PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

  • कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिवको खोजी, कसले मार्ला बाजी?

    कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिवको खोजी, कसले मार्ला बाजी?

    काठमाडौँ: कृष्णप्रसाद पौडेल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएसँगै नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त हुने भएको छ। उक्त पद रिक्त भएसँगै उनको स्थानमा को आउला, चासोको विषय बनेको छ। फागुन २१ गतेबाट पौडेलले राष्ट्रियसभामा कार्यभार सम्हालेसँगै मुख्यसचिवबाट बिदा हुने कांग्रेसले जनाएको छ। केन्द्रीय कार्यालयबाट उनको बिदाईसँगै कांग्रेसमा मुख्य सचिवको पद रिक्त रहनेछ। को बन्ला नयाँ मुख्य सचिव? मुख्य सचिवको…

    विस्तृतमा पढ्नुस्

  • 'प्रयांक'को नाममा अनुमतिबिना तस्बिर-भिडियो खिच्न र प्रकाशन नगर्न गृह मन्त्रालयले गरायो सचेत

    'प्रयांक'को नाममा अनुमतिबिना तस्बिर-भिडियो खिच्न र प्रकाशन नगर्न गृह मन्त्रालयले गरायो सचेत

    काठमाडौं : गृह मन्त्रालयले मजाक, ख्यालठट्टा वा मस्करी (प्रयांक) को नाममा कसैको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न भनेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र भिडियो बनाएर निजलाई जानकारी नै नदिई सहमति-अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको हो। सार्वजनिक स्थलमा ख्यालठट्टाका…

    विस्तृतमा पढ्नुस्

  • भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण

    भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण

    भारतीय विदेश मन्त्री एस जयशंकरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनले ट्वीट गर्दै आफ्नो कोभिड १९ परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन्। जयशंकरले पछिल्लो समय आफूसँग नजिकिएका व्यक्तिलाई आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेका छन्। ओमोक्रन भेरियन्ट फैलिएसँगै भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ। बिहीवार बिहानमात्रै २ लाख ८६ हजार भन्दा बढीमा संक्रमण देखिएको थियो।   Have…

    विस्तृतमा पढ्नुस्

  • आर्मीलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा

    आर्मीलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा

    काठमाडौं: त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै मनाङ मर्स्याङदी क्लब आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा आर्मीलाई पेनाल्टी सुटआउटमा हराउँदै ६ पटकको विजेता मनाङले फाइनलमा स्थान सुरक्षित गरेको हो। खेलमा दुबै टोलीले राम्रा अवसरहरु बनाएर पनि सदुपयोग गर्न सकेनन्। खेलको दशौं मिनेटमा युद्ध शाहीले पेनाल्टी क्षेत्र भित्र हेण्डबल गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • थपिए ८ हजार १७ जना कोरोना संक्रमित, १५ जनाको मृत्यु

    थपिए ८ हजार १७ जना कोरोना संक्रमित, १५ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २१ हजार ८०८ जनामा कोरोना परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण देखिएको हो। १५ हजार ७३६ जनाको आरटी-पीसीआर परीक्षणबाट ५ हजार ८१६ जनामा र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जनामा कोरोना संक्रमण पहिचान भएको हो। परीक्षण गरिएका नमुनामध्ये ३६.७६ प्रतिशतमा…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा उखुबारीका दुई खाल्डामा भेटियो दुई जनाको शव, तालिमप्राप्त कुकुरसहित प्रहरी घटनास्थलमा

    मोरङमा उखुबारीका दुई खाल्डामा भेटियो दुई जनाको शव, तालिमप्राप्त कुकुरसहित प्रहरी घटनास्थलमा

    काठमाडौं : मोरङको धनपालथान गाउँपालिका ७ स्थित उखुबारीभित्र दुई वटा शव फेला परेको छ। उखुबारीभित्र गाडीको अवस्थामा दुई वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन बिसिले जानकारी दिए। 'उखु काट्ने क्रममा नयाँ माटो देखेर शंका लागेर खन्दा शव भेटिएको हो,' एसपी बिसिले भने। एसपी बिसिले दिएको जानकारीअनुसार दुई वटै शव पुरुषको भएको खुलेको छ। करिब दुई बिघामा लगाइएको उखुबारीको…

    विस्तृतमा पढ्नुस्

  • बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय

    बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय

    बलिउड अभिनेत्री मौनी राय विवाह बन्धनमा बाँधिएकी छिन्। उनले इन्भेष्मेन्ट बैंकर सुरज नाम्बियारसँग प्रेमविवाह गरेकी हुन्। दुवैले आज गोवामा परिवार, साथी र कलाकारहरुमाझ मलयाली परम्परामा लगनगाँठो कसेका हुन्। कलाकार अर्जुन बिजलानीले मौनीको बिहेको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका छन्। अर्जुन मौलीको प्रि-वेडिङ सेरेमोनीदेखि नै गोवामा छन्। मौनी र सूरजको प्रि-वेडिङ सेरेमोनी पनि गोवामा भएको थियो।             View…

    विस्तृतमा पढ्नुस्

  • 'हिट र फिट' हुने दबाब बिच कोरोना संक्रमण मुक्त भएका फुटबलरको प्रदर्शन खस्किँदो

    'हिट र फिट' हुने दबाब बिच कोरोना संक्रमण मुक्त भएका फुटबलरको प्रदर्शन खस्किँदो

    फुटबल खेलमा शारीरिक फिटनेस अहम कुरा हो। फिटनेससँगै कन्सन्ट्रेसन भएन भए खेलाडीको प्रदर्शन राम्रो हुन सक्दैन। त्यसैले फुटबल खेलाडीहरु आफूलाई फिट बनाउन लाखौं खर्च गर्छन्। स्टार खेलाडीमा झन फिट र हिट हुन दबाब बढी हुन्छ। पछिल्लो समय कोरोना भाइरस संक्रमणले फुटबल खेलाडीहरुको यही फिटनेस सुत्रमाथि प्रश्न खडा गरिदिएको छ। संक्रमणको दीर्घकालीन असर उनीहरुको खेलमा देखिन थालेको छ। एक अध्ययनले कोभिड १९ संक्रमणपछि…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुर नगरपालिकाको भवनको कोठाभित्र एक युवक मृत भेटिए

    कीर्तिपुर नगरपालिकाको भवनको कोठाभित्र एक युवक मृत भेटिए

    काठमाडौं : काठमाडौंको कीर्तिपुर नगरपालिकाको भवनमा एक युवक मृत अवस्थामा फेला परेका छन्। रामेछाप घर भएका ३५ वर्षीय शंकर खत्री मृत अवस्थामा नगरपालिकाको पाँचौं तल्लामा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। बिहान अबेरसम्म पनि नउठेपछि स्थानीय र प्रहरीले ढोका फोडेर हेर्दा उनी मृत फेला परेका थिए। उनी केही समयदेखि नगरपालिकाको भवनमा पेन्टिङको काम गर्दै आएका थिए। मृतको शरीरमा कुनै चोटपटक भने देखिएको…

    विस्तृतमा पढ्नुस्

  • 'प्लेब्वाइ' संस्थापकको 'डर्टी सिक्रेट्स' सार्वजनिक भएपछि कम्पनीले भन्यो : महिलाहरुले लगाएको आरोपको समर्थन गर्छौं

    'प्लेब्वाइ' संस्थापकको 'डर्टी सिक्रेट्स' सार्वजनिक भएपछि कम्पनीले भन्यो : महिलाहरुले लगाएको आरोपको समर्थन गर्छौं

    प्लेब्वाइ म्यागेजिनले कम्पनीका दिवंगत संस्थापक हुग हेफनरमाथि महिलाहरुले लगाएको यौन शोषणको आरोपलाई ‘जोरदार समर्थन’ गर्ने जनाएको छ। ‘ए इ नेटवर्क’ मा प्रशारण भएको ‘सिक्रेट्स अफ प्लेब्वाइ’ मा महिलाहरुले हेफनरमाथि ‘घृणित कार्य’ गरेको आरोप लगाएका छन्। जसमा महिलाहरुलाई जबरजस्ती यौन कार्यमा संलग्न गराउने र लागू औषध खुवाउने गरिएको भनिएको छ। आफ्नो  समयको 'आइकनिक पब्लिसर' रहेका हेफनरको निधन सन् २०१७ मा ९१ वर्षको उमेरमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको शङ्खरापुरमा निसास्सिएर एक दम्पत्तिको मृत्यु, बालाजुमा गाडीले च्यापिएर चालकको ज्यान गयो

    काठमाडौंको शङ्खरापुरमा निसास्सिएर एक दम्पत्तिको मृत्यु, बालाजुमा गाडीले च्यापिएर चालकको ज्यान गयो

