PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

  • लोक सेवाले गर्‍यो ४८५ अधिकृतको नियुक्ति सिफारिस, समायोजन विवादमा रोकिएको थियो नतिजा

    लोक सेवाले गर्‍यो ४८५ अधिकृतको नियुक्ति सिफारिस, समायोजन विवादमा रोकिएको थियो नतिजा

    काठमाडौँः लोक सेवा आयोगले निजामति, संसद्, नेपाल वन सेवा लगायतमा ४८२ अधिकृतलाई नियुक्तिको सिफारिस गरेको छ। लिखित र अन्तर्वार्ता समेत सकिएको अवस्थामा समायोजन विवादमा सर्वोच्च अदालतको आदेशका कारण चार महिनादेखि नतिजा प्रकाशन रोकिएको थियो।  सर्वोच्चले माघ १२ गते नतिजा प्रकाशन गर्न आयोगलाई परमादेश जारी गरेको थियो। सोपछि आइतबार नतिजा प्रकाशन भएको हो।  सिफारिस योग्यताक्रम अनुसार सम्बन्धित सेवा समूहमा उनीहरुको नियुक्ति हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • घरमै एन्टीजेन परीक्षण गरेर रिपोर्ट पोजिटिभ आए विवरण उपलब्ध गराउन सरकारले गर्‍यो अपिल

    घरमै एन्टीजेन परीक्षण गरेर रिपोर्ट पोजिटिभ आए विवरण उपलब्ध गराउन सरकारले गर्‍यो अपिल

    काठमाडौं : कोरोना भाइरसको लक्षण देखिएकाहरुले अहिले घरघरमै परीक्षण गराइरहेका छन्। तर, ती परीक्षणको तथ्यांक सरकारसँग छैन। हाल ओमोक्रन भेरियन्ट फैलिएसँगै संक्रमितको संख्या बढ्दै गएको छ। दैनिक हजारौंमा संक्रमण देखिँदा त्यो संख्यामा घरघरमा भएका एन्टिजेन परीक्षण समावेश छैनन्। त्यसैले दैनिक फेला परेका संक्रमित भन्दा बढी संक्रमित रहेको अनुमान गरिएको छ। त्यसैले, सरकारले प्रयोगशाला बाहिर एन्टीजेनबाट गरिएका कोरोना परीक्षणको नतिजा विवरण पठाउन अपिल…

    विस्तृतमा पढ्नुस्

  • नक्कली रक्सीमात्र होइन सलमान खानको ब्रान्ड बिइङ ह्युमनसँग जोडिएर ड्रग्सको कारोबारमा पनि थिए सन्तोष

    नक्कली रक्सीमात्र होइन सलमान खानको ब्रान्ड बिइङ ह्युमनसँग जोडिएर ड्रग्सको कारोबारमा पनि थिए सन्तोष

    काठमाडौं : राजश्व छलेर नक्कली रक्सी नेपाल भित्र्याएको प्रकरणमा पक्राउ परेका दरबारमार्गमा रहेको क्लोदिङ स्टोर बिइङ ह्युमनका संचालक सन्तोष चन्द्र बख्रेल लागू औषध कारोबारमा समेत संलगन भएको खुलेको छ। शुक्रवार महानगरीय अपराध महाशाखाले नक्कली रक्सी गोदाममा छापा मार्दा चार जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये एक जना बिइङ ह्युमनका संचालक सन्तोष चन्द्र बख्रेल पनि थिए। ३९ वर्षीय बख्रेल पर्साका हुन् जो अहिले…

    विस्तृतमा पढ्नुस्

  • केशर महल पुगेर शिक्षा मन्त्रीले भने : निजी क्षेत्रलाई प्रयोग गर्न दिँदैनौं

    केशर महल पुगेर शिक्षा मन्त्रीले भने : निजी क्षेत्रलाई प्रयोग गर्न दिँदैनौं

    काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रालय मातहत रहेको भौतिक सम्पत्तिहरु निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन्। आईतवार केशर महलको निरिक्षण गर्दै उनले महल परिसरमा रहेको जमिन निजी क्षेत्रलाई प्रयोजनको लागि नदिने बताएका हुन्। उनले विभिन्न सञ्चारमाध्यमहरुमा केशर महल बाहिरको जग्गा निजी क्षेत्रलाई निजी प्रयोजनका लागि दिन खोजेको भन्ने समाचार प्रकाशित भएको भन्दै महलको निरिक्षण गरेको…

