काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमोक्रन भेरियन्टको संक्रमण दर घट्दै गएको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले नेपालमा ओमोक्रनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिएकी हुन्। ‘पहिल्लो तथ्यांकको अनुसार नेपालमा अहिले संक्रमण दर घटेको देखिन्छ। पहिला एउटा प्रदेशमा एक संक्रमितले ३ जनालाई संक्रमित गथ्र्यो। त्यो दरचाँही अब विस्तारै घटिराखेको छ। र,…
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत नवौँ चरणमा बाँकी रहेको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल फेरि स्थगित भएको छ। यी दुई टोलीबीच माघ दुई गते खेल हुने तालिका रहेको भएपनि च्यासलका १९ जना खेलाडीमा कोभिड संक्रमण पाइएपछि खेल स्थगित भएको थियो। स्थगित भएको खेललाई २२ गते दशरथ रंगशालामा खेलाउने गरी अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)ले…
काठमाडौं : मधेश प्रदेशका चार जिल्लाका घरघर पुगेर सर्वसाधरणलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ। कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेश प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको आजबाट सुरु भएको हो। आड्रा नेपाल र वाग्मती सेवा समाज सर्लाहीको आयोजना तथा स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा यी चार जिल्लाका गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा…
आलिया भट्ट अभिनित बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ को ट्रेलर सार्वजनिक भएको छ। बहुप्रतिक्षित भनिएको उक्त फिल्मको माफिया डन गगुंबाईको जीवनमा केन्द्रित छ। आलियाले यस फिल्ममा गंगुबाईको भूमिका निभाएकी छिन्। उनले इन्स्टाग्राममा फिल्मको ट्रेलर सेयर गर्दै 'गंगुबाई जिन्दावाद' लेखेकी छिन्।आलियाले यस फिल्ममा निकै मेहेनत गरेको भारतीय मिडियाले जनाएको छ। View this post on Instagram …
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन्। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसद्मा समिति प्रणाली : राष्ट्रियसभा विशेष’ पुस्तकको विमोचन गर्दै भण्डारीले संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाउनाका साथै आफ्नो महत्वलाई स्थापित गर्न सकेको बताइन्। उनले उक्त पुस्तक प्रकाशन गरेर संसदीय गतिविधिहरुको अभिलेखीकरणमा योगदान…
काठमाडौं: अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह फिल्म् 'ह्यारीकी प्यारी' को छायाङ्कन सुरु गरेकी छिन्। पछिल्लो समय केही म्यजिक भिडियो काम गर्दैँ आएकी साम्राज्ञी फिल्मको सेटमा फर्किएकी हुन्। केही दिनअघि सुरु भएको फिल्मको शुभ मुर्हतमा साम्राज्ञी उपस्थित थिइनन्। तर आफ्नो छायाङ्कन सेड्युलमा उनी सेटमा पुगेकी हुन्। कलाकार जितु नेपालले छायाङ्कन स्थलको फोटो फेसबुकमा सेयर गरेका छन्। फोटोमा जितुका साथै सामाग्री र बिजय बराललाई…
काठमाडौं : युट्युबमा विभिन्न कन्टेन्टहरु प्रसारण गर्दै आएको 'कुकी डंक' च्यानलबाट प्रसारण हुने 'बाँकी समाचार' कार्यक्रमको एक भिडियोको अंश विवादमा परेको छ। समाचारलाई व्यङ्ग्यका माध्यमबाट प्रस्तुत गर्दै आइरहेको 'बाँकी समाचार'मा महिलाको बारेमा गरिएको ‘जोक’ का कारण कार्यक्रम र कार्यक्रम प्रस्तोताको आलोचना भइरहेको छ। कार्यक्रमकी प्रस्तोता योजना मगरले मानव बेचविखनमा परेकी महिलाहरुलाई लिएर सवंदेनशील व्यङ्ग्य गरेको भन्दै सामाजिक संजालमा विरोध भइरहेको हो। ‘केन्याबाट उद्धार गरिएका युवती…