    काठमाडौं : काठमाडौंको शङ्खरापुर नगरपालिकामा निसास्सिएर एक दम्पत्तिको मृत्यु भएको छ। शङ्खरापुर नगरपालिका-३ स्थित घरमा ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीय फूलकुमारी थिङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। गएराति कोठामा सुतिरहेका थिङ दम्पत्ति निसास्सिएर मृत्यु भएपछि बिहान मात्र आफन्त तथा छिमेकीले प्रहरीलाई खबर गरेका थिए। त्यस्तै, बालाजुमा गाडिले च्यापिएर एक जना चालकको मृत्यु भएको छ। आज बिहान बालाजु औद्योगिक क्षेत्रभित्र नेपाल ग्याँस…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोट खेल चल्दै गर्दा मेस्सी किन छैनन् अर्जेन्टिनाको टिममा?

    विश्वकप छनोट खेल चल्दै गर्दा मेस्सी किन छैनन् अर्जेन्टिनाको टिममा?

    अर्जेन्टिनाले भोलि शुक्रवार विश्वकप छनोट अन्तर्गतको खेलमा चिलीको सामना गर्दैछ। खेलहरु अझै बाँकी रहँदै विश्वकपमा स्थान सुरक्षित गरेको अर्जेन्टिनी टिममा लियोनल मेस्सी छैनन्। पेरिस सेन्ट जर्मेन पीएसजीका स्ट्राइकर मेस्सी राष्ट्रिय टोलीमा नसमेटिनुको कारणबारे प्रशिक्षक लियोनल स्कालोनीले स्पस्ट पारेका छन्। उनले कोभिड संक्रमणको मेस्सीलाई पारेको प्रभावलाई यसको कारण देखाएका छन्। विश्वकपमा छनोट भइसकेको अवस्थामा मेस्सीलाई लिएर कुनै जोखिम लिन नचाहेको बुझिएको…

    विस्तृतमा पढ्नुस्

  • कसरी बनिरहेका छन् कम्युनिस्ट कार्यकर्ता बेचल्तीका टक्का?

    कसरी बनिरहेका छन् कम्युनिस्ट कार्यकर्ता बेचल्तीका टक्का?

    सुभाषचन्द्र देवकोटा - कुनै बेला, सिद्धान्त, आदर्श र सेवा मूलबाटो थियो राजनीतिको। सिद्धान्त र आदर्शका लागि मान्छेहरू मर्न डराउँदैनथे। त्यसैले सिद्धान्त र आदर्शको जीवन बिताएका पुष्पलाल, वीपी, मदन भण्डारी, गणेशमान, मनमोहनलाई आज पनि श्रद्धाले सम्झिन्छन् मानिसहरु। त्यस्तै आदर्श र इमानको मृत्युवरण गर्ने गंगालाल, धर्मभक्त, दशरथचन्द, शुक्रराज, कृष्ण सेन र क्याप्टेन यज्ञबहादुर थापाहरू नेपालको आकासमा कहिल्यै नअस्ताउने नक्षत्र भएर चम्किरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • पुनीत राजकुमार अभिनीत अन्तिम फिल्म 'जेम्स' को पोस्टर सार्वजनिक

    पुनीत राजकुमार अभिनीत अन्तिम फिल्म 'जेम्स' को पोस्टर सार्वजनिक

    दक्षिण भारतीय अभिनेता पुनीत राजकुमारको अन्तिम फिल्म ‘जेम्स’ को पोस्टर सार्वजनिक भएको छ। गणतन्त्र दिवसको अवसर पारेर पुनीत कुमार अभिनित कन्नड फिल्म ‘जेम्स’ को पोस्टर सार्वजनिक गरिएको हो। फिल्म ‘जेम्स’ को अफिसियल पोस्टर यस फिल्मका निर्देशक चेतनकुमारले ट्विटरमा सार्वजनिक गरेका हुन्। सार्वजनिक पोस्टरमा पुनीत सेनाको पोशाकमा देखिएका छन्। साथै पृष्ठभूमिमा युद्धको दृश्यहरु देख्न सकिन्छ। फिल्मको पोस्टर सार्वजनिक भएसँगै उनका फ्यानहरु…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिस्ट विभाजित हुँदा कांग्रेसले पाएको लाभ, राष्ट्रियसभामा थप्यो सिट

    कम्युनिस्ट विभाजित हुँदा कांग्रेसले पाएको लाभ, राष्ट्रियसभामा थप्यो सिट

    काठमाडौँः नेपाली कांग्रेसले राष्ट्रियसभामा सिट संख्या बढाएको छ। यसअघि कांग्रेसका ७ जनामात्र सदस्य थिए। बुधवार कांग्रेसका ६ जना निर्वाचित भए। यसअघि कायम रहेका ३ जना भने फागुन २१ गतेदेखि बिदा हुनेछन्। थपिएका र जाने संख्या अनुसार फागुन २१ पछि कांग्रेसका सदस्य १० जना हुनेछन्। कार्यकाल सकिएर बिदा हुनेमा दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारी हुन्। कांग्रेसले यसपटक तीन जनालाई बिदा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा निर्वाचनमा प्रदेश १, गठबन्धनका दुई र एमालेका एक उम्मेद्वार विजयी

    राष्ट्रियसभा निर्वाचनमा प्रदेश १, गठबन्धनका दुई र एमालेका एक उम्मेद्वार विजयी

    विराटनगरः प्रदेश नम्बर १ मा भएको राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका २ र नेकपा (एमाले) का १ उम्मेदवार विजयी भएका छन्। निर्वाचन परिणाम अनुसार गठबन्धनबाट खुलामा नेपाली कांग्रेसका गोपालबहादुर बस्नेत, महिलामा नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई र अल्पसङ्ख्यकमा एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका हुन्। खुलातर्फ बस्नेत र एमालेका गुरु बरालको बराबर मतभार पाएका थिए। दुबैले चार हजार ४८८ आएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशको दुबै सिटमा सत्ता गठबन्धनको कब्जा

    मधेश प्रदेशको दुबै सिटमा सत्ता गठबन्धनको कब्जा

    जनकपुरधामः मधेश प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।  गठबन्धनबाट महिला समूहबाट नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्याल र अन्य समूहबाट जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद खालिद सिद्धिकी विजयी भएका हुन्।  अर्याल ६ हजार १५६ मतभार पाइन्। नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रुपाकुमारी यादवले दुई हजार ७५४ मतभार मात्रै ल्याउन सकिन्।…

    विस्तृतमा पढ्नुस्

  • गोङ्गबुको सामूहिक बलत्कार प्रकरणः ९ जना पुर्पक्षको लागि थुनामा, होटेल सञ्चालक तीन लाख धरौटीमा रिहा

    गोङ्गबुको सामूहिक बलत्कार प्रकरणः ९ जना पुर्पक्षको लागि थुनामा, होटेल सञ्चालक तीन लाख धरौटीमा रिहा

    काठमाडौँः गोङ्गबुमा एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेकामध्ये ९ जनालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ। अदालतको आदेश अनुसार उनीहरूलाई केन्द्रीय कारागार सुन्धरा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिए। प्रहरीले २३ वर्षीय हिक्मत नेपाली, हस्त नेपाली, दीपक नेपाली, रतन नेपाली, शिवहरि बुढा, युवराज बडुवाल, सुरेश सेजुवाल, चन्द्र साउद र गोपाल कुमार शिरीषलाई पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा सत्ता गठबन्धनको ‘क्लिनस्वीप’, को को भए निर्वाचित?

    कर्णालीमा सत्ता गठबन्धनको ‘क्लिनस्वीप’, को को भए निर्वाचित?

    सुर्खेतः राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा सत्ता गठबन्धनले ‘क्लिनस्वीप’ गरेको छ। कर्णालीबाट कांग्रेसका दुर्गाकुमारी गुरुङ, नेकपा (माओवादी केन्द्र) का नरबहादुर विष्ट र नेकपा (एकीकृत समाजवादी) का उदयबहादुर बोहोरा निर्वाचित भएका छन्। गुरुङले २ हजार ९७०, विष्ट र बोहोराले समान ३ हजार ६०० मतभार पाएर विजयी भएको निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए। कर्णालीमा तीन पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशमा महिलातर्फ अर्याल विजयी

    मधेश प्रदेशमा महिलातर्फ अर्याल विजयी

    जनकपुरधामः राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशको महिलातर्फ सत्तारुढ गठबन्धनका उम्मेद्वार उर्मिला अर्याल विजयी भएकी छन्। गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेद्वार बनेकी अर्यालले नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेद्वार रुपाकुमारी यादवलाई पराजित गरेकी हुन्। अर्यालले ६ हजार १५६ मतभार ल्याइन्। यादवले दुई हजार ७५४  मतभार पाइन्। 

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell