PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

  • नेपाल र मरिससबीचको खेलमा दर्शकलाई रंगशाला प्रवेशको अनुमति, प्रवेश शुल्क १ हजार र ५ सय

    नेपाल र मरिससबीचको खेलमा दर्शकलाई रंगशाला प्रवेशको अनुमति, प्रवेश शुल्क १ हजार र ५ सय

    काठमाडौं: नेपाल र मरिससबीच हुन गइरहेको मैत्रीपूर्ण खेलमा रंगशालाको रंगशालाको क्षमताको एकतिहाइ दर्शकलाई प्रवेश अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। कोभिड १९ बाट सुरक्षाका लागि सरकारले जारी गरेको मापदण्ड पालना गर्दै दर्शकलाई मैदान प्रवेशको अनुमति दिइने एन्फाले जनाएको हो। खेलका लागि अन्य सबै तयारी पुरा भएको एन्फाले जनाएको छ। नेपाल र मरिसस माघ १५ र १८ गते…

    विस्तृतमा पढ्नुस्

  • चैत १० गतेदेखि सुरु हुने निफको पाँचौँ संस्करणमा ३८ देशका ८९ फिल्म छनोट

    चैत १० गतेदेखि सुरु हुने निफको पाँचौँ संस्करणमा ३८ देशका ८९ फिल्म छनोट

    काठमाडौँ: नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत १० गतेदेखि हुने भएको छ। आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले प्रेस विज्ञप्ति जारी गर्दै पाँचौँ संस्करण चैत १० गतेदेखि १४ गतेसम्म हुने जानकारी दिएको हो। यस वर्ष अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र फिल्म, सर्ट फिल्म र राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर र सर्ट फिल्म लागि आवेदन खुलाइएको थियो। जसमा…

    विस्तृतमा पढ्नुस्

  • रशिला ब्याडमिन्टनको विश्व वरीयतामा शीर्ष सातमा

    रशिला ब्याडमिन्टनको विश्व वरीयतामा शीर्ष सातमा

    काठमाडौं: रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको विश्व वरीयतामा जुनियर महिला युगल तर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन्। जुनियर महिला एकल तर्फ १९ औं स्थानमा रहेकी राष्ट्रिय च्याम्पियन रशिला विश्व महिला जुनियर तर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन्। नेपाल ब्याडमिन्टन संघले प्रेस विज्ञप्ति जारी गर्दै महर्जनलाई बिश्व ब्याडमिन्टनको महिला जुनियरतर्फ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीको पिपरा गाउँपालिकामा अख्तियारको छापा

    महोत्तरीको पिपरा गाउँपालिकामा अख्तियारको छापा

    जनकपुरधामः अख्तियार दुरूपयोग अनुसन्धान अनुसन्धान आयोगको टोलीले महोत्तरीको पिपरा गाउँपालिकामा छापा मारेको छ। प्राप्त उजुरीका आधारमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिइएको आयोग बर्दिबासका सूचना अधिकारी मनिराम ज्ञावालीले जानकारी दिए। गाउँपालिकाविरुद्ध ३२ वटा उजुरी परेका छन्। जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको लगायतका उजुरी अख्तियारमा परेका छन्।

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा निर्वाचनः गण्डकीमा तयारी पूरा, कोरोना संक्रमित मतदातालाई बेग्लै व्यवस्था

    राष्ट्रियसभा निर्वाचनः गण्डकीमा तयारी पूरा, कोरोना संक्रमित मतदातालाई बेग्लै व्यवस्था

    पोखराः गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। कोरोना महामारीबीच बुधबार हुने निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय गण्डकीको भवनमा बुथ निर्माणलगायतका कार्य सकिएको छ। मतदान बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म हुँदैछ। स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। कोरोना संक्रमित मतदाताका लागि पनि बेग्लै बुथ…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझाले मतदान नगर्ने

    राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझाले मतदान नगर्ने

    हेटौँडाः राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ। बुधबार हुने निर्वाचन प्रक्रियामै उक्त दल सहभागी नहुने भएको हो। पार्टी संसदीय दलको मंगलबारको बैठकले मतदानमा सहभागी नहुने निर्णय गरेको हो। विवेकशील साझाका वाग्मती प्रदेश सभामा ३ जना सदस्य छन्। आफैँले उम्मेद्वार नउठाएको विवेकशीलले अन्य उम्मेदवार पनि उपयुक्त नभएको भन्दै मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको संसदीय दलका नेता रमेश…

