काठमाडौं : बिवाहमा दाइजो मागेको अभियोगमा प्रहरीले एक जना बेहुलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले झापा गाउँपालिका वडा नम्बर ४ बस्ने विशेश्वर चौधरीको छोरा २८ वर्षीय डेबिट चौधरीलाई नियन्त्रणत्मा लिएको हो।शुक्रवार झापा मेचीनगर नगरपालिका वडा नम्बर १५ बस्ने पुष्पलाल राजवंशीको छोरीको बिवाहमा डेबिट चौधरीले दाइजोमा मोटरसाइकल नदिएको भनी विवाद गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी…
काठमाडौं: नेपाल र जिम्बावे 'ए' बीचको एकदिवसीय अभ्यास सिरिजको दोस्रो खेलमा जिम्बावेले कमजोर सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरुवाती ब्याटिङ गरेको जिम्बावे ३१.५ ओभरमा ८७ रनमा समेटिएको हो। टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावेले पहिलो बलबाटै विकेट गुमाउन सुरु गरेको थियो। जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाउँदा ब्राड इभान्सले अविजित २० रन बनाए। त्यस्तै सेफाज झुवाओले १०…
सुर्खेत: निर्वाचन प्रचार प्रसारमा प्रयोग गरिएका दुई वटा गाडीमा बैशाख २३ गते राती आगजनी भएको छ। वीरेन्द्रनगर ६ जुम्लारोडस्थित रोकी राखेको अवस्थामा अज्ञात समूहले आगजनी गरेको हो। गठबन्धन दल नेकपा माओवादी केन्द्रले प्रयोग गर्दै आएको बा १४ च ६८३१ नम्बरको स्कार्पियोमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पदमबहादुर विष्टले जानकारी दिए। उक्त गाडी वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख पदको उम्मेदवार शान्ति ढकालले…
जनकपुर:नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्षनेता आज धनुषाको जनकपुरधाम आउँदैछन्। पाँच दलीय गठबन्धनद्वारा आज जनकपुरधाममा आयोजना हुन लागेको चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेता यहाँ आउन लागेका हुन। जनकपुरधामस्थित तिरहुतियामा दिउँसो २ बजे आयोजना हुने चुनावीसभालाई कांग्रेस सभापति प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका…
सहयोग रञ्जित र प्रकाश भण्डारी - ‘आज घरदैलो स्थगित गरेर भेटघाट मात्रै गरिरहेको छु,’ भक्तपुर नगरपालिकाका निवर्तमान मेयर सुनिल प्रजापतिलाई बिहीवार भेट्न पुग्दा दिउँसो अलि फुर्सदिलो भएको सुनाए। कुलपूजा भएकाले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले चुनाव प्रचार प्रसारलाई बिहीवार स्थगित गरेको थियो। बिहानको भेटघाट सकेर खाना खान दिउँसो घर आइपुगेका थिए उनी। त्यहीँ मेसोमा संवादका लागि समय मिलाए उनले। २०७४…
काठमाडौं: नेपाली क्रिकेट टोलीले एकदिवसीय अभ्यास सिरिज अन्तर्गत आज जिम्बावेसँग खेल्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर जिम्बावेलाई ब्याटिङको निम्ता दिएको छ। शुक्रवार तीन खेलको सिरिजको पहिलो खेलमा पराजय ब्यहोरेको नेपाली टोलीले आज दोस्रो खेलमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ। टीयू क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको…
बिहीवार सत्तारुढ दलका नेताबाट जे जस्ता अभिव्यक्ति प्रकट भए, त्यसले मुलुकको राजनीति निरंकुशता उन्मुख त हुँदैछैन भन्ने संदेश दिएको छ। चुनावी अभियानमा एकअर्काप्रति राजनीतिक दलहरुको असहिष्णु अभिव्यक्तिको श्रृङ्खाला जारी नै छ। गाली गलौचको तल्लो स्तरमा उत्रेर गठबन्धन दलका नेता र प्रमुख प्रतिपक्षी दलका नेताहरुबाट आएका अभिव्यक्तिको जति निन्दा गरे पनि कम हुन्छ। यस्तै निन्दनीय अभिव्यक्तिका बिच सत्तारुढ दलका प्रमुख नेताहरुबाट…
