हेटौँडाः मकवानपुरमा जिल्लामा मतदान सुरु भएको छ । दश वटै स्थानीय तहमा बिहान ७ बजेटबाट मतदान सुरु भएको हो। कतिपय केन्द्रमा मतदाता बिहानैदेखि लाइनमा बसेका थिए। जारी मतदानमा हेटौंडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल माद्यमिक विद्यालयस्थिति मतदान केन्द्रमा पुगेर राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । त्यस्तै वाग्गमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा ११ स्थित त्रिभुवन मावि मतदान…
वीरगंज : जनता समाजवादी पार्टीबाट वीरगंज महानगरपालिका प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले मतदान गरेका छन्। सिंहले वीरगंज-३ स्थित मालपोत कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्। आज बिहान ७ बजेदेखि स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। बेलुकी ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ। उनको विरुद्ध नेकपा एमालेले विजय सरावगी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गिरिश गिरिलाई उम्मेवार बनाएको छ।
काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएकी सिर्जना सिंहले मतदान गरेकी छिन्। महानगरपालिका वडा नम्बर १६ स्थित युवक माध्यामिक विद्यालय केन्द्र पुगेर उनले मतदान गरेकी हुन्। उनीसँगै श्रीमान् एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि सोही मतदान केन्द्र पुगेर मतदान गरेका छन्। आज बिहान ७ बजेदेखि स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। बेलुकी ५ बजेसम्म मतदानका लागि…
गुल्मीः गुल्मीको धुर्कोट गाउँपालिकामा मतदान सुरू भएको छ। सात वटा वडा रहेको धुर्कोट गाउँपालिकामा समयमै मतदान सुरू भएको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन। सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सुरू भएको उनले बताइन्। निर्वाचनलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा स्वयंसेवक परिचालन गरिएको छ। निर्वाचनमा मतदाताको बिहानैदेखि उत्साहजनक सहभागिता रहेको छ। निर्वाचन आयोगले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, लालपूर्जाका आधारमा पनि मतदान गर्न दिने व्यवस्था…
काठमाडौं : नेकपा एमालेबाट काठमाडौं महानगरपालिका उपप्रमुख उम्मेदवार सुनिता डंगोलले मतदान गरेकी छिन्। आज बिहान लगनस्थित फसिगा: मतदान केन्द्र पुगेर उनले मत हालेकी हुन्। आज बिहान ७ बजेदेखि स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। बेलुकी ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ।
काठमाडौः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेका छन्। बिहान भरतपुर महानगरपालिका– १४ मा रहेको नेपाल पुलिस स्कुल मतदान केन्द्रमा स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गरेका हुन्। भरतपुर महानगरपालिकामा गठबन्धनबाट रेणु दाहाल प्रमुख पदमा उम्मेदवारी दिएकी छिन्। उनी प्रचण्ड पत्नी हुन्।
काठमाडौं : स्थानीय तह निर्वाचनको मतदान भइरहेको छ। ७ सय ५३ स्थानीय तहमा बिहानैदेखि मतदाता लाइनमा बसेर मतदान गरिरहेका छन्। पूर्व प्रधानमन्त्री, शीर्ष नेता तथा संवैधानिक नियकायका प्रमुखहरुले पनि आफ्नो मतदाता नामावली भएको ठाउँमा मतदान गरेका छन्। 'यहीँ पाराले चल्नेवाला छैन' पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको रामजानकी मन्दिरको मतदान केन्द्रमा मत खसालेका छन्। मतदानपछि उनले…
हेटौंडा : वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्। आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित त्रिभुवन माध्यामिक विद्यालय केन्द्रमा उनले मतदान गरेका हुन्। आज बिहान ७ बजेदेखि स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। बेलुकी ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ।
वीरगंजः वीरगंज महानगरपालिकाका मेयर पदका प्रत्यासी गिरीश गिरीले मतदान गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार गिरीले वीरगन्ज -९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा रहेका केन्द्रबाट मतदान गरेका हुन्।
काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मतदान गरेका छन्। आज बिहान साढे ८ बजेतिर उनले मतदान गरेका हुन्। काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर वरिष्ठ उपाध्यक्ष ढकालले मत खसालेका हुन्। मुलुक संघीय संरचनामा प्रवेश गरेपछि पहिलोपटक २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो। निर्वाचन आयोगका अनुसार कूल ३५ हजार २ सय २१ पदका लागि हुने निर्वाचनमा एक लाख…
दोलखाः दोलखाको वैत्यश्वर गाउँपालिकाका तीन मतदान केन्द्रमा औपचारिक रुपमा मतदान सुरु नहुँदै तनाव भएको छ। नेपाली कांग्रेस निकटका स्थानीयले अन्य दल निकटका मतदातालाई मतदानस्थलमा जान बाटो अवरोध गरेपछि विवाद भएको हो। वैत्यश्वरको गैरीमुदी, पुतलीकाठ र मझुवा मतदान केन्द्रमा विवाद भएको हो। गएरातिदेखिनै मतदान केन्द्र जाने बाटो समेत अवरुद्ध गरिएको स्थानीयले बताएका छन्। स्थिति नियन्त्रणका लागि प्रहरीले हवाइ फायर समेत गरेको…
पोखरा : पोखरा महानगरका प्रमुख प्रत्यासी धनराज आचार्य,कृष्ण थापा र गनेस पौडेलले मतदान गरेका छन्। शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। प्रमुख प्रत्यासी थापाले पोखरा १६ स्थित विन्दवासिनी मतदान स्थलको केन्द्र 'क' मा सवा सात बजे मतदान गरेका छन्। यस्तै अर्का प्रमुख प्रत्यासी आचार्यले पनि बिहान वडा नम्बर ३३ को शान्ति उदय मावि मतदान स्थलको केन्द्र ‘ख’ बाट मतदान गरेका…
रोल्पाः नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले गृहजिल्ला रोल्पामा मतदान गरेका छन्। पुन र घर्तीले रोल्पा नगरपालिका ७ माडीचौरस्थित बाल उदय मावि केन्द्रबाट बिहान ७ बजे मतदान गरेका हुन्। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा आफूलाई मन पर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरे। निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आफ्नो दलका तर्फबाट…
दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन्। मतदान पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पौडेलले सङ्घीयताबाट नै देशको विकास र उन्नति सम्भव रहेको बताए। उनले भने “सङ्घीयता विकासका लागि फलदायी भएको छ। स्थानीय तहले विकासको खाका कोरेको छ, सङ्घीयता सफल हुँदैछ र सङ्घीयताबाट देशको विकास र…
काठमाडौं: गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्। उनले तिलोत्तमा नगरपालिका - ८ ज्योति मा वि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका हुन्। स्थानीय तहको निर्वाचन सुरु भएको छ। आज बिहान ७ बजेबाट निर्वाचन सुरु भएको हो। देशका ७ सय ५३ स्थानीय तहमा एकै चरणमा निर्वाचन हुँदैछ। सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले, काठमाडौं मेयरका उम्मेद्वार केशव स्थापित,…
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयरका उम्मेद्वार केशव स्थापितले मतदान गरेका छन्। एमालेका तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएका केशव स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गरेका हुन्। स्थानीय तहको निर्वाचन सुरु भएको छ। आज बिहान ७ बजेबाट निर्वाचन सुरु भएको हो। देशका ७ सय ५३ स्थानीय तहमा एकै चरणमा निर्वाचन हुँदैछ। सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायतले पनि बिहानै…
काठमाडौं: प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्। उनले गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४. कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका हुन्। स्थानीय तहको निर्वाचन सुरु भएको छ। आज बिहान ७ बजेबाट निर्वाचन सुरु भएको हो। देशका ७ सय ५३ स्थानीय तहमा एकै चरणमा निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार कूल…
काठमाडौँः प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन्। बिहान ठिक ७ बजे नै प्रमुख आयुक्त थपलियाले मतदान गरेका हुन्। भक्तपुरको मध्यपुर ठिमी १ को लोकन्थलीको उपस्वास्थ्य चौकी केन्द्रबाट उनले मतदान गरेका हुन् । प्रमुख आयुक्त थपलियाले ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल पनि गरे। आफूले मतदानको अधिकार प्रयोग गरेको बताउँदै उनले सबै नागरिकलाई उत्सवका रुपमा मतदानमा सहभागी हुन अपिल गरे। …
काठमाडौं : स्थानीय तहको निर्वाचन सुरु भएको छ। आज बिहान ७ बजेबाट निर्वाचन सुरु भएको हो। देशका ७ सय ५३ स्थानीय तहमा एकै चरणमा निर्वाचन हुँदैछ। आजको निर्वाचनका लागि बिहानैदेखि निर्वाचन स्थल तयार पारिएको छ। निर्वाचनलाई लिएर सुरक्षा निकायको पनि सडकदेखि मतदान हुने स्थालसम्मै सक्रियता देखिन्छ। तयारी अवस्थाको निर्वाचन स्थल। चुनावलाई व्यवस्थित बनाउन निर्वाचन हुने स्थानामा दुई दिन अघिदेखि नै…
काठमाडौँ: स्थानीय तह निर्वाचनमा शीर्ष नेताले पनि मतदान गर्दैछन्। आ-आफ्नो मतदाता नामावली रहेको स्थानीय तहमा शीर्ष नेताले मतदान गर्नेछन्। ७५३ स्थानीय तहका लागि हुने निर्वाचनमा मुख्यगरि सत्ता गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बीच प्रतिस्पर्धा हुँदैछ। एमालेले पनि केही ठाउँमा साना दलसँग चुनावी तालमेल गरेको छ। तर, एमालेले अधिकांश ठाउँमा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने रणनीतिमा उम्मेदवारी दिएको…