पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको निरन्तरता आवश्यक रहेको बताएका छन्। पोखरामा आज नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले गठबन्धनलाई निरन्तरता दिएर चुनावमा जानुपर्ने बताएका हुन्। गठबन्धनसँग मिलेर चुनावमा जाँदा कांग्रेसको उपस्थिति बलियो हुने उनको धारण छ। अहिलेको परिस्थितिमा एक्लै चुनावमा जानका लागि कांग्रेसको क्षमता नभएको पौडेलले बताए। ‘साथीहरुका गजब-गजबका भाषण बेलाबेला सुनिन्छ। हामी त एक्लै…
काठमाडौं : पछिल्लो २४ घन्टामा थप १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९ हजार २५१ जनाको कोरोना परीक्षण गर्दा १ हजार ३८६ जनामा कोरोना संक्रमण देखिएको हो। आरट-पीसीआर परिक्षणबाट १ हजार १८३ र एन्टीजेन परिक्षणबाट २०३ जनामा कोरोना संक्रमण पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घन्टामा ८ हजार ७०४ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या…
बाग्लुङ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरुसँग बजेट थप गर्नुपर्ने योजना माग गरेका छन्। गृहजिल्ला बाग्लुङ पुगेका मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरुसँग छलफल गर्दै योजना माग गरेका हुन्। उनले छलफलमा बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण माग गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। ‘अर्थ मन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गर्दैछ। थप्नुपर्ने योजनाको…
काठमाडौं : कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले जारी 'स्मार्ट लकडाउन' खुकुलो बनाउने निर्णय गरेको छ। आइतवार बसेको केन्द्रको बैठकले पछिल्लो लकडाउन खुकुलो गर्ने निर्णय गरेको हो। माघको पहिलो सातादेखि भौतिक रुपमा पठनपाठन बन्द भएका शैक्षिक संस्थाहरुलाई संक्रमण दर हेरेर खोल्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको छ। काठमाडौं उपत्यकालगायत देशभर कोरोना संक्रमण बढ्दै गएपछि माघको पहिलो साताबाट माघ १५ गतेसम्म विद्यालयहरु बन्द…
चर्चित भारतीय गायिका लता मंगेशकरको आज निधन भएको छ। कोरोना संक्रमण देखिएपछि अस्पतालमा उपचाररत् लताको आज बिहान निधन भएको हो। ‘मल्टी अर्गान फेलर’का कारण उनको मृत्यु भएको चिकित्सकहरुले बताएका छन्। उनको मृत्युसँगै सांगीतिक क्षेत्रमा ठूलो नोक्सान हुनुका साथै एक युगकै अन्त्य भएको छ। हजारौँ गीतमा आवाज दिएर ‘नाइटिङ्गेल अफ इन्डिया’को उपमा पाएकी लताको जीवन भने त्यति सहज थिएन। अनेकौँ संघर्षपछि लताले सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गरेकी थिइन्।…
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आगामी साता यूएई जाने भएका छन्। त्यहाँ अलपत्र परेका नेपालीहरुको व्यवस्थापनका विषयमा छलफलका लागि मन्त्री श्रेष्ठ यूएई जान लागेको उनको सचिवालयले जनाएको छ। ‘अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि आगामी साता यूएई जानुहुने भएको छ,’ श्रेष्ठको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ। वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा यूएई गई अलपत्र…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र जारी भएको ‘स्मार्ट लकडाउन’को समीक्षा गर्न उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ। आज साँझ ५ बजेतिर बैठक बस्ने तयारी भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद अधिकारीले बताए। कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौंमा २५ जना भन्दाबढी भेला भएर कुनै पनि कार्यक्रम गर्न निषेध गरिएको छ। त्यस्तै, शैक्षिक संस्थाहरु पनि बन्द छन्। ‘आज ५ बजेतिर बैठक बस्ने…
काठमाडौं : फिल्म ‘परस्त्री’को मुख्य भुमिकामा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छिन्। फिल्ममा उनी अभिनेता कोशिस श्रेत्रीसँगै मुख्य देखिनेछिन्। कोशिस यसअघि नै मुख्य भुमिकामा लागि फाइनल भइसकेका थिए। अझै एक अभिनेता र अभिनेत्रीको खोजी भइरहेको निर्माता तथा लेखक दीपेन्द्र के खनालले जनकारी दिए। छिटै फिल्मको मुख्य कलाकार छनोट कार्य सकेर 'वर्कसप' गरिने निर्माता खनालको भनाई छ। हाल धमाधम फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको छ। सुरज पाण्डेको डेब्यु…
पोखरा : युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले स्थानीय तह निर्वाचनको मिति घोषणाको माग गर्दै प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी कालो बेलुन उडाएर विरोध गरेको छ। पाँच दल मिलेर बनेको सरकारले स्थानीय तहको चुनावको घोषणा गर्न आनाकानी गरेको भन्दै युवासंघले विरोध जनाएको हो। युवा संघ गण्डकीका अध्यक्ष महेन्द्र गुरुङले सत्तारुढ गठबन्धनले निर्वाचनको मिति घोषणा नगरेकाले मुख्यमन्त्री कार्यालय अगाडि कालो बेलुन उडाएको…
बुटवल : नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहलाई एक दिन पनि खाली गराउने छुट सरकारलाई नभएको बताएका छन्। ज्ञवालीले मुलुकको निकास ताजा जनादेशबाट मात्रै हुने भएकाले जेठ ५ भित्रै स्थानीय तहको निवार्चन हुनुपर्ने बताए। प्रेस चौतारी नेपाल रूपन्देहीले आइतवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपालको इतिहासले कहिल्यै नभोगेको अस्तव्यस्त अवस्था सिर्जना गरेको आरोप पनि…
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल हुने भएको छ। आज दिउँसो ४ बजेका लागि तीन नेताबीच भेट तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। तीन नेताबीच अमेरिकी मिलिनियम च्यालेन्ज(एमसीसी) र स्थानीय निर्वाचनबारे छलफल हुने बताइएको छ। उच्चस्तरीय राजनीतिक समितिले सरकारलाई जेठमै…
पहिलो शीतकालीन ओलम्पिक सुरु गर्दा यसको नाम थियो: अन्तर्राष्ट्रिय शीतकालीन खेलकुद सप्ताह। सन् १९२४ को जनवरी २५ देखि फेब्रुअरी ५ सम्म फ्रान्सको चामोनिक्समा सम्पन्न प्रतियोगितालाई पहिलो शीतकालीन ओलम्पिकका रुपमा 'रिकग्नाइज्ड' गरिन्छ। यद्यपि, आयोजक फ्रेन्च ओलम्पिक कमिटीले 'अन्तर्राष्ट्रिय शीतकालीन खेलकुद सप्ताह'को रुपमा आयोजना गरेको थियो। सन् १९२६ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको पोर्चुगलको लिस्बनमा बसेको बैठकले उक्त प्रतियोगिताको नाम परिवर्तन गर्दै पहिलो शीतकालीन…
काठमाडौं : काभ्रेको अग्लो भेग महाभारत पहाडको उच्च भागमा परेको हिउँ अझै पग्लिएको छैन। बिहीबार रातिदेखि शनिबार बिहानसम्म परेको हिउँ खेल्न डाँडाकाँडामा युवाहरुको भीड लागेको छ। जिल्लाकै अग्लो भाग बेथानचोक गाउँपालिकाको बेथानचोक नारायणस्थानडाँडा हिउँले झपक्कै ढाकेको छ। हिउँ परेका कारण बारीमा पाक्दै गरेको अन्नबाली नष्ट भए पनि अब लगाउने अन्नबाली सप्रिने आशामा छन् यहाँका किसान। बोथानचोक गाउँपालिका–१ च्यामम्राङबेँसी कलङसिका दुर्गप्रसाद…
बेइजिङमा शीतकालीन ओलम्पिकसँग सम्बन्धित १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। बेइजिङ ओलम्पिक कमिटीले आइतवार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो। तीमध्ये ४ जनामा एयरपोर्ट उत्रिएपछि परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएको हो। अन्य ६ जना भने ‘क्लोज्ड लुप’मै रहेका व्यक्तिहरु हुन्। चीनले ओलम्पिकको लागि ‘क्लोज्ड लुप’को अवधारण ल्याएको छ, जसमा रहेका ब्यक्तिहरु बाहिरी दुनियाँको सम्पर्कमा आउन पाउँदैनन्।…
काठमाडौं : बेलायती महारानी एलिजावेथ द्वीतियाले डचेस अफ कर्नवाल कामिलालाई आगामी रानीको रुपमा चाहेको बताएकी छन्। प्रिन्स चार्ल्स राजा भएसँगै उनको सहयोगी रानीको रुपमा कामिलालाई हेर्न चाहेको उनले बताएकी हुन्। आफ्नो राज्यारोहणको ७० औं वर्षगाठको अवसरमा सन्देश जारी गर्दै ९२ वर्षीया महारानी एलिजावेथले कामिलालाई यो उपाधी प्राप्त होस भन्ने इच्छा रहेको बताएकी हुन्। महारानीको यो घोषणासँगै कामिलालाई भविष्यमा ‘महारानी कामिला’…
भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ७ हजार ४७४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, २ लाख १३ हजार २४६ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १२ लाख २५ हजार ११ पुगेको छ। हाल भारतमा दैनिक संक्रमण दर ७.४२ रहेको छ। संक्रमणका कारण थप ८६५ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ५ लाख १ हजार…
भारतले पाँचौ पटक यू १९ विश्वकपकव उपाधि जितको छ। फाइनल खेलमा इङ्ग्ल्याण्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन बनेको हो। टस जितेर ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्डले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १८९ रन बनाएको थियो। जसका लागि जेम्स रिउले सर्वाधिक ९५ रन बनाउँदा जेम्स सेलले अविजित ३४ रनको महत्वपूर्ण योगदान दिए। त्यस्तै जर्ज थोमसले २७ र रेहान अहमेद र एलेक्स होर्टनले समान…
हेटौँडाः मकवानपुरको उत्तरी क्षेत्रमा हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार इन्द्रसरोवर गाउँपालिका ५ सिम्पानीमा हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु जनाएको छ। मकवानपुर प्रहरीका निमित्त प्रवक्ता देवेन्द्र दासले घटनास्थलमा फाखेलबाट प्रहरी टोली परिचालन भइसकेको बताए। प्रहरी घटनास्थलमा पुगेपछि थप जानकरी आउने उनको भनाई छ।
कैलालीः हिमपातका कारण अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने राजमार्ग बिहीबारबाट अवरुद्ध बनेको थियो। राजमार्गमा भएको बाक्लो हिउँ पन्छाएपछि सडक सञ्चालनमा आएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जननाएको छ। हिमपात रोकिएपछि शनिबार बिहानैदेखि स्थानीय तहका डोजर र नेपाली सेनाले हिउँ पन्छाउने काम गरेका थिए। दिनभरको प्रयासपछि शनिबार साँझ मात्रै सडक सुचारु गर्न सकिएको प्रहरीले जनाएको…
काठमाडौँः नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। माघ २७ गते दिउँसो २ बजे बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। बैठकमा म्याद समाप्त भएका भातृ संगठन तथा शुभेच्छुक संस्थाका विषयमा छलफल हुनेछ। यस्तै, पार्टीका बाँकी जिल्ला अधिवेशनहरुका विषयमा पनि छलफल हुनेछ। माघ १४ गते ३७ सदस्यीय कार्यसम्पादन समिति गठन भएको थियो।