PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

  • स्वास्थ्य मन्त्रीको पत्रकारलाई नै प्रश्न : हराएको २४ लाख खोपबारे किन प्रश्न नगरेको? १ सय दिने कामको पेश गरे फेहरिस्त

    स्वास्थ्य मन्त्रीको पत्रकारलाई नै प्रश्न : हराएको २४ लाख खोपबारे किन प्रश्न नगरेको? १ सय दिने कामको पेश गरे फेहरिस्त

    काठमाडौं : सरकारले वैशाखभित्रै १२ वर्ष माथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप उपलब्ध गराइसक्ने प्रतिवद्धता जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले खोपको वितरण तीब्र गतिमा भइरहेको भन्दै वैशाख अगावै पूर्णमात्रामा दिइसक्ने बताए। ‘हामीले १८ वर्ष माथिका लक्षित वर्गलाई चैत मसान्तसम्म खोप उपलब्ध गराइसक्ने भनेका थियौं। अहिले हामीले १२ वर्ष माथिकालाई खोप उपलब्ध गराउन थालेका छौँ,’ मन्त्रालयबाट…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी नागरिकलाई बाइडेनले भने : तत्काल युक्रेन छाड

    अमेरिकी नागरिकलाई बाइडेनले भने : तत्काल युक्रेन छाड

    राष्ट्रपति जे बाइडेनले युक्रेनमा रहेका सबै अमेरिकी नागरिकलाई तत्काल त्यहाँबाट बाहिरिन भनेका छन्। रसियाली सैनिकले कदम चाल्नु अघि नै युक्रेनबाट बाहिरिन उनले निर्देशन दिएका हुन्। मस्कोले युक्रेनमाथि सैन्य हस्तक्षेप गरेको अवस्थामा अमेरिकाले उद्धारका लागि सैनिक परिचालन नगर्ने बताउँदै बाइडेनले त्यहाँबाट बाहिरिन चेतावनी दिएका हुन्। उनले तत्कालै उक्त क्षेत्रमा केही हुनसक्ने जनाएका छन्।  रसियाले बारम्बार सैनिक हस्तक्षेपको विषयलाई नकार्दै आएको छ।…

    विस्तृतमा पढ्नुस्

  • हराएको २० दिनपछि बालकुमारी मन्दिरको मूर्ति कसरी मन्दिरको पेटीमै आइपुग्यो?

    हराएको २० दिनपछि बालकुमारी मन्दिरको मूर्ति कसरी मन्दिरको पेटीमै आइपुग्यो?

    काठमाडौं : शुक्रवार बिहान ललितपुरको हात्तीवन स्थित करुणा मन्दिरको पेटीमा बोरामा बेरिएको अवस्थामा केही सामान रहेको खबर प्रहरीलाई आयो। शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गर्नु स्वभाविक नै थियो। त्यसपछि ललितपुर प्रहरी उक्त स्थानमा पुगेर अनुसन्धान थाल्यो। बोरा खोलेर हेर्दा भित्र मूर्ति फेला पर्‍यो। प्लाष्टिकको बोरामा मूर्ति बेरेर छोडिएको रहेछ। माघ ८ गते ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति चोरी भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • मन्दिरको ताला तोडेर चोरिएको बालकुमारी मन्दिरको मूर्ति भेटियो २० दिनपछि

    मन्दिरको ताला तोडेर चोरिएको बालकुमारी मन्दिरको मूर्ति भेटियो २० दिनपछि

    काठमाडौं : ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको  चोरी भएको मूर्ति फेला परेको छ। आज बिहान खुमलटार नजिकैको एक मन्दिरबाट मूर्ती फेला परेको ललितपुरका प्रमुख जिल्ला अधिकरी धनश्याम उपाध्ययले जानकरी दिए। 'मूर्ति फेला परेको छ। आज नै सबै प्रक्रिया पुरा गरेर मन्दिरलाई मूर्ति हस्तान्तरण गरिनेछ,' सिडिओ उपाध्यायले भने। माघ ८ गते १२ बजेदेखि ४ बजेभित्र मूर्ति चोरी भएको हुनसक्ने प्रहरीको अनुसन्धानमा देखिएको…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट बच्नलाई खोप भनेजस्तो फ्रेन्ड्स बच्नलाई जित : प्रशिक्षक मिश्र, ब्रिगेडलाई पनि छैन जितको 'अप्सन'

    कोरोनाबाट बच्नलाई खोप भनेजस्तो फ्रेन्ड्स बच्नलाई जित : प्रशिक्षक मिश्र, ब्रिगेडलाई पनि छैन जितको 'अप्सन'

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो १ बजे सुरु हुनेछ। जारी लिगमा दुबै टोलीको नतिजा सुखद छैन। फ्रेन्ड्स क्लब अंकतालिकाको पुछारमा रहँदै रंलिगेसनको सबैभन्दा ठूलो जोखिममा छ भने ब्रिगेड ब्वाइजले पनि लय नसमाते एउटा खेलको नतिजाले नै रेलिगेसन क्षेत्रमा पुर्‍याउने जोखिम छ। लिगको…

    विस्तृतमा पढ्नुस्

  • टी २० सिरिज: नेपाल र ओमन भिड्दै

    टी २० सिरिज: नेपाल र ओमन भिड्दै

    काठमाडौं: विश्वकपको ग्लोबल क्वालिफायर्सको तयारीका रुपमा हेरिएको चारदेशीय टी २० सिरिज अन्तर्गत नेपालले आज ओमनको सामना गर्दैछ। ‌ओमनस्थित अल अमेरेत स्टेडियममा नेपाल र ओमनबीचको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ। मंगलवार ओमन पुगेको नेपालले आजै आयरल्याण्ड, ओमन र युएई र नेपाल सम्मिलित सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग खेल्ने लागेको हो। कप्तान सन्दीप लामिछानेको हिसाबले भन्ने हो भने क्वालिफायर्सका लागि बेस्ट…

    विस्तृतमा पढ्नुस्

  • एक महिना ग्यापपछि ए डिभिजन लिगको दशौं चरणका खेल आजबाट, यस्तो छ नवौं चरणसम्मको हाइलाइट्स्

    एक महिना ग्यापपछि ए डिभिजन लिगको दशौं चरणका खेल आजबाट, यस्तो छ नवौं चरणसम्मको हाइलाइट्स्

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आजबाट दशौं चरणका खेल सुरु हुँदैछन्। आज त्रिपुरेश्वस्थित दशरथ रंगशालामा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबबीच दशौं चरणको पहिलो खेल १ बजे र त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच पौने ५ बजे दोस्रो खेल हुनेछ। नवौं चरणपछि लिगमा करिव १ महिनाको ग्याप रहेको थियो। जसमा नेपाल र मरिससबीचको खेल तथा आहा रारा…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् कफी पिउनुका सात फाइदा

    यी हुन् कफी पिउनुका सात फाइदा

    धेरै मानिसहरु कफीको साथमा आफ्नो दिनको सुरुवात गर्छन्। कफीले एकाग्र हुन मद्दत गर्छ भन्ने कतिपयको विश्वास छ भने कतिपयले कफी पिए शरीरलाई जाँगरिलो बनाउँछ भन्ने गर्छन्। जे होस् कफी धेरैको मनपर्ने पेय पदार्थ हो। शरीरलाई ऊर्जावान बनाउनुका अतिरिक्त पनि कफी धेरै सम्भावित स्वास्थ्य लाभको लामो सूचीसँग जोडिएको छ। त्यसले पनि जो कोहीलाई कफी पिउन थप उत्साह दिएको छ। के-के छन्…

    विस्तृतमा पढ्नुस्

  • जोटाको दोहोरो गोलमा लेस्टरमाथि लिभरपुलको जित

    जोटाको दोहोरो गोलमा लेस्टरमाथि लिभरपुलको जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले लेस्टरसिटीमाथि लिभरपुलले जित निकालेको छ। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले लेस्टरलाई २-० गोलअन्तरले हराएको हो। लिभरपुलको जितमा डिएगो जोटले दोहोरो गोल गरे। उनले खेलको ३४ र ८७ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा आर्सनलले वुल्भरह्याम्टनलाई हरायो। मोलिनेउक्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले घरेलु टोली वुल्भ्समाथि १-० को…

    विस्तृतमा पढ्नुस्

  • फागुन १ गते नयाँ दल घोषणा गर्दै कमल थापा

    फागुन १ गते नयाँ दल घोषणा गर्दै कमल थापा

    हेटौँडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएको घोषणा गरेका कमल थापाले फागुन १ गते ‘राष्ट्रिय एकता पार्टी नेपाल’ नाममा नयाँ दल घोषणा गर्ने तयारी गरेका छन्। माघ २५ गते गृहजिल्ला हेटौँडा आएर राप्रपा त्यागेको घोषणा गरेका थापाले फागुन १ गते नयाँ दल दर्ता गर्न लागेको उनी निकट नेता राजाराम बर्तौलाले बताए। थापा नेतृत्वको पार्टीमा पूर्व कोषाध्यक्षद्वय चन्द्रबहादुर गुरुङ र…

    विस्तृतमा पढ्नुस्

  • लोसपा नवलपरासीका वरिष्ठ उपाध्यक्ष अग्रहरिसहित पाँच जना कांग्रेसमा प्रवेश, सानेपामा देउवाले गरे स्वागत