काठमाडौं : तीन जना साथीको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिहीबार मुख्य योजनाकार अनिल मण्डललाई काठमाडौंबाट पक्राउ गरेर मोरङ पुर्याइएका थिए। उनी सहित तीन जना आरोपीलाई पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको हो। सिराहा नगरपालिका घर भएका ३१ वर्षीय अनिल मण्डल, मोरङ धनपालथान गाउँपालिका ७ घर भएका ६२ वर्षीय नासिर आलम र मोरङ…
सन् २००४ मा फेब्रुअरी ४ मा सामाजिक संजाल ‘फेसम्यास’ को नामलाई ‘फेसबुक’ बनाइएको थियो। मार्क जुकरबर्गले ‘फेसम्यास’ भने सन् २००३ अक्टोबर २८मा स्थापना गरेका थिए। हार्वड विश्वविद्यालयमा हुँदा उनले खोलेको एपकै कारण उनलाई विश्वविद्यालयबाट निकालिएको थियो। पछि भने उनीमाथि लगाइएका आरोपहरु फिर्ता लिइएको थियो। त्यसपछि उनले आफ्नो सेमेस्टरको प्रोजेक्टका लागि एपको विकास गरेका थिए। ‘फेसम्यास’को नाम परिवर्तन गरेपछि भने कम्पनीले सफलताको शिखर…
भारतमा पछिल्लो २४ घण्टामा १ लाख ४९ हजार ३९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। हिजो भन्दा १३ प्रतिशत कममा संक्रमण देखिएको हो। संक्रमणका कारण थप १ हजार ७२ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ५ लाख ५५ जनाको मृत्यु भइसकेको छ। यस्तै, संक्रमण २…
काठमाडौँः महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले अनिलकुमार मण्डललाई काठमाडौँबाट पक्राउ गर्यो। माघ १२ र १३ गते मोरङले धनपालथान गाउँपालिका ७ स्थित उखुबारीभित्र भेटिएका दुई वटा शवको अनुसन्धानमा मण्डलको कनेक्सन खुलेको थियो। घटनाको अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट डिएसपी काठमाडौँ नै आएका छन्। पक्राउ परेका मण्डललाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइसकेको छ। तर उनै…
काठमाडौँ: झारफुक गर्ने क्रममा एक बालिकाको मृत्यु भएपछि पक्राउ परेकी माता भनिने उमा शाहीलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षको लागि थुनामा पठाएको छ। नागार्जुन नगरपालिका वडा नम्बर १ रानीवन पानीट्याङ्की बस्ने ‘माता’ भनिने ४८ वर्षीय शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। शाहीकी सहयोगी बालिकालाई भने अदालतले बाल सुधार गृह पठाएको छ। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी-७ धुन्चेपाखा बस्ने…
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक आज सम्पन्न भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न बैठकले निर्वाचन नियमावली मस्यौदा फिफा र एएफसीको निर्देशन पालना गर्नगरी पारित गर्ने लगायतका निर्णय गरेको एन्फाले जनाएको छ। त्यस्तै निर्वाचन समिति गठन गर्न अध्यक्षको प्रस्ताव अनुसार अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा सहसंयोजकमा अधिवक्ता रामचन्द्र गौतम, सदस्य दामोदर भट्टराई त्यस्तै वैकल्पिक सदस्यमा अधिवक्त सरस्वती श्रेष्ठ…
काठमाडौः ललितपुरमा एक पुरुषको शव गाडिएको अवस्थामा फेला परेको छ। महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरस्थित धापाखेलको दोबाटोमा गाडेको अवस्थामा शव फेला पारेको हो। शवको प्रकृति हेर्दा कम्तिमा एक महिना अगाडि नै गाडीएको हुनसक्ने महाशाखाका एसएसपी वसन्त कुँवरले बताए। 'एक जनाको घर पछाडि रहेको जग्गामा गाडिएको अवस्थामा भेटिएको छ। पाँच फिट खाल्डो खनेर ढलान गरिएको थियो। ढलान फोडेर शव निकालिएको हो,' एसएसपी कुँवरले भने।…
कैलालीः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ। यस्तै कैलाली र कञ्चनपुरमा पनि वर्षा भइरहेको छ। पहाडी जिल्लाहरूमा बिहानदेखि वर्षा सुरु भएसँगै बिहीबार दिउँसोबाट हिमपात भइरहेको हो। क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार डडेल्धुराको साहुखर्क, हगुल्टे लेक, बैतडीको खोड्पे क्षेत्रमा भारी हिमपात भएपछि राजमार्ग अवरुद्ध भएको छ। तत्काल सञ्चालनको सम्भावना नरहेको प्रहरीको भनाई छ। उता बझाङको…
हेटौँडाः नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेले बिहीबार पदभार ग्रहण गरेका छन्। कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ प्रदेश सभापति निर्वाचित भएपछि लामिछानेले कार्यवाहकको जिम्मेवारी पाएका थिए। १४औँ महाधिवेशनबाट बानियाँ प्रदेश सभापति चयन भएका थिए।
काठमाडौं : पछिल्लो २४ घण्टामा १२ हजार ६०५ जनाको कोभिड १९ परीक्षण गर्दा ३ हजार १७५ जनामा संक्रमण देखिएको छ। यस्तै, ८ हजार ७२३ जना संक्रमण मुक्त हुँदा देशभर कुल सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ लाख ६६ हजार ५४० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। मन्त्रालयका अनुसार संक्रमणका…
अमेरिकाले युरोपमा सैनिक शक्ति विस्तार गरेको भन्दै रसियाले खेद प्रकट गरेको छ। युक्रेनमा रसियाले सैनिक हस्तक्षेप गर्न लागेको भन्दै अमेरिकाले सैनिक ट्रुप पठाएपछि यस्तो प्रतिक्रिया आएको हो। अमेरिकी कदमलाई 'विध्वंसात्मक' भन्दै राजनीतिक समाधानको विषयलाई थप तनावपूर्ण बनाएको मस्कोको भनाइ छ। पेन्टागनले २ हजार अमेरिकी सैनिक नर्थ कोरालिनाबाट पोल्यान्ड जर्मनीतर्फ पठाएको जनाएको छ। जर्मनीमा पहिले नै रहेका १ हजार सैनिक रोमानियाँ जाँदै…
हेटौंडा : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे पदीय मर्यादाविपरीत गालीगलौजमा उत्रिएको भन्दै प्रतिवादमा उत्रिने चेतावनी दिएको छ। एमालेबाट वाग्मती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रहेका दीपक निरौलाले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभामै विपक्षी दलमाथि मुख्यमन्त्री संसदीय मर्यादाविपरित व्यक्तिगत गालीगलौजमा उत्रिएको भन्दै आपत्ति जनाएका हुन्। यस्तै, उनले मुख्यमन्त्री र सरकार भ्रष्टाचारमा संलग्न भएको आरोप समेत…
संयुक्त अरब इमिरेट्स‘युएइ’मा पछिल्लो केही सातादेखि ड्रोन र मिसाइल आक्रमण हुने क्रम जारी छ। यमनलाई लिएर विवाद बढिरहेको बेलामा युएइमा फेरि ड्रोन आक्रमण भएको अलजजिराले उल्लेख गरेको छ। युएई साउदी अरेबियाले नेतृत्व गरेको सेन्य गठबन्धनमा रहेको छ। उक्त गठबन्धनले मार्च २०१५ मा हुथि विद्रोहीले यमन कब्जा गरेपछि हस्तक्षेप गरेको थियो। अहिले युएईमा भइरहेको ड्रोन आक्रमणको जिम्मेवार हुथि विद्रोही नै भएको…