पोखरा : पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा ९ सय संक्रमित थपिनुका साथै दुई जनाको मृत्यु भएको हो। आज गण्डकीमा थपिएका ९ सय संक्रमितमध्ये ४ सय ८९ कास्की जिल्लाका मात्र छन्। थपिएको संख्यासँगै कास्कीमा सक्रिय संक्रमितको संख्या २ हजार १ सय ५६ जना…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीन तहको निर्वाचन गरिसक्नुपर्ने अभिभारा सरकारसँग रहेको बताउँदै निर्वाचनको पूर्व तयारी थाल्न आग्रह गरेका छन्। साथै, उनले प्रमुख प्रतिपक्षी दलसँग संवादबाट समस्याका हल निकाल्ने पनि बताएका छन्। प्रधानमन्त्री देउवाले आफ्नो ६ महिने कार्यकालमा भएका कामको पनि दावी गरेका छन् राष्ट्रका नाममा दिएको सम्बोधनमा। उनको सम्बोधनको पूर्ण पाठ : आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, सम्बत् २०७८ साल…
काठमाडौं : सिटामोलको हाहाकार सम्बन्धी समाचारहरु जताततै सार्वजनिक भइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार एक करोड ३३ लाख ४२ हजार ट्याव पारासिटामोल वितरण गरिएको जनाएको छ। केन्द्रीय मेडिकल स्टोर बारा पथलैयाबाट प्रादेशिक स्टोरहरुमा उक्त परिणाममा सिटामोल वितरण गरिएको मन्त्रालयले जनाएको छ। जसमध्ये प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा २७ लाख ६४ हजार ट्याव सिटामोल पुर्याइएको छ। त्यस्तै धनुषामा २१ लाख ३० हजार, हेटौंडामा…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको पूर्व तयारीमा लाग्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्। शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले आफू नेतृत्वको सरकरको दायित्व निर्वाचन गर्नुभएको स्मरण गराउँदै यस्तो आग्रह गरेका हुन्। उनले निर्वाचनका लागि तयारीमा लाग्न निर्वाचन आयोगको ध्यानकर्षण गराए। तर, उनले कुन तहको निर्वाचन भन्नेबारेमा भने केही बताएनन्। सत्ता गठबन्धनमा पहिला स्थानीय तहको कि संघको निर्वाचन भन्नेबारेमा छलफल भइरहेका…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद गरेर संसदको गतिरोध अन्त्य गरिने बताएका छन्। राष्ट्रका नाममा शुक्रवार सम्बोधन गर्दै देउवाले सबै राजनीतिक दलसँग संवाद गरिने र अवरोध हटाइने बताए। 'संसदमा रहेका सबै राजनीतिक दलहरुसँग संवाद गरेर गतिरोध अन्त्य गरिने छ,' प्रधानमन्त्री देउवाले भने। तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारसामु रहेको पनि देउवाले स्मरण गराए। उनले आफू…
काठमाडौं : अघिल्ला दिनहरुको तुलनामा पछिल्लो २४ घन्टामा नेपालमा संक्रमित हुनेको संख्या घटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ७ सय ३ जनामा संक्रमण देखिएको छ। आरटी पीसीआरबाट ८ हजार ८ सय १५ जनामा संक्रमण पुष्टि भएको हो भने एन्टीजेन परीक्षणबाट ४ हजार ४ सय ७४ जना पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस अवधिमा ७…
हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतवारदेखि आफ्नो कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ। प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएसँगै माघ ९ गते आइतवारबाट माघ १४ गते शुक्रवारसम्मलाई अत्यावश्यक बाहेकका सम्पूण सेवा बन्द गर्ने निर्णय गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले विज्ञप्ति जारी गर्दै नयाँ नागरिकता, नागरिकता प्रतिलिपी, संघसंस्था, नाबाल परिचय…
काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० मिनेटको अन्तरमा दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने दुवै जना सिराहाका हुन्। सिराहा जिल्लाको सिराह-१ का ८० वर्षका पुरुष र लहान-१९ की ६२ वर्षकी कोभिड-१९ संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सह-प्रवक्ता डाक्टर चुरामणी पोखरेलले जानकारी दिए। एक्युट मायोकार्डियल इन्फ्राक्सन भएकी महिलामा माघ ५ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो।…
काठमाडौं : कोभिड १९ संक्रमण पछिल्लो हप्ता ह्वात्तै बढेको छ। संक्रमण दर जुन गतिमा बढेको छ, सरकारलाई दवाब बढेको छ मापदण्डमा कडाइ गर्ने। कोभिडको संक्रमण फैलिएदेखि या संख्यात्मक रुपमा संक्रमितको संख्या धेरै भएपछि सरकारले चाल्ने गरेको 'देखिने' पहिलो कदम हो - विद्यालय बन्द र सार्वजनिक सवारीमा जोरविजोर प्रणाली। यसपटक पनि विद्यालय बन्द भइसकेका छन् भने काठमाडौं उपत्यकामा जोरविजोर प्रणाली अवलम्बन…
काठमाडौं : नेपालले विदेशी नागरिकलाई अनअराइभल भिसा दिन यथावत राख्दै कोभिड-१९ सम्बन्धि प्रोटोकललाई केही परिवर्तन गरेको छ। सरकारको पुस ३० गतेको निर्णय अनुसार नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश २०७८ अनुसार यात्रुहरुको आवागमन सम्बन्धी व्यवस्थामा परिवर्तन गरेको हो। जारी गरेको एडभाइजरीमा अन अराइभल भिसालाई यथावत राख्दै कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोपको प्रावधानलाई लागु गरेको…
काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालय माघ १० गतेदेखि माघ मसान्तसम्म तय गरिएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। विश्वविद्यालयले आज एक विज्ञप्ति निकाल्दै कोभिड १९ को संक्रमण बढेको भन्दै सबै परीक्षा स्थगित गरेको जनाएको हो। आजै मध्यपश्चिम विश्वविद्यालयले पनि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको थियो। त्यस्तै त्रिभुवन विश्वविद्यालयले यसअघि नै ९ गतेपछिका परीक्षाहरु स्थगित गरिसकेको छ। पुस मसान्तयता नेपालमा कोभिड १९ को…
काठमाडौं : वैदेशिक रोजगारीमा रहेका नेपालीहरु स्वदेश फर्किनका लागि कोभिड-१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने व्यवस्था अध्यागमन विभागले गरेको छ। यसरी खोपको पूर्ण मात्रा लगाएकाहरु नेपाल आगमनसँगै आफ्नो घरतर्फ जान पाउनेछन्। खोप नलगाएकाको हकमा भने अनिवार्य होम वा होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ। साथै, उनीहरुको नेपालमा आगमनसँगै विमानस्थलमै एन्टिजेन परीक्षण हुनेछ। खोपको दुवै मात्रा पूरा गरेको १४ दिन पूरा भएका विदेश…
बलिउड अभिनेता सुनील शेट्टीका छोरा अहानको डेब्यु फिल्म ‘तडप’ अब ओटीटी प्याल्टफर्ममा रिलिज हुने भएको छ। यो फिल्म २८ जनवरीबाट डिज्नी प्लस हटस्टारमा रिलिज हुन लागेको हो। ३ डिसेम्बरबाट सिनेमा हलमा रिलिज भएको यस फिल्मले मध्यम व्यापार गरेको थियो। तर, अहानको अभिनयको भने निकै तारिफ भएको थियो। २८ जनवरीबाट डिज्नी प्लस स्टारमा रिलिज हुन लागेको निर्देशक मिन लुभियाले ट्विटरमार्फत जानकारी…
काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर २७ ज्याठा बस्ने नरेश श्रेष्ठ भनिने नरबहादुर श्रेष्ठले ७ वर्षदेखि महको व्यापार गर्दै आएका थिए। सिन्धुपाल्चोकको ईन्द्रावति गाउँपालिका ६ का ३८ वर्षीय उनकी श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ नामको कम्मनी खोलेर महलाई बजारसम्म पुर्याउने गरेका थिए। नतिजा प्याकेजिङले ‘स्पर्स हनी’ नामको लेबल टाँसेर बिक्री गर्ने गरेको मह उपयोग गर्न हानिकारक भेटिएको छ। महानगरीय…
काठमाडौं : काठमाडौं उपत्यकामा शनिवार (माघ ७ गते राति १२ बजे) देखि जोर बिजोरमा सवारी साधन संचालन गर्ने निर्णय गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बिहीवार साँझ विज्ञप्ति जारी गर्दै जोर बिजोर प्रणाली लागू गरेको जानकारी दिएको थियो। सार्वजनिक यातायात सहित निजी सवारी साधन र दुई पांग्रे सवारी साधनमा समेत यो नियम लागू हुने प्रशासनले जनाएको छ। यसअघिको आदेशमा सार्वजनिक यातायात…
काठमाडौं : कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर संक्रमण दर ह्वात्तै बढेको छ। पुसको अन्तिम सातादेखि उकालो लागेको कोरोनाको गति माघमा थप बढ्दै गएको हो। कोरोनाको पहिलो र दोस्रो लहरले जति क्षति नगरे पनि तेस्रो लहरमा संक्रमण भने घरघर पुगेको छ। पछिल्लो केही दिनयता दैनिक रेकर्ड ब्रेक गर्दै संक्रमितको संख्या बढिरहेको छ। बिहीवार हालसम्मकै धेरै संक्रमित (१२ हजार ३ सय ३८ जना)…
काठमाडौं : नेपालमा कोभिड १९ को संक्रमणदर बढेसँगै सरकारले भिडभाड हुने क्षेत्रमा प्रतिबन्ध लगाउँदा नाटकघर पनि प्रभावित हुन पुगेको छ। १० वर्षपछि ब्युतिएको आरोहण-गुरुकुल थियटरले नाटक मञ्चन सुरु गरे पनि तत्लकालै स्थगित गर्न बाध्य भएको छ। माघ १ गतेपछि गुरुकुल थियटरमा नाटक ‘पुतलीको घर’ मञ्चन भइरहेको थियो। कोरोना कहर बिच नाटक मञ्चन कार्य बन्द गरेको थियटरका संस्थापक तथा रंगकर्मी सुनील पोखरेलले जानकारी दिए। उनले…
काठमाडौं : उच्चस्तरीय राजनीतिक समन्वय समितको बैठक शुक्रवार पनि बस्ने भएको छ। यसअघि मंगलवार बसेको बैठकमा स्थानीय तह तथा संघीय संसदको निर्वाचनबारे छलफल भएको थियो। निर्वाचनकै बारेमा छलफल गर्न सत्ता गठबन्धनमा आवद्ध नेताहरु सम्मिलित समन्वय समितिको बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले जानकारी दिए। मंगलवारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…
काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ। कोभिड-१९ संक्रमण बढिरहेकाले बैठक स्थगित गरिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। अनिश्चितकालका लागि बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको हो। 'स्वास्थ्य मापदण्ड पालना सम्बन्धि सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझाव आदि लाई मध्यनजर गरि अर्को निर्णय नहुँदासम्म स्थगन गरेको ब्यहोराको जानकारी पठाइसकिएको…
चीनको सबैभन्दा ठूलो चाड ‘स्प्रिङ फेस्टिवल’ (वसन्त पर्व)को यात्रा शुरु भएको छ। विश्वमै सबैभन्दा ठूलो मानव यात्राको सिजनको रुपमा लिइने यस समयमा एक अर्ब बढी जनसंख्या यात्रामा निस्किने गर्छन्। यस वर्ष स्प्रिङ फेस्टिवलका लागि चीनमा जनवरी १७ देखि फेब्रुअरी २५ सम्म चालिस दिनको समय तोकिएको छ। यस अवधिमा एक अर्ब १८ करोड जनसंख्याले यात्रा गर्ने अनुमान गरिएको छ। जुन प्रतिदिन दुई करोड…