संसारमा यस्ता धेरै रोबोटहरु छन् जसले मानिसहरुले गर्ने जस्तो सुकै गाह्रो काम पनि सजिलै गर्न सक्छन्। रोबोटले आफ्ना क्षमताहरु विकसित गर्दै लगेको छ। यस्तोमा एक रोबोटलाई खानाको स्वाद थाहा पाउन सक्ने तालिम दिइएको छ। खाना पर्याप्त नुनिलो छ कि छैन भनेर मानिसले जस्तै पत्ता लगाउन सक्नेगरी रोबोटलाई खानेकुरा चपाउने प्रक्रियाका विभिन्न चरणहरूमा ‘स्वाद’ लिन सक्ने तालिम दिइएको हो। क्याम्ब्रिज विश्वविद्यालयका…
काठमाडौं: नेपाली क्रिकेट टोलीले एकदिवसीय अभ्यास सिरिज अन्तर्गत आज जिम्बावेसँग खेल्दैछ। शुक्रवार पहिलो खेलमा पराजय ब्यहोरेको नेपाली टोलीले शनिवार दोस्रो खेलमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपाल ३ विकेटले पराजित भएको थियो। सिरिजको तेस्रो खेल सोमवार हुनेछ। यसअघि सम्पन्न टी…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा अंकतालिकाको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स तालिकाको पुछारमा रहेको मुम्बइ इण्डियन्ससँग पराजित भएको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न मुम्बइले ५ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। मुम्बइका लागि ओपनर इशान किसनले ४५ र रोहित शर्माले ४३ रन बनाउँदै राम्रो…
कैलालीः प्रधानमन्त्रीपत्नी एवं कांग्रेस नेतृ आरजु राण देउवा यतिबेला चुनाव प्रचारका क्रममा सुदूरपश्चिम प्रदेशमा छिन्। गृहजिल्ला डडेल्धुरालगायतका क्षेत्रमा चुनावी अभियानमा सक्रिय उनी आफ्ना अभिव्यक्तिका कारण पनि चर्चामा छिन्। कांग्रेसले नजितेका स्थानीय तहमा बजेट नपठाउने उद्घोष गरिसकेकी उनले शुक्रबारको एक कार्यक्रममा फेरि उनले मतदातालाई मलेसिया पठाउने स्किम सार्वजनिक गरेकी छन्। त्यो पनि छानिएका ५/६ जनालाई मात्र। धनगढीको एक वडास्तरीय चुनावी सभालाई…
काठमाडौँ: स्थानीय तह निर्वाचनका लागि प्रमुख/अध्यक्ष पदका लागि महिलाको सबैभन्दा कम उम्मेदवारी सुदूरपश्चिममा परेको छ। प्रमुखमा १३ जना र अध्यक्षमा ५ जना गरी जम्मा १८ जना महिलाले मात्रै स्थानीय तहको नेतृत्वका लागि उम्मेदवारी दिएका हुन्। महिलाहरुले प्रमुख/अध्यक्षका लागि सबैभन्दा बढी उम्मेदवारी मधेश प्रदेशबाट दिएका छन्। प्रमुखमा ५४ र अध्यक्षमा ३७ जना गरी ९१ जना महिला नेतृत्वका लागि उम्मेदवारी दिएको निर्वाचन आयोगले…
काठमाडौँः नेशनल म्युजिक अवार्ड -२०७८ सम्पन्न भएको छ। रेडियो कान्तिपुरको २३औँ अवसरमा काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रमबीच विभिन्न १५ विधामा अवार्ड प्रदान गरिएको थियो। दीर्घ साधना सम्मान कुमार बस्नेतलाई प्रदान गरिएको छ। बस्नेतलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरिएको हो। कसलाई कुन अवार्ड उत्कृष्ट नव प्रतिभाः अंकित श्रेष्ठ (लजाएर एक्लै किन) उत्कृष्ट शब्द रचनाः आनन्द अधिकारी (मैले त बिन्ती बिसाको) उत्कृष्ट…
काठमाडौं : नेकपाको असन्तुष्ट पक्षको राष्ट्रिय भेला सकिएको छ। धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्दै राष्ट्रिय भेला सकिएको केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए। भेलाले एकीकृत जनक्रान्तिको कार्यदिशासमेत खारेज गरेको उनले बताए। नेत्रविक्रम चन्द ‘विप्लव’ र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई कारबाही गरेको असन्तुष्ट समूहले पार्टीको नाम परिवर्तन नगरे पनि सहज रुपमा बुझ्न नेकपा (बहुमत) ले चिनाउने जनाएको लोहनीले…
काठमाडौं : निर्वाचन आयोगले राजनीतिक दलका उम्मेदवारले चुनावका बेलामा गर्ने खर्चको सूक्ष्म अनुगमन गर्न निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ। आयोगले शुक्रवार विज्ञप्ति जारी गर्दै दलहरुको प्रचारप्रसारको अनुगमन गर्न निर्देशन दिएको हो। दलहरुको खर्चको गोप्य रुपमा आयोगमा सूचना पठाउन आयोगले भनेको छ। ‘निर्वाचन प्रचारप्रसारका सम्बन्धमा भएका आमसभा, जुलुस, हेलिकप्टरको प्रयोग जस्ता महत्वपूर्ण क्रियाकलापको सम्बन्धमा सूक्ष्म अनुगमन गरी वा गर्न लगाई खर्च विवरण…
काठमाडौं : स्वास्थ्य मन्त्रालयले निर्वाचन केन्द्रमा कोरोनाविरुद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्पष्ट पारेको छ। विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाविरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भएपनि आजसम्म त्यस्तो कुनै निर्णय नभएको स्पष्ट पारेको हो। केहीदिन यता विभिन्न सञ्चारमाध्यमहरुमा बैशाख ३० गते देशभर एकसाथ हुने स्थानीय तहको निर्वाचनमा हरेक मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप लगाइने…
काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं र भरतपुर महानगर प्रमुखका महिला प्रत्यासीलाई जिताउन सबैजना लाग्नुपर्ने बताएका छन्। आज राजधानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दे उनले महिला प्रत्यासीहरु हारे विश्वले के भन्ला भनेर प्रश्न समेत गरे। ‘राजधानीमा महिला हारे राष्ट्रिय अन्तर्राष्ट्रियले के भन्ला? दुबै महिलाले जित्नुपर्छ,’ उनले भने। भरतपुर महानगरमा गठबन्धनबाट रेनु दाहाल र काठमाडौं महानगरमा सिर्जना सिंह…
काठमाडौं : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि डीआईजी बसन्त कुमार लामा सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा समितिले डीआईजी लामालाई बढुवा गर्ने सिफारिस गरेको हो। एआईजी धीरजप्रताप सिंह आईजीमा बढुवा भएपछि एआईजी पद रिक्त थियो। बढुवा सिफारिसमा परेका लामा प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफूले अघि बढाएर गल्ती गरेको बताएका छन्। सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीलाई नायकका रुपमा अघि बढाउन खोज्दा उनी खलनायक बनेको बताए। ‘केपी शर्मा ओलीलाई नायकको रुपमा आफूहरुले अघि बढाएको थियौं। उनी खलनायकका रुपमा देखिए,’ उनले भने। अघिल्लो निर्वाचनमा कांग्रेससँगको एकतामा निर्वाचन लड्दा राम्रो…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा महिलाहरु अघि बढेको देखेर खुशी लागेको बताएका छन्। आज शान्तिबाटिकमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले काठमाडौं र भरतपुर महानगरमा दुई महिला प्रत्यासी भएको भन्दै अब महिललाई जिताउन पर्ने बताएका हुन्। काठमाडौं महानगरमा गठबन्धनबाट सिर्जना सिंह र भरतपुर महानगरमा रेनु दाहाल प्रमुख पदमा प्रत्यासी छन्। ‘खुशी लागेको छ।…