PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

  • कहिँ नभएको जात्रा ओलीको पालामा, गफले जनताको मन जितिदैन : माधव नेपाल

    कहिँ नभएको जात्रा ओलीको पालामा, गफले जनताको मन जितिदैन : माधव नेपाल

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्थायित्वका लागि एक भएर जानुको विकल्प नभएको बताएका छन्। राजधानीमा आयोजित चुनावी सभामा उनले प्रतिगामी शक्तिहरु अहिले संविधानविरुद्ध लागेको भन्दै वाम लोकतन्त्रिक गठबन्धन एक भएर जानु पर्ने बताएका हुन्। ‘एक भएर जानुको विकल्प छैन। दुईटा गठबन्धन छ। वाम लोकतन्त्रिक र अर्को प्रतिगामी दक्षिणपन्थी गठबन्धन परिवर्तन र संविधान विरोधीहरु प्रतिगामी गठबन्धनमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले गरे पार्टी परित्याग

    राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले गरे पार्टी परित्याग

    हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता मधु अधिकारीले पार्टी परित्याग गरेका छन्। आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टी स्थापना कालदेखि ३२ वर्ष राप्रपामा रहेका नेता अधिकारीले पार्टीमा अपमानित, अपहेलित भएर बस्न नसकिने भन्दै पार्टी छाडेका हुन्। राप्रपाको केन्द्रीय सदस्य, केन्द्रीय कार्य सम्पादन समिति सदस्य, वाग्मती प्रदेशको उपाध्यक्षको भूमिकामा रहेका नेता अधिकारीले पार्टीको मकवानपुर जिल्ला सभापतिको भूमिका निर्वाह गरेका…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्रले सम्झे पीएल सिंह र कृष्णप्रसाद, ‘काठमाडौंमा श्वास फेर्न गाह्रो भइसक्यो’

    रामचन्द्रले सम्झे पीएल सिंह र कृष्णप्रसाद, ‘काठमाडौंमा श्वास फेर्न गाह्रो भइसक्यो’

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा फोहोर व्यवस्थापन र खानेपानीको समस्या समाधान गर्न नसकेकोमा राजनीतिक नेतृत्व गर्नेहरुले जिम्मेवारी लिनुपर्ने बताएका छन्। आज राजधानीको शान्तिबाटिकामा आयोजित चुनावी सभामा उनले डम्पिङ साइट र खानेपानीको समस्या ३० वर्ष अघि नै देखिएको भए पनि अहिले सम्म पूरा हुन नसकेको बताए। ’३० वर्ष भयो हामीले सुरु गरेको तर पछिका नेतृत्व गर्नेहरुले समस्या समाधान…

    विस्तृतमा पढ्नुस्

  • जहाँ मास ट्रान्सपोर्टेसन छैन त्यो मेट्रोपोलिस ? : राजेन्द्र श्रेष्ठ

    जहाँ मास ट्रान्सपोर्टेसन छैन त्यो मेट्रोपोलिस ? : राजेन्द्र श्रेष्ठ

    काठमाडौं : जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले काठमाडौं महानगरमा आधारभूत विकास आवश्यक रहेको बताएका छन्। सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभामा संघीय मामिला तथा प्रशासन मन्त्री रहेका उनले ससाना कुराहरुलाई उम्मेदवारहरुले सम्बोधन गर्न सक्नुपर्ने बताए। महानगरलाई सांस्कृति र सम्पदा नगरको रुपमा विकास गर्न बांकी रहेको भन्दै ट्राफिक व्यवस्थापन, फोहोर समस्यालाई हल गर्न अब लाग्नुपर्ने उनले बताए। आफू पनि कुनैबेला मेयरको…

    विस्तृतमा पढ्नुस्

  • आलमलाई थुनामुक्त गर्न सर्वोच्च अदालतबाट अस्वीकार, जेलमा नै बसेर मुद्दा लड्नुपर्ने

    आलमलाई थुनामुक्त गर्न सर्वोच्च अदालतबाट अस्वीकार, जेलमा नै बसेर मुद्दा लड्नुपर्ने

    काठमाडौं : रौतहटको राजपुर बमकाण्डमा अदालतले पूर्पक्षका लागि थुनामा पठाएका कांग्रेस सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताव आलमलाई  थुनामुक्त गर्न सर्वोच्च अदालतले पनि अस्वीकार गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो। २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा रौतहट जिल्ला अदालतले उनलाई थुनामा पठाएको थियो। त्यसपछि आलम उच्च अदालत पुगेर थुनामुक्त…

    विस्तृतमा पढ्नुस्

  • युक्रेनमा आक्रमण भएपछि कति शरणार्थी कहाँ पुगे? युरोप छिरेकालाई के कस्तो छ सुविधा?

    युक्रेनमा आक्रमण भएपछि कति शरणार्थी कहाँ पुगे? युरोप छिरेकालाई के कस्तो छ सुविधा?

    युद्ध सुरु भएयता युक्रेनबाट १ करोड २० लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। ५७ लाख मानिस युक्रेन छाडेर अन्य मुलुकमा पुगेका छन् भने बाँकी ६५ लाख मानिसहरु युद्धग्रस्त मुलुकभित्र नै विभिन्न स्थानमा विस्थापित हुन वाध्य भएका छन्। रसियाले गरेको आक्रमणका कारण यतिधेरै विस्थापित हुँदा उनीहरु कहाँ पुगेका छन् त? युक्रेनबाट पश्चिमतिर सबैभन्दा धेरै मानिसहरु गइरहेका छन्। विशेषगरी पोल्यान्डमा…

    विस्तृतमा पढ्नुस्

  • जित्नु हार्नु ठुलो कुरा होइन, जनताले जनप्रतिनिधि छान्न पाउनुपर्छ : चित्रबहादुर केसी

    जित्नु हार्नु ठुलो कुरा होइन, जनताले जनप्रतिनिधि छान्न पाउनुपर्छ : चित्रबहादुर केसी

    काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्थानीय तह निर्वाचन गराएर गठबन्धनले हिम्मत गरेको बताएका छन्। आज राजधानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचन नहुने हो कि भन्ने संदेह मेटिएको बताएका हुन्। ‘निर्वाचन एक हप्ता बांकी छ। हुन्न कि भन्ने डर लागिरहेको थियो। कसले जित्छ हार्छु भन्ने ठूलो होइन। जनताबाट चुनिएका जनप्रतिनिधिबाट शासित हुनुपाउनुपर्छ’ उनले भने। राष्ट्रिय जनमोर्चा कांग्रेससँग…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘के घर के डेरा’को शुभमुहूर्त, चुनावका कारण जेठ २ गतेबाट फिल्मको छायाङ्कन सुरु हुने

    फिल्म ‘के घर के डेरा’को शुभमुहूर्त, चुनावका कारण जेठ २ गतेबाट फिल्मको छायाङ्कन सुरु हुने

    काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’को शुभमुहूर्त गरिएको छ। स्वयम्भुस्थित हारती माता मन्दिरमा फिल्मको शुभमुहूर्तसँगै एक दृश्य पनि छायाङ्कन गरिएको छ। अहिले शुभमुहूर्त गरिएपनि चुनावका कारण फिल्मको नियमित छायाङ्कन जेठ २ गतेबाट मात्रै गरिने निर्देशक खनालले जानकारी दिए। ३० दिनको  सेड्युल राखिएको फिल्मको सम्पूर्ण छायाङ्कन काठमाडौं उपत्यकामा गरिनेछ। कमेडी तथा सोसल जनरामा निर्माण हुने फिल्मको कथा…

    विस्तृतमा पढ्नुस्

  • स्थापित महा हावादारी, सुनिता कलेज पढ्दै गरेकी नानी : इन्द्र बानियाँ

    स्थापित महा हावादारी, सुनिता कलेज पढ्दै गरेकी नानी : इन्द्र बानियाँ

    काठमाडौं : नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले गठबन्धनलाई मत नहाल्ने कांग्रेसी नै नहुने बताएका छन्। आज शान्ति बाटिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एउटा पार्टीको चुनाव चिह्नमा अर्को पार्टीले मत हाल्ने अभ्यास भइसकेको दाबी गरे। ‘एउटा पार्टीले अर्को पार्टीलाई भोट दिने प्राक्टिस भइसक्यो। रुखले कलम, कलमले रुखमा मत दिने प्राक्टिक भइसक्यो। राष्ट्रियसभामा यो प्राक्टिस भइसक्यो,’ उनले भने।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंलाई महान् घर बनाउने हो : सिर्जना सिंह

    काठमाडौंलाई महान् घर बनाउने हो : सिर्जना सिंह

    काठमाडौं : सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगर प्रमुख उम्मेदवार सिर्जना सिंहले आफूहरुले जितिसकेको दाबी गरेकी छिन्। रत्नपार्क शान्ति बाटिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दे उनले आफूलाई पार्टीले मौका दिएको भन्दै आफ्नो उम्मेदवारी महिला आन्दोलनको जित भएको बताइन्। उनले महानगरलाई महान् घर बनाउने वाचा समेत गरिन्। ७७ जिल्लाबाट मानिसहर यहाँ आउने भन्दै उनले सबैलाई समान अवसर दिने व्यवस्था गर्ने समेत बताइन्। महानगरलाई लिएर…

    विस्तृतमा पढ्नुस्

  • शाक्यले केही गर्न सकेनन्, अब हामी काठमाडौं बनाउँछौं : रामेश्वर श्रेष्ठ

    शाक्यले केही गर्न सकेनन्, अब हामी काठमाडौं बनाउँछौं : रामेश्वर श्रेष्ठ

    काठमाडौं : सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख उम्मेदवार रामेश्वर श्रेष्ठले आफूहरुको जित सुनिश्चित भएको बताएका छन्। आज शान्ति बाटिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले महानगरमा गठबन्धनको माहोल बनेको दाबी गरे। ‘गठबन्धनको माहोल अहंकारी र स्वेछारी प्रवृत्तिका कारण आएको छ। गठबन्धनको माहोल महानगरमा देखिएको छ। हामीले हाम्रो एजेन्डा पेश गरेका छौं। हाम्रो जित सुनिश्चित छ,’ श्रेष्ठले भने। नेकपा एकीकृत समाजवादीका…

    विस्तृतमा पढ्नुस्

  • चीनमा हुने भनिएको एसियन गेम्स स्थगित, तय भएको छैन नयाँ मिति

    चीनमा हुने भनिएको एसियन गेम्स स्थगित, तय भएको छैन नयाँ मिति

    चीनको हाङ्जाउमा हुने भनिएको १९ औं एसियन गेम्स स्थगित भएको छ। एसियाली ओलम्पिक काउन्सिलले प्रतियोगिता स्थगित भएको जनाएको हो। चिनियाँ ओलम्पिक कमिटी र हाङजाउ एसियन गेम्स आयोजक कमिटी तथा एसियाली ओलम्पिक काउन्सिलको कार्यकारी समितिको छलफल पछि शुक्रवार १९ औं एसियाली खेलकुद प्रतियोगिता स्थगन गर्ने निर्णय भएको हो। चीनको हाङजाउमा १९ देखि २५ सेप्टेम्बरमा प्रतियोगिताहरु हुने तय थियो। प्रतियोगिता कहिले हुने…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट टोली जिम्बावे 'ए' सँग पराजित

    नेपाली क्रिकेट टोली जिम्बावे 'ए' सँग पराजित

    काठमाडौं : नेपाल र जिम्बावे 'ए'बिचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाली टोली पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा जिम्बावे 'ए'ले ३ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपाली टोली ३१.३ ओभरमा अलआउट हुँदै १३६ रनमा समेटिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जिम्बावे 'ए'ले २६औँ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। सुरुवाती ब्याटिङ गरेको नेपालका…

    विस्तृतमा पढ्नुस्

  • इलोन मस्क ट्वीटरको अस्थायी सीईओ बन्न सक्ने

    इलोन मस्क ट्वीटरको अस्थायी सीईओ बन्न सक्ने

    काठमाडौं : इलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किनेसँगै आफैँ कम्पनीको अस्थायी सीईओ बन्न सक्ने अपेक्षा गरिएको छ। टेस्लाका सीईओसँगै मस्क ‘द बोरिङ कम्पनी’ र ‘स्पेस एक्स’का मालिक हुन्। बिहीवार टेस्लाको सेयर मूल्य आठ प्रतिशतले घटेको छ। टेस्लाका लगानीकर्ताहरु मस्क ट्वीटरतर्फ आकर्षिक हुँदा टेस्लालाई हेरविचार गर्न सहज नहुने भन्दै चिन्तित छन्। सँगै, ट्वीटरको सेयर मूल्य भने चार प्रतिशतले बढेर प्रतिकित्ता ५०.८९…

    विस्तृतमा पढ्नुस्

  • जनतासँग याचना नगरी ओलीलाई मत माग्ने नैतिक अधिकार छैन : गगन थापा

    जनतासँग याचना नगरी ओलीलाई मत माग्ने नैतिक अधिकार छैन : गगन थापा

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जनतासँग मत माग्ने नैतिक अधिकार नभएको बताएका छन्। शुक्रवार काठमाडौंको नयाँ बानेश्वरमा कांग्रेसको संकल्पपत्रबारे बहस कार्यक्रममा महामन्त्री थापाले उक्त भनाई राखेका हुन्।  ‘पाँच वर्षमा एकपटक जनताको बिचमा उभिएर पाँच वर्षको म्यान्डेड पाएको थियो मैले चलाउन सकिनँ, त्यसको लागि मलाई क्षमा देउ। मैले पाँच वर्ष संसद चलाउनु पर्ने संसद…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा गठबन्धनको चुनावी सभा भोलि

    बुटवलमा गठबन्धनको चुनावी सभा भोलि

    बुटवल : बुटवलमा सत्तारुढ गठबन्धनले भोली (शनिबार) चुनावी सभा गर्ने भएको छ। बुटवलको देवीनगर चौपारीमा आयोजना हुने नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सचिव प्रजापाल गिरीले जानकारी दिए। गठबन्धन अहिले चुनावी सभामा केन्द्रीत छ। चुनावी एकतालाई प्रदर्शन गर्न सातै प्रदेशमा गठबन्धनले सभा गरिरहेको छ। पाँच दलीय गठबन्धनले आयोजना गर्ने यो कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत…

    विस्तृतमा पढ्नुस्

  • बैशाख ३० गते आन्तरिक उडान बन्द, अन्तर्राष्ट्रिय उडानका यात्रुलाई यस्तो छ व्यवस्था

    बैशाख ३० गते आन्तरिक उडान बन्द, अन्तर्राष्ट्रिय उडानका यात्रुलाई यस्तो छ व्यवस्था

    काठमाडौं : सरकारले स्थानीय तह निर्वाचन हुने बैशाख ३० गते आन्तरिक तर्फका सबै उडान बन्द गर्ने भएको छ। सो दिन आन्तरिक उडान बन्द गरिए पनि अन्तर्राष्ट्रिय तर्फका उडान भने खुला नै रहने छन्। अन्तर्राष्ट्रिय उडान तर्फका यात्रुलाई पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा विमानस्थलसम्म र विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमन सहजीकरण गरिने जनाइएको छ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतदान गर्ने…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै बुवा र आमाको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

    आफ्नै बुवा र आमाको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

    ताप्लेजुङ : आफ्नै बुवा र आमाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका-६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बु रहेका छन्। लिम्बुलाई प्रहरीले बिहीवार साँझ पक्राउ गरेको हो। उनले आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ। उनले आफ्नै बुवा…

    विस्तृतमा पढ्नुस्

  • फितलो ब्याटिङ गरेको नेपाल १ सय ३६ रनमै समेटियो

    फितलो ब्याटिङ गरेको नेपाल १ सय ३६ रनमै समेटियो

    काठमाडौं : नेपाल र जिम्बावे 'ए'बिचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाली टोलीले कमजोर सुरुवात गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपाली टोली ३१.३ ओभरमा अलआउट हुँदै १३६ रनमा समेटियो। सुरुवाती ब्याटिङ गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाउँदा करण केसीले २५ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले १९ तथा दीपेन्द्रसिंह ऐरीले १८ रन बनाए। त्यसबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन…

    विस्तृतमा पढ्नुस्

  • हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज- २’ सँग भिड्दै नेपाली डेब्यू निर्देशकहरु

    हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज- २’ सँग भिड्दै नेपाली डेब्यू निर्देशकहरु

    काठमाडौं : आज शुक्रवारबाट दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘लक्का जवान’, ‘षट्कोण’ र हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज- २’ प्रदर्शनमा आएका हुन्। फिल्म ‘लक्का जवान’ हाँस्यकलाकार शिवहरी पौडेलले निर्देशन गरेका हुन्। पौडेलले यसै फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका हुन्। फिल्ममा किरण केसी, दिलीप रायमाझी र शिवहरी पौडेल कार्यकारी निर्माता छन्। फिल्ममा किरण केसी, दिलीप रायमाझी, शिवहरी पौडेल, वर्षा सिवाकोटी,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell