात्र पाएकी छिन्। यस्तै, स्वतन्त्रबाट आँखीझ्याल चुनाव चिह्नमा चुनाव…

    विस्तृतमा पढ्नुस्

  • दार्चुलाको नौगाडमा निवर्तमान अध्यक्षलाई हराउँदै माओवादी केन्द्रका दलजितसिंह धामी निर्वाचित

    दार्चुलाको नौगाडमा निवर्तमान अध्यक्षलाई हराउँदै माओवादी केन्द्रका दलजितसिंह धामी निर्वाचित

    काठमाडौं : दार्चुलाको नौगाड गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का दलजितसिंह धामी निर्वाचित भएका छन्। उनले नेकपा (एमाले)का प्रेमसिंह धामीलाई ५०६ मतान्तरले पराजित गरेका हुन्। दलजितले तीन हजार ७८३ मत ल्याउँदा एमालेका प्रेमसिंहले तीन हजार २७७ मत प्राप्त गरे। प्रेमसिंह नौगाडका निवर्तमान अध्यक्षसमेत हुन्। त्यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका जगतसिंह ठगुन्ना निर्वाचित भएका छन्। उनले तीन हजार ९५६ मत प्राप्त गर्दा एमालेकी…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगर प्रमुखमा कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै, उपप्रमुखमा एमाले अघि

    विराटनगर महानगर प्रमुखमा कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै, उपप्रमुखमा एमाले अघि

    विराटनगर : मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। ७ हजार ९७३ मत गणना हुँदा महानगर प्रमुखमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राखेका हुन्। पछिल्लो अपडेटअनुसार महानगर प्रमुखमा कोइरालाले २ हजार ५६५ मत पाउँदा नेकपा (एमाले)का सागर कुमार थापाले १ हजार ८५० र स्वतन्त्र उम्मेदवार उमेश कुमार यादवले ८७१ ल्याएका छन्। त्यस्तै, उपमेयर पदमा एमालेकी शिल्पा कार्कीले २ हजार १०० ल्याउँदा जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १ हजार…

    विस्तृतमा पढ्नुस्

  • उदयपुरको लिम्चुङ्बुङमा माओवादी केन्द्रका मेजर कुमार राई निर्वाचित

    उदयपुरको लिम्चुङ्बुङमा माओवादी केन्द्रका मेजर कुमार राई निर्वाचित

    काठमाडौं : उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का मेजर कुमार राई निर्वाचित भएका छन्। उनी दुई हजार ५१ मत ल्याएर निर्वाचित हुँदा नेकपा (एमाले)का राजकुमार राईले एक हजार ५८९ मत प्राप्त गरेका छन्। त्यहाँ स्वतन्त्र उम्मेदवार होमबहादुर राईले ६१९ मत प्राप्त गरेका छन्।  मेजरकुमार राई २०७४ सालमा पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। त्यस्तै, उपाध्यक्ष पदमा नेपाली कांग्रेसका पुष्पलाल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell