काठमाडौं: आईसीसी टी-२० महिला विश्वकपको एसिया क्षेत्रको छनोट चरणको दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा हङकङसँग ६ विकेटको पराजय ब्यहोरेको नेपाल आज दोस्रो खेलमा पहिलो जितको खोजीमा हुनेछ। आईसीसी एकेडेमीको मैदानमा नेपाल र भुटानबीचको खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ। भुटानले सिरिजमा यसअघिको खेलमा कुवेतमाथि ४० रनको जित निकाल्दै सानदार सुरुवात गरेको थियो। नेपालले भने पहिलो…
पोखरा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज नवलपुरका २ वटा प्रतिनिधि निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ। क्षेत्र नं १ मा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मतदान गरेर निर्वाचन सुरु गरेका छन्। यस क्षेत्रबाट मुख्यमन्त्री पोखरेलले महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दिएका छन्। यस क्षेत्रमा सभापति पदमा कमलप्रसाद पराजुली र अमृत भट्टचनबिच प्रतिस्पर्धा छ। यस्तै क्षेत्र नं. २ को…
पोखरा : नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार राना) कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा पराजित भएका छन्। कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को निर्वाचनमा उनी भारी मत अन्तरले पराजित भएका हुन्। उनले ४३७ मत ल्याउँदा जिल्ला सभापतिका दाबेदार समेत रहेका राजु थापाले सर्वाधिक मत ८२३ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा थापा प्यानलबाट…
वीरगंजः नेपाली कांग्रेसको प्रदेश २ मा गाउ/नगर वडा अधिवेशन अन्तिम चरणमा पुगेको छ। नेपाली कांग्रेस प्रदेश २ का संयोजक रमेश रिजालले पर्सादेखि सप्तरीसम्म आठ जिल्लामै अधिवेशन अन्तिम चरणमा रहेको बताए। प्रदेशको सात जिल्लामा कार्तिक २७ गतेदेखि र पर्सामा मङ्सिर १ गतेदेखि अधिवेशन भइरहेका छन्। प्रदेश संयोजक रिजालले वडा समितिको निर्वाचनमा मात्र बढी समय लागेको र अन्य निर्वाचन चाँडो हुने बताए।…
चितवनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचनमा भोट माग्न आउँदा धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको बताएका छन्। चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना भरतपुरले भरतपुर महानगरपालिका–२४ मा निर्माण गर्न लागेको केरुङ घोल लिफ्ट सिँचाइ आयोजनाको आज शिलान्यास गर्दै उनले आफ्नो क्षेत्रमा उदाहरणीय विकासका काम भएको बताए। सिँचाइको माध्यमबाट सुक्खा क्षेत्रलाई उर्वर बनाउने उल्लेख…
काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पेसी तोक्ने अधिकार कटौती गर्नेगरि सर्वोच्च अदालत नियमावली संशोधन भएको छ। संशोधित नियमावलीको व्यवस्था राजपत्रमा प्रकाशित भएको छ। अब सर्वोच्चको पूर्ण बैठक (फूलकोर्ट) ले नियमावली लागूको निर्णय गरी राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ। संशोधित व्यवस्था कार्यान्वयनमा आएसँगै प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार कर्टौती हुनेछ। पेसी व्यवस्थापन गोला प्रणालीबाट हुनेछ। नियमावली संशोधन गरेर प्रधानन्यायाधीशले पेसी तोक्ने छ भन्ने…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा मछिन्द्र क्लबले न्युरोड टिम (एनआरटी)माथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले एनआरटीमाथि २-१ गोलअन्तरको साँघुरो जित निकालेको हो। खेलको ११ औं मिनेटमा मछिन्द्रका विशाल राईको पासमा सुनिल बलले गोल गर्दै अग्रता दिलाए। लगत्तै विशालले गोलको सुनौलो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। त्यस्तै, एनआरटीका…
काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध तीन सातादेखि आन्दोलन गरिरहेको नेपाल बार एशोसिएशनले महाभियोगको प्रक्रिया अघि बढाउन आग्रह गर्दै प्रतिनिधि सभाका सभामुख तथा राष्ट्रिय सभाका अध्यक्षलगायत दलका नेताहरुलाई ज्ञापनपत्र बुझाएको छ। बारको टोलीले सभामुख सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङ, संघीय समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल…
काठमाडौं : नेपाली कांग्रेसलाई १४ औं अधिवेशनको रन्को लागेको छ। आजबाट विभिन्न जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन शुरु भएको छ। काठमाडौंका १० प्रतिनिधि सभा क्षेत्रमा आज प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशन सुरु भएको छ। सोमवार दिउँसोबाट काठमाडौं क्षेत्र ७ को पनि अधिवेशन शुरु भएको छ। सासा बैक्युट नयाँबजारमा अहिले मतदान जारी छ। क्षेत्रिय सभापति पदका लागि मुकुन्द रिजाल र मनोहरि तिवारी…
हेटौँडा : नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ को सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी धर्मराज लामिछानेले उम्मेद्वारी फिर्ता लिएपछि खनाल निर्विरोध निर्वाचित भएका हुन्। क्षेत्रीय सहसचिवमा ईन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत पनि निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशन प्रतिनिधितर्फ खस आर्य खुलामा केशवप्रसाद धिताल र मिठाराम दाहाल निर्विरोध निर्वाचित भएका छन्। यस्तै, खस आर्य महिलातर्फ…
चितवन : यतिखेर चितवनलाई एमाले महाधिवेशनका लागि पूर्वाधार निर्माणको चटारो छपक्कै छोपेको छ। १० औं महाधिवेशनका तयारी समिति उद्घाटन सत्रका लागि मञ्च तयार गर्न नारायणी नदी किनारलाई सम्याएर व्यवस्थित बनाउन व्यस्त छन्। त्यस्तै उत्तरतर्फ मञ्च निर्माणको कामलाई पनि तीब्रता दिइएको छ। महाधिवेशन उद्घाटनस्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गरिने छ। मञ्च व्यवस्थापन समितिका संयोजक तथा एमालेका केन्द्रीय सदस्य विनोद श्रेष्ठले नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक…
चितवन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारका लागि युवा संघ चितवनले जिल्लामा मोटरसाइकल र्याली गर्ने भएको छ। मंसिर १० मा चितवनको नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटनका लागि मंगलवार युवा संघले मोटरसाइकल र्यालीको आयोजना गर्न लागेको हो। जिल्लाका विभिन्न स्थानबाट महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा भेला भएर दिउँसो १ बजे मोटरसाइकल र्याली निस्कने तयारी भएको प्रचार…
चितवन : नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै जिल्लामा थप एक सय जनाभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिने भएको छ। महाधिवेशनको उद्घाटनमा धेरै सवारीसाधन आउने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो। यातायात प्रबन्ध…
काठमाडौं : पछिल्लो २४ घण्टामा १२ हजार ६९७ जनाको कोभिड १९ परीक्षण गर्दा ३८५ जनामा संक्रमण देखिएको छ। यस्तै, २५८ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार २६९ पुगेको छ। संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर ११ हजार ५०० जना संक्रमितको मृत्यु भइसकेको छ। मन्त्रालयले दिएको जानकारी अनुसार…
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मी र पुलिस १-१ को बराबरीमा रोकिएका हुन्। खेलको पहिलो हाफमा आर्मी केही हाबी देखिए पनि दुवै टिमले खासै राम्रा मुभहरु भने बनाउन सकेनन्। ४३ औै मिनेटमा आर्मीका सेसेहाङ आङदाम्बेले टाढाबाट…
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले बराबरी खेले। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बलियो प्रतिस्पर्धी आर्मीसँग १-१ को बराबरी खेलेपछि पुलिसका प्रशिक्षक अनन्त थापा सन्तुष्ट सुनिए। 'आज खेल स्पीडी गेम थियो। हामीले ३ अंक लिइसकेको थियौं,' प्रशिक्षक थापाले भने, 'खेलाडीको सामान्य गल्तीले गोल खान…
काठमाडौं : सरकारले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई पुस मसान्तभित्र खोप उपलब्ध गराउने गरि तयारी थालेको छ। हालसम्म कोभिड-१९ विरुद्धको खोप लगाउन छुटेका १८ वर्ष माथिका उमेर समूहका सबैलाई खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी थालेको हो। पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर…
काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ। आइतवार ३ बजेका लागि बोलाइएको बैठकमा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुने भएपछि बैठक भोली सम्मका लागि सारिएको हो। पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठक स्थगित भएको जानकारी दिए। आसन्न महाधिवेशनका लागि ओली आफ्नै निवास बालकोटमा भेटघाटमा व्यस्त भएपछि बैठक सारिएको उनले बताए। ओली प्रज्ञा प्रतिष्ठानमा आयोजित महाधिवेशनबारेको बहस कार्यक्रममा पनि…
पोखरा : आज नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुँदैछ। नयाँ नेतृत्व चयनका लागि कास्कीका ३ प्रतिनिधि सभामा क्षेत्रमा मतदान हुँदैछ। महाधिवेशन प्रतिनिधि छनौटका लागि बेलुका ६ बजेसम्म मतदान हुने निर्वाचन कमिटीले जनाएको छ। कास्कीको क्षेत्र नम्बर १ मा सभापति पदमा राजेन्द्रमणि लामिछाने र बुद्धिमान गुरुङ प्रतिस्पर्धामा छन्। यस्तै, सचिवमा ओमप्रकाश गुरुङ, जितेन्द्र गुरुङ, सरोज केसी…
काठमाडौं : आईसीसी टी-२० महिला विश्वकपको एसिया क्षेत्रको छनोट चरणको पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको छ। दुबईमा भएको पहिलो खेलमा हङकङले नेपाललाई ६ विकेटले पराजित गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीफन विकेटको क्षतीमा १०४ रन जोडेको थियो। १०५ रनको लक्ष्य पछ्याउने क्रममा हङकङले १२ बल बाँकी छँदा लक्ष्य पूरा गर्यो। नेपालका लागि सुरुवाती…