PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

  • अमेरिकी मन्त्री नेपाल आएको बेला एमसीसीको विरोध गर्दै दूतावास बाहिर प्रदर्शन गर्ने पक्राउ

    अमेरिकी मन्त्री नेपाल आएको बेला एमसीसीको विरोध गर्दै दूतावास बाहिर प्रदर्शन गर्ने पक्राउ

    काठमाडौं : मिलिनियम च्यानेल कोर्पोरेन (एमसीसी) को विरोध गर्दै क्रान्तिकारी युवा लिग लगायतको संघहरुले अमेरिकी दूतावास बाहिर प्रदर्शन गरेको छ। अमेरिकी सहायक विदेशमन्त्रीले डोनाल्ड लु काठमाडौं आएको बेला महाराजगंजस्थित दूतावास बाहिर उनीहरुले प्रदर्शन गरेका हुन्।  दूतावास बाहिर कालो झण्डा देखाउँदै नारा लगाएपछि प्रहरीले तत्काल प्रदर्शनकारीहरुलाई पक्राउ गरेको थियो। अमेरिकी राजदूतावास क्षेत्र निषेधित क्षेत्र हो।

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने, मंसिर १४ गते बोलाइयो प्रदेशसभा बैठक

    कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने, मंसिर १४ गते बोलाइयो प्रदेशसभा बैठक

    काठमाडौं : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसिर १४ गते विश्वासको मत लिने भएका छन्। शाही गत १६ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।   मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले विश्वाशको मत लिन लागेका हुन्। यसका लागि प्रदेश प्रमुख तिलक परियारले मंसिर १४ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • एकपछि अर्को फिल्म साइन गर्दै पल शाह

    एकपछि अर्को फिल्म साइन गर्दै पल शाह

    काठमाडौं: अभिनेता पल शाहले नयाँ फिल्ममा काम गर्ने पक्का भएको छ। करण सिंहको निर्माणमा बन्न लागेको नयाँ फिल्ममा पल अनुबन्धित भएका हुन्। पल शाह र फिल्म निर्माण टिमबिच लिखित सम्झौता समेत भइसकेको छ। आरकेएस इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने  प्रेम कथात्मक फिल्मको कथा सिंहले नै लेखेका हुन्। साथै फिल्ममा अभिमन्यु निरवीको पटकथा रहनेछ। फिल्मको लागि अभिनेत्रीलगायत अन्य कलाकार तथा प्राविधिक टिमको छनोट गर्ने…

    विस्तृतमा पढ्नुस्

  • दुई किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना समातिए

    दुई किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना समातिए

    काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध रूपमा ल्याएको सुन सहित दुई जनालाई पक्राउ गरेको छ। विमानस्थल प्रहरी टोलीले दाङ घर भएका सीताराम चौधरी र सिरहाका सरोज सहानीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनीहरू नेपाल एयरलाइन्सको जहाजबाट दुबई हुँदै काठमाडौं आएका थिए। ' लुकाएर ल्याएको सुन जस्तो देखिने २ किलो बस्तु बरामद भएको छ। थप अनुसन्धान भइरहेको छ,' विमानस्थल प्रहरी प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • अभिषेक बच्चन अभिनित फिल्म 'बोब विश्वास' ओटीटीमा रिलिज हुने

    अभिषेक बच्चन अभिनित फिल्म 'बोब विश्वास' ओटीटीमा रिलिज हुने

    अक्षयकुमार अभिनित फिल्म 'सूर्यवंशी' रिलिज भएसँगै सिनेमाघरमा दर्शक आउने माहोल बनिसकेको छ। हलमा दर्शक आउने माहोल बनेसँगै बलिउड फिल्म निर्माताहरुले धमाधम फिल्मको रिलिज मिति तोकिरहेका छन्। यसैबिच केही फिल्मले भने रिलिजको लागि ओटीटी प्याल्टफर्म रोजेका छन्। जसमा पर्छ अभिषेक बच्चन अभिनित फिल्म 'बोब विश्वास'। आज फिल्मको ट्रेलर समेत रिलिज भएको छ। जी ५ बाट ३ डिसेम्बरमा फिल्म रिलिज हुनेछ। क्राइम जनराको यो फिल्म सन् २०१२ मा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले सर्वोच्च प्रवेश गर्न नदिएपछि बार परिसरमै कानुन व्यवसायीको धर्ना

    प्रहरीले सर्वोच्च प्रवेश गर्न नदिएपछि बार परिसरमै कानुन व्यवसायीको धर्ना

    काठमाडौं : प्रहरीले आन्दोलनरत् कानुन व्यवसायीलाई सर्वोच्च प्रवेशमा रोक लगाएको छ। नेपाल बार एशोसिएशनको अगुवाईमा सर्वोच्चको मूल गेटमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै धर्ना दिँदै आएका वकिलहरुलाई प्रहरीले आज सर्वोच्चमा प्रवेश गर्न दिएको छ। सर्वोच्चमा प्रवेश गर्न नदिएपछि वकिलहरुले बार परिसरमा नै धर्ना दिएका छन्। सर्वोच्च प्रवेश गर्ने क्रममा प्रहरी र अधिवक्ताहरुबिच आज पनि घम्साघम्सी भएको थियो। सम्बन्धित समाचार…

    विस्तृतमा पढ्नुस्

  • कानुन व्यावसायीलाई गाली गर्ने दुई जना समातिए

    कानुन व्यावसायीलाई गाली गर्ने दुई जना समातिए

    काठमाडौंः प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध आन्दोलनमा उत्रिएका कानुन व्यावसायीहरुलाई गाली गलौज गरेको अभियोगमा  प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दुई पुरुषलाई बिहीवार राती नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा सीताराम श्रेष्ठ र तीर्थ ढकाल रहेका छन्। उनीहरुलाई बौद्ध क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनीहरुले बिहीवार आन्दोलनरत कानुन व्यवसायीमाथि अश्लिल गाली गरेका थिए। सर्वोच्च…

    विस्तृतमा पढ्नुस्

  • तीन सातापछि काममा फर्कँदै न्यायाधीश, प्रधानन्यायाधीशसँग बेञ्च सेयर भने नगर्ने

    तीन सातापछि काममा फर्कँदै न्यायाधीश, प्रधानन्यायाधीशसँग बेञ्च सेयर भने नगर्ने

    काठमाडौँः गोला प्रणालीबाट पेसी तोक्नेगरि सर्वोच्च अदालत नियमावली र निर्देशिका पारित गरेका असन्तुष्ट न्यायाधीशहरु आजदेखि काममा फर्कन लागेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग इजलास नबस्ने र बहिर्गमनको मागलाई यथावत राखेर उनीहरु सुनुवाइमा फर्कन लागेका हुन्।  कात्तिक ८ गतेदेखि सर्वोच्चमा मुद्दाको सुनुवाइ हुन सकेको छैन। आन्दोलनको तीन सातापछि न्यायाधीशहरु आंशिक रुपमा काममा फर्कन तयार भएका हुन्।  शुक्रबारदेखि मुद्दा फिर्ता, मिलापत्र, तामेली, पुनरावेदन…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग आजबाट सुरु हुँदै : उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो भिड्दै

    ए डिभिजन लिग आजबाट सुरु हुँदै : उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो भिड्दै

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग आजबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ए डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दैछन्। खेल साँझ पौने ५ बजे सुरु हुनेछ। यो सिजन पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको टोली हो सातदोबाटो युथ क्लब। प्रिसिजन र अभ्यासमा सुरुबाटै जुटेको सातदोबाटो ‘बी’ डिभिजनमा च्याम्पियन बन्दै यसअघि ‘ए’…

    विस्तृतमा पढ्नुस्

  • रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, १७ घाइते

    रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, १७ घाइते

    रोल्पाः रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस बिहीबार बेलुकी माडी गाउँपालिका–४ तार्केबाङ शहीद मार्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। बस सडकबाट २०० मिटर तल खोलामा खसेको थियो। मृतकको पहिचान भई नसकेको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने सरकारको निर्णय

    राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने सरकारको निर्णय

    काठमाडौंः सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने निर्णय गरेको छ। राष्ट्रिय सभाका एक मनोनीतसहित २० सदस्यको पदावधि माघ २० गते सकिँदैछ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मिति तोकेको एक मन्त्रीले बताए। निर्वाचन आयोगसँगको परामर्शमा सरकारले मिति तोकेको हो। आयोगले माघ पहिलो साता निर्वाचन गर्न सुझाव सरकारलाई दिएको थियो।  राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहालसहितका २० सदस्यको पदावधि सकिँदैछ। संवैधानिक व्यवस्था अनुसार एक…

    विस्तृतमा पढ्नुस्

  • भारतीय योगगुरु रामदेवले भेटे प्रचण्ड

    भारतीय योगगुरु रामदेवले भेटे प्रचण्ड

    काठमाडौंः योगगुरु रामदेवले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसँग भेट गरेका छन्। बिहीबार नेपाल आइपुगेका रामदेवले साँझ प्रचण्डसँग भेट गरेका हुन्। रामदेवसँगै आचार्य बालकृष्ण पनि नेपाल आएका छन्।  रामदेवले प्रचण्ड पत्नी सीता दाहालसँग पनि भेट गरेका छन्। सीताका दुई वर्षअघि पताञ्जली योगपीठ हरिद्वारमा समेत उपचार भएको थियो।   

    विस्तृतमा पढ्नुस्

  • वाग्मती सरकारको निर्णय : सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर पढ्ने छोरीलाई निःशुल्क शिक्षा

    वाग्मती सरकारको निर्णय : सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर पढ्ने छोरीलाई निःशुल्क शिक्षा

    हेटौँडा : अघिल्लो सरकारका योजनाहरू धमाधम उल्टाइरहेको वाग्मती प्रदेश सरकारले आफ्ना योजनाहरूलाई पनि अघि सारिरहेको छ। गठबन्धनको सरकार बनेको २० दिनमा प्रदेश सरकारको दुई पटक मन्त्रिपरिषद् बैठक बसेको छ। जसमा पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशभरिका सीमान्तकृत र उत्पीडित वर्गका छोराछोरीले एसईईपछि प्राविधिक विषय पढ्न चाहे प्रदेश सरकारले पढाइदिने निर्णय गर्‍यो। त्यस्तै, मन्त्रिपरिषद्को दोस्रो बैठकले सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी सामुदायिक क्याम्पसमा…

    विस्तृतमा पढ्नुस्

  • तस्करीको सामन बोकेको भन्दै वीरगंजमा ट्रक र चालक नियन्त्रणमा

    तस्करीको सामन बोकेको भन्दै वीरगंजमा ट्रक र चालक नियन्त्रणमा

    वीरगंजः तस्करीको समान ओसारपसार गरेको अरोपमा पर्सा प्रहरीले वीरगंजबाट एक ट्रकलाई नियन्त्रणमा लिएको छ। खुद्रा तथा हार्डवेयरको समानसहितको ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ। वीरगंज -८ घण्टाघरस्थित सडकखण्डबाट बुधबार राति ना. ६ ख १३७ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो। ट्रकसँगै चालक सुनबहादुर थिङलाई पनि हिरासतमा लिइएको छ। तस्करीको किराना तथा हार्डवेयर समान लिएर रुपन्देही गइरहेको ट्रकलाई प्रहरी टोलीले नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • भोलिबाट ‘ए’ डिभिजन लिग शुरु हुँदै, कुन टिमको तयारी कस्तो?

    भोलिबाट ‘ए’ डिभिजन लिग शुरु हुँदै, कुन टिमको तयारी कस्तो?

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग शुक्रवारबाट शुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलि फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुनेछन्। प्रतियोगितामा १४ वटा टिम प्रतिस्पर्धामा उत्रने छन्। कुन टिमको तयारी कस्तो? पछिल्लो ४० दिनयता ‘ए’ डिभिजन लिगका लागि तयारीमा जुटेको फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्रप्रसाद मिश्र पहिला रेलिगेशनबाट बच्ने लक्ष्य रहेको र छैटौं/सातौं स्थनसम्म पुग्ने लक्ष्य रहेको बताउँछन्। त्यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • १८ न्यायाधीशको बैठकले गर्‍यो गोलाप्रथाबाट पेसी तोक्ने निर्णयः कसरी हुन्छ कार्यान्वयन?

    १८ न्यायाधीशको बैठकले गर्‍यो गोलाप्रथाबाट पेसी तोक्ने निर्णयः कसरी हुन्छ कार्यान्वयन?

    काठमाडौं: प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग असन्तुष्ट सर्वोच्च अदालतका १८ जना न्यायाधीशले पेसी व्यवस्थापन गोलाप्रथाबाट गर्ने सहमति गरेका छन्। उनीहरुले सर्वोच्च अदालत नियमावली २०७४ संशोधनमा पनि सहमति गरेका छन्। यस्तै गोलाप्रथाबाट पेसी व्यवस्थापनसम्बन्धी निर्देशिकामा पनि उनीहरुले सहमति गरेका छन्।  हालसम्म सर्वोच्चमा प्रधानन्यायाधीशले पेसी तोक्दै आएका छन्। गोलाप्रथाबाट पेसी तोकिए न्यायिक इतिहासमा पहिलोपटक यस्तो व्यवस्था हुनेछ। सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको न्यायालय…

    विस्तृतमा पढ्नुस्

  • नेपालगंज म्याराथनको विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार पुरस्कार

    नेपालगंज म्याराथनको विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार पुरस्कार

    काठमाडौं : मंसिर ४ गते हुन गइरहेको नेपालगंज म्याराथनको पुरस्कार राशी वृद्धि गरिएको छ। म्याराथन तथा हाफ म्याराथनमा शीर्ष सात जनालाई नगद राशीबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ। म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिनेछ। हाफ म्याराथन (महिला) तर्फ विजेताले ५१ हजार, दोस्रोले…

    विस्तृतमा पढ्नुस्

  • थप २९९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ६ जनाको मृत्यु

    थप २९९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ६ जनाको मृत्यु

    काठमाडौं : नेपालमा थप २९९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।  देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८६३ आरटी-पीसीआर परीक्षण र ३ हजार २८८ एन्टिजेन परीक्षणका क्रममा २९९ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोभिड-१९ संक्रमित हुनेको संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ।  यसैबिच पछिल्लो २४ घण्टामा ६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या…

    विस्तृतमा पढ्नुस्

  • सेरोगेसीमार्फत जुम्ल्याहा सन्तानकी आमा बनिन् अभिनेत्री प्रिती जिन्टा

    सेरोगेसीमार्फत जुम्ल्याहा सन्तानकी आमा बनिन् अभिनेत्री प्रिती जिन्टा

    बलिउड अभिनेत्री प्रिती जिन्टा आमा बनेकी छिन्। प्रिती सरोगेसीमार्फत २  जुम्ल्याहा सन्तानकी आमा बनेकी हुन्। उनले आफू सरोगेसीमार्फत दुई सन्तानको आमा बनेको ट्वीटरमार्फत जानकारी दिएकी हुन्। श्रीमानसँगको एक फोटो सेयर गर्दैँ जीवनको नयाँ अध्यायका लागि आफू निकै उत्साहित रहेको उनले उल्लेख गरेकी छिन्। ‘आज म तपाईंहरुलाई हाम्रो खुसीको खबर सुनाउन चाहन्छु। म र जिन असाध्यै धेरै खुसी छौं। हाम्रो घरमा जुम्ल्याहा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीद्वारा गरिएको बल प्रयोगको घटनालाई बारले अन्तर्राष्ट्रियकरण गर्ने

    प्रहरीद्वारा गरिएको बल प्रयोगको घटनालाई बारले अन्तर्राष्ट्रियकरण गर्ने

    काठमाडौं : नेपाल बार एशोसिएशनले आज सर्वोच्च अदालतमा प्रहरीले अधिवक्ताहरुको आन्दोलनमाथि गरेको हस्तक्षेपलाई अन्तर्राष्ट्रियकरण गर्ने जनाएको छ। न्यायको मन्दिरभित्र शान्तिपूर्ण आन्दोलन गरिरहेका बार सदस्यहरुमाथि हतियारधारी प्रहरी प्रयोग गर्दै दमन गरिएको भन्दै बारले उक्त घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने बताएको हो। अदालत परिसरमा दंगा प्रहरीले बारको आन्दोलनमा हस्तक्षेप गरेपछि आज पत्रकार सम्मेलन गर्दै बारका उपाध्यक्ष इश्वरी प्रसाद भट्टराईले घटनाले स्वतन्त्र न्यायपालिकामाथि नै प्रहार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell