PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

  • सुरक्षा समितिको बैठकमा निर्वाचनमाथि छलफल

    सुरक्षा समितिको बैठकमा निर्वाचनमाथि छलफल

    काठमाडौं : गृह मन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बैठकमा आगामी जेठ ४ गतेका लागि प्रस्ताव भएको स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापन र वर्तमान सुरक्षा अवस्थाबारे छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। बैठकमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • सुनीलले छाडेको फिल्म 'लाखे' मा भित्रिए प्रशान्त

    सुनीलले छाडेको फिल्म 'लाखे' मा भित्रिए प्रशान्त

    काठमाडौं : फिल्म ‘लाखे’ मा प्रशान्त ताम्राकार भित्रिएका छन्। फिल्मको मुख्य खलनायकको भुमिकाको लागि उनी अनुबन्धित भएका हुन्। यसअघि 'लाखे' मा खलनायकको भूमिकामा कलाकार सुनील थापाको अभिनय हुने पक्का भएको थियो। तर थापाले बलिउड फिल्ममा काम गर्ने भएकाले समय दिन भ्याएनन्। जसकारण थापाकै सहमतिमा प्रशान्तलाई भित्र्याएको निर्देशक सम्राट बस्नेतले जानकारी दिए। अभिनेता ताम्राकारले पनि ‘लाखे’ मा जोडिन पाउँदा खुसी लागेको बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सरकारको कामबारे पार्टीमा समीक्षा हुने भन्दै विश्वप्रकाशले भने : यो सरकारसँग सबै कुराको अपेक्षा नगर्दा हुन्छ

    सरकारको कामबारे पार्टीमा समीक्षा हुने भन्दै विश्वप्रकाशले भने : यो सरकारसँग सबै कुराको अपेक्षा नगर्दा हुन्छ

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन्। शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षासँगै सरकारलाई दिशानिर्देश गरिने समेत बताए। 'सरकारबाट केही कमजोरी भएका छन्। त्यसलाई कसरी सच्याउन सकिन्छ भनेर कार्यसम्पादन समितिको बैठकमा छलफल हुनेछ। सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिनेछ' उनले…

    विस्तृतमा पढ्नुस्

  • ५७ देशमा फैलियो ओमोक्रनको 'सब भेरियन्ट', पहिलो भेरियन्टभन्दा थप संक्रामक

    ५७ देशमा फैलियो ओमोक्रनको 'सब भेरियन्ट', पहिलो भेरियन्टभन्दा थप संक्रामक

    विश्व स्वास्थ्य संगठनले ओमोक्रन भेरियन्टको 'सब भेरियन्ट' ५७ देशमा फैलिसकेको जनाएको छ। निकै संक्रामक भनिएको ओमोक्रन भन्दा यो नयाँ सब भेरियन्ट थप संक्रामक रहेको वैज्ञानिकहरुले बताउँदै आएका छन्। ओमोक्रनको पहिलो भेरियन्ट (BA.1) भने १६५ भन्दा बढी देशमा फैलिसकेको छ। संगठनले विभिन्न देशमा ५० प्रतिशतभन्दा बढी संक्रमितहरुमा 'सब भेरियन्ट' देखिएको जनाएको छ। BA.2  नाम दिइएको यो 'सब भेरियन्ट' को थप अध्ययन भइरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • एमाले सचिवालयको बैठक भक्तपुरमा सुरु

    एमाले सचिवालयको बैठक भक्तपुरमा सुरु

    काठमाडौं : नेकपा एमालेको सचिवालयको बैठक भक्तपुरमा सुरु भएको छ। सरकारले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गर्दै निर्वाचन आयोगसँग परामर्श थालेसँगै एमाले छलफलमा जुटेको हो। बैठकमा पार्टीको नियमावली र जनसंगठन सञ्‍चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ। बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिबारे…

    विस्तृतमा पढ्नुस्

  • पैसाका लागि संक्रमितको रिपोर्टलाई 'कोरोना नेगेटिभ' देखाउँदै ल्याब, अस्पतालबाटै समातिए कर्मचारी र दलाल

    पैसाका लागि संक्रमितको रिपोर्टलाई 'कोरोना नेगेटिभ' देखाउँदै ल्याब, अस्पतालबाटै समातिए कर्मचारी र दलाल

    काठमाडौं :  नक्कली आरटी पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा धनुषा बिदेह नगरपालिकाका २५ वर्षीय रोशनकुमार छिट्टान, छिरेश्वर नगरपालिकाका २५ वर्षीय नागेन्द्र यादव, काभ्रेपलान्चोक तेमाल गाउँपालिकाका २५ वर्षीय माधव मैनाली र सर्लाहीका २४ वर्षीय प्रशन्नकुमार झा रहेका छन्। झा नागरिक अस्पतालका ल्याब…

    विस्तृतमा पढ्नुस्

  • दुई डोज नलगाएका व्यक्तिको मोबाइलमा 'पूर्ण खोप' लगाएको मेसेज! अनियमितता भएको भारतीय स्वास्थ्यकर्मीको आरोप

    दुई डोज नलगाएका व्यक्तिको मोबाइलमा 'पूर्ण खोप' लगाएको मेसेज! अनियमितता भएको भारतीय स्वास्थ्यकर्मीको आरोप

    कोरोना भाइरस महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहेका भारतीय स्वास्थ्यकर्मीहरूले खोप प्रमाणपत्रमा व्यापक अनियमितता भएको आरोप लगाएका छन्। भारतमा खोपको दुवै डोज नपाउँदै मानिसहरुले दोहोरो खोप लगाएको दर्ता कार्ड दिइरहेको स्वास्थ्यकर्मीहरूको दावी छ। खोप लगाउने सरकारी लक्ष्य पूरा गर्ने दबाबको कारण मानिसहरूलाई दुवै डोज नलिई दोहोरो खोप लिइसकेको भन्दै आधिकारिक रूपमा दर्ता गरिएको कोभिड १९ खोप कार्ड दिइएको उनीहरुको आरोप छ। पहिलो मात्रा…

    विस्तृतमा पढ्नुस्

  • बिहीबारदेखि आलोपालो सेवा दिँदै भक्तपुर जिल्ला प्रशासन, कुन बार कुन नगरपालिकाको पालो ?

    बिहीबारदेखि आलोपालो सेवा दिँदै भक्तपुर जिल्ला प्रशासन, कुन बार कुन नगरपालिकाको पालो ?

    काठमाडौं : कोरोना भाइरसको संक्रमण बढेसँगै केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि भने आलोपालो सेवा दिने भएको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यही २० गते बिहीबारदेखि आलोपालो प्रणालीबाट दिइने बताइन्। प्रशासनले गत माघ ५ गतेबाट स्थगित गरिएका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सिफारिस लगायतका अत्यावश्यक नियमित सेवा अर्को सूचना जारी नभएसम्म माघ २० गतेदेखि…

    विस्तृतमा पढ्नुस्

  • एमाले सचिवालय बैठक बस्दै, स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने

    एमाले सचिवालय बैठक बस्दै, स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने

    काठमाडौं : नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। स्थानीय तह निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन संचालन निर्देशिका निर्माणलगायत विषयमा सचिवालयमा छलफल हुने बताइएको छ। भक्तपुरको गठ्ठाघरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने बैठकमा केन्द्रीय विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा समेत छलफल हुने कार्यसूची रहेको पार्टीका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। एमालेको दशौँ महाधिवेशनबाट…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर अस्पतालमा बिहीबारबाट नियमित सेवा संचालन हुने

    भरतपुर अस्पतालमा बिहीबारबाट नियमित सेवा संचालन हुने

    काठमाडौं : कोरोना भाइरस संक्रमण बढेसँगै बन्द गरिएका भरतपुर अस्पतालको सेवा पुनः संचालन गरिने भएको छ। अस्पतालले स्थगित गरेको ओपिडी सेवा र नियमित शल्यक्रिया यही बिहीबारबाट पुनः संचालन गर्न लागेको हो। माघ ९ गतेदेखि यी सेवा स्थगित गरिएको थियो।  अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्ण पौडेलका अनुसार कोरोना जोखिमका कारण बन्द गरिएको सेवा संचालनमा ल्याउन लागिएको हो। 'अस्पतालमा कोरोना संक्रमित…

    विस्तृतमा पढ्नुस्

  • भारतमा घट्दै संक्रमितको संख्या, निर्माताले गर्न थाले फिल्मको रिलिज मिति घोषणा

    भारतमा घट्दै संक्रमितको संख्या, निर्माताले गर्न थाले फिल्मको रिलिज मिति घोषणा

    भारतमा ओमोक्रन भेरियन्ट फैलिएसँगै ह्वातै बढेको संकमणदर अहिले घट्दो छ। कोरोनाको जोखिम बढेपछि रिलिज मिति तय भएका फिल्महरु 'होल्ड'मा बसेका थिए। अहिले संक्रमितको संख्यामा कमी आउँदा निर्माताहरू फिल्मको नयाँ रिलिज मिति तय गर्न कस्सिएका छन्। जनवरीदेखि रिलिज हुने भनिएका तर महामारीका कारण स्थगित भएका फिल्मले अहिले नयाँ रिलिज मिति घोषणा गर्दैछन्।  प्रभास अभिनित 'राधेश्याम' को पनि नयाँ मिति घोषणा भएको छ। प्रभाससँगै पूजा…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानका राष्ट्रपिताको नाममा रहेको 'जिन्ना टावर' मा पोतियो भारतको झण्डाको रंग

    पाकिस्तानका राष्ट्रपिताको नाममा रहेको 'जिन्ना टावर' मा पोतियो भारतको झण्डाको रंग

    पाकिस्तानका राष्ट्रपिता मोहम्मद अलि जिन्नाको नाममा भारतको आन्ध्रप्रदेशको गुंटूर शहरमा एउटा स्मारक छ। सो स्मारकलाई 'जिन्ना टावर' भनिन्छ। ब्रिटिश शासनबाट भारत टुक्राएर पाकिस्तान बनाउन सफल जिन्नाको नाममा रहेको यो स्मारकलाई लिएर बेलाबेलामा विवाद समेत हुने गरेको छ। अहिले भने उक्त टावरलाई भारतको राष्ट्रिय झण्डामा रहेको तीनवटा रंगले सजाइएको छ। सत्ताधारी विधायक मोहम्मद मुस्तफाको आदेशमा उक्त टावरमा रंग पोतिएको हो। यसअघि भारतको…

    विस्तृतमा पढ्नुस्

  • क्रिप्टो करेन्सीको कारोबारमा एक ३० वर्षीय युवक समातिए, मोबाइलमै देखियो डेढ करोडसम्मको कारोबार

    क्रिप्टो करेन्सीको कारोबारमा एक ३० वर्षीय युवक समातिए, मोबाइलमै देखियो डेढ करोडसम्मको कारोबार

    काठमाडौं : नेपाल सरकारले अवैध घोषणा गरेको क्रिप्टो करेन्सी कारोबार गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले न्यूरोडबाट ३० वर्षीय रवीन्द्र अधिकारी भनिने चन्द्रमणि अधिकारीलाई नियन्त्रणमा लिएको हो। अधिकारीले प्रयोग गर्ने मोबाइलमा डेढ करोड रुपैयाँ बराबरको क्रिप्टोको कारोबार भएको खुल्न आएको एसपी सन्तोष सिंह राठौरले जानकारी दिए। 'यो मोबाइलमा खेल्ने कारोबार हो। त्यसैले नगद भन्दा पनि मोबाइलमा…

    विस्तृतमा पढ्नुस्

  • भारतमा घट्दै दैनिक संक्रमतिको संख्या, मृत्यु दर भने उकालो लाग्‍दै

    भारतमा घट्दै दैनिक संक्रमतिको संख्या, मृत्यु दर भने उकालो लाग्‍दै

    भारतमा कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिपछि बढेको संक्रमण दर अहिले विस्तारै घट्दै गएको छ। दैनिक दुई लाखभन्दा बढीमा संक्रमण पुष्टि हुँदै आएकोमा अहिले दैनिक संक्रमितको संख्या घटेको हो। पछिल्लो २४ घण्टामा भारतमा १ लाख ६१ हजार ३८६ जनामा संक्रमण देखिएको छ। यस्तै,  २ लाख ८१ हजार १०९ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या १६ लाख २१ हजार ६०३…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले जबर्जस्ती युद्धतिर धकेल्दै गरेको पुटिनको आरोप

    अमेरिकाले जबर्जस्ती युद्धतिर धकेल्दै गरेको पुटिनको आरोप

    युक्रेनको विषयमा अमेरिकाले जबरजस्ती युद्धतिर धकेलिरहेको आरोप रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले लगाएका छन्। युक्रेनको विषयले युरोपमा तनाव कायम रहेको केही सातापछि मात्रै उनको महत्त्वपूर्ण अभिव्यक्ति आएको हो। उनले सोझै अमेरिकाले युद्धका लागि उक्साइरहेको टिप्पणी गरेका हुन्। युरोपमा नाटो गठबन्धनमा रसियाको चासोलाई अमेरिकाले बेवास्ता गरिरहेको आरोप पनि लगाएका छन्।  रसियाको सेना युक्रेनको सीमामा तैनाथ भएसँगै सुरु भएको तनाव घट्ने संकेत देखिएको…

    विस्तृतमा पढ्नुस्

  • मार्टिनेजको गोलमा कोलम्बियामाथि अर्जेन्टिनाको संघर्षपूर्ण जित

    मार्टिनेजको गोलमा कोलम्बियामाथि अर्जेन्टिनाको संघर्षपूर्ण जित

    कतार विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको छ। विश्वकपमा लागि छनोट भइसकेको अर्जेन्टिनाले कोलम्बियालाई १-० गोलअन्तरले हराएको हो। अर्जेन्टिनास्थित स्टेडियो मारियो अल्बर्ट अल्बेरोमा सम्पन्न खेलमा घरेलु टोलीलाई जित दिलाउन लौटरो मार्टिनेजले निर्णायक गोल गरे। उनले खेलको २९ औं मिनेटमा मार्कस अकुनाको पासमा गोल गरेका थिए। राम्रो बल पोजिसन बनाएको अर्जेन्टिनाले केही थप अवसर बनाएको थियो…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोल, डिजेल र मट्टीतेलको भाउ फेरि बढ्यो, कुनमा कति पुग्यो मूल्य?

    पेट्रोल, डिजेल र मट्टीतेलको भाउ फेरि बढ्यो, कुनमा कति पुग्यो मूल्य?

    काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः भाउ बढाएको छ। मंगलबार रातिदेखि १२ बजेबाट लागू हुनेगरि निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको भाउ बढाएको हो।   समायोजित मूल्य अनुसार अब पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ बढेर १४२ कायम भएको छ। त्यस्तै डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेको छ। समायोजित मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको । त्यस्तै आन्तरिक हवाइ…

    विस्तृतमा पढ्नुस्

  • लगातार दुई जितपछि अलमुताइरीको प्रतिक्रिया: आज डर देखिएन

    लगातार दुई जितपछि अलमुताइरीको प्रतिक्रिया: आज डर देखिएन

    काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीले मरिसससँगको दुई मैत्रीपूर्ण खेलमा दुबैमा जित निकालेको छ। आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले मरिससमाथि १-० गोलअन्तरले जित निकाल्यो। 'आज हामीले जित्यौँ। ३-४-३ मा खेलेका थियो। तीन सेन्ट्रल डिफेन्स प्रयोग गरेँ। मेरो प्लेयरले आफूभन्दा बलिया खेलाडीसँग प्रतिस्पर्धा गरे,' उनले भने, 'म्याचमा धेरै टेन्स भयो। हामी टेन्स अवस्थामा हुनुहुँदैनथ्यो। जब म्याच सकियो, सबै कुरा सकियो।…

    विस्तृतमा पढ्नुस्

  • चार जनाले 'रातो कार्ड' ब्यहोरेको तनावपूर्ण मैत्रीपूर्ण खेलपछि मरिससका प्रशिक्षकले भने: हाम्रा खेलाडीलाई प्रोभोक गरियो

    चार जनाले 'रातो कार्ड' ब्यहोरेको तनावपूर्ण मैत्रीपूर्ण खेलपछि मरिससका प्रशिक्षकले भने: हाम्रा खेलाडीलाई प्रोभोक गरियो

    काठमाडौँ: नेपालसँगको दोस्रो मैत्रीपूर्ण खेलमा पराजय ब्यहोरेपछि मरिससका प्रशिक्षक मारिइ पास्कल टोनीले आफ्ना खेलाडीलाई प्रोभोक गरिँदा खेल तनावपूर्ण बनेको प्रतिक्रिया दिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो मैत्रीपूर्ण खेलको दोस्रो हाफ तनावपूर्ण बनेको थियो। 'हामीले राम्रो खेल्यौँ। केही स्कोरका अवसर पनि बनायौँ, तर, त्यसमा चुक्यौँ,' प्रशिक्षक टोनीले भने, 'मेरा खेलाडीलाई प्रोभोक गरियो र उनीहरुले रेड कार्ड पाए। लामो समय अन्तर्राष्ट्रिय खेल…

    विस्तृतमा पढ्नुस्

  • रंगशालामा बत्ती निभ्दा नेपाल र मरिसस बीचको खेल रोकियो

    रंगशालामा बत्ती निभ्दा नेपाल र मरिसस बीचको खेल रोकियो

    काठमाडौं : दशरथ रंगशालामा जारी नेपाल र मरिससविरुद्धको खेल रोकिएको छ। रंगशालामा बिजुली अवरुद्ध हुँदा खेल रोकिएको हो। दोस्रो हाफ सकिने अवस्थामा रंगशालामा रहेको चारवटै 'फल्ड लाइट' निभेपछि खेल अवरुद्ध भएको हो। आयोजकले वैकल्पिक व्यवस्था नगर्दा खेल नै रोकिएको हो। काठमाडौं भरि नै बिजुली निभ्दा रंगशालामा पनि बत्ती निभेको हो।  आज भएको नेपाल र मरिससबिचको दोस्रो खेलको पहिलो हाफमा नेपालका सुजल श्रेष्ठले गोल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell