पोखराः मनाङ मर्स्याङ्दी क्लब २०औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ सेमिफाइनलमा पुगेको हो। आइतबार पोखरा रंगशालामा भएको खेलमा पुलिसलाई २-० गोलअन्तरले हराउँदै मनाङ सेमिफाइनल प्रवेश गरेको हो। खेलमा पहिलो हाफ गोलरहित भएको थियो। दोस्रो हाफको ६४औँ मिनेटमा मनाङका तर्फबाट रुपेश केसीले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि पुनः…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पार्टीको महाधिवेशन सकिएको डेढ महिनापछि केन्द्रीय कमिटी र पदाधिकारीहरुको अन्तिम टुंगो लगाउने तयारी गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पाँच बुँदे सर्कुलर जारी गर्दै माघ २७ गते केन्द्रीय कमिटीको बैठक बस्ने र सोही बैठकबाट बाँकी केन्द्रीय कमिटी थप गर्दै पदाधिकारी र पोलिटव्यूरो टुंग्याउने जानकारी दिएका छन्। प्रचण्डले जारी गरेको सर्कुलरमा बैठक २७ माघबाट काठमाडौंमा…
काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा ६ हजार ४ सय ६२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। परीक्षण दर घटेका कारण संक्रमणको संख्यामा पनि कम देखिएको हो। कूल १७ हजार ४ सय ३७ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित देखिएको हो। पीसीआर परीक्षण गर्दा ५ हजार ५ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो भने ८ सय ६४ जनामा…
काठमाडौं : शु्क्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड-१९ संक्रमण विरुद्धको अभियान स्थगित गरेको छ। चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी ५० जना भन्दा धेरैलाई संक्रमण देखिएकाले अभियान स्थगित गरिएको अस्पतालले जनाएको छ। माघ १० देखि १६ गते सम्मका लागि खोप अभियान स्थगित भएको हो।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले निर्वाचन आयोगले पूर्वाग्रही भएर पार्टीको विधान संशोधन गर्न निर्देशन दिएको आरोप लगाएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतवार बसेको बैठकले आयोगले माघ २ गते पठाएको पत्रको सम्बन्धमा निर्णय गर्दै यस्तो बताएको हो। आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित ‘सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र’को मान्यता अभिवृद्धि गर्न र कायम…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको ६ महिने प्रगति विवरण माथि ३ दिनपछि टिप्पणी गरेका छन्। शुक्रवार देउवाले आफ्नो सरकारको प्रगतिलाई ४७ बुँदामा प्रस्तुत गरेका थिए। ओलीले १५ बुँदामा देउवा सरकारको आलोचना गरेका हुन्। उनले सरकार असफल भएको, राज्यका निकायहरु संकटोन्मुख भएको लगायतका आरोप लगाएका छन्। देउवा असफल भएको पनि ओलीको आरोप छ। १.…
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले पाकिस्तानका मोहम्मद रिजवानलाई वर्ष २०२१ को उत्कृष्ट खेलाडी घोषणा गरेको छ। २०२१ मा २९ खेलबाट १३२६ रन बनाएका पाकिस्तानी विकेटकिपर ब्याटर रिजवानले टी २० विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान दिएका थिए। Sheer Consistency, indomitable spirit and some breathtaking knocks 🔥 2021 was memorable for Mohammad Rizwan 👊 More 👉 https://t.co/9guq9xKOod pic.twitter.com/6VZo7aaRIA — ICC (@ICC)…
काठमाडौं : नेकपा एमालेले आफ्नो नेतृत्वको सरकारले गरेका विकासका काम बाहेक प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै नयाँ काम नगरेको आरोप लगाएको छ। गत शुक्रवार प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारको ६ महिने कार्यकालबारे व्याख्या गरेका थिए। त्यसमा टिप्पणी गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार देउवा सरकराले कुनै नयाँ तथ्य प्रस्तुत नगरेको जनाए। 'प्रधानमन्त्रीज्यूले शुक्रवारको सम्बोधनमा जवर्जस्ती विकासका आँकडा प्रस्तुत…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको अलोकतान्त्रिक कदमको परिणाम देखिन थालेको आरोप लगाएका छन्। अदालतले राजनीतिक फैसला गरेकाले पाँच दलीय सरकार बनेको र त्यसको असर देखिन थालेको ओलीको आरोप छ। आइतवार विज्ञप्ति जारी गर्दै ओलीले अदालतको फैसलाको 'गुन तिर्न' जनविरोधी काम भइरहेको दावी गरेका छन्। 'अदालतले निश्चित व्यक्तिको स्वार्थपूर्तिका लागि राजनीतिक फैसला गरिदिने र त्यसबापत राजनीतिक नेताहरूले…
बुटवल : जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेकका सेवा हाललाई स्थगन गरेको छ। कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको हो। प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार आइतवारदेखि शान्ति सुरक्षाका मुद्दा, फोटो सहितको मतदाता नामावली संकलन र नागरिकता प्रमाणपत्र बाहेकका सबै सेवा स्थगन गरिएको छ। पछिल्लो समय जिल्लामा कोरोना संक्रमण बढ्दो छ।…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरुले निर्वाचनको 'कार्ड'फालेको आक्षेप लगाएका छन्। आइतवार पार्टीका तर्फबाट विज्ञप्ति जारी गर्दै ओलीले एमाले अर्ली इलेक्सनको मान्यतामा अडिग रहेको भए पनि सत्ता गठबन्धनले वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने भनेर राजनीतिक कार्ड मात्र फालेको बताएका हुन्। 'गठबन्धनका नेताहरुले वैशाखमै निर्वाचन गर्ने भनेर 'कार्ड' फालेका छन्। यो कुनै असल मनाशयले होइन,' स्थानीय तहको निर्वाचन पर…
काठमाडौ : भक्तपुरमा तीन महिने बालकको निसास्सिएर मृत्यु भएको छ। भक्तपुर सूर्य विनायक नगरपालिका ४ दधिकोट बस्दै आएका रामेछाप मन्थली घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिने छोराको मृत्यु भएको हो। शनिवार बेलुका अभिषेक र उनकी २८ वर्षीय श्रीमती पसुना तामाङ तीन महिने छोरासँग आगो तापेर सुतेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। बिहान अबेरसम्म पनि नउठेकाले स्थानीयले र प्रहरीले झ्यालबाट…
काठमाडौँः ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा गुडिरहेको जिपमा पहाड माथिबाट ढुङ्गा खस्दा तीन जनाको मृत्यु भएको छ। डोजरले माटो मिलाउने क्रममा ढुङ्गा खसेको थियो। मृत्यु हुनेहरूमा दुई बालबालिका युवक कोइराला र युनिषा कोइराला एकै परिवारका रहेका छन्। अर्का मृतक भने हेमबहादुर मगर रहेको खुलेको छ। सदरमुकाम आउँदै गरेको को १ ज ३५६९ नम्बरको जिपमा सवार रहेका ६ जनामध्ये तीन जनाको मृत्यु भएको जिल्ला…
काठमाडौं: गायक सुशान्त केसीको ‘रिसाउने भए’ बोलको गीतलाई दर्शकले रुचाएका छन्। ६ दिनअघि रिलिज भएको गीत युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा आउन सफल भएको छ। गीत भने म्यूजिक ट्रेन्डिङको भने दोस्रो स्थानमा छ। यस गीतमा शब्द, संगीत र स्वर सुशान्त केसीको नै रहेको छ। गीत सुशान्तले बुवाआमाको एनभर्सरी उपहार स्वरूप सार्वजनिक गरेका हुन्। प्रेम सम्बन्धमा हुँदा रिसाउनेदेखि फकाउनेसम्मका कुरा समेटेको गीतलाई युवापुस्ताले निकै मन पराएका…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई कोभिड-१९ संक्रमणपछि अस्पताल भर्ना गरिएको छ। शुक्रवार उनलाई संक्रमण देखिएको प्रचण्डको सचिवालयले जनाएको छ। संक्रमण पुष्टि भएपछि मेडिसिटीमा उनलाई भर्ना गरिएको हो। संक्रमणपछि निमोनिया देखिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। सीतालाई आईसीयूमै राखेर उपचार भइरहेको छ। 'आईसीयूमै हुनुहुन्छ। उहाँलाई निमोनिया पनि भएको थियो,' उनले भने। अहिले…
आफ्नो विवादास्पद अभिव्यक्तिका कारण जर्मनीका जल सेना प्रमुखले राजीनामा दिएका छन्। युक्रेनको विषयलाई लिएर दिएको अभिव्यक्ति विवादित भएपछि के अचिम शाँनबाचोले राजीनामा दिएका हुन्। रसियाले युक्रेन कब्जा गर्न खोजेको भनाइ वाइह्यात बताउँदै उनले रसियन राष्ट्रपति पुटिनले सम्मान चाहेको जनाएका थिए। अमेरिका र बेलायत लगायत धेरै मुलुकहरुले युक्रेनलाई हतियार उपलब्ध गराएका छन्। तर, जर्मनीले युक्रेनको अनुरोधलाई अस्वीकार गरेको थियो। रसियाले पनि…
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी सीमा नाकाबाट भित्रने नागरिकहरूमा कोभिड–१९ संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षण लगायतबारे जानकारी लिएका छन्। गृहमन्त्री खाणले आइतवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा सीमा नाका जोडिएका तथा सीमासँग नजिकका जिल्लाहरू कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ,…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोभिड-१९ संक्रमण देखिएको छ। शनिवार गरिएको परीक्षणणमा ओलीलाई संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ। केही दिनदेखि स्वास्थ्य असहज भएपछि परीक्षण गरिएको थियो। पहिलो र दोस्रो लहरको संक्रमणका बेलामा सुरक्षित रहेका ओलीलाई यस पटक भने संक्रमण पुष्टि भएको हो। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले बालकोट स्थित निवासमा आराम गरिरहेका छन्। यसअघि एमालेका महासचिव शंकर…
काठमाडौं : ललितपुरको सुनाकोठी स्थित बालकुमारी मन्दिरको मूर्ति चोरी भएको छ। शनिवार राति मूर्ति चोरी भएको प्रहरीमा जानकारी आएको छ। राति १२ बजेदेखि ४ बजेभित्र मूर्ति चोरी भएको हुनसक्ने देखिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए। 'पुजारीले पूजा गर्न जाँदा मुर्ति नदेखेपछि वडाध्यक्षलाई सम्पर्क गर्नु भएको रहेछ। त्यसपछि हामीले जानकारी पाएका हौं। हाम्रो टोलीले अहिले मूर्ति खोजी तथा…
भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ३३ हजार ५३३ जनामा कोरोना संक्रमण देखिएको छ। १८ लाख ७५ हजार ५३३ जनाको कोरोना परीक्षण गर्दा ३ लाख ३३ हजार ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यससँगै दैनिक संक्रमणदर १७.७८ पुगेको छ। भारतमा पछिल्लो दुईदिनदेखि कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ। शुक्रबार ३ लाख ४७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। शनिबार…