काठमाडौं : गएको वर्ष भन्दा यस वर्षको पुस महिनामा घ्यू तथा तेलको मूल्य २१ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७७ पुसमा भन्दा २०७८ पुसमा दाल तथा गेडागुडी पनि ९.२२ प्रतिशतले बढेको छ। यातायात क्षेत्रको मूल्य १४.०७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। खाद्यान्नमा मूल्यवृद्धि भएको देखिएको भए पनि समग्र उपभोक्ता मुद्रास्फीति भने ५.६५ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक…
काठमाडौं : शहीद स्मारक ए डिभिजन अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिसले च्यासललाई २-१ गोल अन्तरले हराएको हो। यी दुई टोली बिच माघ दुई गते खेल हुने तालिका थियो तर च्यासलका १९ जना खेलाडीमा कोभिड संक्रमण पाइएपछि स्थगित भएको थियो। स्थगित भएको खेललाई २२ गते दशरथ रंगशालामा खेलाउने…
काठमाडौं : आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा विद्युतीय मेसिन प्रयोगको सम्भावनाबारे निर्वाचन आयोगले छलफल थालेको छ। सरकारले वैशाख ३० गते तीनै तहको निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन आयोगले आफ्नो तयारी तीब्र बनाएको हो। त्यसै अनुसार निर्वाचन प्रणालीलाई विश्वासिलो र छिटो छरितो बनाउन विद्युतीय मेसिनको प्रयोग गर्ने विषयमा समेत छलफल गर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकरी दिए। दिउँसो १ बजे…
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्मा बिच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ। गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि अत्यावश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिए। सहसचिव भूसालका अनुसार अब गृह मन्त्रालयले बिहीवारसम्म…
भारतमा पछिल्लो २४ घन्टामा ७१ हजार ३ सय ६५ कोभिड १९ का नयाँ संक्रमित पहिचान भएको छ। संक्रमण दर क्रमश ओरालो लागिरहँदा मृत्यु भने चार अंकमै जारी रहेको छ। यस अधविमा भारतमा संक्रमणकै बिच १ हजार २ सय १७ जनाले ज्यान गुमाएका छन्। भारतमा अहिले ८ लाख ९२ हजार ८ सय २८ संक्रिय संक्रमित रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।…
पोखरा : लेखक गनेस पौडेलले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने भएका छन्। बुधवार सामाजिक सञ्जाल फेसबुक पोष्ट मार्फत् उनले आगामी स्थानीय तह निर्वाचनमा पोखरा महानगरको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। ‘जित वा हारभन्दा पर पनि यौटा लडाइँ हुन्छ। दशकौँको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी अटेरी मत हुन्छ म त्यो लडाइँमा जाँदैछु। यसपटक अटेर गर्दैछु,’ उनले लेखेका छन्,…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज नवौं चरणको बाँकी रहेको खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लब भिड्दै छन्। यी दुई टोलीबीच माघ दुई गते खेल हुने तालिका रहेको भएपनि च्यासलका १९ जना खेलाडीमा कोभिड संक्रमण पाइएपछि खेल स्थगित भएको थियो। स्थगित भएको खेललाई २२ गते दशरथ रंगशालामा खेलाउने गरी अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)ले मिति तोकेको…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र बर्नली बराबरीमा रोकिएका छन्। टर्फ मोरमा सम्पन्न खेलमा घरेलु टोली बर्नली र युनाइटेड १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको १८ औं मिनेटमा पउल पोग्वाको गोलमा युनाइटेडले अग्रता बनाएको बनाएको थियो। पहिलो हाफमा युनाइटेड एक गोलले अघि रहे पनि दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कियो। बर्नलीका लागि ४७ औं मिनेटमा जे…
काठमाडौँः नेपाली महिला फुटबल टोलीकी महत्वपूर्ण खेलाडी सावित्रा भण्डारी कतारमा उपचार गराएर मंगलबार नेपाल फर्किएकी छिन्। नेपाली महिला टोलीका लागि सर्वाधिक गोल गर्ने सावित्रा गत वर्ष फागुनमा सम्पन्न महिला लिगमा नेपाल पुलिसविरुद्धको खेलमा लड्दा चोट ब्यहोरेकी थिइन्। घुँडामा लागेको चोटका कारण कतारस्थित एस्पेटार अस्पतालमा ६ महिना बिताएर उनी नेपाल फर्किएकी हुन्। उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपचारका लागि…
काठमाडौं: सरकारले फागुन १ गतेदेखि सिनेमा हल खोल्न पाइने निर्णय गरेको छ। निर्णयसँगै फिल्म ‘यस्तो गीत गाउँछु-२’ को नयाँ रिलिज मिति घोषणा भएको छ। यो फिल्म अब फागुन १३ गते प्रदर्शन हुने पक्का भएको छ। निर्देशक सुदर्शन थापाले फिल्मको नयाँ रिलिज मितिबारे फेसबुकमार्फत जानकारी दिएका हुन्। यसअघि माघ १९ रिलिज तय भएको थियो। तर कोरोना संक्रमण बढेसँगै सरकारले सिनेमा हल बन्द गर्ने निर्णय…
बुटवलः मजदुरका रुपमा काम गर्ने र श्रमिकलाई चेतना भरेर संगठित गर्दै परिवर्तनको आन्दोलनमा सरिक भएका मजदुर नेताको स्मृतिमा बुटवलमा सालिकसहितको पार्क निर्माण भएको छ। बाबुसँगै बागलुङबाट बुटवलमा आएका र श्रमिकका रुपमा काम गरेका मजदुर अगुवा जितबहादुर पुन (जेबी पुन) को स्मृतिमा बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो। दुई खण्डमा निर्माण र विस्तार भइरहेको उक्त पार्क र परिसरमा निर्माण…
काठमाडौँः प्रतिनिधि सभाको बैठक फागुन २ गतेसम्म स्थगित गरिएको छ। सूचनाद्वारा बैठक स्थगित गरिएको हो। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक मध्यरातमा स्थगित गरिएको हो। अघिल्लो पटक पनि सार्वजनिक बिदाका दिन राति ८ बजे सूचनाद्वारा बैठक स्थगित गरिएको थियो।
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दशौं चरणका खेल शुक्रवारबाट सुरु हुँदैछन्। नवौं चरणपछि बाँकी रहेका खेलहरु शुक्रवारबाट सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। नवौ चरणका खेलहरु मध्ये बाँकी रहेको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल भोलि दशरथ रंगशालामा गराउने तयारी एन्फाको छ। हालसम्म दशरथ रंगशाला र पोखरा रंगशालामा खेल भइरहेकोमा दशौं चरणबाट…
काठमाडौँः पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ। संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले उपसमिति गठन गरेको हो। दुर्गा पौडेलको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिमा खेमप्रसाद लोहनी र लक्ष्मी परियार सदस्य छन्। मूल्यवृद्धिको वैकल्पिक व्यवस्था, जनतालाई दिने राहतलगायतमा सुझाव दिन उपसमिति गठन भएको सभापति निरादेवी जैरुले जानकारी दिइन्। बैठकमा…
पौराणिक टेलिश्रृखंला 'महाभारत' का भीम अर्थात प्रवीण कुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण सोमवार राति उनकाे निधन भएकाे हो। प्रवीणले सन् १९८१ मा फिल्म 'रक्षा' बाट अभिनयमा डेब्यु गरेका थिए। तर, 'महाभारत' मा भीमको भूमिका निभाएपछि उनी चिनिएका हुन्। उनले टेलीसिरियलका साथै ५० भन्दा बढी बलिउड फिल्ममा समेत काम गरिसकेका छन्। उनी खासगरि फिल्ममा भिलेनको भूमिकामा देखिन्थे।…
बलिउड अभिनेत्री आलिया भट्ट अहिले 'गंगुबाई काठियावाडी'लाई लिएर चर्चामा छिन्। यो फिल्म २५ फेब्रुअरी बाट प्रदर्शन हुँदैछ। यसैबिच आलिया अभिनित फिल्म 'डार्लिङस' सिधै ओटीटी प्याल्टफर्ममा रिलिज हुने पक्का भएको छ। शाहरुख खान र आलियाको फिल्म 'डार्लिङस' लाई नेटफ्लिक्सले मंहगो रकममा किनेको छ। आलियाले शाहरुख खानको रेड चिल्ली इन्टरटेनमेन्टसँग मिलेर निर्माण भएको फिल्म नेटफ्लिक्सले ८० करोड भारतीय रुपैयाँमा मा किनेको हो। जसमीन रीनको निर्देशनमा बनेको…
बुटवल : लुम्बिनी विकास कोषको कोषाध्यक्षमा रुपन्देहीका ढुण्डीराज भट्टराई (सिद्धिचरण) लाई नियुक्त गर्ने निर्णय भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। रुपन्देहीको देवदह स्थायी घर भएका भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बुद्ध दर्शनमा स्नातकोत्तर गरेका छन्। उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज समेत हुन्। उनको कार्यकाल ५ वर्षको हुनेछ।
काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जुम्ला जिल्ला इञ्चार्जसहितका नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा मंगलवार बिहान आयोजित एक कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन्। यसरी पार्टी प्रवेश गर्नेमा जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा 'रवीकिरण', जिल्ला सेक्रेटरी तिर्थ बड,सह-सेक्रेटरी अलिबहादुर शाही रहेका छन्। रविकिरण विप्लव नेतृत्वको पार्टीका भेरी…
भारतमा पछिल्लो २४ घण्टामा थप १ हजार १८८ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ लाख २ हजार ८७४ पुगेको छ। पछिल्लो समय भारतमा ओमोक्रन भेरियन्टका कारण बढेको संक्रमण दर घट्दै गए पनि मृतकको संख्या भने बढिरहेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार थप ६७ हजार ५९७ जनामा संक्रमण देखिएको छ। १ लाख ८० हजार…
काठमाडौं : साहित्यकार तथा समालोचक ताना शर्माको निधन भएको छ। डिमेन्सिया रोगबाट ग्रसित शर्माको आज निधन भएको हो। उनी मुटुरोग, उच्च रक्तचाप, मधुमेहबाट पनि पीडित थिए। बिहान साढे ८ बजे काठमाडौंको चाबहिल सरस्वतीनगरस्थित निवासमै उनको निधन भएको साहित्यकार राधेश्याम लेकालीले पुष्टि गरे। शर्माको आजै दिउँसो साढे १२ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने लेकालीले जानकारी दिए। शर्मा १९९१ असार ९ मा इलामको बरबोटेमा जन्मिएका हुन्।…