काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अधिवेशन हुन बांकी क्षेत्रमा सर्वसम्मतिले पदाधिकारी चयन गर्न आग्रह गरेका छन्। सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरेका हुन्। पार्टीको क्षेत्र, जिल्ला, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अध्यक्षसहितका पदाधिकारी सम्भव भएसम्म सर्वसम्मतरूपमा…
चितवन : नेकपा एमालेको चितवनमा हुन गइरहेको १०औँ राष्ट्रिय महाधिवेशनको तयारीका काम तीव्ररुपमा अगाडि बढिरहेको छ। महाधिवेशन सफल पार्न जिल्लामा निर्माण गरिएका समितिहरुले आफ्ना कामहरु तीव्र रुपमा अगाडि बढाइरहेको जनाएका छन्। महाधिवेशनलाई सम्पन्न गर्नका लागि चितवनमा जनपरिचालन, आर्थिक प्रबन्ध, प्रचार, कार्यालय समन्वय, अनुगमन, यातायात प्रबन्धलगायतका समितिहरु निर्माण गरेर काम अगाडि बढाइरहेको सम्बन्धित समितिले जनाएका छन्। आर्थिक प्रबन्ध समितिका संयोजक जगन्नाथ…
काठमाडौं : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले दशौँ राष्ट्रिय महाधिवेशनमा सहमतिमा नेतृत्व चयन हुने बताएका छन्। आज राजधानीमा ‘महाधिवेशनमा विचार र नेतृत्व’ विषयक कार्यक्रममा उनले महाधिवेशनमा सम्भव भएसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका हुन्। 'यति ठूलो पार्टीमा १५ जना पदाधिकारी र २२५ केन्द्रीय सदस्यका रुपमा सबै साथी अटाउन सम्भव छैन। त्यसैले हामी हरसम्भव सहमतिका आधारमा नेतृत्व चयन गर्छौँ' उनले भने।…
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको १० औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। उनले पार्टी नेतृत्वलाई पार्टी भित्रको गुटगत कार्य तथा विकृति गतिविधिहरु गरेको आरोप लगाउँदै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उम्मेदवारी घोषणा गर्दै रावलले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बिच पार्टी एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को…
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी नेतृत्वमा रहेका व्यक्तिहरु गुटबन्दीमा लागेको बताएका छन्। उनले विगतमा गुटबन्दी हुन दिने छैन भन्ने नेतृत्वको वाचा पानीको फोका जस्तै भएको आरोप समेत लगाएका छन्। विगतमा नेकपा हुँदा २६ भदौ मा भएको स्थायी कमिटीको बैठकको निर्णय नै नेतृत्वले लत्याएर अगाडि बढेको कारण पार्टी गुटबन्दी झाँगिँदै गएकोसमेत आरोप लगाए। 'सत्ता स्वार्थका लागि जोसँग साँठगाँठ गरे…
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले जित निकालेको छ। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ब्रिगेड ब्वाइजले एपीएफमाथि ३-२ गोलअन्तरले जित निकालेको हो। खेलको १२ औं मिनेटमा ब्रिगेड ब्वाइजका दिनेश राईले अग्रता दिलाएका थिए। तर बीबीसीको अग्रता लामो समय टिक्न सकेन। खेलको १७ औं मिनेटमा आवास लामिछानेको पासमा आशिष लामाले गोल गर्दै…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे माओवादी जनयुद्धका क्रममा भएका कमी कमजोरीहरुको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिवद्ध रहेको बताएका छन्। विस्तृत शान्ति सम्झौताको १५ वर्ष पुगेको अवसरमा प्रचण्डले वक्तव्य जारी गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन्। ‘आजसम्मका राजनैतिक उपलव्धीहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमी कमजोरीहरुको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौं,’ प्रचण्डले…
बलिउडमा अहिले फिल्म निर्माताहरुले धमाधम फिल्मको प्रदर्शन मिति घोषणा गरिरहेका छन्। कोरोना संक्रमणका कारण लामो समय बन्द रहेको फिल्म हल खुलेसँगै 'होल्ड' मा रहेका फिल्महरु प्रदर्शन हुँदैछन्। यसबिच प्रतिक्षित भनिएका केही फिल्महरुबिच 'रिलिज डेट' का लागि प्रतिस्पर्धा भएको छ। चारवटा फिल्मले अर्को वर्ष एकैदिन प्रदर्शन मिति सार्वजनिक गरेका छन्। फिल्म ‘लाल सिंह चड्डा’ले २०२२ को अप्रिल १४ अर्थात् २०७९ वैशाख…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल भ्रमणमा रहेका योगगुरु बाबा रामदेवलाई पर्यटन दूत बन्न प्रस्ताव गरेका छन्। आइतवार मन्त्रालयले आयोजना गरेको पशुपतिनाथ दर्शन सहितको योग शिविर कार्यक्रममा आलेले रामदेवलाई नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नका लागि 'ब्राण्ड एम्बेस्डर' बन्न प्रस्ताव राखेका हुन्। ‘उहाँलाई टुरिजम सेक्टरमा प्रमोशन गर्नका लागि ब्राण्ड एम्बेस्डर बन्नका लागि म हार्दिक…
काठमाडौं : प्रोटिनजन्य पदार्थमा पहुँच र जनचेतना बढाउने लक्ष्यका साथ नेपाल भेटनरी एशोसिएशनले पुस ३ गते हाफ म्याराथनलगायत विभिन्न विधामा दौड प्रतियोगिता गराउने भएको छ। प्रतियोगितामा खुला हाफ म्याराथन, पुरुष १० किमी, महिला ५ किमी, कक्षा १२ सम्मका विद्यार्थीका लागि ५ किमी पुरुष र ३ किमी महिला र फरक क्षमताका व्यक्तिहरुका लागि व्हिलचेयर विधाका दौडहरु समावेश गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको कुल…
काठमाडौं : नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने बताएका छन्। आइतबार नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिएसम्म विचौलिया पाल्ने काम नरोकिने बताएका हुन्। बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै सर्वोच्चमा दैनिक धर्ना दिँदै आएको छ। विरोध कार्यक्रमकै अन्तर्गत…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्। पार्टी एकताका विषयमा विप्लवले श्रेष्ठलाई उनकै निवासमा भेटेको उनीनिकट नेताहरुको भनाइ छ। शनिवार विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि उनकै निवास खुमलटारमा भेट गरेका थिए। पार्टी एकताका विषयमा प्रचण्डले प्रस्ताव गरे पनि विप्लवले भने तत्काल सम्भव नभएको जवाफ फर्काएको माओवादी केन्द्रका…
काठमाडौं : संसदीय सुनुवाइ समितिमा भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ आज स्थगित भएको छ। कोरम नपुगेर आजको सुनुवाइ स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। शेरबहादुर देउवा नेतृत्वको सरकारले ओली सरकारले नियुक्त गरेको राजदूतलाई फिर्ता बोलाएर भारतमा डा शंकर शर्मा, बेलायतमा ज्ञानचन्द्र आचार्य र अमेरिकामा श्रीधर खत्रीलाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको थियो। समितिले आज उजुरीकर्तासहित…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका छन्। आज विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको कर घटाइ मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुझाएको ज्ञापन पत्र लिँदै उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका हुन्। सरकार गम्भीर बन्न नसके सत्ताधारी पार्टीहरुले त्यसमा चासो र सरोकार राख्नुपर्ने उनले बताए। ‘समस्याको कारण पनि…
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको अध्यक्ष पदमा उम्मदेवारी दिने घोषणा गर्ने भएका छन्। पार्टी अध्यक्षमा केपी शर्मालाई सर्वसम्मत बनाउने तयारी चलिरहँदा रावलको घोषणा आउँदै गरेको हो। आइतवार दिउँसो पत्रकार सम्मेलन गर्दै रावलले उम्मेद्वारी घोषणा गर्न लागेको उनी निकट नेताहरुले बताएका छन्। एमालेको चितवनमा हुन लागेको १० औं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न भन्दै रावलले उम्मेद्वारी घोषणा…
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। उनले आज १० संयुक्त र एकल इजलासमा ३३४ मुद्दामा पेसी तोकेका हुन्। आफ्ना लागि भने उनले कुनै पनि पेसी तोकेका छैनन्। बिहीबार प्रधानन्यायाधीशबिना १८ जना न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशको पेशी तोक्ने अधिकार कटौती गर्दै गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो। उक्त निर्णय प्रधानन्यायाधीशसमक्ष पठाइएको सर्वोच्च…
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको विरुद्धमा कुनै पनि ‘सकारात्मक प्रमाण’ नभेटिएको बम्बई उच्च अदालतको जनाएको छ। शनिवार बम्बई उच्च अदालतले आर्यन खान लगायत अन्य दुईलाई जमानत दिने विस्तृत आदेश जारी गरेको थियो। अदालतले अभियुक्तहरू विरुद्ध अपराध गरेको देखाउने कुनै प्रमाण फेला नपरेको भनि फैसला सुनाएको थियो। २८ अक्टोबरमा आर्यन खान, उनका साथी अरबाज मर्चेन्ट र मुनमुन धामेचालाई उच्च अदालतले…
पंजाब कांग्रेसका प्रमुख नवजोत सिंह सिद्धूले करतारपुर साहिबको यात्राका क्रममा पाकिस्तानका प्रधानमन्त्रीलाई 'ठूलो दाइ' भनेपछि भारतमा आलोचना भइरहेको छ। भारतीय जनता पार्टी (भाजपा) छोडेर हाल कांग्रेसबाट राजनीति गर्दै आएका पूर्व क्रिकेटर सिद्धूले पंजाबसँग जोडिएको पाकिस्तानको सीमा व्यापारका लागि खोल्नपर्ने समेत बताएका थिए। उक्त अभिव्यक्तिको विरोध गर्दै पूर्व क्रिकेटर एवम् भाजपा सांसद गौतम गम्भीरले सिद्धूको आलोचना गरेका छन्। ट्वीट गर्दै उनले…
काठमाडौं : पछिल्लो समय कपिलवस्तुका विभिन्न पालिकामा फैलिएको हैजा नियन्त्रणमा नआएपछि सरकारले खोप अभियान चलाउन थालेको छ। जिल्लाका ६ पालिकामा हैजा विरुद्धको खान मिल्ने खोप अभियान चलाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए। पहिलोपटक असोज १८ गते कृष्णनगरमा हैजा पुष्टि भएको थियो। सुरुमा झाडापखलाका विरामी फेला परेकोमा परीक्षणका क्रममा हैजा पुष्टि भएको थियो। हालसम्म हैजाका कारण एक…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ब्रिगेड बोइज क्लबले विभागीय टोली एपीएफलाई चुनौती दिनेछ। अघिल्लो वर्ष रेलिगेशन जोनमा संघर्ष गरेको विभागिय टोली एपीएफले यसपटक पनि साख जोगाउनै संघर्ष गर्नेछ। प्रशिक्षक कुमार थापाले लिग सुरु हुनु अघिको पत्रकार सम्मेलनमा आफ्नो रेकर्डलाई सुधार्ने लक्ष्य रहेको बताएका थिए। अघिलो सिजनमा केही ग्याप देखिएको…