PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

  • बेलायतले पनि दूतावासका कर्मचारीलाई युक्रेनबाट फिर्ता बोलायो

    बेलायतले पनि दूतावासका कर्मचारीलाई युक्रेनबाट फिर्ता बोलायो

    रुसको सेना परिचालन हुनसक्ने भन्दै बेलायतले पनि युक्रेनस्थित दूतावासमा रहेका कर्मचारी फिर्ता बोलाउन थालेको छ। बेलायती कुटनीतिज्ञ असुरक्षित नरहे पनि दूतावासमा कार्यरत आधा कर्मचारीलाई फिर्ता बोलाउन लागेको हो। कुनै पनि समय रसियन सेनाले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले पनि दूतावासका कर्मचारीका आफन्तलाई युक्रेन छाड्न निर्देशन दिइसकेको छ। अत्यावश्यक बाहेकका कर्मचारीलाई अमेरिकाले फिर्ता बोलाएको हो। अहिलेसम्म युरोपेली संघका स्टाफ भने त्यही…

    विस्तृतमा पढ्नुस्

  • निम्स पूर्जाको टोलीले गर्‍यो दक्षिणी ध्रुवमा स्की, साउथ पोलको लास्ट डिग्रीमा पहिलो नेपाली रेकर्ड

    निम्स पूर्जाको टोलीले गर्‍यो दक्षिणी ध्रुवमा स्की, साउथ पोलको लास्ट डिग्रीमा पहिलो नेपाली रेकर्ड

    साहसिक पर्वातारोही निम्स पूर्जाको टीम साउथ पोलमाको लास्ट डिग्रीमा स्की गर्ने पहिलो नेपाली टोली बनेको छ। 'तिमी छिटो यात्रा गर्छौं भने एक्लै जाउ, टाढासम्मको यात्रा गर्न चाहन्छौं भने सँगै जाउ...,' स्की सफल रुपमा पूरा गरेपछि निम्सले लेखेका छन्, 'र यो त्यही हो जुन हामीले अन्टार्टिकामा गरेका छौं...।' निम्सको टिमले साउथ पोलको लास्ट डिग्रीमा स्कीसँगै त्यहाँको भिन्सन मासिफ हिमाल समेत आरोण…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सक संघबाट कोभिड १९ संक्रमितलाई परामर्श सेवा सुरु हुँदै

    चिकित्सक संघबाट कोभिड १९ संक्रमितलाई परामर्श सेवा सुरु हुँदै

    काठमाडौं : कोरोना भाइरस संक्रमितका लागि नेपाल चिकित्सक संघले कल सेन्टर सञ्चालन गर्ने भएको छ। भोलिदेखि सुरु हुने कल सेन्टरबाट संक्रमितहरुले परामर्श लिन सक्नेछन्। 'कोभिड १९ को तेस्रो लहर व्यापक रुपमा बढ्दै गइरहेकाले सम्पूर्ण सर्वसाधारण नागरिकहरुलाई पर्नसक्ने स्वास्थ्य सम्बन्धि समस्याका लागि नेपाल चिकित्सक संघको ११५६ नम्बरको कल सेन्टरमा सम्पर्क राखी आवश्यक परामर्श लिनुहुन हार्दिक अपिल गर्दछु,' संघका महासचिव डा बद्री…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिकअघि नयाँ संक्रमितहरु देखिन थालेपछि बेइजिङमा ‘मास टेस्टिङ’ गरिँदै

    ओलम्पिकअघि नयाँ संक्रमितहरु देखिन थालेपछि बेइजिङमा ‘मास टेस्टिङ’ गरिँदै

    बेइजिङको स्थानीय सरकारले कोभिड-१९ विरुद्ध ‘मास टेस्टिङ’ गर्न शुरु गरेको छ। विन्टर ओलम्पिक गेम्स शुरु हुन दुई हप्ताभन्दा कम समय बाँकी रहँदा कोरोना भाइरसका नयाँ संक्रमितहरु देखिन थालेपछि बेइजिङमा ‘मास टेस्टिङ’ गर्न शुरु गरेको हो। शहरमा कोभिड-१९ का नयाँ स्थानीय संक्रमण देखिन थालेपछि त्यसलाई नियन्त्रण गर्न यस्तो उपाय अवलम्बन गरिएको बताइएको छ। नेसनल हेल्थ कमिसन (एनएचसी)ले आइतवार बताए अनुसार बेइजिङ २२…

    विस्तृतमा पढ्नुस्

  • मिडियाले अतिरञ्जना गरेको बयानपछि रेणुकुमारी यादवले भनिन् : मेरो भनाइ कसैप्रति लक्षित छैन

    मिडियाले अतिरञ्जना गरेको बयानपछि रेणुकुमारी यादवले भनिन् : मेरो भनाइ कसैप्रति लक्षित छैन

    काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको बताएकी छिन्। विज्ञप्ति मार्फत् उनले भ्रम पर्न गएकोमा दुःख व्यक्त गरेकी छिन। 'यसलाई सामान्य रुपमा लिन अनुरोध गर्छु,' उनले भनेकी छिन्। आगामी दिनमा यसप्रति सचेत रहने पनि उनले बताएकी छिन्। यसअघि उनले मिडियाले आफ्नो भनाईले तोडमरोड गरेको अभिव्यक्ति दिएकी थिइन्। गौर हत्याकाण्डजस्तै हिंसात्मक गतिविधि…

    विस्तृतमा पढ्नुस्

  • नर्वेमा तालिवानी प्रतिनिधिहरु, युरोपसँगको वार्तामा के होला?

    नर्वेमा तालिवानी प्रतिनिधिहरु, युरोपसँगको वार्तामा के होला?

    अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गरेपछि पहिलो पटक युरोपेली अधिकारीहरुसँग तालिवानीले संवाद अगाडि बढाएका छन्। तालिवानी सदस्यहरु यतिखेर नर्बेमा छन्। वार्ता तीन दिनको हुँदैछ जसमा अफगानिस्तानमा मानव अधिकार र मानवीय संकटको विषयले ठाउँ पाउने बीबीसीले जनाएको छ। संयुक्त राष्ट्रसंघले ९५ प्रतिशत अफगानीसँग पर्याप्त खाना समेत नरहेको सार्वजनिक गरिसकेको छ।  युरोपमा एकथरी समूह भने तालिवानीसँग छलफल हुन लागेको भन्दै विरोधमा उत्रिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • दूतावास कर्मचारीका आफन्तलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन

    दूतावास कर्मचारीका आफन्तलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन

    संयुक्त राज्य अमेरिकाले युक्रेनमा रहेका दूतावासका कर्मचारीका आफन्तलाई त्यहाँबाट तत्काल बाहिरिन निर्देशन दिएको छ। बढ्दो तनावका बिच अमेरिकाले युक्रेन छाड्न भनेको हो।  स्टेट डिपार्टमेन्टले अति आवश्यक बाहेकका कर्मचारीलाई युक्रेन छाड्न अनुमति दिएको छ। त्यहाँ रहका अमेरिकी नागरिकलाई पनि तत्काल देश छाड्न भनेको छ।   युक्रेनमा रसियाली सेनाले आक्रमण गर्ने तयारी गरेको रिपोर्टलाई आधार मानेर अमेरिकाले यस्तो निर्देशन जारी गरेको हो। …

    विस्तृतमा पढ्नुस्

  • सवारी साधनमा जोरबिजोर प्रणाली, काठमाडौँ उपत्यकामा दैनिक ८ सय भन्दा बढी सवारी कारबाहीमा

    सवारी साधनमा जोरबिजोर प्रणाली, काठमाडौँ उपत्यकामा दैनिक ८ सय भन्दा बढी सवारी कारबाहीमा

    काठमाडौँ : सरकारले शनिवारबाट लागू गरेको काठमाडौँ उपत्यकाभित्र सवारीमा जोरबिजोर प्रणालीमा दैनिक ७ सयभन्दा बढी सवारी चालक कारबाहीमा पर्ने गरेका छन्। आइतबार मात्र काठमाडौँ उपत्यकाभित्रका तीन वटै जिल्लमा ९ सय ३२ वटा सवारी साधनहरू प्रहरीले नियन्त्रणमा लिएको छ। देशभर कोरोना सङ्क्रमण फैलिएको भन्दै रोकथाम तथा नियन्त्रणको लागि सरकारले जोरबिजोर प्रणाली लागू गरेको छ। यसरी नियन्त्रणमा रहेका सवारीमध्ये सबैभन्दा धेरै दुई…

    विस्तृतमा पढ्नुस्

  • पेटमा कैँची प्रहार गर्ने युवक समातिए

    पेटमा कैँची प्रहार गर्ने युवक समातिए

    काठमाडौँ ःकैँची प्रहार गरी हत्या गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले मोरङ घर भएका ३३ वर्षीय विनोद आचार्यलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए। माघ ९ गते दिउँसो सिन्धुपाल्चोक घर भएका २२ वर्षीय केशव तिम्सिनालाई धारिलो हतियार कैँची प्रहार गरेका थिए। कैँची प्रहारबाट युवकको आन्द्रा बाहिर निस्किएको…

