काठमाडौं : नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका छन्। पार्टीको कार्य सम्पादन बैठक अगाडि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले चुनावमा पार्टी एक्लै जानुपर्ने धारणा राखेका हुन्। 'चुनावमा एक्लै जानुपर्छ। हाम्रो छुट्टै अस्तित्व छ,' नेता कोइरालाले भने, 'गठबन्धन गरे कमजोर हुन्छ।' संस्थापन इतरका नेताहरु पार्टी नेतृत्त्वलाई गठबन्धन नगर्न दवाव दिँदै आएका छन्। पार्टीको महाधिवेशनमा अन्तिम समयमा…
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबिच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए। ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) संसद्बाट पारित गर्नुपर्ने विषयमा प्रमुख दलहरुबीच बहस जारी छ। आजको…
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयतामा सुधार भएको छ। फिफाले आज जारी गरेको नयाँ वरीयता अनुसार नेपालले दुई स्थान सुधार गर्दै १६७ औं स्थानमा पुगेको हो। नेपालको ९८२.२२ अंक छ। नेपाल भन्दा एकस्थान अघि रहेको सिंगापुरको १०००.६१ अंक छ भने नेपाल भन्दा एक स्थान पछि रहेको कम्बोडियाको ९८२.२२ अंक छ। नेपालले यही महिना अफ्रिकी राष्ट्र मरिससमाथि दुई खेलमा…
काठमाडौं : अभिनेता अनमोल केसी फिल्म 'हनी बनी' मा अनुबन्धित भएका छन्। दिवाकर भट्टराईको निर्देशनमा बन्ने यस फिल्ममा अनमोल मुख्य भूमिकामा देखिनेछन्। अनमोलले केही दिन अघि फिल्म निर्माण टिमसँग सम्झौता समेत गरिसकेको भट्टराईले जानकारी दिए। 'हाम्रो पहिलो रोजाई नै अनमोल थियो। फिल्मको स्क्रिप्ट सुन्ने बित्तिकै अनमोल काम गर्न सकरात्मक भएका थिए। स्क्रिप्ट मन परेर नै अनमोलले फिल्ममा काम गर्न लागेका हुन्। तर, अन्य…
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहेन बताएका छन्। बिहीवार काठमाडौं महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा शाक्यले नेकपा एमालेले फेरि जिम्मेवारी दिए आफू तयार रहेको बताएका हुन्। ‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ। म एउटा पार्टीको कार्यकर्ता हो।…
काठमाडौं : एक महिनाभन्दा लामो समयदेखि सम्पर्कविहीन भएका अग्रवाल परिवार काठमाडौं आइपुगेको छ। पैसा कारोबारका कारण एकाएक गायव बनेको सिंगो परिवार नै आज बिहान काठमाडौं आइपुगेको प्रहरीले जानकारी दिएको छ। गएको पुस २२ गतेदेखि ओमप्रकाश अग्रवालको परिवार सम्पर्कविहीन भएकाले खोजी गरिदिन भन्दै महानगरीय प्रहरी वृत्त मालीगाउँमा निवेदन परेको थियो। ओमप्रकाशकी छोरी रजनी अग्रवालले सिंगो परिवार सम्पर्कविहीन भएको भन्दै उजुरी दिएकी थिइन्। उनै छोरीले प्रहरीलाई काठमाडौं…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगको लिडर मछिन्द्र क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुने भएको छ। एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले तय गरेको खेल तालिका अनुसार एएफसी कप छनोट अन्तर्गतको यो खेल अप्रिल ५ तारिखमा साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ। जारी ‘ए’ डिभिजन लिगको सातौँ चरणको समाप्तिमा शीर्षस्थानमा रहने टोलीले एएफसी कपको छनोट खेल्न निर्धारण गरिएकोमा…
नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यमा आजबाट विधानसभा निर्वाचन सुरु भएको छ। आज अलिगढ, नोएडा, गाजियावाद, मथुरा, मुजफ्फरनगर, सहमली, बाघपथ, बुलंडशहर, आग्रा, हपुर र गौतम बुद्ध नगर जिल्लामा मतदान भइरहेको हो। पहिलो चरणको निर्वाचनमा ११ जिल्लामा ५८ सिटका लागि ६२३ जना प्रतिपस्पर्धामा छन्। जसमा ७३ जना महिला छन्। उत्तर प्रदेशमा ७ चरणमा निर्वाचन हुँदैछ। उत्तर प्रदेश विधान सभामा ४०३ जना…
प्रिमियर लिग क्लब वेस्ट हमले आफ्नो फ्रेन्स डिफेन्डर कुर्त जोउमालाई कारवाही गरेको छ। उनले बिरालो कुटेको एउटा भिडियो भाइरल भएको थियो। त्यसैलाई लिएर बेलायतमा रहेको एउटा जनावर कल्याण सम्बन्धी च्यारिटीले अनुसन्धान गरेको थियो। त्यसपछि वेस्ट हमले उनलाई कारवाही गर्ने भएको हो। बुधवार वेस्ट हमले एक विज्ञप्ति निकाल्दै जोउमा र क्लब दुवैले रोयल सोसाइटी फर द एनिमल क्रुअल्टी टु एनिमल (आरएसपीएसए) को अनुसन्धानमा…
काठमाडौं : सोमवार दुवईबाट आएका एक भारतीयबाट बरामद गरिएको 'अनौठो सुन' मा १९ प्रतिशतमात्र सुनको हिस्सा रहेको भेटिएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको ल्यावमा परीक्षण गर्दा १९ प्रतिशत मात्र सुन देखिएको हो। सोमवार बिहान साढे ९ बजे फ्लाइ दुवईबाट ती भारतीय नेपाल उत्रिएका थिए। उनका साथमा ६ सय ५० ग्रामको सिक्री भेटिएपछि भन्सार कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। सुरुमा सुन…
रसिया र बेलारुसले संयुक्त सैन्य अभ्यास गर्ने भएको छ। युक्रेनलाई लिएर तनाव उत्पन्न भइरहेको समयमा रसिया र बेलारुसबिचत १० दिनको सैन्य अभ्यास हुन लागेको हो। अमेरिकाले रसियाको उक्त कदमले युक्रेनलाई लिएर हाल बढिरहेको तनाव थप बढ्ने चेतावनी दिएको छ। नाटोले भने पूर्व सोभियन युनियनमा रहेको बेलारुसमा रसियाले ‘कोल्ड वार’ पछिकै धेरै सेना परिचालन गरेको जनाएको छ। रसियाले युक्रेनसँगको सीमामा १ लाखभन्दा…
पछिल्लो २४ घण्टामा थप ६७ हजार ८४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। पछिल्लो समय भारतमा संक्रमण दर घट्दै गएको छ। यद्यपि, मृत्यु दर भने भारतमा बढिरहेको छ। संक्रमणका कारण थप १ हजार २४१ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख ६ हजार ५२० पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ६७ हजार ८८२…
एका बिहानै चिसो पानीले नुहाउने विषय अहिलेको चिसोमा पक्कै रुचीको विषय नहोला। अचम्म लाग्न सक्छ धेरै मानिस बिहान सबेरै चिसो पानीले नुहाउने बानी बसाल्न चाहन्छन्। किनकि एका बिहानै चिसो पानीले नुहाउँदा शारीरिक र मानसिक स्वास्थ्यलाई राम्रो गर्ने विभिन्न अध्ययनले देखाएको छ। उपचारमा चिसो पानीको प्रयोग डाक्टरहरुले पहिलो पटक १९ औँ शताब्दीको सुरुतिरै गरेका थिए। डाक्टरहरूले ‘तातो तथा सुजन मस्तिष्कलाई चिसो…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले ब्रेन्टफोर्डमाथि २-० गोलअन्तरले जित निकालेको हो। खेलको ४० औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै रियाद महरेजले सिटीलाई अग्रता दिलाए। पहिलो हाफमा सिटी एक गोलले अघि रह्यो। दोस्रो हाफमा केभिन डी ब्रुइनले गोल थपे। उनले खेलको ६९ औं मिनेटमा…
