PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

  • बार अध्यक्षले भने : प्रधानन्यायाधीशले पैसा लिएर फैसला गरेको सूचना भए उपलब्ध गराउनुस्

    बार अध्यक्षले भने : प्रधानन्यायाधीशले पैसा लिएर फैसला गरेको सूचना भए उपलब्ध गराउनुस्

    काठमाडौं : नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन कानून व्यवसायी र सेवाग्राहीहरुलाई आह्वान गरेका छन्। सोमवार सर्वोच्च अदालत परिसरमा धर्ना दिँदै श्रेष्ठले प्रधानन्यायाधीश जबराले पैसा खाएर गरेको फैसलाको सूचना भए नेपाल बारमा उपलब्ध गराउन कानून व्यवसायी र सेवाग्राहीहरुलाई आग्रह गरेका हुन्। 'विवादित प्रधानन्यायाधीश संलग्न भएको जति पनि फैसलाहरु…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा क्रिसमस परेडमा कारले ठक्कर दिँदा ५ जनाको मृत्यु

    अमेरिकामा क्रिसमस परेडमा कारले ठक्कर दिँदा ५ जनाको मृत्यु

    अमेरिकाको विस्कनसिन राज्यमा आयोजित क्रिसमस परेडमा अनियन्त्रित कारले ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ। यस्तै, ४० जना घाइते भएका छन्। वाउसकेशा राज्यका मेयर सउन रेल्लीले सामुदायिक उत्सवमा दु:खद् घटना भएको भन्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन्। राज्य प्रहरी प्रमुख डान थम्पसनले संदिग्ध कार चालकलाई पक्राउ गरेको बताएका छन्। यस्तै, कारलाई समेत नियन्त्रणमा लिएर अनसन्धान गरिरहेको उनले बताए।

    विस्तृतमा पढ्नुस्

  • मंसिर १० गते देखि 'अस्कर फिल्म फेस्टिभल' हुँदै

    मंसिर १० गते देखि 'अस्कर फिल्म फेस्टिभल' हुँदै

    काठमाडौं : नेपालमा 'अस्कर फिल्म फेस्टिभल' हुने भएको छ। अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) ले चलचित्र विकास बोर्डसँग मिलेर दुई दिने फेस्टिभल गर्ने लागेको हो। आउँदो मंसिर १० र ११ गते चलचित्र विकास बोर्डको हलमा यो फेस्टिभल संचालन हुनेछ। अस्कर इन्टरनेसनल कलेज नेपालमा चलचित्रसँग सम्बन्धित विषय पढाउने पहिलो कलेज हो। कलेजका विद्यार्थीले बनाएका र विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिएका फिल्महरुलाई…

    विस्तृतमा पढ्नुस्

  • आन्दोलनसँग असन्तुष्ट कानुन व्यवसायीलाई बारले छलफलका लागि बोलायो

    आन्दोलनसँग असन्तुष्ट कानुन व्यवसायीलाई बारले छलफलका लागि बोलायो

    काठमाडौं : नेपाल बार एशोसिएशनले सर्वोच्च अदालत केन्द्रित आन्दोलनसँग असन्तुष्ट रहेका कानुन व्यवसायीलाई वार्ताका लागि बोलएको छ। बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै गरिरहेको आन्दोलनको विपक्षमा रहेको कानुन व्यवसायी हक हित संरक्षण तथा सुद्धिकरण अभियानलाई छलफलमा बोलाएको हो। अभियानले  संवादको माध्यमबाट न्यायलयमा देखिएको समस्य हल हुनुपर्ने भन्दै बार र प्रधानन्यायाधीशलाई यसअघि नै पत्र बुझाएको थियो। बारले मंसिर ७ गते…

    विस्तृतमा पढ्नुस्

  • हङकङलाई १ सय ५ रनको लक्ष्य

    हङकङलाई १ सय ५ रनको लक्ष्य

    काठमाडौं: आईसीसी महिला टी २० विश्वकपको एसिया क्षेत्र छनोटमा नेपालले हङकङलाई १०५ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १०४ रन बनाएको हो। सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका लागि सीताराना मगरले सर्वाधिक अविजित ४० रन बनाउँदा इन्दु वर्माले ३७ बलमा ३ चौकाको सहायतामा  ३१ रन बनाइन्। त्यस्तै काजल श्रेष्ठले ४ रन बनाउँदा रुविना क्षेत्रीले…

    विस्तृतमा पढ्नुस्

  • कोराना संक्रमण बढेसँगै अस्ट्रियामा देशभर लकडाउन घोषणा

    कोराना संक्रमण बढेसँगै अस्ट्रियामा देशभर लकडाउन घोषणा

    युरोपमा फेरि कोभिड १९ संक्रमणको अवस्था बढ्दै गएपछि अस्ट्रियामा लकडाउन लागू गरिएको छ। आइतबार मध्यरातदेखि लागू हुने गरि देशभर लकडाउन घोषणा गरिएको हो। सरकारले अस्ट्रियन नागरिकलाई घरबाटै काम गर्न आह्वान गरेको छ। अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्न निर्देशन दिइएको छ। युरोपमा संक्रमण बढेसँगै फेरि धेरैहरुले प्रतिबन्ध लागू गरिरहेका छन्। नेदरल्याण्ड्स, बेल्जियम लगायतका देशमा नयाँ प्रतिबन्धहरुको विरोधमा प्रदर्शन भइरहँदा अस्ट्रियाले देशभर…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

    राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

    काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ। महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए। उक्त पार्टीको यही मङ्सिर १५–१७ गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदैछ। प्रतिनिधि छनोटका लागि आजदेखि हुन लागेको निर्वाचनमार्फत प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनोट हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका कारण लागू यात्रा प्रतिबन्ध हटाउँदै अष्ट्रेलिया, क-कसले प्रवेश पाउँछन्?

    कोरोनाका कारण लागू यात्रा प्रतिबन्ध हटाउँदै अष्ट्रेलिया, क-कसले प्रवेश पाउँछन्?

    काठमाडौं : अष्ट्रेलियाले डिसेम्बर १ देखि लागू हुने गरी यात्रा प्रतिबन्ध हटाउने भएको छ। कोभिड-१९ को संक्रमणका कारण अष्ट्रेलियाले आफ्नो देश प्रवेशमा रोक लगाएको थियो। अब डिसेम्बर १ देखि कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका अष्ट्रेलियाको भिसा भएका जो कोही पनि अस्ट्रेलिया प्रवेश गर्न पाउनेछन्। पर्यटक, सिप भएका कामदारहरु, अन्तर्राष्ट्रिय विद्यार्थीहरु अब अष्ट्रेलिया प्रवेश गर्न पाउने भएका हुन्। यो छुटमा दुबै खोप…

    विस्तृतमा पढ्नुस्

  • नेपालले आज हङकङको सामना गर्दै

    नेपालले आज हङकङको सामना गर्दै

    काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले आज हङकङको सामना गर्दैछ। आईसीसी महिला टी २० विश्वकपको एसिया क्षेत्रको क्वालिफायर्समा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्नेछ। दुबईस्थित आईसीसी एकेडेमी ग्राउण्ड २ मा बिहान सवा ११ बजे खेल सुरु हुनेछ। नेपाली टोलीले क्वालिफायर्सका लागि कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा १५ दिन अभ्यास गरेको थियो। लगत्तै बंगलादेशमा अभ्यास खेलहरु खेलको थियो। त्यस्तै कतारसँगको तीन खेलको सिरिज क्लिन…

    विस्तृतमा पढ्नुस्

  • साविक विजेता मछिन्द्रलाई एनआरटीको चुनौती

    साविक विजेता मछिन्द्रलाई एनआरटीको चुनौती

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगको आज हुने दोस्रो खेलमा साविक विजेता मछिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल पौने ५ बजे सुरु हुनेछ। नेपाल सुपर लिगमा चम्किएका विदेशी खेलाडीहरुलाई भित्र्याएर सन्तुलित टिम बनाएको एनआरटी यसपटक लिगमा जुनसुकै टिमलाई बलियो चुनौती दिनसक्ने टिम हो। प्रशिक्षक राजकाजी शाक्य अभ्यास गर्ने मैदान भनेजस्तो नभए पनि अरु तयारी राम्रो…

    विस्तृतमा पढ्नुस्

  • विभागीय डर्बी: आर्मी र पुलिस भिड्दै

    विभागीय डर्बी: आर्मी र पुलिस भिड्दै

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दिउँसो १ बजे आर्मी र पुलिस भिड्ने छन्। लिगको सदाबहार दाबेदार आर्मीले यसपटक पनि लिग उपाधि जित्ने लक्ष्य राखेको छ। यद्यपि, राष्ट्रिय टोलीका समेत सदस्य रहेका नवयुग श्रेष्ठले प्रिसिजन खेलमा चोट ब्यहोर्दा आर्मीलाई…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगमा आज दुई खेल

    ए डिभिजन लिगमा आज दुई खेल

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब आमने सामने हुनेछन्। दुबै विभागीय टोलीले लिग जित्ने लक्ष्य राखेका छन्। पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ। त्यस्तै आजै हुने दोस्रो खेलमा साविक विजेता मछिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) भिड्दैछन्। राष्ट्रिय टोलीका खेलाडीहरुको बाहुल्यता…

    विस्तृतमा पढ्नुस्

  • ग्रानडालाई हराउँदै रियल मड्रिड शीर्षस्थानमा

    ग्रानडालाई हराउँदै रियल मड्रिड शीर्षस्थानमा

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले ग्रानडामाथि जित निकालेको छ। लस कारमेनेस स्टेडियममा सम्पन्न खेलमा मड्रिडले घरेलु टोलीमाथि ४-१ गोलअन्तरको फराकिलो जित निकालेको हो। खेलको १९ औं मिनेटमा टोनी क्रुसको पासमा मार्को एसेन्सियोले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। त्यस्तै क्रुसकै पासमा नाचोले २५ औं मिनेटमा अग्रता दोब्बर बनाए। उता घरेलु टोलीका लुइस सुवारेजले ३४ औं मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • खेलाडीलाई बोतलले हानेपछि खेल रद्ध

    खेलाडीलाई बोतलले हानेपछि खेल रद्ध

    फ्रेन्च लिग वान अन्तर्गत गएराति तय मार्सेली र लियोनबीचको खेल रद्ध भएको छ। खेल सुरुभएको ५ औं मिनेटमा मार्सेलीका खेलाडी डिमिट्री पायेटमाथि बोतल प्रहार भएको थियो। पार्क ओलम्पिक लियोनाइस स्टेडियममा खेल सुरु हुनेबित्तिक्कै दर्शकदीर्घाबाट पायेटमाथि प्रहार भएपछि रेफ्री रुड्डी बुक्वेटले मार्सेलीका खेलाडीलाई ड्रेसिङ रुम पठाएका थिए। तर, त्यसपछि उनीहरु फर्किएनन्। र, दुई घण्टापछि खेल रद्ध भयो। स्टेडियममा ५५ हजार दर्शकको…

    विस्तृतमा पढ्नुस्

  • टोटेनहमको पुनरागमन जित

    टोटेनहमको पुनरागमन जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले लिड्स युनाइटेडमाथि जित निकालेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा टोटेनहमले लिड्समाथि २-१ गोलअन्तरले पुनरागमन जित निकालेको हो। खेलको ४४ औं मिनेटमा ड्यानिय जेम्सको गोलमा लिड्सले अग्रता बनाएको थियो। खेलको ५८ औं मिनेटमा लुकास मौराको पासमा गोल गर्दै पियरे इमिली होजब्जर्गले पहिलो हाफमा एक गोलले अघि रहेको लिड्ससँग बराबरी गरे। त्यस्तै ६९…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा जन्ती बोकेको जीप दुर्घटनाः पाँच जनाको मृत्यु, दुई गम्भीर घाइते

    बैतडीमा जन्ती बोकेको जीप दुर्घटनाः पाँच जनाको मृत्यु, दुई गम्भीर घाइते

    बैतडीः बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नंको जीप दशरथचन्द राजमार्गको गोठलापानी-झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको हो। जीपमा सवार रहेका सात जनामध्ये पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • एमालेले हरेक क्षेत्रको विकासमा लिएको नीति सही छः ओली

    एमालेले हरेक क्षेत्रको विकासमा लिएको नीति सही छः ओली

    काठमाडौंः नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सबै प्रकारका खेलकुद क्षेत्रको विकासका लागि अनुकूल भूगोल भएको मुलुक भएको बताएका छन्। पार्टी निकट नेपाल खेलकुद महासंघले आइतबार काठमाडौंमा गरेको खेल नीति सम्मेलनमा ओलीले खेलाडीहरुलाई उत्कृष्ट प्रर्दशनका लागि अधिकतम अभ्यास गर्न पनि आग्रह गरे। अध्यक्ष ओलीले एमालेले लिएको खेलकुद नीति सही, व्यवहारिक र उन्नतस्तरको हुनुपर्ने बताएका छन्। एमालेले…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशन प्रतिनिधि सकेसम्म सर्वसम्मत छनोट गर्न देउवाको आग्रह

    महाधिवेशन प्रतिनिधि सकेसम्म सर्वसम्मत छनोट गर्न देउवाको आग्रह

    सुनसरीः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन अन्र्तगत प्रतिनिधि छनोट भइरहेका स्थानमा सकेसम्म सर्वसम्मतको प्रयास गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले प्रतिनिधि छनौटको सम्बन्धमा हारजितको भन्दा पनि सर्वसम्मत् चयनको बाटो रोज्नु उपयुक्त हुने बताएका हुन्। उनले वडा, क्षेत्र, जिल्ला र प्रदेश सबै तहमा सर्वसम्मतको प्रयास…

    विस्तृतमा पढ्नुस्

  • ताइवानी प्रतिनिधिको कार्यालय खोल्न दिएपछि लिथुआनियासँग रुष्ट चीन, आवश्यक कदम उठाउने चेतावनी

    ताइवानी प्रतिनिधिको कार्यालय खोल्न दिएपछि लिथुआनियासँग रुष्ट चीन, आवश्यक कदम उठाउने चेतावनी

    लिथुआनिया सरकारले आफ्नो देशमा ताइवानी प्रतिनिधिको कार्यालय स्थापना गर्न दिएको भन्दै चीनले निन्दा गरेको छ। लिथुआनियाको सरकारले चीनले विरोध गर्दागर्दै 'तथाकथित' ताइवानी प्रतिनिधिको कार्यालय स्थापना गर्न दिएको बताइएको छ। यसले 'एक चीन एक ताइवान' भन्ने विश्वमा गलत सन्देश प्रभाव भएको र 'एक चीन नीति'लाई लत्याएको चीनको आरोप छ।  चिनियाँ विदेश मन्त्रालयले लिथुआनिया सरकारलाई 'एक चीन नीति' प्रतिको पूर्वप्रतिवद्धता स्मरणसमेत गराएको छ। उसले जनगणतन्त्र…

    विस्तृतमा पढ्नुस्

  • ९ हजार १२३ जनाको कोभिड १९ परीक्षण गर्दा २३८ जनामा देखियो संक्रमण

     ९ हजार १२३ जनाको कोभिड १९ परीक्षण गर्दा २३८ जनामा देखियो संक्रमण

    काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार १२३ जनाको कोभिड १९ परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको छ। यस्तै, ३७० जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार १६४ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ४० हजार १४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, संक्रमणका कारण थप १ जनाको मृत्यु हुँदा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell