काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले हिजो गणतन्त्रको विरुद्ध बयलगाडाको सिद्धान्त दिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले राजावादी र प्रतिगामी शक्तिसँग गठबन्धन गरेर हिँडेको आरोप लगाएका छन्। चितवनमा भरतपुरमा आयोजित गठबन्धनको चुनावी सभामा बोल्दै उनले ओलीलाई बयलगाडाको सिद्धान्तका प्रवर्द्धकदेखि गफमा पीएचडी गरेको भन्दै व्यङ्ग्य समेत गरे। माधव नेपालको ओलीमाथि व्यङ्ग्यात्मक टिप्पणी : बयलगाडा सिद्धान्तका प्रवर्द्धक, गफमा…
चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले भरतपुर महानगरका बागी उम्मेदवारलाई मनाउने प्रयास गरेको तर सफल हुन नसकेको बताएका छन्। चितवनको भरतपुरमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो भनाई राखेका हुन्। भरतपुर महानगरमा रेनु दाहाललाई सत्ता गठबन्धनले मेयरको उम्मेदवार बनाउने सहमति गरेपछि कांग्रेस असन्तुष्ट बनेको छ। असन्तुष्ट बनेका कांग्रेस नेता जगन्नाथ पौडेलले बागी…
चितवन : कलाकार तथा स्ट्यान्ड अप कमेडियन सन्दीप क्षेत्रीले भरतपुर महानगरपालिकामा रेनु दाहालको पक्षमा मत मागेका छन्। भरतपुर पुगेका सन्दीप क्षेत्री चुनावी सभामै पुगेर दाहालको पक्षमा बोलेका हुन्। 'चितवन मेरो ससुराली गाउँ पनि हो। म अर्कै कामले यहाँ आएको थिएँ। आज रेनु दिदीको सभा छ भन्ने थाहा पाएर यहाँ आएँ,' उनले भने, 'म यहाँ आउनुभन्दा अगाडि आमालाई सोधेँ - दिदीको कार्यक्रम रहेछ जाउँ? आामाले भन्नुभयो…
चितवन : जनता समाजवादी पार्टीका नेता एवं मन्त्री राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमाथि घात गरेको आरोप लगाएका छन्। पाँच दलीय गठबन्धनको चुनावी सभालाई भरतपुरमा सम्बोधन गर्दै श्रेष्ठले ओलीविरुद्ध विष वमन गरेका हुन्। ओलीले मीठा कुरा गरेपछि जनता मक्ख परेर एमालेलाई ठूलो दल बनाएको उल्लेख गर्दै श्रेष्ठले त्यो म्यान्डेडबाट एमाले बाहिरिएको बताए। ‘विगतमा केपी ओलीको मीठामीठा उखान टुक्का…
कैलाली : नेकपा एमालेका अध्यक्ष केपीले नेपाली कांग्रेससँग एमालेलाई गाली गर्नु बाहेक अरु कुनै योजना नभएको बताएका छन्। कैलालीमा आयोजित चुनावी सभामा बोल्दै यस्तो बताएका छन्। 'कांग्रेसको घोषणापत्रमा आफ्नै सभापतिको नाम ८ वटा ठाउँमा छ। जम्मा जम्मी ८ ठाउँमा। एमाले अध्यक्षको नाम ४२ ठाउँमा राखेर गाली गरेको छ,' उनले भने, 'यसैबाट थाहा हुन्छ। कांग्रेससँग हामीलाई गाली गर्नुबाहेक कुनै योजना छैन।…
चितवन : नेपाली कांग्रेसका नेता शंकर भण्डारीले भरतपुर महानगरको मेयरमा रेनु दाहालको जित सुनिश्चित भइसकेको दाबी गरेका छन्। पाँच दलीय गठबन्धनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भण्डारीले उक्त भनाई राखेका हुन्। ‘शुरुमै रेनुजीलाई सच्याउन चाहन्छु। हामी जित्यौ भने हैन। आगामी निर्वाचनमा अन्त मैले राम्रो हिसाब गरेको छैन यो भरतपुरमा तपाईको टिमले सुनिश्चित जित छ,’ भण्डारीले भने, ‘तपाईलाई अग्रीम शुभकामना…
बुटवल : नेकपा (एमाले)ले यही वैशाख २५ गते बुटवलमा चुनावी सभा गर्ने भएको छ। चुनावी सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए। रुपन्देही जिल्लास्तरीय सभामा कार्यकर्ता र एमाले समर्थक मतदाताहरु जुलुससहित सहभागी हुने उनले बताए। एमालेले यसअघि आयोजना गरेका आमसभाहरुमा लाखौँ जनता सहभागी हुने गरेकोमा यसपालिको चुनावी सभालाई…
चितवन : भरतपुर महानगरपालिकाका लागि पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहालले पाँच वर्ष अगाडि गरेको प्रतिवद्धताहरु पूरा गर्न केही बाँकी रहेको भन्दै ती योजना पूरा गर्न पुन: उम्मेदवार बनेको बताएकी छन्। भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै उनले जय नेपालबाट सम्बोधन सुरु गर्दै भनिन्, 'पाँच वर्ष अगाडि यही ठाउँमा उभिएर साझा उम्मेदवारको रुपमा तपाईँहरुसँग गरेका प्रतिवद्धता सम्झिएको छु। ती यो योजनाहरुलाई…
काठमाडौं : अमेरिकाले नेपाललाई दिने भनिएको झन्डै ८० अर्ब रुपैयाँ अनुदान सहयोग पत्रमा हस्ताक्षर भएको छ। युएसएड र अर्थ मन्त्रालय बिच बिहीवार यस विषयमा हस्ताक्षर भएको हो। यसअघि पनि युएसएडले नेपालको विकासका लागि अनुदान दिँदै आएकोमा यसपाला रकम थप गरेर उपलब्ध गराउन लागेको हो। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट स्वीकृत भएसँगै युएसएड मार्फत् अनुदान थप गर्ने घोषणा अमेरिकाले गरेको थियो। …
चितवन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले भरतपुरमा असन्तुष्ट पक्षलाई मनाउन केन्द्रीय नेताहरु चुकेको आरोप लगाएका छन्। भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गुरुङले बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई पहिल्यै छलफलमा राखेर मनाउनुपर्नेमा केन्द्रले त्यस्तो प्रयास नगरेको आरोप लगाएका हुन्। ‘जगन्नाथ पौडेल, कृष्णलाल सापकोटा, भीमबहादुर श्रेष्ठजी पनि साथमा हुनुहुन्छ। छलफल हुनुपर्ने हो। १६ गते अघि नै छलफल गर्नुपर्ने हो। १२…
चितवन : नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले चितवनमा पाँच दलीय गठबन्धनले जित्ने दाबी गरेका छन्। भरतपुरमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यो सभा कास्टिङमात्र भएको दाबी गरे। 'यो कास्टिङ मात्र हो। भरतपुरमा पाँच दलीय गठबन्धनले जित्छ,’ श्रेष्ठले भने। भरतपुर महानगरमा रेनु दाहाललाई कांग्रेसलाई जिताउने उनले दाबी गरे। ‘कांग्रेस भरतपुरले रेनु दाहाललगायत सिंगो टिमलाई जिताउँछ,’ उनले…
काठमाडौं : नेपालका लागि रिक्त रहेको राजदूत पदका लागि भारतले उपसचिव नवीन श्रीवास्तवलाई प्रस्ताव गरेको छ। भारतीय विदेश मन्त्रालयको पूर्वी एसिया डिभिजनको प्रमुख रहेका श्रीवास्तवलाई भारतको विदेश मन्त्रालयले नेपालको राजदूतका लागि सिफारिस गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। दुई वर्ष अगाडि लद्दाख क्षेत्रमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा भारतीय र चिनियाँ सेनाबिच हिंसात्मक झडप भएपछि चीनसँग कुटनीतिक तथा सैन्य संवादका…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महिला विरोधी उम्मेदवारलाई मतदानका दिन जवाफ दिनुपर्ने बताएका छन्। काठमाडौं महानगरमा कांग्रेसबाट उम्मेदवार रहेकी सिर्जना सिंहको तर्फबाट काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। एमालेका मेयरका उम्मेदवार केशव स्थापितलाई लक्षित गर्दै थापाले यस्तो भनाई राखेका हुन्। ‘बेइज्जत गर्न खोजिएको छ। एकचोटि हैन पटकपटक पार्टीको सभापतिदेखि उम्मेदवारसम्मले…
चितवन : भरतपुरस्थित केन्द्रीय बस टर्मिनल अगाडिको खुला चौर बुधवार साँझ नै चिटिक्क पारिएको थियो। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने आमसभास्थल बिहीवार बिहान भने जलमग्न भयो। मध्यराति परेको पानीले चौरमा पानी जमेको थियो। आमसभास्थलमा पानी जमेपछि आयोजक समितिलाई बिहानै टाउको दुखाईको विषय बनेको थियो। पछि आयोजकसमितिले टिपरमा माटो ओसारेर आमसभास्थल सुक्खा बनाएको…
काठमाडौं : बिक्की थेवेको हत्यामा दोषी ठहरिएका 'मुण्डा'लाई प्रहरीले तीन वर्षपछि पक्रेको छ। चक्कु प्रहार गरेर २०७५ मंसिर ८ गते बिक्की थेवेको हत्या गरिएको थियो। उक्त घटनामा अनिल श्रेष्ठ घाइते भएका थिए। हत्यामा संलग्न महेश परियार र मनिष बानियाँ हत्या भएकै साँझ पक्राउ परेका थिए भने मुण्डा भनिने सरोज सुन्दास फरार थिए। जिल्ला अदालत काठमाडौंले हत्यामा उनीहरु संलग्न रहेको भन्दै…
काठमाडौं : चितवनको भरतपुर महानगरमा गठबन्धनले तय गरेको चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बुधवार नै भरतपुर पुगिसकेका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि टोलीमा सहभागी छन्। आमसभालाई देउवा, पौडेलसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित कांग्रस नेता डा शेखर कोइराला, महामन्त्री गगन थापाले सम्बोधन गर्ने प्रचार…
काठमाडौं: गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन -४' को डिजिटल अडिसन खुला भएको छ। प्रतियोगिहरूले १५ मे अर्थात जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन्। चौथो सिजनको अडिसन खुला गरिएको 'द भ्वाइस अफ नेपाल' को आधारिक फेसबुक पेजमार्फत् जानकारी दिइएको छ। 'भ्वाइस अफ नेपालको चौथो सिजनको तयारी सुरु गर्नु होला। आवेदन खुल्ला भएको छ,' फेसबुकमा लेखिएको छ। डिजिटल अडिसनमार्फत् डेढ सय जना छनोट…
काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा आज पनि अदालतमा सुनुवाइ भइरहेको छ। बुधवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। बुधवार सरकारतर्फ र निवेदकतर्फबाट बहस भएको थियो। सर्वोच्च अदालतमा एआईजी विश्वराज पोखरेलले दिएको रिटमाथि आज सुनुवाई भइरहेको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सुनुवाइ भइरहेको छ। एआईजी विश्वराज पोखरेलले सिंह नियुक्तिको निर्णय खारेजीको माग…
काठमाडौं : बिहीवार चितवनको भरतपुरमा चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको टोली* पुगिसकेको छ। टोलीमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता पनि सहभागी छन्। माओवादी केन्द्रले रेनु दाहाललाई भरतपुरमा गठबन्धनले साझा उम्मेदवार बनाएको छ। अघिल्लोपटकको स्थानीय निर्वाचनमा पनि कांग्रेसकै सहयोगमा रेनु भरतपुर महानगरको मेयरमा निर्वाचित भएकी हुन्। कांग्रेसको पकड रहेको क्षेत्रमा पटकपटक माओवादीको उम्मेदवार बनाएको भन्दै…
कैलाली: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम आउँदै छन्। उनी आज एकै दिन कैलाली र कञ्चनपुरका तीन चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम आउन लागेका हुन्। आज कैलालीको बौनिया र धनगढी तथा कञ्चनपुरको बेलौरी नगरपालिकामा आयोजना हुने चुनावी सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका सुदूरपश्चिम सचिव धर्मराज पाठकले जानकारी दिए। उनका अनुसार ओलीले ११ बजे कैलालीको…