    विस्तृतमा पढ्नुस्

  • चेल्सीको सहज जित

    चेल्सीको सहज जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले टोटेनहम हट्स्परमाथि जित निकालेको छ। स्टामफोर्डब्रिज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले २-० गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफको दोस्रो मिनेटमै चेल्सीका कलुम हुडस ओडोइको पासमा हाकिम जियाचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो ५५ औं मिनेटमा थिआगो सिल्भाले गरे। म्यासन माउन्टले प्रहार गरेको…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनाको जित, रियल मड्रिडको संघर्षपूर्ण बराबरी

    बार्सिलोनाको जित, रियल मड्रिडको संघर्षपूर्ण बराबरी

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले अलाभेसमाथि जित निकालेको छ। मेन्डिजोरोजा स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले रेलिगेशन जोनमा संघर्ष गरिरहेको घरेलु टोलीमाथि १-० गोलअन्तरको साँघुरो जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बार्सिलोनालाई जित दिलाउन फ्रान्की डी जोङले निर्णायक गोल गरे। उनले खेलको ८७ औं मिनेटमा नेदरल्याण्डका मिडफिल्डर फेरान टोरेसको पासमा गोल गरे। गएराति नै सम्पन्न अर्को…

    विस्तृतमा पढ्नुस्

  • एसियन कप: भारतीय टोलीमा फैलियो कोरोना संक्रमण, १३ जना खेलाडी जुटाउन नसक्दा ताइपेइसँगको खेल स्थगित

    एसियन कप: भारतीय टोलीमा फैलियो कोरोना संक्रमण, १३ जना खेलाडी जुटाउन नसक्दा ताइपेइसँगको खेल स्थगित

    एएफसी वुमन्स एसियन कप अन्तर्गत आज हुने भनिएको भारत र चाइनिज ताइपेइ बिचको खेल स्थगित भएको छ। एसियन फुटबल कन्फिडरेसन एएफसीका अनुसार भारतीय टोलीका अधिकांश खेलाडीमा कोभिड १९ संक्रमण देखिएको र टोलीले खेलका लागि  १३ जना खेलाडी पनि उपलब्ध गराउन असमर्थ भएकोले खेल रद्द गरिएको हो।   🚨OFFICIAL🚨 The #WAC2022 match between Chinese Taipei and 🇮🇳 India will not be played today…

    विस्तृतमा पढ्नुस्

  • क्रिस्टल प्यालेसमाथि लिभरपुलको सहज जित

    क्रिस्टल प्यालेसमाथि लिभरपुलको सहज जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित निकालेको छ। सेलहर्स्ट पार्क स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली प्यालेसमाथि १-३ गोलअन्तरले जित निकालेको हो। खेलको ८ औं मिनेटमै भर्जिल भान डाइकको हेडर गोलमा लिभरपुलले खेलमा अग्रता बनाएको थियो। त्यस्तै एलेक्स अक्सलेड चेम्बरलेनले ३२ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा लिभरपुल दुई गोलले अघि रह्यो। दोस्रो हाफमा घरेलु…

    विस्तृतमा पढ्नुस्

  • कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा बेल्जियममा जारी छ प्रदर्शन

    कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा बेल्जियममा जारी छ प्रदर्शन

    कोरोना भाइरसको ओमोक्रन भेरियन्ट नियन्त्रण र रोकथामका लागि बेल्जियम सरकारले लागू गरेको प्रतिबन्धहरुको विरोधमा प्रदर्शन जारी छ। संक्रमण बढेसँगै सरकारले विभिन्न गतिविधिमा कडाइ गरेपछि दुई साताभन्दा बढी समयदेखि विरोध प्रदर्शन भइरहेको हो। बेल्जियमको राजधानी हुँदै युरोपेली संघको केन्द्रसम्म पुगेर प्रदर्शनकारीले विरोध जनाएका छन्। त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबिच झडपसमेत भएको थियो। प्रदर्शनकारीले बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डे क्रुको तस्विरमा नारा लेखेर र कोभिड पास…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्सी बुक गर्न इक्याब नेपालले ल्यायो 'लोयल्टी'सहितको मोबाइल एप सेवा

    ट्याक्सी बुक गर्न इक्याब नेपालले ल्यायो 'लोयल्टी'सहितको मोबाइल एप सेवा

    काठमाडौं : नेपाली यात्रुहरुको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सुपथ मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्न इक्याब नेपालले सेवा सुरु गरेको छ। सेवाग्राहीले डिजिटल माध्यमबाट पनि भुक्तानी गरेर सेवाको उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ। मोबाइल एपबाट प्रयोगकर्ताले आफ्नै लागि मात्र नभई आफ्ना आफन्त तथा साथीभाइको लागि समेत सवारी बुकिङ गर्न सक्नेछन्। भविष्यका लागि समेत आफ्नो यात्राको तालिका निर्धारण गरेर क्याब बुकिङ गर्न सक्ने…

    विस्तृतमा पढ्नुस्

  • अनलाइन परीक्षा लिने त्रिविको तयारी, कार्यविधि तयार गर्न निर्देशन

    अनलाइन परीक्षा लिने त्रिविको तयारी, कार्यविधि तयार गर्न निर्देशन

    काठमाडौँः त्रिभुवन विश्वविद्यालयले अनलाइन माध्यमबाट आन्तरिक मूल्याङ्कन र परीक्षाको ढाँचा तयार गर्न निर्देशन दिएको छ। सूचना जारी गर्दै विश्वविद्यालयले परीक्षाको कार्यविधि तयार गर्न मातहतका संस्थान र संकायलाई निर्देशन दिएको हो।  विश्वविद्यालयले चिकित्सा शास्त्र अध्ययन संस्थान र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानलाई यस्तो निर्देशन गरेको हो।  त्रिविद्वारा सूचनामा भनिएको छ, ‘विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कन अनलाइनको माध्यमबाट गर्ने गराउने। सबै अध्ययन संस्थान/संकायले अनलाइनको…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक विकास मन्त्रालयको अत्यावश्यक बाहेकका सेवा बन्द

    सामाजिक विकास मन्त्रालयको अत्यावश्यक बाहेकका सेवा बन्द

    कैलालीः सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सेवा स्थगित भएको जनाएको छ।  मन्त्रालयले संक्रमित कर्मचारीको संख्या भने खुलाएको छैन।  अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका सेवा स्थगन गरिएको मन्त्रालयले जनाएको छ। 

    विस्तृतमा पढ्नुस्

  • खाडी मुलुकको भिजिट भिसासम्बन्धी व्यवस्थामा सरकारले गर्‍यो संशोधन, अब को को जान पाउँछन्?

    खाडी मुलुकको भिजिट भिसासम्बन्धी व्यवस्थामा सरकारले गर्‍यो संशोधन, अब को को जान पाउँछन्?

    काठमाडौँः सरकारले खाडी लगायतका मुलुकमा  भिजिट भिसामा जान लगाएको प्रतिबन्धमा स‌ंशोधन गरेको छ। गृह मन्त्रालयले माघ ७ गते सूचना जारी गर्दै भिजिट भिसामा खाडी राष्ट्र र मलेसियामा भिजिट भिसाबाट प्रवेश प्रतिबन्ध गरेको थियो।  दुई दिनमै सरकारले नीति पुनरावलोकन गरेको हो।  सरकारले सोमबारदेखि लागू हुनेगरि नीति परिमार्जन गरेको हो।  को को जान पाउँछन्? १. सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनलाई कानुन व्यवसायीको सुझाव, ‘संविधानको धारा २२५ र स्थानीय निर्वाचन ऐन बाझियो, संशोधन गर्नुस्’

    गठबन्धनलाई कानुन व्यवसायीको सुझाव, ‘संविधानको धारा २२५ र स्थानीय निर्वाचन ऐन बाझियो, संशोधन गर्नुस्’

    काठमाडौँः स्थानीय तह निर्वाचनको मितिबारे अन्योलता बढसँगै आइतबार सत्तारुढ गठबन्धनले कानुनका जानकारहरुसँग परामर्श ग¥यो। कानुनका जानकारहरुले संविधान र स्थानीय तह निर्वाचन ऐनको दफा ३ संविधानको धारा २२५ बाझिएको भन्दै सुझाव दिएका छन्। यसअघिको बैठकको निर्णय अनुसार गठबन्धनले शनिबार निर्वाचन आयोगका पदाधिकारी र आइतबार कानुनका जानकारहरुसँग छलफल गरेको हो। गठबन्धनका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानुनका विज्ञहरुले संशोधनको सुझाव…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय महिला लिग स्थगित

    राष्ट्रिय महिला लिग स्थगित

    काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिग स्थगित हुने जनाएको छ। कोभिड १९ को महामारीलाई कारण देखाउँदै एन्फाले अर्को सूचना जारी नभएसम्मका लागि लिग स्थगित गर्ने निर्णय गरेको जनाएको हो। एन्फाको आयोजनामा माघ १५ गतेबाट लिग आयोजना गर्न लागिएको थियो। प्रतियोगितामा आठ टिम सम्मिलित हुने ब्यवस्था थियो। लिगमा विभागीय टोलीहरू एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell