वीरगंजः चुनाव प्रचारमा हिँडेका सर्लाहीको हरिवन नगरपालिका ११ बालगंगाका नेकपा (माओवादी केन्द्र) का वडाध्यक्षका उम्मेदवारसहित पाँच जना बिरामी भएका छन्। वडाध्यक्षका उम्मेदवार शेख इस्तिहार, वडा सदस्यका उम्मेदवारहरू ओमप्रकाश रौनियार, पूर्णिमा भण्डारी, शेख आरिफ, शेख रियाज गरी ५ जना बिरामी भएका हुन्। बिरामीमध्ये इस्तिहार र रौनियारको वीरगंजको बयोधा अस्पतालमा र बाँकी तीन जनाको सर्लाहीकै हरिवनमा रहेको स्वाभिमान अस्पतालमा उपचार भइरहेको सर्लाहीका…
काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेसँगै संसद् सचिवालयले आन्तरिक तयारी थालेको छ। चुनावका कारण योपटक नियमित समयभन्दा ढिला अधिवेशन प्रारम्भ हुन लागेको हो। अघिल्ला वर्षहरुमा ढिलामा पनि वैशाख २५ अघि अधिवेशनका बैठक प्रारम्भ भएका थिए। अधिवेशन प्रारम्भसँगै संसद सचिवालयले सरकारसँगको परामर्शमा आन्तरिक कार्यतालिका तयारी गरेको छ। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाको भेटपछि प्रिबजेट छलफल,…
काठमाडौँः संघीय संसद्को बर्खे अधिवेशन आइतबार आह्वान भएको छ। अधिवेशन आह्वानसँगै सरकारको सिफारिसमा दुई अध्यादेश पनि राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन्। राष्ट्रपति कार्यालयका अनुसार औषधि तेस्रो संशोधन अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी भएका हुन्। संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेश जारी गरिएको हो। सामान्यतया अधिवेशन नभएको अवस्थामा तत्काल कुनै कानुन आवश्यक भए अध्यादेश…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादलाई हराएको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले हैदराबादमाथि ६७ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको थियो। बेङ्ग्लोरका लागि कप्तान फाफ डुप्लिसिसले सर्वाधिक अविजित ७३ रन बनाउँदा रजत पटिदरले ४८, ग्लेन म्याक्सवेलले ३३ र…
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तह निर्वाचन हुने दिन अत्यावश्यक र अनुमति दिएका सवारी साधनमात्रै प्रयोग गर्न आग्रह गरेको छ। बैशाख ३० गते हुने निर्वाचनमा सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै प्रशासनले सवारीसाधन संचालनमा रोक लगाएको हो। प्रशासनले मतदानका दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधनहरु बाहेक अन्य सवारी साधनहरु बिहान ६ बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्म संचालनमा रोक…
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबिचको विवादको सत्यतथ्य पहिचान गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ। ललितपुरस्थित एन्फाको मुख्यालयमा आइतवार बसेको कार्यसमितिको आकस्मिक बैठकले फुटबलका मुख्य प्रशिक्षक र खेलाडीको विवादको सत्यतथ्य पहिचान गर्न आर्मीका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरेको हो। कमिटीमा पूर्व…
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तह निर्वाचनको समयमा मदिराजन्य पदार्थ बिक्री र सेवन गर्न प्रतिबन्ध लगाएको छ। स्थानीय तह निर्वाचन यही बैशाख ३० गते हुँदैछ। निर्वाचनलाई लक्षित गरेर प्रशासनले मदिराको बिक्री र सेवनमा रोक लगाएको हो। कार्यालयले एक विज्ञप्ति जारी गर्दै बैशाख २७ गते मध्यरातदेखि बैशाख ३० गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाएको…
काठमाडौं : चुनावको प्रचारप्रसारका क्रममा प्रसाद खाँदा बेहोस हुने घटना देखिएको भन्दै प्रहरीले सचेत गराएको छ। प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै चुनावको घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन सेवन गरेपछि कोही बेहोस हुने र कोही चक्कर लागेर लड्ने जस्ता घटनाहरु घटेको जानकारी दिएको छ। ‘निर्वाचन जस्तो संवेदनशील समयमा यस प्रकारका घटनाहरुबाट सुरक्षित रहन र त्यस्तो सूचना…
हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलहरु सुध्रिन नसकेको आरोप लगाएका छन्। जनताले पटकपटक नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मत दिएर सत्तामा पुर्याए पनि ती दलले काम नगरेको उनको दाबी थियो। हेटौंडामा आयोजित सभामा उनले स्थानीय तह निर्वाचनका लागि राप्रपाले भोट मागेको तर अर्को चुनावबाट जनताले काम हरेर आफूहरुलाई जिताउने ठोकुवा गरे…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन्। राष्ट्रपति कार्यालयले आइतवार सूचना जारी गरेर नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाएको छ।
