काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला दिनहरुमा पाँच दलीय गठबन्धनको आयु असार १७ गतेसम्म मात्र भएको बताउँदै आएका छन्। शनिवार विराटनगरमा आयोजित चुनावी सभामा पनि ओलीले यही विषय दोहोर्याए। ‘शेरबहादुरजीलाई म भन्न चाहन्छु, तपाईँ ज्योतिषमा धेरै विश्वास गर्नुहुन्छ,’ ओलीले भने, ‘आउँदो असार १७ गते तपाईँका ग्रह-नक्षत्र कहाँ छन्, आफ्ना ज्योतिषीलाई हेर्न लगाउनु होला। विचरा शेरबहादुरजीको सातोपुत्लो उडिरहेको होला।’ ओलीको यो…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको ५ दिन बाँकी रहँदा ६७ बुँदे अपिल गरेका छन्। एमालेले मात्रै विकासका काम गर्न सक्ने भन्दै मत दिन ओलीको आग्रह गरेका छन्। नेपाली कांग्रेसको चर्को आलोचना गरेका ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका कामको व्याख्या गरेका छन्। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले निर्वाचन आयोगलाई आचारसंहितालाई पालना गराउन पनि आग्रह…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसको चर्को आलोचना गरेका छन्। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको कम र कांग्रेसमाथि बढी खनिएका ओलीले कांग्रेसमाथि विभिन्न आरोप लगाएका छन्। एमालेको पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले देशलाई समृद्ध बनाउन एमालेले चाहेको भए पनि कांग्रेसले भताभुंग बनाएको आरोप लगाए। ओलीले कांग्रेसले संसदलाई मिचेको आरोप मात्रै…
काठमाडौं : फिल्म 'हनी बनी' मा अभिनेत्री जसिता गुरूङ अनुबन्धित भएकी छिन्। निर्देशक दिवाकर भट्टराईले जसितासँग सम्झौता भइसकेको जानकारी दिएका छन्। यसअघि फिल्मको मुख्य भूमिकामा अनमोल केसी र सारा सिर्पाइली देखिने पक्का भएको थियो। तर उनीहरू फिल्मबाट बाहिरिएसँगै साराको सट्टामा जसिताको इन्ट्री भएको हो। मुख्य अभिनेत्री पक्का भए पनि मुख्य अभिनेताको भने टुंगो लाग्न सकेको छैन्। रोमान्टिक कमेडी जनरामा निर्माण…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमात्रै राष्ट्रियताको पहरेदारी गर्ने दल भएको दावी गरेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ओलीले एमालेले नेपाललाई विश्वकै विकास र सर्वसुलभ देश बनाउन चाहेको बताए। 'समृद्ध नेपाल सुखी नेपाली बनाउने हाम्रो ध्येय हो। राष्ट्रिय गन्तव तय गरेर अघि बढेमात्रै साकार पार्न सकिन्छ। त्यसका लागि गतिशील संगठन चाहिन्छ,' ओलीले भने। ओलीले विकासका लागि राष्ट्रिय…
काठमाडौंः सरकारले स्थानीय तह निर्वाचनको सुरक्षामा खटिने सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरको हो। उक्त प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणले मन्त्रिपरिषदमा लागेका थिए। ‘निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी,…
रोल्पा: रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले जानकारी दिए। रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा४प ४८१ नंको मोटरसाइकल अनियन्त्रित भई माडी गाउँपलिका–४ तार्केबाङ नजिक शनिबार साँझ दुर्घटना हुँदा उहाँको मृत्यु जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको…
तालिवानले शनिवार महिलाहरुका लागि नयाँ नियम जारी गरेका छ। जस अन्तर्गत महिलाहरुले सार्वजनिक स्थानमा आफ्नो अनुहार ढाक्नुपर्नेछ। यदि महिलाले यो नियम उल्लंङघन गरेको खण्डमा ती महिलाको बुवा, श्रीमान या नजिकको पुरुष आफन्तलाई जेलमा हालिनेछ या सरकारी जागिर भए निकालिने छ। तालिवानका प्रवक्ताले काबुलमा पत्रकार सम्मेलन गर्दै तालिवानी नेता हिबातुल्लाह अखुंदजादाको यो आदेश पढेर सुनाएका थिए। यो आदेशमा अनुहार ढाक्नका लागि…
काठमाडौ: पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानबाट सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझदेखि सडक अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान साढे ५ बजेबाट सञ्चालनमा आएको हो। नारायणगढ मुग्लिन सडक खण्ड बिहान सवा ४ बजे अबरुद हटेको थियो। तर, ५ बजे पुन पहिरोको सानो ढिस्को खसि बाटो अवरोध भएको थियो। उक्त…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसमाथि जित निकालेको छ। बेनिटो भिल्लामारिन स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली रियल बेटिसमाथि २-१ गोलअन्तरको जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ७६ औं मिनेटमा जोर्डी अल्बाको पासमा अंशु फाटीले गोल गर्दा बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो। तर, त्यसको तीन मिनेट नबित्दै घरेलु टोलीका मार्क बर्ट्राले गोल गर्दै…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड ब्राइटोनसँग पराजित भएको छ। फाल्मर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली ब्राइटोनले युनाइटेडमाथि ४-० को सानदार जित निकालेको हो। खेलको १५ औं मिनेटमै मोइसेस काइसेडोको गोलमा अग्रता बनाएको ब्राइटोन पहिलो हाफमा एक गोलले अघि रह्यो। खेलको ४९ औं मिनेटमा मार्स कुकुरेल्लाले गोल थप्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। त्यस्तै त्यस्तै पास्कल ग्रोबले…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा लखनउ सुपर जाइन्टले कोलकत्ता नाइटराइडर्सलाई हराएको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा सम्पन्न खेलमा लखनउले कोलकत्तामाथि ७५ रनको सहज जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। जसका लागि ओपनर क्विन्टन डी ककले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५० रन बनाउँदा दीपक होडाले ४१…
जनकपुरधाम : नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरोधमा बोल्नेलाई समेत कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन्। बागी उम्मेदवारलाई धमाधम कारवाही गरेको उल्लेख गर्दै देउवाले यस्तो धारणा राखेका हुन्। ‘कुनै पार्टीलाई कहीँ चित्त बुझ्ला, कुनैलाई चित्त नबुझ्ला। निर्णय भएपछि मान्नुपर्छ। पार्टीको अनुशासनमा बस्नुपर्छ,’ जनकपुरधामको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘मेरो पार्टीमा नमान्नेलाई कारवाही गरेको छु। साधारण सदस्य…
जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै मेहनतपछि गठबन्धन बनेको बताएका छन्। जनकपुरधाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। ‘धेरै मेहनतपछि गठबन्धन बनेको हो। स्थानीय तहमा पनि गठबन्धन कायम राख्न कयौ रात नसुतेर पनि महानगर उपहानगरमा प्रमुख र उपप्रमुख गठबन्धन गर्ने निर्णय गर्यौं,’ प्रचण्डले भने, ‘यो एतिहासिक निर्णय हो। प्रदेश र संघको निर्वाचनमात्र हैन गठबन्धनको…
जनकपुरधाम : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनकपुरमा यसपटक गठबन्धनका उम्मेदवारलाई जिताएर नयाँ रेकर्ड राख्नुपर्ने बताएका छन्। जनकपुरमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन्। ‘जनकपुरमा बेलाबेला बागीले जित्ने रेकर्ड छ। यो रेकर्ड तोड्नुपर्छ यसपटक,’ पौडेलले भने। जनकको जन्मभूमि, सीताको जन्मभूमि यो जनकपुर भएको शान्तिभूमि र क्रान्तिभूमि भएको पौडेलले बताए। 'राजा महेन्द्रमाथि बम हान्न सक्ने जनकपुर।…
काठमाडौँः पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ हजार ७ सय १६ जनामा परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टी भएको हो। सोही अवधिमा १६ जना कोरोना मुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या २ सय ५ रहेको छ। पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या भने शून्य रहेको छ।…
काठमाडौं: नेपाली क्रिकेट टोलीले जिम्बावे 'ए' सँगको एकदिवसीय अभ्यास सिरिजको दोस्रो खेलमा जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले जिम्बावेमाथि ९ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावेले फितलो ब्याटिङ गर्दै ३१.५ ओभरमा अलआउट हुँदै ८७ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १ विकेटको क्षतिमा ११.२ ओभरमा लक्ष्य पुरा गर्यो। सुरुवाती ब्याटिङ गरेको जिम्बावेले पहिलो…
क्युबाको एउटा पाँचतारे होटलमा भएको विस्फोटमा परी कम्तिमा २२ जनाले ज्यान गुमाएका छन् भने ६० भन्दा धेरै मानिस घाइते भएका छन्। क्युबाकै एक्स्कुसिभ पाँच तारे होटल सारातोगाको अगाडि पार्क गरिएको ग्यासको ट्याङ्कर पड्किँदा होटल तहसनहस भएको अनुमान गरिएको छ। पुरानो हाभानामा रहेको होटलका तल्लाहरु ध्वस्त भएका हुन्। कोभिड १९ का कारण प्रभावित भएको होटल ४ दिनपछि खुल्ने तयारीमा थियो। तर,…
सप्तरीः भोज भतेरमा खाना बनाउन बोलाइ साथीको हत्या गरी फरार रहेका सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी पक्राउ परेका मियाँलाई सार्वजनिक गरेको हो। निर्वाचनको मुखमा भारतबाट नेपाल प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा पुगेको टोलीले उनलाई बोदे बर्साइनबाट पक्राउ गरेको…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ। राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले शनिवार लोगो, मस्कट र नारा राखेपमा सार्वजनिक गरेका हुन्। राखेपका बोर्ड एवम् कार्यकारी समितिका सदस्य एकीन्द्र कुँवरको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले लोगो र मस्कट छनोट गरेको हो। छनोट भएको लोगो र मस्कट काठमाडौंको मैतीदेवी निवासी…