पोखरा : राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आज गण्डकीमा भएको निर्वाचनमा गठबन्धनका सात जनाले एमालेका उम्मेदवारलाई मतदान गरेको खुलेको छ। महिलातर्फको मतगणना गर्दा गठबन्धनका सात जनाले एमालेलाई मतदान गरेको खुलेको हो। गण्डकीमा नेपाली कांग्रेसको १५, नेकपा (माओवादी केन्द्र) १२, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका २/२ र १ स्वतन्त्रत सांसद गरी गठबन्धनको ३२ सांसद छन्। यता नेकपा (एमाले)को २७ सांसद छन्। महिला तर्फको…
काठमाडौं : संघीयतासँगै नेपालमा शहरी जनसंख्या बढेको छ। २०७८ को प्रारम्भीक जनगणना अनुसार ६६.०८ प्रतिशत शहरी जनसंख्या रहेको देखिएको छ। तथ्यांक विभागले जारी गरेको तथ्यांक अनुसार हाल १ करोड ९२ लाख ९१ हजार ३१ जना शहरमा रहेको उल्लेख छ। त्यस्तै ग्रामिण जनसंख्या ९९ लाख १ हजार ४४९ रहेको तथ्यांकमा उल्लेख छ। जुन कुल जनसंख्याको ३३.९२ प्रतिशत रहेको छ। नेपाल सरकारले घोषणा…
कैलाली : राष्ट्रिय सभा सदस्यमा सुदूर पश्चिम प्रदेशबाट कैलालीका नारायणदत्त मिश्र पनि विजयी भएका छन्। गठबन्धनका उम्मेदवार रहेका मिश्रले १ सय ४३ मत ल्याएर जित निकालेका हुन्। उनी सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार डोटीका डिल्लीराज भट्टले ८२ मतमात्रै प्राप्त गरेका छन्। यसअघि जगत पार्की र गरिमा शाहले गठबन्धनकै तर्फबाट जित निकालिसकेका छन्।
हेटौँडा : वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा गठबन्धनका उम्मेद्वारद्वय गोमादेवी तिमल्सिना र कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन्। वाग्मतीमा महिलातर्फ एक जना र अन्यतर्फ एक जना गरी २ पदका लागि निर्वाचन भएको हो। २ सदस्यका लागि ६ जनाको उम्मेद्वारी परेको थियो। महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरेका छन् भने उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार निरुकुमारी…
काठमाडौँः सर्वोच्च अदालतले संघीय संरचना अनुसार प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीलाई पुनः संघमा फर्काउन नमिल्ने फैसला गरेको छ। कर्मचारी समायोजन ऐनको व्यवस्था अनुसार नै प्रक्रिया पूरा भएकाले संघमा फर्काउन नपर्ने अदालतले फैसला गरेको हो। न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले लामो समयपछि विवाद निरुपण गरेको हो। पछिल्लो समय हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको थियो।…
पोखरा: पोखरामा जारी २० औं आहा रारा गोल्डकपमा विभागीय टोली एपीएफ फाइनलमा पुगेको छ। बुधबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता एवम अहिलेको लिग लिडर मछिन्द्र क्लबलाई ३-१ गोलअन्तरले हराउँदै एपीएफ १४ वर्षपछि फाइनलमा पुगेको हो। यसअघि ०६४ सालमा एपीएफले प्रतियोगिताको फाइनल खेलेको थियो। पहिलो हाफको २५ औं मिनेटमा एपिएफले खेलमा अग्रता लिएको थियो। जसका…
काठमाडौं : नेपाली फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रहरी सहायक निरीक्षक (असई)मा नियुक्ति भएको पुष्टि भएको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। पूर्व प्रशिक्षक खड्काले माध्यामिक शिक्षा परिषद बाराणशी, उत्तरप्रदेशबाट जारी भएको शैक्षिक योग्यता (आईएको) को झुट्टो प्रमाणपत्र पेश गरेको आयोगको दावी छ। सोही…
काठमाडौं : खानी तथा भुगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जनाविरुद्ध सवा अर्ब रुपैयाँ माग दावी सहित अदालतमा मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो। २०७६ जेठ १४ गते तत्कालीन उपमहानिर्देशक घिमिरेको नेतृत्वमा गठित ३ सदस्यीय समिति (पहिलो)ले विभिन्न ९ वटा सिमेन्ट उद्योगहरुले खानी दोहन गरी उत्खनन् अनुमतिपत्रमा तोकिएको निर्धारित परिमाण भन्दा बढी…
काठमाडौं : पछिल्लो २४ घन्टामा ८ हजार ४ सय ५४ जना कोभिड १९ संक्रमित पुष्टि भएको छ। २० हजार ३ सय ५९ जनामा परीक्षण गर्दा उक्त संख्यामा पोजेटिभ रिपोर्ट देखिएको हो। कूल परीक्षणमध्ये ४० प्रतिशतमाथि संक्रमित देखिएकाले अझै पनि जोखिम रहेको मन्त्रालयले जनाएको छ। यस बिचमा ५ जनाले संक्रमणकै क्रममा ज्यान गुमाएका छन्। आज थपिएका संक्रमितको संख्यासँगै सक्रिय संक्रमितको संख्या …
काठमाडौं : सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने तयारी गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले तीन जना एआईजीको दरबन्दी थप गर्न सङ्गठन संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो। प्रहरी प्रधान कार्यालयको प्रस्तावलाई अध्यायन गरेर गृह मन्त्रालयले एआईजी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेको छ। अर्थ मन्त्रालयले पनि एआईजी थप गर्ने प्रस्तावमा…
धनगढी : राष्ट्रिय सभा सदस्यमा महिलातर्फ सुदूरपश्चिमबाट गठबन्धनकी उम्मेदवार गरिमा शाह विजयी भएकी छिन्। प्रदेशतर्फ १८७२ र स्थानीय तहतर्फ १९६२ मतभार पाएर शाह निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छिन्। खसेको मध्ये तीन मत बदर भएको छ।
पोखरा : राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा आज भएको मतदान सम्पन्न भएको छ। पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट सुरु भएको मतदान अहिले ३ बजे सकिएको हो। ८५ स्थानीय तहका १७० र ६० सदस्यीय प्रदेश सभाका ५९ गरी २ सय २९ जना मतदाता थिए। निर्वाचन कार्यालयका अनुसार २२९ मा २२७ मत खसेको छ। मतगणना केहीबेरमा सुरु गरिने कार्यालयले…
हेटौड : राष्ट्रिय सभा निर्वाचन सकिएको एक घन्टा नबित्दै मत गणना सुरु भएको छ। वाग्मती प्रदेशको मतगणना ४ नबज्दै सुरु भएको हो। हेटौँडा-९ स्थित औद्योगिक क्षेत्रमा बिहान ९ बजेबाट शुरु भएको मतदान कार्यक्रम अपराह्न ३ बजे सकिएको थियो। निर्वाचनको मतदान मा १०६ प्रदेशसभा सदस्य तथा २ सय ३७ जनप्रतिनिधि गरी कुल ३४३ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले…
गत नोभेम्बरमा बलिउड फिल्म ‘मिस्टर एण्ड मिसेस माही’ को घोषणा गरिएको थियो। फिल्मको घोषणा भएसँगै क्रिकेटमा आधारित यस फिल्मबारे दर्शकहरुको निकै चासो थियो। यसैबिच फिल्मको छायाङ्कन सेटको फोटोहरु सार्वजनिक भएका छन्। अभिनेत्री जान्हवी कपुरले फिल्म सेटका केही तस्विरहरु इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छिन्। View this post on Instagram …
काठमाडौं: फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैतको २६ गतेबाट जेठ ७ गतेसम्म आयोजना हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभण्ट म्यानेजमेन्टले आज एक विज्ञप्ति निकाल्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो। पहिलो संस्करण बन्द रंगशालामा आयोजना गरे पनि दोस्रो संस्करणमा रंगशालामा दर्शकसहितको प्रतियोगिता गर्ने आयोजकको विश्वास छ। त्यस्तै प्रतियोगिता दुईवटा शहरमा गर्ने योजना छ। जसअनुरुप सुरुवाती खेलहरु…
पोखरा : राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा आज मतदान जारी छ। राष्ट्रिय सभामा गण्डकीबाट रिक्त तीन पदका लागि छ जना चुनावी मैदानमा होमिएका छन्। कोरोना महामारीकै बिच आज प्रदेश निर्वाचन कार्यालय गण्डकीको भवनमा मतदान जारी छ। आज बिहान ९ बजेदेखि ३ बजेसम्म भइरहेको मतदानमा निर्वाचन कार्यालयले पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्दै निर्वाचन गर्ने बताएको थियो। तर, मतदान केन्द्रको…
जनकपुरधाम : डा. सी के राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले मधेश प्रदेशमा राष्ट्रिय सभा चुनावमा मतदानका लागि आउने मतदाता चढेको ८ वटा सरकारी गाडी तोडफोड गरेका छन्। राउतका कार्यकर्ताले जनकपुरधामको पिडारी चौकमा लाठी, ढुङ्गामुढा गरेर जनता समाजवादी पार्टीका प्रदेश सभाका सदस्य अशोक यादवको गाडीमा तोडफोड गरेका छन्। त्यसैगरि अन्य ७ वटा गाडी तोडफोड गरेर क्षति गरेका छन्। उनीहरुले प्रदेश सभाका…
काठमाडौं : एउटा सानो कार्टुनको बट्टा। बाहिरपट्टी लेखिएको थियो- डिजिट वालेट। हेर्दा पेनड्राइभ जस्तो लाग्ने। तर, के होला यो? काम के गर्छ यसले? कसैलाई प्रष्ट थिएन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका कर्मचारीलाई शंका लाग्यो। भन्सारमा कार्गो हुँदै आएको उक्त कार्टुनको सामान लिन कोही पनि आएका थिएनन्। त्यसपछि भन्सार कार्यालयले राष्ट्र बैक र सम्बन्धित मन्त्रालयलाई संदेहपूर्ण सामानबारे जानकारी गरायो। त्यसपछि अनुसन्धानको लागि…
काठमाडौँ : लामो समय देखि काठमाडौंको ठमेलस्थित एक होटेलबाट अनलाइन जुवा खेलाउने गरिएको खुलासा भएको छ। महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले मंगलवार उक्त होटलको पाँचौं तल्लमा रहेको २०४ नम्बर कोठामा छापा मार्दा दुई जनालाई अनलाइन जुवा खेलाइरहेको अवस्थामा फेला परेको हो। प्रहरीले जुवा खेलाइरहेको अवस्थामा बागलुङका राकेशकुमार क्षेत्री र भारतको दिल्ली घर भएका जसपाल सिंहलाई नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिएका क्षेत्री…
वीरगंजः पर्सा प्रहरीले १५ वर्षीय बालिका बलात्कारको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज -२३ सवैठवाका २० वर्षीय मुन्ना यादव रहेका छन्। यादवलाई सोमबार नियन्त्रणमा लिइएको हो। उनीमाथि पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी जबर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। पीडित बालिकाले ती युवकले पटक पटक बलात्कार गरेको बयान प्रहरीमा दिएकी छन्।