काठमाडौं : जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन्। बगांलको खाडीमा बैशाख २३ गते देखि उत्पन्न न्यून चापिय अवस्था आइतवारको दिन समुन्द्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्व तयारी गर्न विज्ञहरुले सुझाएका हुन्। पछिल्लो विकसित प्रणालीबारे जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले…
काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुखका लागि सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंलाई व्यवस्थित बनाउन विज्ञहरुसँग सल्लाह लिएर अघि बढ्ने बताएका छन्। राजधानीमा आयोजित बुद्धिजिवी भेलालाई सम्बोधन गर्दै उनले विज्ञहरुसँगको सल्लाह र सहकार्य गरेर अघि बढ्ने बताएकी हुन्। उनले काठमाडौंको आफ्नै मौलिकपन भएको भन्दै महानगरको प्रमुख एजेन्डा नै शिक्षा, स्वास्थ्य र फोहोर व्यस्थापन रहेको बताइन्। पिएल सिंहको कार्यकालमा काठमाडौं महानगर बनाउने…
बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने निर्वाचनबाट एमालेको विजयी यात्रा सुरू हुने बताएका छन्। बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘अलच्छिनी परमादेशी सरकार’को संज्ञा दिए। भने, ‘म देशका विभिन्न ठाउँका सभा पुगें, जनतालाई गठबन्धनको कुनै मतलब छैन’ ओलीले भने, ‘अहिले हामीले जितेनौ भने, प्रादेशिक र संघीय सरकारले पठाउने योजना…
काठमाडौं : सरकारले जेठ ३ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३ गते अधिवेशन बोलाउन निर्णय गरेको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन बोलाउने संवैधानिक व्यवस्था रहेको छ। जेठ ३ गते दिउँसो ४ बजे अधिवेशन बोलाउन सिफारिस भएको छ। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसको कम्तीमा १५ दिनअघि…
पोखरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन कांग्रेसको लागि अति आवश्यक भएको बताएका छन्। कास्कीको पोखरामा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनको आवश्यक्ता प्रस्टाएका हुन्। देउवाले गठबन्धन बनेपछि गण्डकीमा कांग्रेसले मुख्यमन्त्री पाएको बताए। ‘गठबन्धन बनेपछि पोखराको अवस्था के छ। पार्टीको अवस्था के छ? नेपाली कांग्रेसको मुख्यमन्त्री भएको छ,’ प्रधानमन्त्री देउवाले भने। केन्द्रमा पनि गठबन्धनकै…
पोखरा : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धन टुटाउने षड्यन्त्र अझै चलिरहेको आरोप लगाएका छन्। कास्कीमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन्। ‘यो गठबन्धन जन्मने दिनदेखि नै प्रतिक्रियावादीहरु लगातार टुटाउने प्रयासमा लागिरहेका छन्’, प्रचण्डले भने, ‘अहिलेको निर्वाचनमा पनि यो संविधान राष्ट्र र गणतन्त्रलाई रक्षा गर्ने गठबन्धनलाई विभाजित गर्ने कुनै न…
पोखरा : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली बयलगाढा दर्शनको प्रवर्तक भएको आरोप लगाएका छन्। पोखरामा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेपालले राजाको शासन ढाल्नै नसक्ने बताउने ओली नै गणतन्त्र नेपालको प्रधानमन्त्री बन्नु बिडम्बना भएको तर्क गरे। 'बयलगाढा दर्शनको प्रवर्तक बयलगाढा चढेर अमेरिका जानु र आन्दोलन गरेर ज्ञानेन्द्रको शासन ढाल्नु र गणतन्त्र ल्याउनु…
रणवीर कपूर र आलिया भट्ट अभिनित बलिउड फिल्म ‘ब्रह्मास्त्र’ले नयाँ रेकर्ड कायम गरेको छ। वाल्ट डिज्नी स्टुडियो पिक्चर्सको ग्लोबल रिलिज क्यालेन्डरमा समावेश भएर यस फिल्मले भारतमा इतिहास रचेको छ। डिज्नीको ग्लोबल रिलिज क्यालेन्डरमा समावेश हुने यो भारतको पहिलो फिल्म बनेको छ। हलिउडतर्फ भने यस क्यालेन्डरमा जेम्स क्यामरूनको ‘अवतार : द वे अफ वाटर’, ‘थोर : लभ एण्ड थण्डर’, ‘ब्ल्याक प्यान्थर…
काठमाडौं : स्थानीय तहको निर्वाचनका दिन सबै आन्तरिक वायु सेवा कम्पनीहरुको सेवा बन्द हुने भएको छ। वायु सेवा संचालक संघले आइतबार विज्ञप्ति जारी गर्दै शुक्रबार सेवा बन्द गर्ने निर्णय भएको जनाएको हो। स्थानीय तह निर्वाचन आगामी शुक्रबार (वैशाख ३० गते) हुँदैछ। सो दिन सरकारले पनि सार्वजनिक बिदा दिने तयारी गरिरहेको छ। उक्त दिन सबै खालका यातायात सेवा पनि बन्द हुनेछ। 'स्थानीय तह…
मुनव्वर फारूकी रियालिटी शो ‘लक अप’का विजेता बनेका छन्। शनिवार राति भएको ग्राण्ड फिनालेमा कंगना रनौतले विजेताको नाम घोषणा गरेकी हुन्। फिनालेमा मुनव्वरका साथै अञ्जली अरोरा, पायल रोहतगी र शिवम पुगेका थिए। तर, सबैलाई पछि पार्दैँ मुनव्वर ७० दिनको संघर्षपछि ‘लक अप’का विजेता बन्न सफल भए। ‘लक अप’का विजेता बनेका फारूकी स्ट्यान्डअप कमेडियन समेत हुन्। उनले शोमा आफ्नो निजी जीवनका किस्साहरू…