PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

  • वाग्मती प्रदेशमा भेडा बाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रणका लागि खोप अभियान

    वाग्मती प्रदेशमा भेडा बाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रणका लागि खोप अभियान

    हेटौँडाः कृषि तथा पशुपन्छी विकास मन्त्रालय वाग्मती प्रदेशले भेडा बाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण तथा रोकथामको लागि खोप अभियान थालेको छ। सबै स्थानीय तहमार्फत खोप अभियान थालिएको हो। मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा स्थानीय तहहरुको समन्वयमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत खोप अभियान सञ्चालन गर्ने मन्त्रालयका प्रवक्ता राजन ढकालले बताए। प्रदेशमा पीपीआर रोगका कारण वर्षेनि धेरै संख्यामा भेडा बाख्राहरुको…

    विस्तृतमा पढ्नुस्

  • सरकारले निर्वाचनको मिति तय गरेसँगै चुनावी माहोल सुरु, यस्ता थिए स्थानीय तहका यसअघिका निर्वाचन

    सरकारले निर्वाचनको मिति तय गरेसँगै चुनावी माहोल सुरु, यस्ता थिए स्थानीय तहका यसअघिका निर्वाचन

    काठमाडौं : स्थानीय तहको आगामी निर्वाचन २०७९ साल वैशाख ३० गतेका लागि घोषणा भएको छ। मन्त्रिपरिषद्को आजको बैठकले आगामी नयाँ सालको पहिलो महिनामै एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो। स्थानीय तह निर्वाचनका सन्दर्भमा संविधान र कानुनप्रति राजनीतिज्ञको बुझाइमा देखिएको फरकपन र दुविधाका बिच मिति घोषणा भएसँगै निर्वाचनको अन्योल स्वतः हटेको छ।  नेपालमा स्थानीय तहको पहिलो निर्वाचन विसं २००४ जेठ…

    विस्तृतमा पढ्नुस्

  • फागुन १ मा फेरि 'चपली हाइट-३' प्रदर्शन हुने, निर्माता भन्छन् : अन्तिम मौकामा साथ दिनुहोस्

    फागुन १ मा फेरि 'चपली हाइट-३' प्रदर्शन हुने, निर्माता भन्छन् : अन्तिम मौकामा साथ दिनुहोस्

    काठमाडौं : काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले फागुन १ गतेदेखि सिनेमाहल खोल्न पाइने निर्णय गरिसकेको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्‍ला अधिकारीको संयुक्त बैठकले फिल्म हल संचालन गर्न दिने निर्णय गरेको हो। कोरोना भाइरसको ओमोक्रन संक्रमण फैलिएसँगै माघ पहिलो सातादेखिदेखि फिल्महरु बन्द थिए। प्रशासनको निर्णयसँगै रिलिज भएर पनि प्रदर्शन रोकिएको फिल्म 'चपली हाइट ३' फेरि सिनेमा हलमा…

    विस्तृतमा पढ्नुस्

  • थपिए १५७० जना कोरोना संक्रमित, १३ जनाको मृत्यु

    थपिए १५७० जना कोरोना संक्रमित, १३ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा ११ हजार बढीको कोभिड १९ परीक्षण गर्दा १ हजार ५ सय बढीमा संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३६५ जनाको परीक्षण गर्दा १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, ६ हजार १४६ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार १११ पुगेको छ संक्रमणका कारण थप १३ जनाको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • न्याय परिषद्को बैठक स्थगित

    न्याय परिषद्को बैठक स्थगित

    काठमाडौं : न्यायाधीश नियुक्ति गर्नका लागि आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर शमशेर जबराले आजका लागि बैठक बोलाएका थिए। तर, परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेपछि बैठक स्थगित भएको हो। न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले आज प्रेस विज्ञप्ति जारी गर्दै परिषद्को बैठकमा सदस्य भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसक्ने भएकाले बैठक…

    विस्तृतमा पढ्नुस्

  • मलमा आत्मनिर्भर हुन सातै प्रदेशमा उद्योग स्थापना गर्नुपर्नेमा कृषिमन्त्रीको जोड, उद्योगलाई विद्युत उपलब्ध गराउने उर्जामन्त्रीको प्रतिवद्धता

    मलमा आत्मनिर्भर हुन सातै प्रदेशमा उद्योग स्थापना गर्नुपर्नेमा कृषिमन्त्रीको जोड, उद्योगलाई विद्युत उपलब्ध गराउने उर्जामन्त्रीको प्रतिवद्धता

    काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युतको प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताएकी छन्। कृषि मन्त्रालयमा सोमवार भएको छलफलमा उनले दीर्घकालीन एवं राष्ट्रको हितका लागि पनि जलविद्युतकै प्रयोगबाट सम्पूर्ण उद्योग तथा कलकारखाना सञ्चालन हुनुपर्ने बताइन्। ‘देशभित्र ऊर्जाको रुपमा जे खपत हुन्छ त्यो जलविद्युतबाट उत्पादित ऊर्जा नै हुनुपर्छ,’ उनले भनिन्। लगानी बोर्डमार्फत लगानी गर्ने उद्योगी व्यवसायीहरूले पनि नाफासँगै…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले कालो बेलुन उडाउन रोकेपछि अनेरास्ववियूले भन्यो : मुख्यमन्त्री र मन्त्रीको गाडी रोक्छौं

    प्रहरीले कालो बेलुन उडाउन रोकेपछि अनेरास्ववियूले भन्यो : मुख्यमन्त्री र मन्त्रीको गाडी रोक्छौं

    बुटवल : नेकपा (एमाले) को भातृ विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) रुपन्देहीले मंगलवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीका गाडी चल्न नदिने घोषणा गरेको छ। सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता र स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने मागसहित सोमवार लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि कालो बेलुन उडाउँदै धर्ना दिन पुगेका अनेरास्ववियुका नेता कार्यकर्ताहरुलाई प्रहरीले आक्रमण गरेको विरोधमा…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री रेणु यादवविरुद्ध रौतहट प्रहरीमा उजुरी

    मन्त्री रेणु यादवविरुद्ध रौतहट प्रहरीमा उजुरी

    काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ। नागरिक अभियानकर्मी तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले आइतवार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमार्फत् उनीविरुद्ध जाहेरी दरखास्त दिएका हुन्। २०६३ चैत ७ गते गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको उल्लेख गर्दै मन्त्री यादवले गत माघ ५ गते गौर नरसंहार दोहोर्‍याउने आसयको अभिव्यक्ति…

    विस्तृतमा पढ्नुस्

  • लता मंगेशकरको पार्थिव शरीरमा शाहरुखले 'फुके', भाजपा नेता र हिन्दु कट्टरपन्थी 'थुकेको' भन्दै विवाद बढाउँदै

    लता मंगेशकरको पार्थिव शरीरमा शाहरुखले 'फुके', भाजपा नेता र हिन्दु कट्टरपन्थी 'थुकेको' भन्दै विवाद बढाउँदै

    अहिले भारतमा दुई तस्विर सर्वत्र चर्चामा छ। आइतवार भारतको मुम्बईमा लता मंगेशकरको राजकीय अन्तिम संस्कारमा सहभागी हुन पुगेका शाहरुख खानको तस्विरलाई लिएर अहिले भारतभर बहस भइरहेको हो।  लताको पार्थिम शरिरमा फुल चढाउँदै श्रद्धासुमन व्यक्त गर्न शाहरुख आफ्नो म्यानेजर पूजा दद्लानी सँगै पुगेका थिए।  पार्थिव शरीर राखिएको स्थानमा पूजाले नमस्ते गर्दै प्रार्थना गर्छिन् भने शाहरुखले दुई हातलाई जोडेर इस्लाम परम्परा अनुसार प्रार्थना गर्छन्।…

    विस्तृतमा पढ्नुस्

  • गुरुकुल थिएटरमा फेरि मञ्चन हुँदै 'पुतलीको घर'

    गुरुकुल थिएटरमा फेरि मञ्चन हुँदै 'पुतलीको घर'

    काठमाडौं: आरोहण-गुरुकुलको नाटक 'पुतलीको घर' फेरि मञ्चन हुने भएको छ। कोरोना संक्रमण बढेसँगै स्थगित भएको मञ्चन संक्रमणको जोखिम कम भएसँगै फेरि सुरु हुन लागेको हो। अब सो नाटक माघ २८ गतेदेखि फागुन ७ गतेसम्म गुरुकुल थिएटरमा मञ्चन हुनेछ। थिएटरका संस्थापक तथा रंगकर्मी सुनील पोखरेलले फेरि नाटक मञ्चन गर्न लागेको फेसबुकमार्फत जानकारी दिएका हुन्। माघ १ गतेदेखि सुनीलकै अनुवाद र निर्देशन रहेको पुरानै…

    विस्तृतमा पढ्नुस्

  • फैलिँदै पिपिआर रोगको संक्रमण : नुवाकोट र रसुवामा भेडाब्राखालाई खोप दिइँदै

    फैलिँदै पिपिआर रोगको संक्रमण : नुवाकोट र रसुवामा भेडाब्राखालाई खोप दिइँदै

    काठमाडौं : नुवाकोट र रसुवाका भेडाबाख्रालाई यही माघ २५ गतेदेखि फागुन २ गतेसम्म निःशुल्करुपमा पिपिआर रोगविरुद्धको खोप अभियान संचालन गर्न लागिएको छ। वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत नुवाकोट र रसुवाका सबै भेडाबाख्रालाई पिपिआर रोगविरुद्धको खोप दिन लागिएको हो। खोप कार्यक्रमका लागि दुवै जिल्लाको पालिका तहमा खोप लगाउने प्राविधिक छनोट गरेर…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : हल्का वर्षाको सम्भावना

    आजको मौसम : हल्का वर्षाको सम्भावना

    काठमाडौं : हाल देशमा वायुको सामान्य प्रभाव छ। उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। प्रदेशन नं १ को पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना छ। रातिको समयमा पनि प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने…

    विस्तृतमा पढ्नुस्

  • भारतमा थपियो ८३ हजार कोरोना संक्रमित, ८९५ जनाको मृत्यु

    भारतमा थपियो ८३ हजार कोरोना संक्रमित, ८९५ जनाको मृत्यु

    भारतमा दैनिक कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा ८३ हजार ८७६ जनामा संक्रमण देखिएको छ। यस्तै, १ लाख ९९ हजार ५४ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या ११ लाख ८ हजार ९३८ पुगेको छ। संक्रमणका कारण थप ८९५ को मृत्यु भएको छ। हालसम्म ५ लाख २ हजार ८७४ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

    विस्तृतमा पढ्नुस्

  • बिइङ ह्युमनका संचालकलाई राजस्व अनुसन्धान विभागले औषधि व्यवस्था विभागलाई बुझायो, बख्रेलविरुद्ध यथेष्ट प्रमाण भएको दाबी

    बिइङ ह्युमनका संचालकलाई राजस्व अनुसन्धान विभागले औषधि व्यवस्था विभागलाई बुझायो, बख्रेलविरुद्ध यथेष्ट प्रमाण भएको दाबी

    काठमाडौं : राजश्व अनुसन्धान विभागले राजश्व छलीदेखि लागु औषधको कारोबारमा समेत समातिएका दरबारमार्गमा रहेको क्लोदिङ स्टोर बिइङ ह्युमनका संचालक सन्तोष चन्द्र बख्रेललाई औषधि व्यवस्था विभागलाई बुझाएको छ। विभागले राजस्व छली प्रकरणमा अनुसन्धान सकेर औषधिको कारोबारमा अनुसन्धान गर्न विभागलाई बुझाएको हो। १ करोड ६५ लाख रुपैयाँ धरौटी राखेर विभागले बख्रेलाई औषधी व्यवस्थापन विभाग बुझाएको हो। औषधि व्यवस्थापन विभागले अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको…

    विस्तृतमा पढ्नुस्

  • रातभर ३७ जना प्रहरीले चन्द्रागिरि जङ्गल सर्च गरेपछि फेला परे हिउँ खेल्न जाँदा बेपत्ता एकै परिवारका पाँच जना

    रातभर ३७ जना प्रहरीले चन्द्रागिरि जङ्गल सर्च गरेपछि फेला परे हिउँ खेल्न जाँदा बेपत्ता एकै परिवारका पाँच जना

    काठमाडौं : राति ९ बजेतिर महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपीले महानगरीय प्रहरी परिसर काठमाडौँलाई मानिस हराएको भन्दै जानकारी दिए। एसएसपी सुदीप गिरीले एकै घरका पाँच जना हराएपछि चासोको साथ यस घटनालाई लिए। एसपी दिनेश मैनाली हिउँ खेल्न गएका पाँच जनाको खोजीमा अपरेसन सुरु गरे। काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थान बस्ने २३ वर्षीया रिता गुरुङ, १५ वर्षे सौभाग्य गुरुङ,…

    विस्तृतमा पढ्नुस्

  • एट्लेटिको मड्रिडमाथि बार्सिलोनाको सानदार जित

    एट्लेटिको मड्रिडमाथि बार्सिलोनाको सानदार जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई हराएको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि ४-२ गोलअन्तरले जित निकालेको हो। खेलको ८ औं मिनेटमा लुइस स्वारेजको पासमा यानिक करास्कोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। तर, त्यसको दुई मिनेट नबित्दै बार्सिलोनाका जोर्डी अल्बाले ड्यानियल अलाभेसको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। २१ औं मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • इजिप्टलाई हराउँदै सेनेगल बन्यो अफ्रिकन कप अफ नेशन्सको च्याम्पियन

    इजिप्टलाई हराउँदै सेनेगल बन्यो अफ्रिकन कप अफ नेशन्सको च्याम्पियन

    इजिप्टलाई हराउँदै सेनेगल अफ्रिकन कप अफ नेशन्सको च्याम्पियन बनेको छ। क्यामरुनको ओलेम्बेस्थित पउल बिया स्टेडियममा गएराति सम्पन्न फाइनल खेलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै सेनेगल पहिलो पटक च्याम्पियन बनेको बनेको हो। खेलको सातौं मिनेटमै सेनेगलले खेलमा अग्रता बनाउने अवसर बनाएको थियो। तर, साडियो मानेको प्रहार इजिप्टका गोलकिपर गाबास्कीले रोकिदिए। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा…

    विस्तृतमा पढ्नुस्

  • तीन महिनापछि कर्णाली सरकारले पायो पूर्णता, भागबन्डा मिलेपछि पाँच मन्त्रीले लिए शपथ

    तीन महिनापछि कर्णाली सरकारले पायो पूर्णता, भागबन्डा मिलेपछि पाँच मन्त्रीले लिए शपथ

    सुर्खेतः तीन महिनापछि कर्णाली सरकारले पूर्णता पाएको छ। जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएको तीन महिनाभन्दा लामो समयपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। कात्तिक १६ गते शाही मुख्यमन्त्री नियुक्त भएका थिए।  सत्ता साझेदार दलबीच मन्त्रालय भागबन्डामा सहमति नभएपछि लामो समयदेखि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन।  आइतबार पाँच मन्त्रीले शपथ लिएका छन्। शपथसँगै मन्त्रिपरिषद्ले पनि पूर्णता पाएको छ।  कार्यविभाजन अनुसार कांग्रेसका यज्ञबहादुर विसीले…

    विस्तृतमा पढ्नुस्

  • सोमबारदेखि सवारीको जोर बिजोर नियम खारेजः फागुन १ गतेदेखि स्कुल सञ्चालन हुने, यस्तो छ सिडिओको आदेश 

    सोमबारदेखि सवारीको जोर बिजोर नियम खारेजः फागुन १ गतेदेखि स्कुल सञ्चालन हुने, यस्तो छ सिडिओको आदेश 

    काठमाडौँः सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली आइतबार मध्यरातदेखि हट्ने भएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सवारी साधनको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो।  यसअघि माघ पहिलो सातादेखि जोर बिजोर लागू भएको थियो। माघ १४ गतेदेखि सार्वजनिक सवारीको जोर बिजोर प्रणाली भने हटाइएको थियो।  साथै बैठकले फागुन १ गतेदेखि विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप…

    विस्तृतमा पढ्नुस्

  • एमसीसी पारितमा देउवाले खोजे ओली र प्रचण्डको साथः प्रचण्डले भने, ‘अब चुनावपछि छलफल गरौँ’, ओलीको जवाफ, ‘पहिले सत्तापक्ष एकमत हुनुस्’  

    एमसीसी पारितमा देउवाले खोजे ओली र प्रचण्डको साथः प्रचण्डले भने, ‘अब चुनावपछि छलफल गरौँ’, ओलीको जवाफ, ‘पहिले सत्तापक्ष एकमत हुनुस्’  

    काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग भएको सहायता सम्झौता पारितका लागि सत्ता साझेदार र प्रमुख विपक्ष दलसँग सहयोग मागेका छन्। आइतबार भएको शीर्ष नेताको छलफलमा प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता पारितका लागि सहयोग मागेका हुन्।  जवाफमा एमाले अध्यक्ष ओलीले सत्ता साझेदार दलभित्र नै फरक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell