काठमाडौँः नेपाल र मरिससबीच दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलमा दुबै टोलीका एक एक खेलाडीलाई रातो कार्ड दिइएको छ। दोहोरो पहेँलो कार्डका कारण रेड कार्ड दिइएको हो। नेपालका अञ्जन विष्टमाथि भएको फलको विषयलाई लिएर विवाद सुरु भएको थियो। नेपालका पुजन उपरकोटी र मरिससका एन्द्रिनलाई कार्ड दिइएको हो। नेपाली टिमका म्यानेजर मधुसुदन उपाध्यायलाई पनि रेड कार्ड दिइएको छ। अफिसियल मैदानमा प्रवेश गरेर विवाद…
काठमाडौँः इन्डियन प्रिमियर लिग (आइपिएल) को सन् २०२२ को अक्सनका लागि नेपालका कप्तान सन्दीप लामिछानेमात्र समावेश भएका छन्। मंगलबार सार्वजनिक अन्तिम सूचीमा नेपालबाट लामिछानेको मात्र नाम छ। अक्सनमा विदेशी खेलाडीमा सबैभन्दा बढी अष्ट्रेलियाका ४७ जना छन्। दोस्रोमा वेस्ट इन्डिजका ३४ जना छन्। अक्सनमा नेपाली १५ खेलाडीले नाम दर्ता गरेका थिए। अन्य १४ जनालाई सूचीमा सामेल नगरिएको हो। सन्दीपको मूल्य ४० लाख…
काठमाडौं : पछिल्लो २४ घण्टामा ५ हजार ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। १७ हजार ६९४ जनाको परीक्षण गर्दा ५ हजारभन्दा बढीमा संक्रमण देखिएको हो। यस्तै, ८ हजार २६७ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७४ हजार ६५३ पुगेको छ। संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म देशभर ११ हजार ७५२…
काठमाडौं : नेपाल-भारत जोड्ने गरी महाकाली नदी माथि निर्माण गर्ने पुलको लागि दुई देशबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। भारत सरकारको अनुदानमा नेपालको दार्चुला र भारतको धार्चुलालाई जोड्ने गरी महाकाली नदीमा निर्माण गर्ने पुल निर्माणका लागि दुई देशबिच आज सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपाल सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव…
काठमाडौं : इजरायल सरकारले कोभिड-१९ विरुद्धको खोपका लागि आवश्यक पर्ने सुई सहयोग गरेको छ। इजरायल सरकारले पठाएको पाँच लाख ६३ हजार सुई मंगलवार नेपाल आइपुगेको हो। नेपालका लागि इजरायली राजदूत हनान गोडेरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिलाई सुई हस्तान्तरण गरेका हुन्। सुई हस्तान्तरण गरेसँगै राजदूत गोडेरले कोभिड-१९ विरुद्धको लडाइँमा नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन्। उनले दुई देशबीचको…
काठमाडौं : प्रतिनिधिसभाका सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन। मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सिंहदरवारमा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहे अनुसार जनगणना नभएको उल्लेख गर्दै पुन:जनगणना…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधान को मर्म र भावनन अनुसार नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन्। काठमाडौंको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा आयोजित खोप कार्यक्रममा पुगेका उनले निर्वाचन आयोगले संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले आवश्यक प्रक्रियामा पुर्याएर निर्वाचनको मिति तय गर्नु पर्ने बताएका हुन्। ‘यो सरकार नै विशेष अवस्थामा…
काठमाडौं : कोरोनाको दोस्रो लहरपछि जुर्मुराउन थालेको फिल्म तथा मनोरञ्जन क्षेत्र अहिले फेरि ठप्प बनेको छ। कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै सरकारले भिडभाड हुने गतिविधिमाथि प्रतिबन्ध लगाउँदा सिनेमा हललगायत स्टेज कार्यक्रमहरु अहिले बन्द छन्। सिनेमाहल बन्द हुँदा मिति तोकिएका फिल्महरुको रिलिज डेट स्थगित भइसकेको छ। स्टेज कार्यक्रमहरु रद्द हुँदा धेरै कलाकारहरु काम बिहीन भएका छन्। तर, कोरोनाको तेस्रो लहरबिच केही कलाकार यस्ता पनि छन्…
भारतीय बित्तीय मन्त्री निर्मला सीतारमणले आज संघीय बजेट प्रस्तुत गरेकी छिन्। लोकसभामा उनले आर्थिक वर्ष २०२२/२३ को बजेट प्रस्तुत गर्दै 'डिजिटल इकोनमी' को विकासमा सरकार लाग्ने घोषणा गरेकी छिन्। जसका लागि अब भारत सरकारले 'डिजिटल करेन्सी' ल्याउने भएको छ। विश्वमा 'क्रिप्टो करेन्सी' को पक्ष विपक्षमा बहस भइरहँदा भारतले 'डिजिटल करेन्सी' को अवधारणा ल्याएको हो। सीता रमणले 'डिजिटल करेन्सी' ले 'डिजिटल इकोनमी…
जनवरी २६, २०२२। फङनानयुआन सान्सी प्रान्तमा हिमपातलाई छिचोल्दै त्यहाँको एक घरमा लङ कोट र उनीको टोपी लगाएका ‘हजुरबा’ प्रवेश गरे। उनी त्यहाँ प्रवेश गर्दै गर्दा त्यस परिवारका सदस्यहरु चिनियाँ नयाँ वर्षको तयारीका लागि विशेष परिकार बनाउँदै थिए- ‘हुआमो (स्टिम ब्रेड)’। घर भित्र पस्दै गर्दा ‘हजुरबा’ले आफूसँग आएका सहयोगीहरुलाई सोध्दै थिए- ‘के तिमीहरु सबैले यो स्टिम ब्रेड बनाउन सक्छौँ?’ घर भित्र प्रवेश गरेसँगै…
काठमाडौं : नेपालको दार्चुला र भारतको धार्चुला जोड्न महाकाली नदीमाथि पक्की पुल निर्माण गर्ने सम्झौतामा आज हस्ताक्षर हुँदैछ। पुल निर्माणका लागि मंगलबार दिउँसो सिंहदरबारमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले द्धीपक्षीय सम्झौता (एमओयु) मा हस्ताक्षर गर्दैछन्। नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने पक्की पुल निर्माणका लागि यस अघि नै भारत सरकारले निर्णय गरिसकेको थियो।…
काठमाडौं : मोरङका दुई स्थानमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ। पशुसेवा विभागका अनुसार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बुढीगंगा –५ मा बर्डफ्लु देखिएको हो। उक्त स्थानका किसानले पालेका कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमण देखिएको निमित्त महानिर्देशक लेखराज दाहालले जानकारी दिए। उनका अनुसार उक्त स्थानमा संक्रमण फैलन नदिन विभागले संघ, प्रदेश तथा स्थानीय…
काठमाडौं : सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होछारको उपलक्ष्यमा माघ १९ गते देशभर नै सार्वजनिक विदा दिने निर्णय गरेको हो। सोमवार नै वाग्मती प्रदेश सरकारले पनि सोनाम ल्होछारमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो। तामाङ र ह्योल्मो समुदायले सोनाम ल्होछार पर्व विशेष महत्वका साथ मनाउने गर्दछन्। यस पटक यो समुदायमा गोरु वर्ग बिदा भएर बाघ वर्गको…
बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म 'आरआरआर' को नयाँ रिलिज मिति सार्वजनिक भएको छ। अब यो फिल्म २५ मार्च २०२२ (चैत ११) मा रिलिज हुने पक्का भएको छ। यसअघि ७ जनवरी २०२२ मा फिल्म रिलिज हुने भनिएको थियो। आक्रमक प्रचार गरेको फिल्मको प्रदर्शन मिति भारतमा ओमोक्रन भेरियन्ट फैलिएसँगै सिनेमाहल बन्द भएपछि स्थगित गरिएको थियो। यसअघि उक्त फिल्म मार्च १८ वा अप्रिल २८ बाट प्रदर्शन गर्ने बारेमा समेत छलफल भएको…
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण भएको छ। कोरोना भाइरसविरुद्धको बुस्टर डोज समेत लगाइसकेका ट्रुडोले संक्रमण देखिएपछि आफू आइसोलेशनमा रहरे काम गरिरहने जनाएका छन्। साथै, उनको दुई सन्तानमा पनि संक्रमण देखिएको छ। प्रधानमन्त्री ट्रुडो र उनको परिवार अहिले कहाँ छन् भन्ने बारेमा केही सार्वजनिक गरिएको छैन। ओमोक्रन भेरियन्ट फैलिएपछि क्यानडामा सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै विभिन्न प्रतिबन्धहरु घोषणा…
काठमाडौं : नेपालबाट भारततर्फ तस्करी हुन लागेको ठूलो परिमाणमा केराउसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तुको मर्यादपुर प्रहरी चौकीबाट चेकिङमा खटिएको टोलीले नेपालबाट भारतको इटवातर्फ जाँदै गरेको ट्रकलाई रोकेर चेक गर्दा ५ हजार केजी केराउ बरामद भएको हो। युपी ५५ टी २२९५ नम्बर ट्रकमा पाँच हजार केसी केराउ फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।…
भारतमा कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै बढिरहेको दैनिक संक्रमित दरमा कमी आएको छ। पछिल्लो २४ घण्टामा २ लाख भन्दा कममा संक्रमण देखिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ६७ हजार ५९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण दर घटेपनि मृतकको संख्या भने भारतमा बढिरहेको छ। एकैदिन थप १ हजार १९२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४…
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा आज अफ्रिकी राष्ट्र मरिससको सामना गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ पौने ५ बजे नेपाल र मरिससबीचको खेल शुरु हुनेछ। पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससमाथि १-० को संघर्षपूर्ण जित निकालेको थियो। नेपालको जितमा विमल घर्ती मगरले निर्णायक गोल गरेका थिए। खेलपछि मरिससका प्रशिक्षक मारिइ पास्कल टोनीले प्रतिकृया दिँदै आफ्ना महत्वपूर्ण चार…
काठमाडौँ : सरकारले दूधको मूल्य बढाएको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले साविकको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा मूल्य बढाएको एक मन्त्रीले जानकारी दिए। सरकारले मूल्य बढाएसँगै हालको प्रतिलिटर समर्थन मूल्य ४९ रुपैयाँ ५२ पैसाबाट अब ५६ रुपैयाँ ४ पैसा पुगेको छ। उपभोक्ताको खुद्रा मूल्य भने दूग्ध विकास संस्थानले निर्धारण गर्ने ती मन्त्रीले बताए। लामो समयदेखि मूल्य बढाउन कृषकहरुले माग गर्दै आएका थिए। कृषकहरुले लागत…
काठमाडौं : ललितपुर महानगरपालिकाले कात्तिक १९ गते ग्यास विस्फोटबाट मृत्यु भएका व्यक्तिको परिवारलाई १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। म्हपूजा मनाइरहँदा पाटनको न:बहालको ताम्राकार परिवारको घरमा ग्यास विस्फोट हुँदा चारजनाको मृत्यु भएको थियो। आज महानगरले अनार ताम्राकारलाई १० लाख सहित विपद् व्यवस्थापन समितिको तर्फबाट थप एक लाख सहयोग रकम हस्तान्तरण गरेको हो। यस्तै, महानगरले उक्त घटनामा घाइते भएकाहरुको सम्पूर्ण…