    लोसपा नवलपरासीका वरिष्ठ उपाध्यक्ष अग्रहरिसहित पाँच जना कांग्रेसमा प्रवेश, सानेपामा देउवाले गरे स्वागत

    काठमाडौँ नवलपरासीका विभिन्न दलका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्। बिहीबार दिउँसो पार्टी केन्द्रीइ कार्यसम्पादन बैठकअघि सभापति शेरबहादुर देउवाले उनीहरुलाई स्वागत गरेका हुन्। लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एमाले) सम्बद्ध पाँच जना कांग्रेसमा प्रवेश गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। लोसपा नवलपरासीका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरिको नेतृत्वमा पाँच जना कांग्रेस प्रवेश गरेका हुन्। नगेन्द्र प्रदेश सभा सदस्यका उम्मेदवारसमेत हुन्। त्यसैगरी…

    विस्तृतमा पढ्नुस्

  • फागुन २ को प्रतिनिधि सभा किन स्थगित गर्न माग गर्‍यो एमालेले?

    फागुन २ को प्रतिनिधि सभा किन स्थगित गर्न माग गर्‍यो एमालेले?

    काठमाडौँः फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आग्रह गरेको छ। पार्टीको प्रदेश १ को भेला जारी रहने भन्दै एमालेले प्रतिनिधि सभा स्थगनको प्रस्ताव गरेको हो।  एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठक स्थगित गर्न आग्रह गरेको बताए। यसअघि पनि प्रतिनिधि सभा निरन्तर सूचनाद्वारा स्थगित हुँदै आएको छ। एमसीसी सम्झौता पेश गर्ने…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीबारे कांग्रेसको निष्कर्षः ‘विभिन्न हल्ला फिँजाइएका छन्, संसदमा पेश गरेर जनप्रतिनिधिले छलफल गर्न पाउनुपर्छ’

    एमसीसीबारे कांग्रेसको निष्कर्षः ‘विभिन्न हल्ला फिँजाइएका छन्, संसदमा पेश गरेर जनप्रतिनिधिले छलफल गर्न पाउनुपर्छ’

    काठमाडौँः नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सहायता सम्झौता संसदबाट छिनोफानो हुनुपर्ने निष्कर्ष निकालेको छ। बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कांग्रेसले एमसीसीबारे चर्चा गरेको छ। छलफल बिना नै सम्झौताबारे विभिन्न हल्ला भइरहेको भन्दै संसदमा छलफल हुनु पारदर्शी प्रक्रिया भएको कांग्रेसको भनाई छ।  कार्यसम्पादन बैठकपछि प्रवक्ता प्रकाशशरण महतले सम्झौताबारे सदनबाट नै छिनोफानो हुनुपर्ने पक्षमा कांग्रेस रहेको बताए।  महतले…

    विस्तृतमा पढ्नुस्

  • १३ सय ६९ संक्रमित थपिँदा २२ सय ३८ संक्रमणमुक्त, १२ जनाको मृत्यु

    १३ सय ६९ संक्रमित थपिँदा २२ सय ३८ संक्रमणमुक्त, १२ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३ सय ६९ कोभिड १९ संक्रमित पहिचान भएको छ। आरटी पीसीआर, एन्टीजेन र एसएमएस तथा इमेलबाट प्राप्त एन्टीजेन सहितको संख्या हो यो। ११ हजार ८ सय ८० जनामा परीक्षण हुँदा उक्त संख्यामा रिपोर्ट पोजेटिभ  देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ८ हजार ८ सय…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश भेला देखाउँदै एमालेले भन्यो : फागुन २ गतेको प्रतिनिधिसभा बैठक सारौं

    प्रदेश भेला देखाउँदै एमालेले भन्यो : फागुन २ गतेको प्रतिनिधिसभा बैठक सारौं

    काठमाडौं : पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक फेरि स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आग्रह गरेको छ। प्रतिनिधिसभा बैठक आगामी फागुन २ गतेका लागि बोलाइएको छ। तर, सो दिन आफ्नो प्रदेश १ को प्रदेश स्तरीय भेला रहेको भन्दै एमालेले बैठक सार्न सभामुख अग्नि सापकोटालाई आग्रह गरेको हो। उक्त भेलामा प्रदेश १ का संघीय र प्रदेश सांसद, स्थानीय तहका…

    विस्तृतमा पढ्नुस्

  • यूपी मे का बा ? : जब योगी र मोदीको चुनावी अभियानलाई काउन्टर दिँदै नेहाले गाइन् यस्तो गीत

    यूपी मे का बा ? : जब योगी र मोदीको चुनावी अभियानलाई काउन्टर दिँदै नेहाले गाइन् यस्तो गीत

    उत्तर प्रदेशमा बिहीवारबाट विधान सभा निर्वाचन सुरु भएको छ। सात चरणमा हुने निर्वाचनको पहिलो चरणमा ११ वटा जिल्लामा निर्वाचन भएको छ। धेरै जनसंख्या भएको उत्तर प्रदेशको निर्वाचन जहिले पनि भारतका राजनीतिक दलहरुका लागि अत्याधिक महत्वपूर्ण हुनेगर्छ। भारतकै सबैभन्दा बढी जनसंख्या रहेको यस प्रदेशमा बिहीवार दुई करोड भन्दा धेरैले मतदान गर्दैछन्। उत्तर प्रदेशमा भारतीय जनता पार्टी (भाजपा) आफ्नो सरकारको निरन्तरता चाहन्छ। उत्तर प्रदेशमा पराजित हुन…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको कार्य सम्पादन समिति बैठकमा महामन्त्री शर्माका ९ प्रस्ताव

    कांग्रेसको कार्य सम्पादन समिति बैठकमा महामन्त्री शर्माका ९ प्रस्ताव

    काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले ९ बुँदै प्रस्ताव पेश गरेका छन्। विभिन्न समिति गठनको विषयदेखि स्थानीय तहको निर्वाचन सम्मका विषयलाई समेटेर शर्माले बैठकमा प्रस्ताव पेश गरेका हुन्। कांग्रेसभित्र चुनावी गठबन्धनको विषयलाई लिएर ध्रुविकरण बढिरहेको बेलामा पार्टी कार्यालय सानेपामा कार्य सम्पादन समितिको बैठक भइरहेको छ। संस्थापन पक्ष र इतर पक्षमा गठबन्धनको विषयलाई लिएर मतभेद देखिँदै…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनका लागि सरकारले छुट्यायो १० अर्ब, माग भने ५० अर्बभन्दा बढी

    निर्वाचनका लागि सरकारले छुट्यायो १० अर्ब, माग भने ५० अर्बभन्दा बढी

    काठमाडौं : सरकारले २०७९ साल वैशाख ३० गते स्थानीय निर्वाचन तहको निर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगदेखि सरोकारवाला निकायहरु चुनावलाई लिएर छलफलमा छन्। यसबिच अर्थ मन्त्रालय पनि चुनावको बजेटलाई लिएर अहिले विभिन्न सरोकारवालासँग छलफलमा जुटेको छ। सरकारले चालु वर्षको बजेटमा निर्वाचनको लागि १० अर्ब रुपैयाँ छुट्याएको छ। तर,  विनियोजनभन्दा ५ गुणा बढी बजेटको माग आएको मन्त्रालयले जनाएको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेटमा चुनावका…

    विस्तृतमा पढ्नुस्

  • अक्षयकुमार र मानुषी अभिनित फिल्म 'पृथ्वीराज' १० जुनमा रिलिज हुने

    अक्षयकुमार र मानुषी अभिनित फिल्म 'पृथ्वीराज'  १० जुनमा रिलिज हुने

    बलिउड फिल्म 'पृथ्वीराज' को नयाँ रिलिज मिति सार्वजनिक भएको छ। अक्षयकुमार अभिनित फिल्म आगामी  १० जुन अर्थात् २७ जेठमा रिलिज हुने पक्का भएको हो। अभिनेता अक्षयकुमारले नयाँ रिलिज डेटबारे ट्विटरमार्फत् जानकारी दिएका हुन्। पृथ्वीराज चौहानको भूमिकामा देखिन पाउनु सौभाग्यको कुरा भएको उनले उल्लेख गरेका छन्। पराक्रम में अर्जुन, प्रतिज्ञा में भीष्म, ऐसे महान सम्राट पृथ्वीराज चौहान की भूमिका करने का सौभाग्य जीवन…

    विस्तृतमा पढ्नुस्

  • टेन्डी शेर्पा मेमोरियल बास्केटबल फागुन २ बाट, पुरुषतर्फ १४ र महिलातर्फ ५ टिम

    टेन्डी शेर्पा मेमोरियल बास्केटबल फागुन २ बाट, पुरुषतर्फ १४ र महिलातर्फ ५ टिम

    काठमाडौं : लेट लामा टेन्डी शेर्पा मेमोरियल ओपन मेन एण्ड वुमन्स बास्केटबल च्याम्पियनसिप फागुन २ गतेबाट सुरु हुने भएको छ। खेल दशरथ रंगशालास्थित कभर्ड हलमा हुनेछ। पुरुषतर्फ १४ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहने छ। पुरुषतर्फ एउटा विदेशी टोली र दुईवटा काठमाडौं उपत्यका बाहिरको टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। महिला तथा पुरुषतर्फका विजेताले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell