बुधवार माग्डालेना अन्डेर्सन स्विडेन पहिलो महिला प्रधानमन्त्रीमा निर्वाचित भइन्। तर उनले आफू नियुक्त भएको केही घन्टामा नै पदबाट राजीनामा दिएकी छिन्। स्विडेनको संसदले अन्डेर्सनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्विडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्। तर, उनको गठबन्धन सरकारमा साझेदार दलले समर्थन फिर्ता लिएसँगै उनले राजीनामा दिएकी हुन्। यससँगै स्विडेनको संसदबाट बजेट समेत पारित हुन सकेन। गठबन्धनमा रहेको ग्रिन्स्…
काठमाडौं: नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले शुक्रबार महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११:४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पुग्नेछन्। प्रधानमन्त्री देउवा हेलिकोप्टरबाट जाने कार्यक्रम रहेको बताइएको छ। नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १:१५…
काठमाडौं: नेपाली महिला क्रिकेट टोलीलले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछन्। आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो तेस्रो खेलमा नेपाली टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो। आईसीसी एकेडेमीको मैदानमा खेल मध्यान्ह सवा ११ बजे सुरु हुनेछ। यसअघिका खेलमा पहिलो खेलमा हङकङसँग अप्रत्यासित पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो। शीर्षस्थानमा रहँदै विश्वकप यात्रालाई जारी राख्नका लागि नेपाल बाँकी…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'बी' को खेलमा इङ्ग्लिस क्लब लिभरलपुलले पोर्चुगिच क्लब पोर्टोमाथि जित निकालेको छ। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले पोर्टोमाथि २-० गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा थिएगो एलकान्टाराले ५२ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै ७२ औं मिनेटमा जोर्डन हेन्डरसनको पासमा मोहम्मद सलाहले गोल गर्दा लिभरपुलले…
रमेश पराजुली - बुटवल : सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्डको छेउमै भेटिन्छन् राजेन्द्र पत्थरकट्टा। पाल्पाको तिनाउ गाउँपालिका-३ दोभान स्थित सडक छेउमा ‘राजेन्द्र सिलौटा उद्योग’ लेखिएको एउटा पुरानो बोर्ड झुन्ड्याइएको छ। उमेरले साढे ४ दशक नाघेका उनी दैनिकजसो यही ठाउँमा आफ्नै सुरमा ढुंगा कुँदिरहेका हुन्छन्। बुट्टेदार सिलौटोमा अल्झिएको छ उनको परिवारका ६ जना - श्रीमती, तीन छोरा र एक छोरीको जिन्दगी।…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूहको खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले पीएसजीमाथि २-१ गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा पीएसजीले खेलमा अग्रता बनाएको थियो। खेलको ५० औं मिनेटमा फ्रेन्च फर्वाड किलियन एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए।…
काठमाडौं: डिसेम्वर ९-१० मा अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका सरकार, नागरिक समाज तथा निजी क्षेत्रका नेताहरु सम्मिलित भर्चुअल सम्मेलनको आयोजना गरेका छन्। प्रजातन्त्रका लागि सम्मेलन (समिट फर डेमोक्रेसी) नाम दिइएको भर्चुअल सम्मेलनमा विश्वका ११० देशलाई सहभागिताका लागि निमन्त्रणा पठाइएको छ। सम्मेलनमा सहभागी हुन नेपाललाई पनि निम्तो दिइएको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको निमन्त्रणा पठाइएका देशहरुको सूचीमा नेपाललाई समावेश गरिएको छ। सम्मेलनमा…
काठमाडौँः सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी व्यवस्थापनका लागि न्यायाधीशहरु सहमत भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग असन्तुष्ट रहेका न्यायाधीशबीच बुधबार भएको परामर्श अनुसार बिहीबारको बैठकले गोलाबाट पेसी तोक्नेबारे निर्णय गर्नेछ। मंसिर १५ बाट गोला प्रणालीदेखि पेसी तोक्ने विषयमा न्यायाधीशहरु भने एकमत छन्। सर्वोच्च अदालतको हालै संशोधित नियमावली अनुसार पूर्ण बैठक (फूलकोर्ट) बाट निर्णय भएपछि गोला प्रणालीबाट पेसी व्यवस्थापन…
काठमाडौं: ललितपुर टेबलटेनिस क्लबको आयोजनामा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १२ गतेदेखि हुने भएको छ। आयोजक क्लबले बुधबार पत्रकार सम्मेलन गरी सो बारे जानकारी गरायो। नेपाल टेबलटेनिस संघको तत्वावधान तथा स्पिन इभेन्ट प्रा.लि. को व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता रहने क्लबका अध्यक्ष उर्दिप जोशीले जानकारी गराए। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, युएइ, कोरियालगायतका…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको सुरुवात गरेका छन्। सरकारमा रहँदा 'साइबर सेना'को कारण आलोचित बनेका ओली सरकार बाहिर पुगेपछि युवा संघले सुरु गरेको साइबर सर्कलको सुरुवात गरे। उनले साइवर सर्कल राष्ट्रिय हितका पक्षमा हुनुपर्ने बताए। कार्यक्रममा बोल्दै ओलीले माधव नेपाललाई कांग्रेसको पुच्छरको संज्ञा दिए। 'मसँग सात वर्ष अघि हारेका एक जनाले हिन्दी फिल्मको भिलेनको डाइलग बोलेछन्- अस्ति। जो…
काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको कोभिड १९ परीक्षण गर्दा ३३२ जनामा संक्रमण देखिएको छ। यस्तै, २३२ जना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ३६९ पुगेको छ। संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १ लाख ४७ हजार २६२ जनाले कोभिड १९ विरुद्ध…
चितवन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। १० गतेदेखि चितवनमा हुने महाधिवेशनका लागि अहिले चितवनलाई सजाउने कार्य भइरहेको छ। यसैक्रममा बन्दसत्र हुने स्थान सौराहको होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएको छ। 'समृद्ध नेपाल सुखी नेपाली'को थिममा आयोजना गरिएको चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ५७ जना कलाकार सहभागी थिए। उनीहरुले होटलको २००…
विराटनगर : नेपाली कांग्रेसको प्रदेश नम्बर १ को अधिवेशनमा १ करोड रुपैयाँभन्दा बढी खर्च हुने भएको छ। प्रदेशभरका १ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने दुई दिने अधिवेशनमा १ करोडभन्दा बढी खर्च हुने अधिवेशन आयोजक समितिअन्तर्गत अर्थ समितिका संयोजक एवम् मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूले जनाकारी दिए। अधिवेशन मंसिर १० देखि सुरु हुनेछ। अधिवेशनको प्रचार समितिद्वारा बुधबार आयोजित पत्रकार…
माग्डालेना अन्डेर्सन स्विडेनको पहिलो पटक महिला प्रधानमन्त्री निर्वाचित भएकी छिन्। स्विडेनको संसदले अन्डेर्सनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्विडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी हन्। निवर्तमान अर्थमन्त्री समेत रहनु भएकी अन्डेर्सन सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ हुन्। संसदका कुल ३४९ जना सदस्य मध्ये १७४ जनाले उनको विपक्षमा मतदान गरेका थिए। तर, ५७ जना मतदान प्रक्रियामा सहभागी नहुँदा र ११७ जनाले अन्डेर्सनको…
काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले १० औं महाधिवेशनमा सचिव पदमै उम्मेदवारी दिने बताएका छन्। चितवनमा आयोजित कार्यक्रममा उनले महाधिवेशनमा आफू फेरि सचिवको लागि उम्मेद्वार रहने बताएका हुन्। 'लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ। म अहिले चौतारीमा बस्दैछु। सचिव पदमा उठ्ने तयारी गरेको छु' उनले भने। भट्टराईले अहिलेनै माथिल्लो पदमा जान खेज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना…
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणका कारण युरोप र एसियाका केही क्षेत्रमा मार्चसम्म थप ७ लाख मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएको छ। हाल युरोपमा कोभिड १९ संक्रमणको जोखिम फेरि बढ्दै गएको छ। केही राष्ट्रहरुले संक्रमण बढेपछि फेरि लकडाउन सहितको प्रतिबन्धहरु लागू गरेका छन्। ती प्रतिबन्धहरुको विरोधमा विभिन्न शहरहरुमा हिंसात्मक झडप पनि भएको छ। संक्रमण बढ्दै गएको अवस्थामा संगठनले…
काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भक्तपुरमा भएको दुई निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधि निर्वाचनको मतपरिणाम सकिएको छ। मंगलवार भएको मतदानको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा जीवन खत्री र क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा भेषबहादुर कार्की निर्वाचित भएका छन्। सचिवमा समुन्द्र थापा र रबिनकुमार केसी तथा सहसचिवमा रामकाजी भुज र…
बुटवल : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मी, पाल्पा र अर्घाखाँचीमा क्षेत्रीय सभापति चयन भएका छन्। गुल्मीको क्षेत्र नम्बर १ बाट पारिश्वर ढकाल सभापतिमा निर्वाचित भएका छन्। सत्यवती गाउँपालिका अध्यक्षसमेत रहेका ढकालले सभापतिका अर्का आकांक्षी मुक्ती कँडेललाई ३६२ मतान्तरले पराजित गरेका हुन्। कुल ९३२ मत मध्ये ढकालले ६२७ र कँडेलले २६५ मत प्राप्त गरेका छन्। सचिवमा माधवप्रसाद ढकाल र…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको परिवर्तनको एजेण्डा माओवादीले बोकेको दाबी गरेका छन्। बुधवार कैलालीमा भएको एक कार्यक्रममा उनले जनताको अगाडि प्रतिक्रियावादी झुक्दै संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता मान्न बाध्य भएको दाबी समेत गरे। 'आन्दोलनको आँधीबेहरी आएपछि बाध्य भएर संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा आएकाहरु फेरी सल्बलाउन थालेका छन्। पोहोर साल थाहा पाइ हाल्नुभयो संविधान नै उल्ट्याउने प्रयास भएको' प्रचण्डले भने।…
जनकपुरधाम : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब हुने निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी गरेका छन्। पार्टीको प्रदेश तथा धनुषा जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले निर्वाचनपछि एमालेलाई टुकी बालेर खोज्ने दिन आउने बताए। नेपालले केपी शर्मा ओली अहिले अत्यन्तै छट्पटाइरहेको भन्दै भने, ‘ओलीले अन्टसन्ट बोलेर आफ्नो चरित्र प्रदर्शन गरिरहेको छ। हामी त्यसको पछि लाग्यौँ भने हाम्रै चरित्र…