काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलका नेताहरुले विदेश भ्रमण गएर पनि केही नसिकेको बताएका छन्। उनले विदेश भ्रमण गर्दा पाउरोटी खाएर फर्कने बाहेकको उपलब्धि नभएको बताए। 'अहिले भ्रमण गरेर के सिकेका छन् भने पाउरोटीमा बटर दलेर खाएर आए। हाम्रो अन्तरिक्ष हो भन्दा यिनीहरुले जिस्काए। नाकाबन्दी हुँदा पुरपुरामा हात लगाएर खुइय गरी बस्नेहरु नाकाबन्दी भन्न पनि सकेन,'ओलीले…
मनिला : फिलिपिन्समा पूर्व राष्ट्रपतिका छोरा राष्ट्रपतिमा र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। कठोर शासकका रुपमा चिनिएका पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। पूर्व राष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेदवारहरु उठाएका थिए। दुई प्रभावशाली राजनीतिक नेताहरुको तालमेलका कारण उनीहरुका दुवै…
काठमाडौं : स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरस संक्रमण दर बढिरहेको भन्दै स्थानीय तह निर्वाचनको बेला सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले विदेशबाट स्थानीय तह निर्वाचनका लागि मतदान गर्न आउने नागरिकलाई पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गगर्न आग्रह गरेका छन्। सरकारले कोरोनाको जोखिम कम गर्न सीमा नाकाहरुमा स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारसँगको समन्वयमा हेल्थ डेस्कहरु स्थापना गरिएको…
काठमाडौं : बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सरकारी स्तरबाट विभिन्न स्रोतसाधनहरु परिचालित भइसकेको गृह मन्त्रालयले जनाएको छ। सरकारले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनमा केन्द्रित गरेर सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइसकेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। उनले स्थानीय तहको निर्वाचनका लागि राज्यले…
बुटवल : रुपन्देहीको तिलोत्तमामा नेकपा एमालेका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबिच झडप भएको छ। सोमबार राति भएको झडपका क्रममा तिलोत्तमा नगरपालिका १६ बिहुलीका सन्जीव भण्डारी र सागर रेग्मी घाइते भएका छन्। आक्रमणबाट भण्डारीको कान, छाती र टाउकोको पछाडि गहिरो चोट लागेको छ भने रेग्मीको अवस्था सामान्य छ। घाइते भण्डारीको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको छ। स्थानीय कांग्रेस कार्यकर्ताहरुले उनीहरुमाथि…
दक्षिण भारतीय अभिनेता महेश बाबुले बलिउडले आफूलाई ‘अफोर्ड’ गर्न नसक्ने बताएका छन्। एक फिल्मको ट्रेलर लन्चमा पुगेका उनले हिन्दी फिल्ममा काम गरेर समय बर्बाद गर्न नचाहेको समेत बताएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। दक्षिण भारतीय फिल्ममा आफूले निकै सम्मान पाएको बताउँदै बलिउडबाट पनि अफर आएको बताए। ‘मलाई अफर आएको हो। तर मलाई लाग्छ उनीहरु मलाई अफोर्ड गर्न सक्दैनन्। म हिन्दी…
काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि दलहरुले अन्तिम तयारी गरिरहेका छन्। आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएकाले उम्मेदवारहरुले घरदैलोलाई तीब्रता दिएको छ। साथै, ठुला राजनीतिक दलहरु चुनावी सभामा केन्द्रित भएका छन्। चुनावी प्रचारप्रसारको अन्तिम दिन ठुला दलहरु चुनावी सभामा व्यस्त हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरु भने घरदैलोमा व्यस्त छन्। राप्रपाबाट काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार मदनदास…
