इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिगर म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ। सेन्ट म्यारी स्टेडियममा सम्पन्न खेलमा सिटी घरेलु टोली साउथह्याम्टनसँग १-१ को बराबरीमा रोकिएको हो। खेलको सातौं मिनेटमा केल वाकरको गोलमा अग्रता बनाएको घरेलु टोली पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा सिटीका ऐनरिक लापोर्टेले खेल बराबरीमा ल्याए। ६५ औं मिनेटमा केभिन डी ब्रुइनको फ्रिकिकमा हेडिङमार्फत गोल…
वीरगंज: सहाना प्रधान स्मृति चौथो संस्करणको राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीले उचालेको छ। वीरगंजस्थित आदर्शनगर रंगशालामा शनिवारमा आयोजित फाइनल खेलमा नेपाल आर्मीले सुदूरपश्चिमलाई १-० गोलअन्तरले हराउँदै उपाधि जितेको हो। आर्मीको जितमा सरस्वती तामाङले खेलको ५२ मिनेटमा निर्णायक गोल गरिन्। सुदूरपश्चिम टिमले अथक प्रयास गर्दा पनि गोल हान्न सकेन। फाइनल खेलको उत्कृष्ट खेलाडी नेपाल आर्मीकी सीतामाया बल घोषित…
काठमाडौं: इण्डियन प्रिमियर लिग (आईपीएल)का लागि नेपालबाट १५ खेलाडी दर्ता भएका छन्। आईपीएलले जारी गरेको नयाँ सूचि अनुसार नेपालबाट १५ खेलाडीसहित एसोसिएट देशबाट ४१ जना खेलाडीको नाम दर्ता छ। आईपीएल २०२२ का लागि कूल १२१४ खेलाडी दर्ता भएका छन्। जसमा क्याप्ड खेलाडी २७०, ९०३ अनक्याप्ड र ४१ एसोसिएट खेलाडी रहेको आईपीएलले जनाएको छ। आईपीएलमा १० फ्रेन्चाइजी रहेका छन् जसले बढीमा…
काठमाडौं : कोभिड १९ को नयाँ भेरियन्ट ‘ओमोक्रन’ फैलिएसँगै काठमाडौं उपत्यका फेरि भाइरसको ‘हटस्पट’ बन्दै गएको छ। निकै संक्रामक मानिएको ‘ओमोक्रन’ फैलिएसँगै आजबाट सवारी साधनमा उपत्यका जोर बिजोर प्रणाली लागू गरिएको छ। यस्तै, सार्वजनिक स्थल र सार्वजनिक निकायमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको छ। देशभर संक्रमण फैलिएसँगै सबैभन्दा बढी प्रभावित काठमाडौं उपत्यका बनेको हो। संक्रमण बढेसँगै उपत्यकाका अस्पतालहरु…
पोखरा : पोखरा रंगशालामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगितामा नेपाल एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।आज पोखरा रंगशालामा भएको खेलमा बीवाईएससी मिनेसोटा युएसएलाई हराउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफको ४७ औं मिगल पेलाफक्सले गोल गर्दै बीवाईएससीलाई सुरुआती अग्रता दिएका थिए। तर, ७० औं मिनेटमा एपीएफ खेलमा बराबरी बनाएको थियो। एपीएफका…
काठमाडौं : पछिल्लो २४ घन्टामा कोभिड १९ संक्रमणकै बिच १६ जनाको मृत्यु भएको छ। १० हजार २ सय ५४ जना नयाँ संक्रमित पनि थपिएका छन्। २० हजार १ सय ८७ जनामा परीक्षण गर्दा ५० प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। ८ हजार २ सय १२ जना संक्रमित आरटी पीसीआर परीक्षणबाट पहिचान भएका हुन् भने २ हजार ४२ जना एन्टीजेन परीक्षणबाट।…
स्थानीय तहको निर्वाचनको विषयलाई लिएर भइरहेका सत्तारुढ गठबन्धनका चरणबद्ध बैठक निष्कर्षहीन छन्। छलफल गर्ने र कुनै निचोडमा नपुग्ने पुरानो संस्कारमात्र बैठकले स्थापित गरेको छैन, स्थानीय तह फेरि नेतृत्वबिहीनको अवस्थामा पुग्ने त होइन भन्ने संशय पैदा गरेको छ। दुईदुई पटक संविधानसभाको निर्वाचनपछि मात्र बनेको संविधानको मर्मलाई कायम राख्ने कि त्यसलाई आफ्नो हित अनुकूल व्याख्या गर्ने? अब यो प्रश्न सत्तारुढ दलसामु तेर्सिएको…
अल्लु अर्जुन अभिनित फिल्म पुष्पा : दी राइज पार्ट वान रिलिज भएको पहिलो दिन जम्मा ३ करोड ३३ लाख रुपैयाँ कलेक्सन भएको थियो। तर, अवस्था एकैनास भएन। पुष्पा दर्शकले रुचाए भने प्रतिस्पर्धामा अरु फिल्म आउन सकेनन्, आउने तयारीमा रहेकाहरु पनि रिलिज स्थगितको अवस्थामा पुगे। यसको फाइदा पुष्पालाई हुन पुग्यो। फिल्मले करिब ९० करोड रुपैयाँको सीमा पार गर्नै लागेको छ। पुष्पको…
संयुक्त राष्ट्रसंघले यमनको कारागारमा भएको हवाई हमलाको निन्दा गरेको छ। हमलामा परी ७० जना मानिसको ज्यान गएको थियो। यमनको उत्तर पश्चिमी भेगको रहेको सादा भन्ने स्थानमा हवाई आक्रमण भएको हो जुन क्षेत्र हुथी विद्रोहीको केन्द्रका रुपमा स्थापित छ। राष्ट्रसंघका महासचिव एन्थेनियो गुटेरसले वक्तव्य जारी गर्दै बढ्दो तनाव रोक्न आग्रह गरेका हुन्। साउदी अरेबियाको नेतृत्वको गठबन्धनले वक्तव्य मार्फत् आफूले हवाई हमला…
काठमाडौँ : पूर्व प्रधान न्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतवार देशभरका अदालतमा शोक बिदा हुने भएको छ। शर्माको बुधवार निधन भए पनि शनिवार अन्त्येष्टि भएको थियो। छोरा विदेशबाट फर्किएपछि शनिवार शर्मा अन्त्येष्टि गरिएको हो। सर्वोच्चको आकस्मिक पूर्ण बैठकले आइतवार देशभरका अदालत तथा न्यायाधीकरणमा समेत शोक बिदा मनाउने निर्णय गरेको सहप्रवक्ता देवेन्द्र ढकालले बताए। शर्माको निधनले राष्ट्रप्रेमी न्यायिक व्यक्तित्वलाई गुमाएको पूर्ण बैठकको…
काठमाडौं : पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी २४ घण्टाका लागि सचेन रहन आग्रह गर्दै वर्षा र हिमपातका कारण चिसो अझै बढ्ने क्रम रहेकाले त्यसबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ। सुदूरपश्चिम, कर्णाली…
इण्डियन प्रिमियर लिग (आईपीएल)का लागि नेपालबाट १५ खेलाडी दर्ता भएका छन्। आईपीएलले जारी गरेको नयाँ सूचि अनुसार नेपालबाट १५ खेलाडीसहित एसोसिएट देशबाट ४१ जना खेलाडीको नाम दर्ता छ। आईपीएल २०२२ का लागि कूल १२१४ खेलाडी दर्ता भएका छन्। जसमा क्याप्ड खेलाडी २७०, ९०३ अनक्याप्ड र ४१ एसोसिएट खेलाडी रहेको आईपीएलले जनाएको छ। आईपीएलमा १० फ्रेन्चाइजी रहेका छन् जसले बढीमा २५…
काठमाडौं: नेपालले चारदेश सम्मिलित टी २० सिरिज खेल्ने भएको छ। विश्वकपको ग्लोबल क्वालिफायर्सको तयारीका रुपमा यो सिरिजलाई हेरिएको छ। नेपालले ओमनमा आयरल्याण्ड, युएई र ओमनसँग सिरिज खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। आइसिसी टी२० विश्वकप ग्लोबल छनोटमा नेपालको खेल फेब्रुअरी १७ देखि २४ सम्म रहेको बताइएको छ। ग्लोबल छनोट ए मा नेपालसहित ८ टोली छन्। ८ टोलीलाई चार…
धनगढी : कैलालीको धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा चोरी गर्ने दुई जना प्रहरी निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बनमा परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले उनीहरू विरुद्ध चोरीको मुद्दा दर्ता भएर ५ दिनको म्याद थप भएको बताए। म्याद थप हुने बित्तिकै स्वतः निलम्बनमा परेका…
काठमाडौँः सरकारले खाडी मुलुकमा भिजिट भिसामा जान प्रतिबन्ध लगाएको छ। माघ १० गतेदेखि लागू हुनेगरि यस्तो प्रतिबन्ध लगाइएको हो। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै अर्को आदेश जारी नभएसम्मका लागि यात्रा प्रतिबन्ध लगाएको हो। कोरोना संक्रमण बढिरहेका बेला विभिन्न मुलुकमा पुगेर नागरिकहरु बिचल्लीमा परेको गुनासो प्राप्त भएको भन्दै मन्त्रालयले यात्रा प्रतिबन्ध लगाएको हो।
मनीष अर्याल- पाल्पा: प्रेमको प्रतीक मानिने रानीमहल दरबार पछिल्लो समय चिटिक्क पारिएको छ। दरबारमा पुरातात्त्विक महत्त्वका वस्तु राखेर मिनी सङ्ग्रहालय पनि बनाइएको छ। फोहोरै फोहोरले भरिएको दरबारमा अहिले खड्गशमशेर र रानी तेजकुमारी बस्ने कोठा, भारदारसहितको बैठक कक्ष, दरबारभित्र प्रयोग भएका एक सय वर्ष पुराना पुरातात्त्विक महत्त्वका सरसामान खोजविन गरी सङ्ग्रहालयमा हेर्न पाउने व्यवस्था गरिएको छ। सङ्ग्रहालयको तानसेन नगर प्रमुख…
पोखराः गण्डकी प्रदेश सरकारले प्रदेश प्रवेश गर्ने नाकामा होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने भएको छ। प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको भर्चुअल बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले राम्दी र आँबुखैरेनी नाकामा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने बताएका हुन्। प्रदेशले सो स्थानमा यसअघि नै हेल्प डेस्क सुरु गरिसकेको छ। भारतबाट प्रदेश प्रवेश गर्ने त्रिवेणी नाकामा समेत कर्मचारी खटाएर डेस्क सुरु गरेको छ। भारतबाट…
काठमाडौँः सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनबारे कुनै पनि ठोस सहमति गर्न सकेन। बालुवाटारमा बिहीबार साँझ बसेको बैठकले कानुनका जानकारसँग परामर्श गरेपछिमात्र निर्वाचनबारे निर्णय गर्ने सहमति गरेको हो। निर्वाचनको मिति र समयसीमाबारे कानुन व्यवसायीबीच नै फरक मत छ। कतिपयले संविधान अनुसार कार्यकाल सकिएको ६ महिनापछि चुनाव हुनुपर्ने बताएका छन्। केहीले निर्वाचन ऐनअनुसार कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै चुनाव हुनुपर्ने बताउँदै आएका छन्। …
वीरगंज: चौथो सहाना प्रधान स्मृती राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा नेपाली सेना र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन्। शुक्रवार सम्पन्न सेमिफाइनल खेलहरुमा विजयी भई आर्मी र सुदूरपश्चिम फाइनलमा प्रवेश गरेका हुन्। वीरगंजको आदर्शनगर रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई शुन्यका विरुद्ध ३ गोलले पराजित गर्दै नेपाली सेना फाइनलमा पुगेको हो। नेपाली सेनाको तर्फबाट १७ मिनेटमा सीता कुमारी चौधरी, २५…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १० हजार ७ सय ३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। यस अवधिमा २३ हजार ९२ नमुना परीक्षण भएको थियो। परीक्षण गरिएका मध्ये ४६.३ नमुनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये १८ हजार ६ सय १८ नमुनाको आरटी-पीसीआर परीक्षण गर्दा ८ हजार ८ सय १५ मा संक्रमण पुष्टि भएको…