काठमाडौँः पाँच दलीय गठबन्धनको उच्चस्तरीय समितिले जेठभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिएको छ। संविधानले कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको भन्दै तत्काल चुनाव नगर्ने अडानमा रहेको गठबन्धन सर्वपक्षीय दबाबपछि चुनावको तयारीमा लागेको हो। शनिबार बसेको समितिको बैठकले चुनावको तयारी र संविधानसँग बाझिएका कानुन संशोधन आवश्यक भए अघि बढाउन सुझाव दिएको हो। सरकारका प्रवक्ता एवं सञ्चार…
काठमाडौँः नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ११ वर्षपछि जित हासिल गरेको छ। शनिबार दथरथ रंगशालामा मरिससलाई १–० गोलअन्तरले पराजित गर्दै नेपालले जितको खडेरी तोडेको हो। नेपालका लागि खेलको ५४औँ मिनेटमा विमल घर्ती मगरले गरेको एकमात्र गोल निर्णायक बन्यो। सोपछि नेपालले केही महत्वपूर्ण अवसर बनाए पनि गोलमा परिणत गर्न सकेन। सन् २०११ यता नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हासिल गर्न सकेको…
पोखराः आहा रारा गोल्डकपको उपाधि विभागीय टोली एपीएफले जितेको छ। शनिबार पोखरा रंगशालामा भएको खेलमा मनाङलाई ५-४ गोलअन्तरले पराजित गर्दै एपीएफले पहिलोपटक उपाधि जितेको हो। निर्धारित समयमा गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएकफ थियो। जसमा एपीएफ ५-४ गोलअन्तरले विजयी भएको हो। खेलको सुरुआतमै एपीएफले अग्रता लिएको थियो। २०औँ मिनेटमा गोल गर्दै युवराज खड्काले एपीएफलाई अग्रता दिलाएका थिए। तर,…
काठमाडौँः मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ। पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा नेपालले गोल गरेको हो। खेलको ५४औँ मिनेटमा नेपालका लागि विमल घर्ती मगरले गोल गरेका हुन्। अन्जन विष्टको पासलाई विमलले गोलमा परिणत गरेका हुन्। चोटका कारण लामो समय मैदानबाहिर रहेका विमल यही सिजनबाट पुनरागमन गरेका हुन्। सन् २०११ यता नेपालले मैत्रीपूर्ण खेलमा जित निकाल्न सकेको छैन।
काठमाडौँ: नेपाल र मरिससबीच जारी मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुबै टोलीले गोल गर्न सकेका छैनन्। खेलको १४औँ मिनेटमा सुमन लामाको प्रहार गोलपोस्ट माथिबाट गएको थियो। ३५औँ मिनेटमा एडरेइन फ्रान्कोइसको प्रहार सिधै गोलकिपर किरण चेम्जोङको हातमा पुगेको थियो। इन्ज्युरी समयमा पाएको अवसरमा अञ्जन विष्ट चुकेका थिए। नेपालले पहिलोपटक अफ्रिकी मुलुकसँग आधिकारिक खेल खेल्दैछ। रंगशालामा…
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी निर्माण गर्न लागेको बताएका छन्। शनिवार राजधानीमा आयोजित एक कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्दै उनले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको उनले बताए। ती कानुनहरु बनेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढ्ने उनको दाबी थियो। ‘अब संघीय…
'स्ट्यान्ड अप कमेडियन' कपिल शर्मा हसाउँदा हसाउँदै कतिसम्म भावुक हुन सक्छन् थाहा पाउन मन छ भने तपाईँले हेर्नैपर्छ 'कपिल शर्मा : आ'म नट डन एट'। नेटफ्लिक्सको यस 'सो'मा कपिलले आफ्नो जीवनका उतार चढावबारे कहिले हसाउँदै त कहिले सोचमग्न बनाउने गरी विस्तार गरेका छन्। डिप्रेसनको सिकार भएपछि उनलाई काउन्सिलिङ गर्ने काउन्सिलरले सोधेका प्रश्नमार्फत् आफ्नो जीवनका घटनालाई 'सो'मा कपिलले प्रस्तुत गरेका छन्।…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै भएपनि सामना गर्न तयार रहेको बताएका छन्।. शनिबार राजधानीमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताएका हुन्। 'चुनावसँग हामी आत्तिएका छैनौं। चुनाव यही बैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार…
काठमाडौं : कोरोना भाइरसको दोस्रो लहरसँग जुध्दै गर्दा एक वर्ष अघि नेपालमा खोप अभियान सुरु भएको थियो। एक वर्षमा नेपालमा कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जोनसन एन्ड जोन्सन, मोर्डना र फाइजर खोपहरु प्रयोगमा आए। विश्वका गरिब राष्ट्रहरुले खोप पाउन निकै सकस गरिरहेको बेला नेपालमा भने हाल विश्वमा चल्तीमा रहेको सबै खोपहरु आइपुग्यो। निकै संक्रामक मानिएको ओमोक्रन भेरियन्ट फैलिएसँगै कोरोनाको तेस्रो लहरसँग जुधिरहेको…
काठमाडौँः भारतबाट नेपालमा नक्कली ब्रान्डमा रक्सीहरू आइरहेको जानकारी प्रहरीले प्राप्त गरेको थियो। सामान्य खुद्रा पसलमा पुगेर प्रहरीले अनुसन्धान पनि गर्यो। त्यहाँ भएका रक्सी ल्याएर चेक गर्दा नक्कली ब्रान्ड भएको खुल्यो। तर, ठुलो परिमाणमा कसले रक्सी ल्याइरहेको छ भन्ने थाहा पाउनु प्रहरीको लागि चुनौतीको विषय थियो। महानगरीय अपराध महाशाखाले अन्य अनुसन्धानमा झैँ यस पटक पनि एक खुद्रा व्यापारी भनेर अपरेसन सुरु गर्यो। प्रहरीले…
काठमाडौंः गृहमन्त्री बालकृष्ण खाणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन मार्फत जिल्लाको अवस्था बारे जानकारी लिएका छन्। गृहमन्त्रीले जिल्लामा कोभिड–१९ सङ्क्रमण, सित लहरको अवस्था र सरकारले गरिब र अशक्तलाई तराईमा सित लहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे २० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन वार्ता गरेका हुन्। शनिवार बिहान गृहमन्त्री खाणले मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, डडेलधुराका…
फेब्रुअरी २०१८ मा नेटफ्लिक्सका सीईओ रीड हेस्टिङ्स दिल्लीमा आयोजित व्यापार सम्मेलनमा सहभागी भएका थिए। सम्मेलनमा उनले भनेका थिए, 'स्ट्रिमिंग जगतको सर्वश्रेष्ठ प्ल्याटफर्म नेटफ्लिक्समा भारतबाट १० करोड ग्राहक बढ्नेछन्। यो काम नेटफ्लिक्सको विस्तारसँगै इन्टरनेट सस्तो भएकाले सम्भव हुनेछ।' तर, तीन वर्षपछि रीड भारतलाई लिएर उत्साहित छैनन्। पछिल्लो साता उनले 'इन्भेस्टर कल'का क्रममा भारतमा नेटफ्लिक्सको व्यापार कमजोर रहेको बताएका छन्। 'सबै ठुलो…
भारतमा पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। ओमोक्रन भेरियन्ट फैलिएर कोरोनाको तेस्रो लहर पछि हालसम्म कै सबैभन्दा बढी संक्रमितको मृत्यु भएको हो। यस्तै, थप २ लाख ३५ हजार ५३२ जनामा संक्रमण देखिएको छ। ३ लाख ३५ हजार ९३९ जना संक्रमण मुक्त हुँदा भारतमा कुल सक्रिय संक्रमितको संख्या २० लाख ४ हजार ३३३ पुगेको छ।
काठमाडौं: पोखरामा जारी आहा रारा गोल्डकपको फाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा आज हुने फाइनल खेलमा विभागीय टोली एपीएफ र पोखरेली टोली मनाङ मर्स्याङदी क्लब दिउँसो २ बजे आमनेसामने हुनेछन्। आहा रारा गोल्डकपको ६ पटकको च्याम्पियन मनाङको लक्ष्य सातौ पटक उपाधि जित्दै आहा राराको सर्वाधिक सफल टिम बन्ने हुनेछ। प्रतियोगिता २० औं संस्करणसम्म आइपुग्दा मनाङ र नेपाल पुलिसले समान ६…