बलिउड फिल्म ‘द कश्मीर फाइल्स’लाई सिंगापुर सरकारले प्रदर्शनमा रोक लगाएको छ। समीक्षात्मक र व्यावसायिक रूपमा सफल यस फिल्मलाई सिंगापुर सरकारले फिल्म एकतर्फी भएको भनि प्रदर्शन गर्न नदिने बताएको छ। सिंगापुरले इन्फोकम मिडिया विकास प्राधिकरण, संस्कृति, समुदाय तथा युवा मन्त्रालय र गृह मन्त्रालयसँगको सहकार्यमा संयुक्त प्रेस विज्ञप्ति जारी गरेको थियो। फिल्म पूर्वाग्रही भएको र विभिन्न समुदायमा मतभेद सिर्जना गर्ने उनीहरूको आरोप छ। …
आर्थिक संकटमा फसेको श्रीलंकामा राजनीतिक संकट पनि चुलिएको छ। प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले राजीनामा दिएपछि कोलम्बो लगायतका शहरमा हिंसात्मक प्रदर्शन भएका छन्। राजापाक्षेलाई अहिले विद्रोहीहरुबाट बचाउन सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेको छ। सोमबार राति विपक्षीहरुले राजापाक्षेको घर जलाएका थिए। यस्तै, अन्य मन्त्रीहरुको घर समेत जलाइएको छ। श्रीलंका अहिले आर्थिक हिसाबले खराब स्थितिमा छ। खाना र इन्धनको कमी, बिजुलीमा कटौती र महँगीले नराम्ररी…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको उम्मेदवारलाई जिताउन आग्रह गरेका छन्। मंगलवार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर टिमका उमेदवारलाई भोट माग्न कार्यकर्ताहरुलाई आग्रह गरे। ‘यो बहुदल अन्तर्गतको चुनाव हो,’ सिंहले भने, ‘यहाँ टिमलाई भोट माग्ने काम गर्नुपर्यो। वडा अध्यक्षहरुले आफ्नो वडासदस्य, मेयर र उपमेयरलाई भोट…
काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको मौन अवधि कायम रहन्छ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको जनाएको छ। मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको…
रसिया र युक्रेनबिच युद्ध भइरहेको ७५ दिन पुगेको छ। रसियाले लुहान्सक र डोनबास क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेपछि युद्ध सुरु भएको थियो। दुवै क्षेत्रमा अहिले पनि युद्ध जारी छ। यस्तै, मरिपोल क्षेत्रमा पनि दुई देशका सेनाबिच युद्ध जारी छ। हालसम्म ५८ लाख भन्दा बढीले युक्रेन छाडिसकेका छन्। सबैभन्दा बढी युक्रेनीहरु पोल्याण्ड पलायन भएका छन्। पोल्याण्डमा मात्रै ३१ लाख ६७ हजार…
बेलायतका अनुसन्धानकर्ताहरुले आउने पाँच वर्षमा विश्वको तापक्रम १.५ सेल्सियलले बढ्न सक्ने अनुमान गरेका छन्। बेलायतको मेट अफिसका अनुसन्धानकर्ताहरुले ५ वर्षमा विश्वको तापक्रम ‘थ्रेडहोल्ड’ भन्दा बढ्न सक्ने सम्भावना ५०-५० प्रतिशत रहेको बताएका हुन्। उनीहरुले त्यस प्रकारको तापक्रम वृद्धि अस्थायी हुने पनि बताएका छन्। अनुसन्धानकर्ताहरुले सन् २०२२ देखि २०२६ सम्म विश्वको तापक्रम सबैभन्दा बढी हुने अनुमान गरेका छन्। पछिल्लो ३० वर्षमा विश्वको…
काठमाडौं: १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाएकी भारत्तोलनकी खेलाडी सञ्जु चौधरी मृत अवस्थमा फेला परेकी छिन्। ललितपुरको महालक्ष्मीस्थानस्थित भाडामा बस्दै गरेको घरमा उनी मृत झुण्डिएको अवस्थामा फेला परेकी हुन्।२४ वर्षीया चौधरी एक्लै बस्दै आएकी थिइन्। घरबेटीले उनलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थल पुगेर मुचुल्का उठाएको छ। शवलाई हाल पोस्टमार्टमका लागि पठाइएको छ। घटनाबारे थप अनुसन्धान…