    विस्तृतमा पढ्नुस्

  • पाँच पटकको विजेता थ्रीस्टार आहा रारा गोल्डकपबाट बाहिरियो, सेमिफाइनल र फाइनलमा दर्शकलाई प्रवेश दिइने

    पाँच पटकको विजेता थ्रीस्टार आहा रारा गोल्डकपबाट बाहिरियो, सेमिफाइनल र फाइनलमा दर्शकलाई प्रवेश दिइने

    पोखराः त्रिभुवन आर्मी क्लब २०औँ आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा थ्रीस्टारलाई पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो। थ्रीस्टारलाई आर्मीले १-० गोलअन्तरले पराजित गरेको हो। पहिलो हाफसम्म बराबरीमा सकिएको खेलको ७०औँ मिनेटमा आर्मीले निर्णायक गोल गरेको थियो। आर्मीका लागि राजीव गुरुङले गोल गरे। खेलको म्यान अफ दि म्याच पनि राजीव चुनिए। आर्मीसँग पराजित भएसँगै आहा…

    विस्तृतमा पढ्नुस्

  • सिटामोलको अभाव अन्त्य गर्न सरकारलाई सर्वोच्चको आदेश, ‘प्रगति विवरणसहित माघ १७ गते हाजिर हुनु’

    सिटामोलको अभाव अन्त्य गर्न सरकारलाई सर्वोच्चको आदेश, ‘प्रगति विवरणसहित माघ १७ गते हाजिर हुनु’

    काठमाडौँः सर्वोच्च अदालतले अत्यावश्यक औषधि सहज रुपमा उपलब्ध हुने प्रबन्ध गर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। कोभिड संक्रमण जोखिम बढिरहेको अवस्थामा सिटामोल समेत नपाएको भन्दै जनगुनासो बढिरहेको छ। अदालतले सिटामोलसहितका कोभिडको उपचारमा सहयोगी मानिएका अत्यावश्यक ओषधिको प्रबन्ध गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नाममा आदेश जारी गरेको हो।   न्यायाधीश डा. मनोजकुमार…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचार सूचकांकमा नेपाल स्थिर : गत वर्ष भन्दा यस वर्ष भएन सुधार

    भ्रष्टाचार सूचकांकमा नेपाल स्थिर : गत वर्ष भन्दा यस वर्ष भएन सुधार

    काठमाडौं : नेपाल ट्रान्सपरेन्सी इन्टरनेशनल द्वारा जारी गरिएको भ्रष्टाचार अवधारणा सूचकांक-२०२१ मा ११७ औं स्थानमा रहेको छ। टीआईले जारी गरेको १८० देशको सूचकांकमा नेपाल ३३ अङ्क प्राप्त गरी ११७ औं स्थानमा परेको हो। सूचकांकले विश्वभरि नै भ्रष्टाचार विरोधी प्रयासमा भएको शिथिलताले गर्दा मानवअधिकार र लोकतन्त्र धरापमा परेको जनाएको छ। कोभिड–१९ सम्बन्धी क्रियाकलापले पनि यस कुरालाई प्रशय दिएको दाबी सूचकांकले गरेको…

    विस्तृतमा पढ्नुस्

  • गंगुबाईमा आलियाको अभिनय, शवाना आजमीको अभिनय बिर्साउने!

    गंगुबाईमा आलियाको अभिनय, शवाना आजमीको अभिनय बिर्साउने!

    आलिया भट्टलाई लाग्छ - अहिलेसम्मकै दमदार अभिनय उनले गंगुबाई काठिवाडीमा गर्न सकेकी छिन्। भन्साली प्रोडक्सन स्रोतलाई उदृत गर्दै बलिउड हंगामाले जनाएअनुसार उनले आफ्नो अभिनयबाट अत्याधिक गौरवान्वित महसुस गरेकी छिन्। सञ्जयलीला भन्सालीको यो फिल्मका लागि उनले यति मेहनत गरिन् कि त्यसका लागि अरु कुनै पनि प्रोजेक्टले प्राथमिकता पाएन। 'फिल्मका दुई सिक्वेन्समा उनले बेजोड अभिनय गरिन्, श्याम बेनेगलको अंकुरमा शवाना आजमीले जसरी…

    विस्तृतमा पढ्नुस्

  • १ हजार २ सय ९४ जना प्रहरी सङ्क्रमित

    १ हजार २ सय ९४ जना प्रहरी सङ्क्रमित

    काठमाडौंः अहिले दैनिक १० हजारको सङ्ख्यामा कोरोना सङ्क्रमितहरू थपिइरहेका छन्। फ्रन्ट लाइनमा खटिने प्रहरी, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतलाई पनि कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ। अहिलेसम्म नेपाल प्रहरीमा कार्यरत १२ सय ९४ जनालाई कोरोना सङ्क्रमण भइसकेको छ। यसरी सङ्क्रमण भएका मध्ये ९० प्रतिशत होम आइसोलेसनमा नै रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी दिए। त्यस्तै, काठमाडौं प्रहरी परिसरमा ९२ जना प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • जटिल मोडमा चीन-अमेरिका सम्बन्ध : चिनियाँ सेनाको 'इन्टेलिजेन्स रिपोर्ट' तयार पार्ने अमेरिकाले आह्वान गर्‍यो टेन्डर

    जटिल मोडमा चीन-अमेरिका सम्बन्ध : चिनियाँ सेनाको 'इन्टेलिजेन्स रिपोर्ट' तयार पार्ने अमेरिकाले आह्वान गर्‍यो टेन्डर

    अमेरिकाले चीनको सैन्य शक्तिको बारेमा अध्ययन गर्ने योजनालाई अगाडि बढाएको छ। पछिल्लो समय चीनसँगको सम्बन्ध खराब अवस्थामा पुगिरहेको अवस्थामा सैन्य तयारीका लागि अमेरिकाले चिनियाँ सेनाको कमी कमजोरी र सामर्थ्यको बारेमा अध्ययन गर्न लागेको हो। पछिल्लो समय ताइवानको विषयलाई लिएर दुई देशबिच कुटनीतिक टकराव बढ्दै गएको छ। चिनियाँ जनमुक्ति सेनाका लडाकु विमानहरु ताइवानको आकाशमा प्रवेश गर्दै आएका छन्। अमेरिकाले यसको विरोध…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले युक्रेनका लागि हाइ अलर्टमा राख्यो ८५ सय सैनिक ट्रुप

    अमेरिकाले युक्रेनका लागि हाइ अलर्टमा राख्यो ८५ सय सैनिक ट्रुप

    युक्रेनमा बढ्दो तनावका बिच संयुक्त राज्य अमेरिकाले करिब ८ हजार ५ सय सैनिक दस्तालाई हाइ अलर्टमा राखेको छ। कुनै पनि बेला परिचालन गर्नका लागि उनीहरुलाई हाइ अलर्टमा राखिएको पेन्टागनले जनाएको छ। युक्रेन सीमामा १ लाखको हाराहारीमा सैनिक तैनाथ गरे पनि रसियाले हस्तक्षेपको तयारी गरेको विषयलाई नकार्दै आएको छ।  यसैबिच राष्ट्रपति जे बाइडेनले युरोपेली अलाइन्ससँग भिडियो कल गरेका छन्। रुसविरुद्ध रणनीति…

    विस्तृतमा पढ्नुस्

  • स्टेडियममा भएको भागदौडमा ८ जनाको मृत्यु, ४० जना भन्दा बढी घाइते

    स्टेडियममा भएको भागदौडमा ८ जनाको मृत्यु, ४० जना भन्दा बढी घाइते

    अफ्रिकन कप अफ नेशन्स अन्तर्गतको सोमवारको क्वाटरफाइनल म्याचपछि भागदौड मच्चिदा ८ जनाको मृत्यु र कम्तीमा ४० जना भन्दा बढी घाइते भएका छन्। क्वाटरफाइनलमा आयोजक क्यामरुन छनोट भएपछि स्टेडियम बाहिर यो घटना भएको हो। #UPDATE Eight people are killed and many more injured in a crush outside Olembe stadium in Cameroon capital Yaounde as crowds try to enter a southern gate…

    विस्तृतमा पढ्नुस्

  • माओवादी नेता वर्षमान पुन स्वदेश फिर्ता

    माओवादी नेता वर्षमान पुन स्वदेश फिर्ता

    काठमाडौँः नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन स्वदेश फर्किएका छन्। थाइल्याण्ड र चीनमा लामो समय उपचार गरेपछि पुन स्वदेश फर्किएका हुन्। उनी करिब चार महिनाको उपचारपछि स्वदेश फर्किएका हुन्।  विभानस्थलमा पुनलाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायतले स्वागत गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • जनमत पार्टीविरुद्ध जसपाको विरोध प्रदर्शन

    जनमत पार्टीविरुद्ध जसपाको विरोध प्रदर्शन

    वीरगंजः जनता समाजवादी पार्टीका पर्सा-बाराका महिला नेतृहरूले जनमत पार्टीविरुद्ध वीरगंजमा विरोध प्रदर्शन गरेका छन्। सोमबार दिउँसो वीरगंज घण्टाघरमा उनीहरुकले करिब आधा घण्टा विरोध प्रदर्शन गरेका हुन्। माघ ५ गते जसपा नेतृ एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई जनमत पार्टीले कालो झन्डा देखाएर दुर्व्यवहार गरेकोमा प्रदर्शन गरिएको नेतृ करिमा बेगमले बताइन। बेगमले जनमत पार्टीले कार्यशैली सुधार नगरे थप आन्दोलनका…

    विस्तृतमा पढ्नुस्

  • ११ किलोमिटर घुम्दा पनि पूर्व मन्त्री गुप्ताले पाएनन् सिटामोल

    ११ किलोमिटर घुम्दा पनि पूर्व मन्त्री गुप्ताले पाएनन् सिटामोल

    काठमाडौं : पूर्व मन्त्री जेपी गुप्ताले ११ किलोमिटर चक्कर लगाउँदा पनि सिटामोल पाउन नसकेको गुनासो गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरेका छन्। प्रम देउवाले स्थिति सुध्रिँदै छ भने पनि सिटामोल नपाएको भन्दै उनले सबैको मन आत्तिएको टिप्पणी गरेका छन्। सक्रिय राजनीतिबाट टाढा रहेर कृषिकर्ममा सक्रिय रहेका गुप्ताले ट्विटमा प्रधानमन्त्री देउवालाई सम्बोधन गर्दै पीडा अभिव्यक्त गरेका हुन्। 'शेरबहादुरजी!  जी! तपाई पुँजीगत…

    विस्तृतमा पढ्नुस्

  • आहा रारा गोल्डकप: मछिन्द्र पहिलोपटक सेमिफाइनलमा

    आहा रारा गोल्डकप: मछिन्द्र पहिलोपटक सेमिफाइनलमा

    पोखरा : पोखरा रंगशालामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्लब पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार पोखरा रंगशालामा भएको खेलमा १९ औं संस्करणको गोल्डकप उपाधि चुमेको संकटा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै मछिन्द्र सेमिफाइनलमा पुगेको हो। खेलको १३ औं मिनेटमा नै मछिन्द्रले अग्रता लिएको थियो। मछिन्द्रका तर्फबाट उत्सव राईले गोल गर्दै खेलमा सुरुआती अग्रता दिलाएका…

    विस्तृतमा पढ्नुस्

  • परीक्षण दर बढाउँदा संक्रमित संख्या पनि बढ्यो, हिजोभन्दा ३८ सय धेरै संक्रमित थपिए

    परीक्षण दर बढाउँदा संक्रमित संख्या पनि बढ्यो, हिजोभन्दा ३८ सय धेरै संक्रमित थपिए

    काठमाडौं : पछिल्लो २४ घन्टामा १० हजार ३ सय १९ जना कोभिड १९ का संक्रमितको पहिचान भएको छ। २१ हजार २ सय १ जनामा गरिएको परीक्षणमा झन्डै आधामा संक्रमण पुष्टि भएको हो। हिजो तुलनात्मक रुपमा संक्रमितको संख्या कम देखिएको थियो। हिजो ६ हजार ४ सय ६२ जनामा संक्रमण देखिएको थियो। हिजो १७ हजार ४ सय ३७ जनामा परीक्षण गरिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरगढी दरबारमा मनाइयो २ सय ५९ औँ विजय उत्सव

    मकवानपुरगढी दरबारमा मनाइयो २ सय ५९ औँ विजय उत्सव

    हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा २ सय ५९ औँ विजय उत्सव मनाइएको छ। २ सय ५९ वर्ष अघि आजैका दिन (माघ १० गते) गोरखा सैनिकले मुगल सेनालाई पराजित गरेको थियो। २ सय ५९ वर्षअघि भएको सो युद्धमा गोरखा सेना र विदेशीबिच युद्ध भएको थियो। पहिलो विजयोत्सव मनाउन पृथ्वीनारायण शाह स्वयं गढीमा उपस्थित थिए। मुगल सेनाका फौज पराजित भएपछि उत्साहित बनेका पृथ्वीनारायण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell