काठमाडौं : देशका विभिन्न स्थानीय तह भइरहेको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट प्राप्त गरेको छ। निर्वाचन आयोगका अनुसार प्रमुखमा ५ वटा र अध्यक्षमा ४० वटामा जित हासिल गरेर नेपाली कांग्रेसले पहिलो स्थानमा रहेको छ। त्यस्तै दोस्रो स्थानमा नेकपा एमाले रहेको छ। एमालेले प्रमुखमा ३ र अध्यक्षामा ३३ पालिकाको नेतृत्व जितेको छ। तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ। प्रमुखमा १ र…
काठमाडौं : अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा एमालेका टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा पौडेल विजयी भएका छन्। अध्यक्षमा न्यौपानेले कांग्रेसका अच्युत गौतमलाई ७२१ मतान्तरले पराजित गरेका छन्। न्यौपानेले ७ हजार ७४९ मत ल्याउँदा गौतमले ७ हजार २८ मत पाए। गौतम २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट पाणिनि गाउँपालिका अध्यक्षमा एक्लै विजयी भएका थिए। उनले आफू पुनः दोहोरिन माओवादी केन्द्र, राष्ट्रिय…
काठमाडौं : दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेत निर्वाचित भएका छन्। ७ हजार २०१ मत ल्याउँदै उनी नगर प्रमुखमा निर्वाचित भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यभन्दा २००९ मत बढी ल्याएका हुन्। दक्षिकालीका बस्नेत यसअघि पनि कांग्रेसबाटै जित निकालेर मेयर रहिसकेका व्यक्ति हुन्। श्रीराम आचार्यले ५ हजार १९२ मत ल्याएका छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानभक्त अमात्यले ७९४…
काठमाडौं : आज बुद्ध पूर्णिमा। देशभर गौतमबुद्धको २५६६ औँ जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन्। बुद्ध जयन्तीका लागि लुम्बिनीमा विभिन्न स्थानबाट दर्शनार्थी पुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा लुम्बिनी पुगेका छन्।
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी पुगेका छन्। बुद्ध पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनी प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा लुम्बिनी पुगेका हुन्। हाल मोदीसँगै देउवा बुद्ध जन्मस्थल लुम्बिनीमा छन्। मोदी र देउवासहितको प्रतिनिधिमण्डल मायादेवी मन्दिरको दर्शन गरेका छन्। मायादेवी मन्दिरको दर्शनपछि मोदी र देउवा भूमि पूजामा सहभागी हुनेछन्। दिउँसो १२:२० मा मोदी र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने कार्यक्रम…
काठमाडौं : भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले यसपटकको स्थानीय तह निर्वाचनमा पनि ‘क्लिन स्विप’ गर्ने देखिएको छ। २०७४ सालको निर्वाचनमा १० वटै वडामा जितेको नेमकिपाले यसपटक ८ वटा वडामा जितिसकेको छ। हाल वडा ९ र १० को मतगणना भइरहेको छ। नेमकिपाबाट नगरप्रमुख उम्मेदवार सुनील प्रजापतिले २७ हजार ६६९ मत प्राप्त गरी अग्रता लिएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली…
काठमाडौंः एक दशक अगाडि विभिन्न कारणले विवादमा तानिएको चलचित्र चपली हाइटका अभिनेता वडाध्यक्षमा विजयी भएका छन्। जारी स्थानीय तहको मतगणना अनुसार अभिनेता घिमिरे ललितपुरको गोदावारी नगरपालिका वडा नम्बर ३ बाट विजयी भएका हुन्। अभिनेता घिमिरेले माओवादी केन्द्रबाट १ हजार ५९ मत ल्याएर थिए। त्यस्तै एमालेका उम्मेदवार श्रीराम आचार्याले १ हजार ४८ मत ल्याएका छन्।
काठमाडौं : दूधपोखरी गाउँपालिकामा गठबन्धनका नेपाली कांग्रेसका धनप्रसाद गुरुङ विजयी भएका छन्। उनले एक हजार ४१ मतको फराकिलो मतअन्तरले नेकपा(एमाले)का तेजबहादुर गुरुङलाई पछि पार्दै अध्यक्षमा विजयी भएका हुन्। निर्वाचन अधिकृत रामप्रसाद आचार्यका अनुसार विजयी गुरुङले तीन हजार ६५ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका तेजबहादुरले दुई हजार २४ मत प्राप्त गरेका छन्। त्यस्तै, उपाध्यक्षमा गठबन्धनकै माओवादीका क्षेत्रबहादुर गुरुङ…
काठमाडौंः पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्म गाउँमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। आठराई गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार दिलकुमार पाहीम विजयी भएका हुन्। उनले ४ हजार ६ सय ९२ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामचन्द्र थपलियाले ४ हजार ८ मत ल्याएर दोस्रो भएका छन्। त्यस्तै जनता…
काठमाडौं : कञ्चनपुरको भीमदत्त नगरपालिकामा आइतबारदेखि मतगणना सुरु हुन सकेको छैन। मत गणनामा धाँधली भएको आरोपसहित नेपाली कांग्रेसबाहेकका दलहरु विरोधमा उत्रिएपछि मतगणना रोकिएको हो। उनीहरुले भीमदत्त-२ मा भइरहेको मतगण्नामा विषयलाई लिएर पुनः निर्वाचनको माग गरिरहेका छन्। भीमदत्त नगरपालिकामा कांग्रेसका उम्मेदवार पदम बोगटी र उपप्रमुखका उम्मेदवार निलम जोशी लेखकले सुरुवातदेखि अग्रता लिएका छन्। त्यसैगरी यहाँको बेदकोट, दोधारा चाँदनी, कृष्णपुर नगरपालिकालगायतका पालिकाका…
काठमाडौं : कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार निर्मल राना चार हजार ५१६ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मदनसेन बडायकले दुई हजार ८५८ मत प्राप्त गरेका थिए। यसअघिको निर्वाचनमा माओवादबाट बडायक गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए। त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)कै उम्मेदवार सपना चौधरी राना निर्वाचित भएकी छिन्। उनले तीन…
जनकपुरधामः धनुषाको धनौजी गाउँपालिका र नगराइन नगरपालिकामामा मतगणना स्थगित गरिएको छ। दुई पालिमा खसेको मत भन्दा बढी मतपत्र बाहिरिएपछि दुवै पालिकामा मतगणना स्थगित गरिएको हो। धनौजी गाउँपालिका वैशाख ३० गते मतदानको दिन मतखसेपछि मतदान अधिकृतले फिल्डबाट पठाएको रिपोर्टभन्दा १५ मत बढी फेला परेपछि विवाद उत्पन्न भएको थियो। धनौजी स्थित मतगणना स्थल बाहिर विवादले उग्र रूप लिएपछि प्रहरीले भने अवस्थालाई नियन्त्रणमा…
काठमाडौं : स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजानिक मत परिणाम अनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार तथा भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। ईन्द्रसरोवरको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ। पुडासैनीले…
काठमाडौः महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ ।पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बलेन) ले ५ हजार ६९२ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन्। नेकपा एमालेका केशव स्थापितले २ हजार ९९२ र नेपाली कांग्रेसका सिर्जना सिंहले २ हजार ६९२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। एमालेको तर्फबाट उपप्रमुख पदको उम्मेदवार…
काठमाडौं : ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता कायम छ। पछिल्लो विवरण अनुसार कांग्रेसका उम्मेदवार महर्जनले चार हजार ३१२ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले दुई हजार ३८ मत पाएका छन्। उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले एक हजार ८८६ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले एक हजार ३१७ मत पाएका छन्। महानगरपालिकामा…
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नयाँ दिल्लीबाट नेपालका लागि प्रस्थान गरेका छन्। बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने कार्यक्रमा सहभागी हुन उनी प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा आउन लागेका हुन्। मोदी बिहान १०:४० बजे लुम्बिनी पुग्नेछन्। बिहान ११ बजे उनले मायादेवी मन्दिरको दर्शन गर्ने कार्यक्रम बनेको छ भने बिहान ११:३० बजे भूमि पूजामा सहभागी हुनेन्। दिउँसो १२:२० मा मोदी र परराष्ट्रमन्त्री डा.…
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ। पालिका अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङले ७ हजार ९९ मत ल्याउँदै विजयी हुँदा एमालेका मिनबहादुरले विक्रमले ६ हजार ६१७ मत ल्याएका छन्। यस्तै उपाध्यक्ष पदमा पनि कांग्रेसले नै जित निकालेको छ। कांग्रेसकी सीता अधिकारीले ६ हजार ३७६ मतसहित विजयी हुँदा एमालेकी सीता तिवारीले ५ हजार ९५१ मत…
कैलाली: डोटीको बोगटान फुड्सिल गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार कमलबहादुर गड्सिला विजयी भएका छन्। नेकपा एमालेका उम्मेद्वार हस्तबहादुर बुढालाई पछि पार्दै २ हजार ५४ मत ल्याएर गड्सिला दोस्रो पटक विजयी भएका हुन्। उनी २०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेका टेकबहादुर बमलाई पराजित गरी विजयी भएका थिए। गड्सिलाका निकटतम प्रतिद्वन्द्वी बुढाले २ हजार २४ मत ल्याए। तेस्रो भएका नेपाली काँग्रेसका उम्मेदवार…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वडामा एमाले 'क्लिन स्वीप'भएको छ। भक्तपुरको सूर्य विनायक नगरपालिकाको वडा नम्वर २ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार प्रदिप कार्की १ हजार ५ सय ११ मत ल्याएर निर्वाचित भएका छन्। एमालेका विश्व राज विष्ट १ हजार ३ सय ५ मत ल्याएर पराजित भए। वडा सदस्यमा नेपाली कांग्रेसकै जनार्दन खड्का र भगत राना…
काठमाडौं : काठमाडौं महानगरपालिकामा बालेन साहले लौरो चिन्हबाट 'धमाका' गरिरहँदा छिमेकी नगरपालिका गोकर्णेश्वरको एउटा वडामा पनि त्यस्तै नतिजा निस्केको छ। नेकपा एमालेले सधैं जित निकाल्ने गरेको गोकर्णेश्वर वडा नम्बर ४ मा लौरो चुनाव चिन्हबाट जयराम महतले वडा अध्यक्षमा जित निकालेका छन्। यसअघि नेपाली कांग्रेसबाट वडा सदस्य रहेका महतलाई कांग्रेसले टिकेट दिएन। कांग्रेसले ज्ञानकुमार श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवार बनाएपछि लौरो चिन्ह लिएर…