काठमाडौं : कपिलवस्तुको महाराजगंज नगरपालिकाकी उपमेयर पदकी उम्मेदवार सुभावती कुर्मीको निधन भएको छ। ब्रेन हेमेरजका कारण उनको मृत्यु भएको मेयरका सोही नगरपालिकाका मेयरका उम्मेदवारसमेत रहेका कांग्रेस जिल्ला सभापति अब्दुल कलामले जानकारी दिए। 'ब्रेन हेमरेज भएछ। अस्पताल लगेको थियो। त्यही ज्यान गयो,' कलामले पहिलोपोस्टसँग भने। कुर्मीको गएराति १ बजे तौलिहवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए। कुर्मीको मृत्युबारे निर्वाचन आयोगलाई…
श्रीलंकामा आर्थिक संकटले निम्ताएको असन्तुष्टीले भयानक रुप लिन थालेको छ। सोमवार प्रधानमन्त्री महिन्द्रा राजपाक्षेले दबाबमा आएर राजीनामा दिएपछि उनका समर्थकले कोलम्बोमा प्रदर्शन गरेका थिए। यससँगै उनका विरोधी पनि थप उग्र बनेका छन्। राजापाक्षेका समर्थकले कोलम्बो छाडेर जान खोज्दा उनीहरुको गाडी निशानामा परेको बताइएको छ। त्यस्तै प्रदर्शनकारीहरुले हंबनटोटास्थित महिन्द्रा राजापेक्षेको पुर्ख्यौली घरमा पनि आगजनी गरेको जनाइएको छ। त्यस्तै राजधानीमा पूर्वमन्त्री जोनसन फर्नान्डोलाई कारसहित…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बइ इण्डियन्स कोलकत्ता नाइट राइडर्ससँग पराजित भएको छ। मुम्बइस्थित डीवाइ पाटिल स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले ५२ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। कोलकत्ताका लागि ओपनरद्व वेङ्कटेस ऐय्यर र अजिन्क्य रहाणेले सानदार सुरुवात दिलाउँदै क्रमश ४३ र २५ रन बनाए।…
बुटवलः बुटवलमा नेकपा (एमाले) का उम्मेदवार सवार गाडीमा आक्रमण भएको छ। सोमबार साँझ प्रचारप्रसारका क्रममा बुटवल उपमहानगरपालिका १२ का वडाध्यक्ष पदका उम्मेदवार देवीप्रसाद रेग्मीमाथि आक्रमण भएको हो। आक्रमणमा उनी सवार बा २० च ६७८५ नम्बरको गाडीमा क्षति पुगेको छ। नयाँगाउँ मावि नजिकै प्रचारमा हिँडेका रेग्मीको गाडीमा एक्कासी ढुंगा प्रहार भएको थियो। ढुंगा प्रहारबाट गाडीको सिसा फुटेको इलाका प्रहरी कार्यालय बुटवलका…
पोल्यान्डका लागि रसियाली राजदूत सर्गेई एन्ड्रिभलाई वार्समा रातो रंग छ्यापिएको छ। युक्रेनमाथि रसियाले गरेको आक्रमणको विरोधमा प्रदर्शनकारीहरुले राजदूत सर्गेईमाथि रातो रंग छ्यापेका हुन्। उनलाई प्रदर्शनकारीहरुले दोस्रो विश्वयुद्धमा मारिएका रेड आर्मीका सेनाहरूलाई सोमवार वार्सको चिहानमा श्रद्धाञ्जली दिनबाट रोकेका थिए। रसियाली विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले सो आक्रमणको निन्दा गरेकी छिन्। उनले भनेकी छिन्, 'हामी यसबाट डराउने छैनौँ, युरोपका मानिसहरु ऐनामा आफ्नो…
पोखराः पोखरा महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका विमलबहादुर कार्कीले गठबन्धनलाई सहयोग गर्ने भएका छन्। कांग्रेस नेता कार्कीले गठबन्धनको विरोध गर्दै उम्मेदवारी दिएका थिए। पार्टीले कारबाही गर्ने चेतावनी दिँदा समेत आफ्नो उम्मेदवारी फिर्ता नगर्ने अडान राखेका विमलले सोमबार सार्वजनिक अपिल गर्दै गठबन्धनका साझा उम्मेदवारलाई सहयोग गर्ने बताएका छन्। कार्कीले गठबन्धनका साझा उम्मेदवार प्रमुख प्रत्यासी धनराज आचार्य र उपप्रमुख कोपिला रानाभाटलाई…