काठमाडौं : नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेल आज हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ पौने ५ बजे खेल सुरु हुनेछ। नेपाली टोलीले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो। मरिससका मुख्य प्रशिक्षक टोनी फ्रान्सकोसले लामो समयपछि खेल्न गइरहेको उल्लेख गर्दै नेपालसँगको प्रतिस्पर्धा कठिन हुने बताए। उनले भने, 'हामी ४५ दिनको ट्रेनिङपछि यहाँ आएका छौं। नेपालसँग खेल्न सहज हुने छैन।' उनले…
काठमाडौँ: फिल्म 'सुपर धने' निर्माणको घोषणा भएको छ। शुक्रबार काठमाडौंमा आयोजिक कार्यक्रममा निर्माणबारे जानकारी दिइएको हो। स्क्रिप्ट लेखन कार्य भइरहेकाले आउँदो कात्तिकबाट छायाङ्कन सुरु हुने निर्माण पक्षले जानकारी दियो। छायाङ्कन नेपाल तथा युरोपमा गरिने निर्माण टिमको भनाई छ। निर्देशक सुमित सिंहले नेपालमा पहिलोपटक फरक जनराको फिल्म बनाउन लागेका हुन्।
काठमाडौँ: साइन्स फिक्सन वेब सिरिज 'माई वाइफ इज एन एलियन' को ट्रेलर सार्वजनिक भएको छ। वेब सिरिज 'माई वाइफ इज एन एलियन'को आजै इन्डक्ल्याप गरेर ट्रेलर रिलिज गरिएको हो। सिरिजमा अभिनेत्री रिस्ता बस्नेतको फरक अवतार देख्न सकिन्छ। सिरिजमा रिस्ताका साथै निर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, सरोज दाहाल लगायतका कलाकारको अभिनय रहेको छ। नमस्ते टाकिज र सिनेमा हबको व्यानरमा निर्माण…
काठमाडौँः पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले स्थानीय तहको निर्वाचन सारिए संविधान नै समाप्त हुने चेतावनी दिएका छन्। निर्वाचन सार्नु सत्तारुढ गठबन्धनलाई प्रत्युत्पादक हुने पराजुलीको भनाई छ। निर्वाचन सारिए विधिको शासन समाप्त हुने, संविधानवादको सिद्धान्त समाप्त हुने र अन्ततः प्रजातान्त्रिक प्रणाली नै नरहने बताए। उनले भने, ‘निर्वाचन सार्नु गठबन्धनलाई पनि प्रत्युत्पादक हुन्छ। डेमोक्रेसीलाई पनि धावा बोल्छ। त्यतिमात्रै नभएर विधि र संविधानको उपहास गर्छ।…
काठमाडौँः न्याय सेवा आयोगले न्याय, कानुन र सरकारी वकिल समूहका सात जनालाई सहसचिव र १६ जनालाई उपसचिवमा नियुक्ति, बढुवा तथा पदस्थापन गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विषय उठेको पछिल्लो विवादका कारण लोक सेवा आयोगको सिफारिस अनुसारका नियुक्तिको कामसमेत ठप्प थियो। शुक्रबार बसेको आयोगको बैठकले नियुक्ति र बढुवाको निर्णय गरेको हो। प्रधानन्यायाधीश जबराको अध्यक्षतामा बसेको बैठकमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद…
काठमाडौँः उपत्यकामा सार्वजनिक सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाइएको छ। शुक्रबार राति १२ बजेबाट लागू हुनेगरि स्थानीय प्रशासनले जोर बिजोर हटाउने निर्णय गरेका हुन्। तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जोर बिजोर हटाउने निर्णय गरेको हो। निजी सवारी साधनको जोर बिजोर भने यथावत छ। माघ ७ गतेदेखि लागू भएको निर्णय एक सातामै परिवर्तन भएको हो। स्वास्थ्य मापदण्ड अपनाएर सवारी चलाउने…