    विस्तृतमा पढ्नुस्

  • भारतले सीमा मिच्दासमेत सरकार मौन भएको वैद्यको आरोप, माघ २१ गते देशभर प्रदर्शन गर्ने

    भारतले सीमा मिच्दासमेत सरकार मौन भएको वैद्यको आरोप, माघ २१ गते देशभर प्रदर्शन गर्ने

    काठमाडौं : मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले माघ २१ गते राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको रक्षाका लागि भन्दै देशव्यापी प्रदर्शन गर्ने भएको छ। शनिवार सम्पन्न पार्टीको स्थायी समितिको बैठकले एमसीसी अनुमोदन गर्न अमेरिकी दबाब बढेर गएको र भारतले नेपाली भूमिमा बाटो बनाइरहेको भन्दै त्यसको विरोधमा प्रदर्शन गर्न निर्णय गरेको महासचिव किरणले जारी गरेको वक्तव्यमा उल्लेख छ।  राष्ट्रिय स्वाधीनताको रक्षा…

    विस्तृतमा पढ्नुस्

  • दरबारमार्गको बिइङ ह्युमन आउटलेटका संचालक तानिए नक्कली रक्सी प्रकरणमा : प्रहरीले गर्‍यो पक्राउ

    दरबारमार्गको बिइङ ह्युमन आउटलेटका संचालक तानिए नक्कली रक्सी प्रकरणमा : प्रहरीले गर्‍यो पक्राउ

    काठमाडौं : दरबारमार्गमा रहेको बिइङ ह्युमनका संचालक पक्राउ परेका छन्।  शुक्रवार महानगरीय अपराध महाशाखाले नक्कली रक्सी गोदाममा छापा मार्दा चार जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका सबै जना बिइङ ह्युमनका संचालक सन्तोष चन्द्र बख्रेलबाट परिचालित भएको खुलेको हो। ३९ वर्षीय बख्रेल पर्साका हुन् जो अहिले राजधानीको कपनमा बस्दै आएका छन्। बिइङ ह्युमनको हालका संचालक उनी नै भएको महाशाखाका एक प्रहरीले जानकारी दिए। बलिउड स्टार सलमान खानको…

    विस्तृतमा पढ्नुस्

  • चुनावबारे सरकारले गठबन्धनमा होइन निर्वाचन आयोगसँग छलफल गर्नुपर्छ : शेखर कोइराला

    चुनावबारे सरकारले गठबन्धनमा होइन निर्वाचन आयोगसँग छलफल गर्नुपर्छ : शेखर कोइराला

    काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन्। विराटनगरस्थित कोइराला निवासमा आयोजित एक कार्यक्रममा उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुने बताए। उनले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुंगो लगाउनुपर्ने तर्क गर्दै ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुने बताए। भने, 'गठबन्धन दलसँगभन्दा…

    विस्तृतमा पढ्नुस्

  • युक्रेनको सीमा क्षेत्रमा रुसले 'रक्त प्रणाली' विस्तार गरिरहेको अमेरिकी रक्षा अधिकारीको दाबी, युक्रेनी मन्त्री भन्छन - 'गलत समाचार'

    युक्रेनको सीमा क्षेत्रमा रुसले 'रक्त प्रणाली' विस्तार गरिरहेको अमेरिकी रक्षा अधिकारीको दाबी, युक्रेनी मन्त्री भन्छन - 'गलत समाचार'