साउदी अरबको क्लब अल हिलाललाई हराउँदै चेल्सी क्लब विश्वकपको फाइनलमा पुगेको छ। यूएई स्थित मोहम्मद बिन जायेद स्टेडियममा गएराति सम्पन्न खेलमा प्रिमियर लिग क्लब चेल्सीले अल हिलाललाई १-० गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो। प्रशिक्षक थोमस टुचाललाई कोभिड १९ संक्रमण देखिएपछी आइसोलेसनमा छन्। चेल्सीको जितमा रोमेलु लुकाकुले पहिलो हाफमा निर्णायक गोल गरे। उनले खेलको ३२ औं मिनेटमा गोल गरेका थिए।…
हेटौँडाः वाग्मती प्रदेश सरकारले प्रदेश भित्रका सार्वजनिक सवारी साधनको भाडा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने मापदण्ड निर्माणको निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युतीय माध्यमबाट भाडा तिर्नेबारे मापदण्ड निर्माणको निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले सार्वजनिक सवारीलाई ‘क्यासलेस’ बनाउन सरकारले विभिन्न मापदण्ड बनाउने निर्णय गरेको जानकारी दिए। खनालले विद्युतीय माध्यमबाट यात्रुले भाडा तिर्ने…
काठमाडौँः नेपाली कांग्रेसले बिहीबार हुने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा स्थानीय तहको निर्वाचन र बाँकी जिल्ला अधिवेशनलाई छलफलको एजेण्डा बनाउने भएको छ। प्रवक्ता प्रकाशशरण महतका अनुसार भातृ तथा शुभेच्छुक संस्थाको पूर्णता र गतिशीलताको विषयलाई पनि एजेण्डा बनाउने विषयमा पदाधिकारीबीच छलफल भएको छ। ‘भोलिको कार्यसम्पादन समितिको बैठकको सम्बन्धमा छलफल भयो। हामीले बिफ्र गरेका छौँ। कार्यसम्पादन समितिमा स्थानीय निर्वाचनमा कसरी परिचालन हुने, १६…
काठमाडौँः एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका अग्रवाल परिवार सम्पर्कमा आएका छन्। पुस २२ गतेदेखि ओमप्रकाश अग्रवालको परिवार सम्पर्कविहीन भएकाले खोजी गरिदिन भन्दै महानगरीय प्रहरी वृत्त माली गाउँमा निवेदन परेको थियो। ओमप्रकाशकी छोरी रजनी अग्रवालले परिवार सम्पर्कविहीन भएको भन्दै उजुरी दिएकी थिइन्। बुधबार दिउँसो उनै छोरी रजनीले प्रहरीमा पुगेर आफ्नो परिवार सम्पर्कमा आएको जानकारी दिएकी हुन्। परिवारका सबै सदस्यहरू सुरक्षित रहेको रजनीले जानकारी गराएको…
काठमाडौं : माघ २० गतेदेखि सम्पर्क विहीन भएका युवक मृत अवस्थामा फेला परेका छन्। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका २७ वर्षीय शिशिर भण्डारी आज दिउँसो मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए। ‘मृत अवस्थामा फेला परेको छ। थप अनुसन्धान भइरहेको छ,’ एसपी मैनालीले भने। गोकर्णेश्वर नगरपालिकाको ओख्रेनी जाने बाटोको वाग्मती किनारमा शव भेटिएको हो। महानगरीय प्रहरी वृत्त…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पार्टी छोडेको चौबीस घण्टा पनि बित्न नपाउँदै निवर्तमान कोषाध्यक्ष उद्धव पौडेलले पनि पार्टी छोडेको घोषणा गरेका छन्। बुधवार बिहान उनले फेसबुकमा स्टाटस पोस्ट गर्दै पार्टी छोडेको घोषणा गरेका हुन्। बुधवार मकवानपुरमा पत्रकार सम्मेलन गर्दै पूर्व अध्यक्ष थापाले पार्टी छोडेको घोषणा गरेका थिए। थापाले पार्टी छोड्नुको मुख्य कारण पूर्व राजा ज्ञानेन्द्र शाह…