    युक्रेनको सीमा क्षेत्रमा तनाब बढ्दै जाँदा रुसले सीमा क्षेत्रमा रगतको आपूर्तिलाई तयारी अवस्थामा राखेको छ। अमेरिकी रक्षा अधिकारीहरुलाई उदृत गर्दै सीएनएनले सम्भावित युद्धलाई ध्यान दिएर रुसलै 'मेडिकल सप्लाइ'लाई बढाउँदै गएको जनाएको छ।  सम्भावित युद्धलाई ध्यान दिएर घाइतेहरुको उपचारका लागि आवश्यक पर्ने रगतलाई आपूर्ति गर्ने तयारीमा रुस रहेको उल्लेख छ। पछिल्लो विकासक्रमले रुस कुनै पनि बेला छोटो सूचनामा युक्रेनमाथि आक्रमण गर्न सक्ने…

    विस्तृतमा पढ्नुस्

  • शहीदको बलिदानकै कारण संघीय लोकतन्त्रिक शासन व्यवस्था सम्भव भयो : प्रधानमन्त्री देउवा

    शहीदको बलिदानकै कारण संघीय लोकतन्त्रिक शासन व्यवस्था सम्भव भयो : प्रधानमन्त्री देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदको बलिदानकै कारण मुलुकमा संघीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन्। शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गर्न पुगेका थिए। त्यही आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले व्यक्तिगत स्वार्थ नराखी शहीदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताएका हुन्। उनले शहीदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट…

    विस्तृतमा पढ्नुस्

  • पुन: राष्ट्रपतिमा निर्वाचित भए जनवरी ६ का आरोपीलाई माफी दिने ट्रम्पको घोषणा

    पुन: राष्ट्रपतिमा निर्वाचित भए जनवरी ६ का आरोपीलाई माफी दिने ट्रम्पको घोषणा

    अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष जनवरी ६ मा क्यापिट हिलमा भएको दंगाका आरोपितलाई माफी दिने बताएका छन्।  शनिवार टेक्सासमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै उनले आफू पुन: राष्ट्रपतिमा निर्वाचित भए उनीहरु माथि निष्पक्ष व्यवहार गर्ने बताएको सीएनएनको अनलाइन संस्करणले जनाएको छ।  'यदि चुनावमा लडेँ र मैले जितेँ भने हामीले जनवरी ६ का व्यक्तिहरुलाई निष्पक्ष व्यहार गर्नेछौँ,' उनले भने, 'आवश्यक पर्छ…

    विस्तृतमा पढ्नुस्

  • एक किलो सुनसहित २५ वर्षीय युवक काठमाडौंबाट पोखरा जाँदै गर्दा समातिए

    एक किलो सुनसहित २५ वर्षीय युवक काठमाडौंबाट पोखरा जाँदै गर्दा समातिए

    काठमाडौं : अवैध तरिकाले भित्र्याएको सुन सहित प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिका-३० पावर हाउस चोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन सहित सोही महानगरपालिका-१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनारलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो। काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ र जापानी भाषामा समेत आउँदै प्रभासको फिल्म आदिपुरुष, २० हजार स्क्रिनमा रिलिज हुने दावी

    चिनियाँ र जापानी भाषामा समेत आउँदै प्रभासको फिल्म आदिपुरुष, २० हजार स्क्रिनमा रिलिज हुने दावी

    अभिनेता प्रभासको फिल्म 'आदिपुरुष' भारतका अलावा जापानिज र चिनियाँ भाषामा पनि रिलिज हुने भएको छ। उनको फिल्म बाहुबली चीनमा पनि अत्याधिक रुचाइएको फिल्म हो।  पौराणिक कथामा आधारित फिल्म हो यो। फिल्म एकैसाथ २० हजारभन्दा बढि सिनेमाहलमा रिलिज गर्ने तयारी निर्माण पक्षले गरेको छ। ओम राउतको निर्देशन रहेको फिल्ममा धेरै 'भिएफएक्स' प्रयोग भएको दावी छ। यसअघि एसएस राजामौली निर्देशित सुपरहिट फिल्म ‘बाहुबली २' लाई भारतमा…

    विस्तृतमा पढ्नुस्

  • लैनचौर पुगेर प्रधानमन्त्रीद्वारा शहीदहरुलाई श्रद्धाञ्जली अर्पण

    लैनचौर पुगेर प्रधानमन्त्रीद्वारा शहीदहरुलाई श्रद्धाञ्जली अर्पण

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सबै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। शहीद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक पार्कमा पुगेर उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन्। त्यसक्रममा उनले जहानियाँ राणा शासनविरुद्ध जीवन आहुति दिने शहीद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठलगायत सम्पूर्ण शहीदले नेपालमा प्रजातन्त्र ल्याउन अहम भूमिका खेलेको बताएका थिए। राणा शासनविरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि जीवन आहुति दिने…

    विस्तृतमा पढ्नुस्

  • भारतीय मन्त्रीले न्यूयोर्क टाइम्सलाई किन भने 'सुपारी मिडिया'?, नेपाली राजदूतसमेत जोडिएको पेगासस चर्चामा

    भारतीय मन्त्रीले न्यूयोर्क टाइम्सलाई किन भने 'सुपारी मिडिया'?, नेपाली राजदूतसमेत जोडिएको पेगासस चर्चामा

    इजरायली कम्पनीले निर्माण गरेको जासुसी सफ्टवेयर 'पेगासस' को चर्चा भारतमा फेरि चुलिएको छ। शुक्रवार द न्यूयोर्क टाइम्सले भारतले सन् २०१७ मा इजरायलसँगको हतियार खरिद गर्ने सम्झौता अनुसार नरेन्द्र मोदी सरकारले पेगासस खरिद गरेको उल्लेख गरेको थियो। त्यसपछि भारतमा मोदी सरकारमाथि फेरि प्रश्न उठ्न थालेको हो। इजरायली कम्पनी एनएसओ ग्रुपले विभिन्न राष्ट्रहका सरकारलाई पेगासस स्पाइवेयर बिक्री गर्दै आएको छ। सरकारी निकायदेखि सेनाले…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाले गर्‍यो सन् २०१७ यताकै शक्तिशाली मिसाइलको परीक्षण, जनवरीभरि लगातार चल्यो टेस्ट

    उत्तर कोरियाले गर्‍यो सन् २०१७ यताकै शक्तिशाली मिसाइलको परीक्षण, जनवरीभरि लगातार चल्यो टेस्ट

    उत्तर कोरियाले सन् २०१७ यताकै सबैभन्दा शक्तिशाली मिसाइल परीक्षण गरेको छ। स्थानीय समयअनुसार आइतवार ७:५२ बजे उत्तर कोरियाको पूर्वीय तटबाट मिसाइल प्रहार भएको उत्तर कोरियाले जनाएको छ। जापान, दक्षिण कोरिया र अमेरिकाले परीक्षणको विरोध गरेका छन्। उत्तर कोरियाको यस महिनामा मात्र गरिएको यो सातौं परीक्षण हो। संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई बिस्फोटक र आणविक हतियार परीक्षण गर्न प्रतिवन्ध लगाउँदै आएको छ।…

    विस्तृतमा पढ्नुस्

  • गान्धीलाई भेटेर चीनसँग कसरी सामना गर्ने भनेर सोध्ने सपना अधुरै रह्यो : दलाई लामा

    गान्धीलाई भेटेर चीनसँग कसरी सामना गर्ने भनेर सोध्ने सपना अधुरै रह्यो : दलाई लामा

    आज जनवरी ३०। महात्मा गान्धीको हत्या भएको दिन। भारतलाई ब्रिटिश शासनबाट मुक्ति दिलाउन नेतृत्वदायी भूमिका खेलेका गान्धीलाई नाथुराम गोड्सेले गोली हानेर हत्या गरेका थिए। भारतभर आज गान्धीको सम्झनामा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेको छ। गान्धीको ७४ औं पुण्यतिथिको अवसरमा भारतमा निर्वासनमा रहेका दलाई लामाले गान्‍धीसँग चीनको विषयमा आफूले चर्चा गर्न नपाएकोमा दु:ख लागेको बताएका छन्। गान्धीको हत्या भएपछि यमुना नदीमा अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • सक्कली नामका नक्कली रक्सी काठमाडौंका पार्टी प्यालेसमा हुन्थ्यो 'सप्लाइ'

    सक्कली नामका नक्कली रक्सी काठमाडौंका पार्टी प्यालेसमा हुन्थ्यो 'सप्लाइ'

    काठमाडौं : शुक्रवार र शनिवार दुई दिन लगाएर प्रहरीले नक्कली ब्रान्डका रक्सी गोदाममा छापा मारेको छ। छापा मार्दा २ सय ९५ कार्टुनमा विभिन्न चलेका ब्रान्डका नक्कली रक्सीहरु बरामद भएको छ। भारतबाट राजस्व नतिरी ल्याइएको नक्कली रक्सी बिहे लगायतका पार्टीहरुमा जाने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। 'उनीहरुले पसल र अन्य डिलर भन्दा पनि बिहेको पार्टीका लागि पार्टी प्यालेस लगायतलाई बेच्‍ने गरेको देखियो,' महानगरीय अपराध…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभाको बैठक पुनः स्थगित

    प्रतिनिधि सभाको बैठक पुनः स्थगित

    काठमाडौँः प्रतिनिधि सभाको बैठक पुनः स्थगित गरिएको छ। आइतबार (माघ १६) गतेका लागि बोलाइएको बैठक माघ २६ गतेसम्म स्थगित गरिएको हो। सम्भावित कार्यसूची समेत तय भइसकेपछि बैठक स्थगित गरिएको हो।  कोभिड संक्रमणको जोखिम यथावत रहेकाले बैठक सारिएको संसद् सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

    विस्तृतमा पढ्नुस्

  • दशरथ रंगशालामा डेब्यु म्याचमै जित निकालेपछि अलमुताइरीले भने: खेलाडीले गल्तीबाटै सिक्ने हो

    दशरथ रंगशालामा डेब्यु म्याचमै जित निकालेपछि अलमुताइरीले भने: खेलाडीले गल्तीबाटै सिक्ने हो

    काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले आज मरिसससँगको मैत्रीपूर्ण खेलमा जित निकालेको छ। विमल घर्तीमगरको निर्णायक गोलमा नेपालले जित निकाल्दा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल फुटबलको घर दशरथ रंगशालामा डेब्यु खेलमै जित दिलाउन सफल भए। उनले आजको खेल साफ च्याम्पिसिपपछि पहिलो खेल भएको भन्दै प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए। 'खेलाडीले आफ्नो मनबाट खेले। हामीले धेरै मौका बनायौँ र गुमायौँ पनि। उनीहरुले पनि राम्रो…

    विस्तृतमा पढ्नुस्

  • हारपछि मरिससका प्रशिक्षकको प्रतिक्रिया : महत्वपूर्ण चार खेलाडीबिनै खेलेका थियौँ, खेलबाट सन्तुष्ट छु

    हारपछि मरिससका प्रशिक्षकको प्रतिक्रिया : महत्वपूर्ण चार खेलाडीबिनै खेलेका थियौँ, खेलबाट सन्तुष्ट छु

    काठमाडौँ: नेपालले मरिससविरुद्धको मैत्रीपूर्ण पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको छ। विमल घर्ती मगरको गोलमा नेपालले मरिससमाथि १-० गोलअन्तरले जित निकाल्यो। नेपालसँगको पराजयपछि मरिससका प्रशिक्षक मारिइ पास्कल टोलीले आफ्ना खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन्। 'टफ म्याच भयो। नेपालको राम्रो म्याच भयो। हाम्रो खेलाडीले राम्रो खेले,' उनले भने, 'हामीले अढाइ वर्षपछि अन्तर्राष्ट्रिय खेल खेलेका हौँ। यसका लागि ४५ दिनको तयारी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell